प्रवास Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/प्रवास www.yugdarpan.com Tue, 24 May 2022 08:45:27 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://www.yugdarpan.com/wp-content/uploads/2020/06/yug-darpan-favicon-150x150.png प्रवास Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/प्रवास 32 32 178717794 बैतडीको डिलाशैनी गाउँपालिकाले भारत जाने कामदारको निशुल्क बीमा गर्ने https://www.yugdarpan.com/archives/7156 https://www.yugdarpan.com/archives/7156#respond Tue, 24 May 2022 08:45:27 +0000 http://www.yugdarpan.com/?p=7156 बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले रोजगारीका लागि भारत जाने कामदारको निशुल्क बीमा गर्ने भएको छ । गाउँपालिकाबाट रोजागारीका लागि भारत जाने प्रत्येक नागरिकको निशुल्क दुर्घटना बीमा गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । सोमबार पदभार ग्रहण गर्दै जोशीले भारतमा रोजगारीका लागि जानेहरुको निशुल्क बीमा गर्ने घोषणा गरेका हुन् । उनले भने ‘गाउँपालिकाबाट रोजगारीका लागि भारत जाने नागरिकको निशुल्क बीमा गर्ने घोषणा गरेका छौं । जोखिम कम होस भनेर हामीले

The post बैतडीको डिलाशैनी गाउँपालिकाले भारत जाने कामदारको निशुल्क बीमा गर्ने appeared first on युग दर्पण.

]]>
बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले रोजगारीका लागि भारत जाने कामदारको निशुल्क बीमा गर्ने भएको छ । गाउँपालिकाबाट रोजागारीका लागि भारत जाने प्रत्येक नागरिकको निशुल्क दुर्घटना बीमा गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए ।

सोमबार पदभार ग्रहण गर्दै जोशीले भारतमा रोजगारीका लागि जानेहरुको निशुल्क बीमा गर्ने घोषणा गरेका हुन् । उनले भने ‘गाउँपालिकाबाट रोजगारीका लागि भारत जाने नागरिकको निशुल्क बीमा गर्ने घोषणा गरेका छौं । जोखिम कम होस भनेर हामीले यो निर्णय गरेका हौं ।’

कार्यविधि बनाएर रोजगारीका लागि भारत जानेहरुको बीमा गरिने गाउँपालिकाले जनाएको छ । रोजगारीका लागि भारत जानेहरुले सम्बन्धित वडा तथा पालिकामा आफ्नो विवरण पेश गर्ने र सोही विवरणको आधारमा दुर्घटना बीमा गरिने अध्यक्ष जोशीले बताए ।

रोजगारीको सिलसिलामा भारत रहेका नेपालीहरु विभिन्न दुर्घटना पर्ने गरेको र उनीहरुलाई विभिन्न समस्या हुने भएकाले त्यो बेला राहत होस भनेर बीमा गर्न लागिएको अध्यक्ष जोशीले बताए ।

गाउँपालिकाका धेरै जसो नागरिक रोजगारीका लागि भारत जाने भएकाले उनीहरुका समस्यालाई ध्यानमा राखेर यो निर्णय गरिएको डिलाशैनी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष यज्ञराज भट्टले बताए । उनले भने ‘हामीले गाउँपालिकाबासीको पक्षमा हुने गरेर निर्णय गरेका छौं । यो निर्णयले गाउँपालिकाबासीलाई सहयोग पुग्ने हाम्रो विश्वास छ ।’

यस्तै गाउँपालिकाले द्वन्दका बेला शहीद भएकाहरुको परिवारलाई मासिक ३ हजार सम्मान भत्ता र जनआन्दोलनका घाइतेहरुको निशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ ।

The post बैतडीको डिलाशैनी गाउँपालिकाले भारत जाने कामदारको निशुल्क बीमा गर्ने appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7156/feed 0 7156
एनआरएनको अध्यक्षमा अालाे पालाे ६/६ महिना नेतृत्व गर्ने गरि तीन जनाको नाम घोषणा https://www.yugdarpan.com/archives/6866 https://www.yugdarpan.com/archives/6866#respond Mon, 28 Mar 2022 05:01:07 +0000 http://www.yugdarpan.com/?p=6866 काठमाडौं ।गैरआवासीय नेपाली संघ ९एनआरएनए० को अध्यक्षमा ६र६ महिना नेतृत्व गर्ने गरि तीन जनाको नाम अध्ययक्षमा घोषणा भएको छ । आइतबार सम्पन्न १० औं विश्व सम्मेलनबाट बद्री केसी, रविना थापा र कुल आचार्य अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो । सहमति अनुसार पहिलो बैठकको अध्यक्षता तिनै जनाले गर्नेछन् । त्यसपछि पहिलो ६ महिना कुल आचार्यले, दोस्रो ६ महिने कार्यकाल रविना थापा र बाँकी कार्यकालको अध्यक्षता बद्री केसीले गर्नेछन् । घोषणासभामा

The post एनआरएनको अध्यक्षमा अालाे पालाे ६/६ महिना नेतृत्व गर्ने गरि तीन जनाको नाम घोषणा appeared first on युग दर्पण.

]]>
काठमाडौं ।गैरआवासीय नेपाली संघ ९एनआरएनए० को अध्यक्षमा ६र६ महिना नेतृत्व गर्ने गरि तीन जनाको नाम अध्ययक्षमा घोषणा भएको छ । आइतबार सम्पन्न १० औं विश्व सम्मेलनबाट बद्री केसी, रविना थापा र कुल आचार्य अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो ।

सहमति अनुसार पहिलो बैठकको अध्यक्षता तिनै जनाले गर्नेछन् । त्यसपछि पहिलो ६ महिना कुल आचार्यले, दोस्रो ६ महिने कार्यकाल रविना थापा र बाँकी कार्यकालको अध्यक्षता बद्री केसीले गर्नेछन् । घोषणासभामा निवर्तमान अध्यक्ष कुमार पन्तले निर्वाचित तीनै जना अध्यक्ष कार्यकारी भएको बताए ।

लामो समयदेखि जारी एनआरएनएको विवाद समाधानका लागि विधान नै संशोधन गरेर ३ जना अध्यक्षसहित पदाधिकारी घोषणा गरिएको हो ।
अध्यक्षमण्डलका अध्यक्ष उपेन्द्र महतो नेतृत्वको कार्यदलले भागबण्डा मिलाउन सहमतिमै एनआरएनएको नेतृत्वसहित जम्बो पदाधिकारीको घोषणा गरेको हो ।शनिबारदेखि सुरु भइ सोमबार सम्पन्न विश्व सम्मेलनलाई एकताको महाधिवेशन भनिएको छ ।

यता पूर्वअध्यक्ष शेष घले नेतृत्वमा पनि एनआरएनए अस्तित्वमा रहेको छ । घले समूहले यसअघि नै काठमाडौंमा विश्व सम्मेलन गरेर विनोद कुँवरलाई अध्यक्ष बनाएको छ ।

योसँगै ११ जना उपाध्यक्ष बनेका छन् । डा हेमराज शर्मा, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द्र श्रेष्ठ, जय प्रकाश गुरुङ,भूषण घिमिरे, डिबी क्षेत्री, महेश श्रेष्ठ, नारायण आचार्य, आरके शर्मा र नरेन्द्र भाट चयन भएका हुन्।

यस्तै महिला उपाध्यक्षमा विष्णु माया परियार र याश्मिन बेगम चयन भएका छन् । यस्तै युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चयन भएका छन् । यस्तै महासचिवमा दुई जना निर्वाचित भएका छन् । जसमा गौरीराज जोशी र केशव पौडेल निर्वाचित भएका छन्।

उपमहासचिवमा गणेश केसी, देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिम्खडा र विनय अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । सचिवमा १० जना निर्वाचित भएका छन् । चिरञ्जिवी घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रवीण गुरुङ, शंकर खड्का, अभिमानसिंह बस्नेत, प्रमेद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठी चयन भएका छन् ।

महिला कोषाध्यक्षमा अमृता थापा, यमुना भट्टराई र योगिता थापा चयन हुँदा युवा संयोजकमा अब्दिुल बसिद र रविन्द्र खड्का चयन भएका छन् । यस्तै महिला संयोजकमा विमला सापकोटा र संगीता मरहठ्ठा बनेका छन् । प्रवक्तामा सोम सापकोटा र शिव बरुवाललाई चयन गरिएको छ ।

The post एनआरएनको अध्यक्षमा अालाे पालाे ६/६ महिना नेतृत्व गर्ने गरि तीन जनाको नाम घोषणा appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6866/feed 0 6866
लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानीमात्रै https://www.yugdarpan.com/archives/6469 https://www.yugdarpan.com/archives/6469#respond Tue, 25 Jan 2022 05:39:18 +0000 http://www.yugdarpan.com/?p=6469 लण्डन, लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ । दूतावासले सोमबार जारी एक सूचनामार्फत सो जानकारी गराएको हो । दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजस्व रकम अब अनिवार्यरूपमा बैंक कार्ड (भिजा डेबिट–क्रेडिट, मास्टर कार्ड डेबिट–क्रेडिट, सबै मेस्ट्रो कार्ड)मार्फत लिइने सूचनामा उल्लेख गरिएको छ । दूतावासले यसअघि पासपोर्ट, भिसालगायत कामका लागि लिने सेवाशुल्क नगद कारोबार मात्रै

The post लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानीमात्रै appeared first on युग दर्पण.

]]>
लण्डन, लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ ।

दूतावासले सोमबार जारी एक सूचनामार्फत सो जानकारी गराएको हो । दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजस्व रकम अब अनिवार्यरूपमा बैंक कार्ड (भिजा डेबिट–क्रेडिट, मास्टर कार्ड डेबिट–क्रेडिट, सबै मेस्ट्रो कार्ड)मार्फत लिइने सूचनामा उल्लेख गरिएको छ ।

दूतावासले यसअघि पासपोर्ट, भिसालगायत कामका लागि लिने सेवाशुल्क नगद कारोबार मात्रै गर्दै आइरहेको थियो । कार्ड पेमेन्ट स्वीकार नगर्दा सेवाग्राहीले झन्झट व्यहोर्नुपरेको गुनासो आएका कारण कार्ड भुक्तानी लागू गर्न थालिएको कार्यवाहक राजदूत रोशन खनालले बताउनुभयो ।

बेलायतमा लागभग सबै आर्थिक कारोबार कार्डमार्फत नै हुने र काम छिटो पनि हुने हुँदा यो नयाँ व्यवस्था सञ्चालनमा ल्याउन लागेको दूतावासले जनाएको छ ।

The post लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानीमात्रै appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6469/feed 0 6469
पुलमुनि कसरी फस्यो एयर इण्डियाको जहाज ? https://www.yugdarpan.com/archives/6042 https://www.yugdarpan.com/archives/6042#respond Wed, 06 Oct 2021 07:00:31 +0000 http://www.yugdarpan.com/?p=6042 काठमाडौं । तपाईंले हवाईजहाज आकाशमा उडेको र रनवेमा गुडेको त देख्नु भएको छ तर कुनै पुलमुनि फसेको त पक्कै देख्नु भएको छैन होला । तर भारतको राजधानी नयाँदिल्लीमा एउटा जहाज पुलमुनि फसेको भिडियो भाइरल भएको छ । भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाको जहाज दिल्ली(गुरगाउँ राजमार्गको एक ओभर हेड ब्रिज ९आकाशे पुल० मुनि अड्किएको हो । यो स्क्रेप्ड अर्थात् कवाड भइसकेको जहाज हो र एयर इण्डियासँग यसकोसम्बन्ध अब छैन । बिक्री

The post पुलमुनि कसरी फस्यो एयर इण्डियाको जहाज ? appeared first on युग दर्पण.

]]>
काठमाडौं । तपाईंले हवाईजहाज आकाशमा उडेको र रनवेमा गुडेको त देख्नु भएको छ तर कुनै पुलमुनि फसेको त पक्कै देख्नु भएको छैन होला । तर भारतको राजधानी नयाँदिल्लीमा एउटा जहाज पुलमुनि फसेको भिडियो भाइरल भएको छ ।

भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाको जहाज दिल्ली(गुरगाउँ राजमार्गको एक ओभर हेड ब्रिज ९आकाशे पुल० मुनि अड्किएको हो ।
यो स्क्रेप्ड अर्थात् कवाड भइसकेको जहाज हो र एयर इण्डियासँग यसकोसम्बन्ध अब छैन । बिक्री भइसकेको यो जहाजलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट कतै लैजाने क्रममा आकाशे पुलमुनि फसेको हो । भारतका एक पत्रकार अशोक राजले ट्वीटरमा सार्वजनिक गरेको भिडियोमा सो जहाजका पंखा देखिंदैन । त्यसको नजिकबाट गाडीहरु ओहोरदोहोर गरिरहेका देखिन्छन् ।

यो भिडियो ट्वीटर र युट्युबमा हजारौंले हेरेका छन् । भिडियो हेर्नेहरुले विभिन्न प्रतिक्रिया पनि पोष्ट गरेका छन् । कतिपयले यो जहाज कसरी फस्यो भनेर जिज्ञासा राखेका छन् भने केहीले विमान लैजानुभन्दा अगाडि त्यसको रुट राम्रोसँग जाँच्नुपर्थ्यो भनेका छन् ।

कतिपयले भने यो घटनालाई पश्चिम बंगालमा सन् २०१९ को घटनासँग तुलना पनि गरेका छन् । त्यतिबेला पनि एउटा कवाडी जहाज पुल मुनि फसेको थियो ।

अर्का एक ट्विटर प्रयोगकर्ताले जहाज लरीमा लोड गरेर लैजाँदै गरेको भिडियो पोष्ट गर्दै यो घटना ३ अक्टोबरको भएको बताएका छन् ।

The post पुलमुनि कसरी फस्यो एयर इण्डियाको जहाज ? appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6042/feed 0 6042
नेपाल फर्किने तयारीमा रहेका गगन कोरियामै अस्ताए https://www.yugdarpan.com/archives/5133 https://www.yugdarpan.com/archives/5133#respond Thu, 01 Apr 2021 01:58:16 +0000 http://www.yugdarpan.com/?p=5133 काठमाडौँ । इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ । दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर तयारी अवस्थामा थिए । एउटै कोठामा बस्ने नेपाली सहकर्मीका अनुसार गगन सोमबार दिउँसो कम्पनीमा राम्रै काम गरी सुतेका थिए । राति कोरियाली समयअनुसार करिब २ः३० बजे उनी

The post नेपाल फर्किने तयारीमा रहेका गगन कोरियामै अस्ताए appeared first on युग दर्पण.

]]>
काठमाडौँ । इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ ।

दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर तयारी अवस्थामा थिए । एउटै कोठामा बस्ने नेपाली सहकर्मीका अनुसार गगन सोमबार दिउँसो कम्पनीमा राम्रै काम गरी सुतेका थिए । राति कोरियाली समयअनुसार करिब २ः३० बजे उनी एक्कासि ठूलो आवाजले चिच्याएका थिए । उक्त आवाज सुनेर ब्युँझिएका सहकर्मीले हेर्दा उनी बेहोस अवस्थामा थिए ।

तत्काल कम्पनी साहुलाई जानकारी गराई एम्बुलेन्समार्फत नजिकैको अस्पताल पुर्याइएका उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । हाल उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । घटनाको बारेमा घरपरिवार तथा राजदूतावासमा जानकारी गराइसकिएको र शवलाई केही दिनमै नेपाल पठाउने तयारी रहेको साहित्यकार भोजराज घोडासैनीले बताउनुभयो ।

घटनाको प्रकृति हेर्दा हृदयाघात भएको हुनसक्ने सुर्खेत समाज दक्षिण कोरियाका पूर्वअध्यक्ष लोकेश खत्रीले बताउनुभयो । गगन सुर्खेत समाज दक्षिण कोरियाका पूर्वसदस्यसमेत रहेका थिए । अविवाहित गगनको परिवारमा बाबा आमा र एक बहिनी हुनुहुन्छ ।

The post नेपाल फर्किने तयारीमा रहेका गगन कोरियामै अस्ताए appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5133/feed 0 5133
मास्क लगाउन अनुरोध गर्दा चालकमाथि दुर्व्यवहार गर्ने युवतीमाथि कारबाही https://www.yugdarpan.com/archives/4610 https://www.yugdarpan.com/archives/4610#respond Fri, 12 Mar 2021 16:42:47 +0000 http://www.yugdarpan.com/?p=4610 काठमाडौँ, अमेरिकाको सन्फ्रान्सिस्कोमा अनलाइन ट्याक्सी सेवा उबरका नेपाली चालक सुभाकर खड्कामाथि दुर्व्यवहार गर्ने एक महिला पक्राउ परेकी छन्। सन्फ्रान्सिस्को प्रहरीका अनुसार बिहीबार २४ वर्षीया मलेसिया किङ नाम गरेकी युवती पक्राउ परेकी हुन्। प्रहरीका अनुसार उबरका चालक खड्काले गत आइतबार ट्याक्सीमा चढ्ने क्रममा महिलालाई मास्क लगाउन आग्रह गरेका थिए। यो दुर्व्यवहारबारे सार्वजनिक भएको भिडियोमा महिलाले मास्क लगाउन आग्रह गरेको भन्दै खड्काको मुखमा आएर पटकपटक खोकेकी थिइन्। साथै, उनले चालक खड्काको मोबाइल

The post मास्क लगाउन अनुरोध गर्दा चालकमाथि दुर्व्यवहार गर्ने युवतीमाथि कारबाही appeared first on युग दर्पण.

]]>
काठमाडौँ, अमेरिकाको सन्फ्रान्सिस्कोमा अनलाइन ट्याक्सी सेवा उबरका नेपाली चालक सुभाकर खड्कामाथि दुर्व्यवहार गर्ने एक महिला पक्राउ परेकी छन्। सन्फ्रान्सिस्को प्रहरीका अनुसार बिहीबार २४ वर्षीया मलेसिया किङ नाम गरेकी युवती पक्राउ परेकी हुन्।

प्रहरीका अनुसार उबरका चालक खड्काले गत आइतबार ट्याक्सीमा चढ्ने क्रममा महिलालाई मास्क लगाउन आग्रह गरेका थिए। यो दुर्व्यवहारबारे सार्वजनिक भएको भिडियोमा महिलाले मास्क लगाउन आग्रह गरेको भन्दै खड्काको मुखमा आएर पटकपटक खोकेकी थिइन्। साथै, उनले चालक खड्काको मोबाइल खोस्ने प्रयाससमेत गरेकी थिइन् र उनले लगाएको मास्क खोलिदिएकी थिइन्। चालक खड्काका अनुसार उबरको नियमअनुसार ट्याक्सी चढ्ने सबैले मास्क अनिवार्य रूपमा लगाउनुपर्छ।

आइतबार ३ जना महिला ट्याक्सीमा चढेका थिए। जसमध्ये अरु दुईजनाले मास्क लगाएका थिए तर एक महिलाले भने मास्क लगाएकी थिइनन्। खड्काले नियमअनुसार मास्क लगाउन सुझाए। उनले मास्क आफूसँग नभएको बताएपछि उनले मास्क किन्न ट्याक्सी ग्यास स्टेसन (पेट्रोल पम्प) तर्फ मोडे। ग्यास स्टेसन नपुग्दै उनीहरूले खड्कामाथि दुर्व्यवहार गरे।

प्रहरीका अनुसार चालक खड्काले मास्क नलगाई ट्याक्सीमा राख्न नसक्ने बताएसँगै उनीहरूले हिँड्ने बेलामा खड्काको आँखामा पोल्ने खालको रसायन पनि छर्किएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले बताएको छ। खड्काले यस विषयमा सन्फ्रान्सिस्को प्रहरीमा उजुरी दिएका थिए। उनले आफू एसियाली मूलको भएकै कारण महिलाले आफूमाथि दुर्व्यवहार गरेको बताएका थिए। उनले आफूले उनीहरूलाई केही नराम्रो नभनेको भएपनि उनीहरूले दुर्व्यवहार गरेको उल्लेख गरे। उनले आफू नराम्रो भन्ने र गाली गलौज गर्ने संस्कारको मान्छे नभएको स्पष्ट पारेका थिए। खड्का आठ वर्षअघि अमेरिका गएका थिए।

बिहीबार उबरले एक विज्ञप्ति जारी गर्दै उक्त दुर्व्यवहारमा संलग्न तीनैजनालाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ। उबरले कुनै पनि किसिमको रंगभेदी र कुनै पनि समुदायमाथि घृणा फैलाउने किसिमको कार्यको विरुद्घमा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

The post मास्क लगाउन अनुरोध गर्दा चालकमाथि दुर्व्यवहार गर्ने युवतीमाथि कारबाही appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/4610/feed 0 4610
अमेरिकी चुनावः नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई अग्रता https://www.yugdarpan.com/archives/3342 https://www.yugdarpan.com/archives/3342#respond Thu, 29 Oct 2020 12:21:22 +0000 http://www.yugdarpan.com/?p=3342 वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका पूर्वउपराष्ट्रपति जो बाइडेनले पछिल्लो जनमत सर्वेक्षणमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झन्डै १२ प्रतिशतले अग्रता बनाउनुभएको देखिएको छ । बुधबार सार्वजनिक भएको पछिल्लो राष्ट्रव्यापी मतसर्वेक्षणमा बाइडेनले ५४ प्रतिशत र राष्ट्रपति ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्नुहुनेछ । पछिल्ला राष्ट्रपति निर्वाचनहरुमा भन्दा यसपटक सबैभन्दा बढी मतान्तर देखिएको छ । सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पसँग पराजित हिलारी क्लिन्टनले प्राप्त गरेको मतभन्दा अहिले बाइडेनले

The post अमेरिकी चुनावः नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई अग्रता appeared first on युग दर्पण.

]]>
वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका पूर्वउपराष्ट्रपति जो बाइडेनले पछिल्लो जनमत सर्वेक्षणमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झन्डै १२ प्रतिशतले अग्रता बनाउनुभएको देखिएको छ ।

बुधबार सार्वजनिक भएको पछिल्लो राष्ट्रव्यापी मतसर्वेक्षणमा बाइडेनले ५४ प्रतिशत र राष्ट्रपति ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्नुहुनेछ ।

पछिल्ला राष्ट्रपति निर्वाचनहरुमा भन्दा यसपटक सबैभन्दा बढी मतान्तर देखिएको छ ।

सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पसँग पराजित हिलारी क्लिन्टनले प्राप्त गरेको मतभन्दा अहिले बाइडेनले धेरै मत प्राप्त गर्नुहुनेछ र दुवै उम्मेदवारबीचको मतान्तर अझ बढ्दै गएको छ ।

गत वर्षदेखि नै ‘सीएनएन’ले गरेका हरेक मतसर्वेक्षणमा बाइडेनले नै अग्रता बनाइरहनुभएको छ ।

विगतमा रिपब्लिकन पार्टीतर्फ झुकाव राख्ने कैयौं मतदाताले यसपटक बाइडेनलाई समर्थन गर्न थालेको पनि सर्वेक्षणमा उल्लेख छ ।

महिला मतदातामध्ये बाइडेनलाई मतदान गर्नेको संख्या ६७ र ट्रम्पलाई मतदान गर्ने ३७ प्रतिशत रहेका छन् भने गैर–अश्वेत मतदाताबीच पनि ७१–२४ प्रतिशतको मतान्तर छ ।

राष्ट्रपति ट्रम्पलाई स्वीकारोक्ति दर ४२ प्रतिशत छ भने ५५ प्रतिशतले उहाँका कार्यशैलीलाई रुचाएका छैनन् ।

अमेरिकामा यही नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

The post अमेरिकी चुनावः नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई अग्रता appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/3342/feed 0 3342
भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जा दिइने https://www.yugdarpan.com/archives/3306 https://www.yugdarpan.com/archives/3306#respond Tue, 27 Oct 2020 11:59:08 +0000 http://www.yugdarpan.com/?p=3306 काठमाडौँ । कात्तिक १९ देखि २१ गते ९नोभेम्बर ४ देखि ६ तारेख० सम्म नेपाल भ्रमणमा रहने भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण तालिका नेपाली सेनाले सार्वजनिक गरेको छ । जसअनुसार उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कात्तिक २० गते अर्थात नोभेम्बर ५ तारेखमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

The post भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जा दिइने appeared first on युग दर्पण.

]]>
काठमाडौँ । कात्तिक १९ देखि २१ गते ९नोभेम्बर ४ देखि ६ तारेख० सम्म नेपाल भ्रमणमा रहने भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण तालिका नेपाली सेनाले सार्वजनिक गरेको छ ।

जसअनुसार उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कात्तिक २० गते अर्थात नोभेम्बर ५ तारेखमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछिन् ।

तीन दिने नेपाल भ्रमणका क्रममा नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा समकक्षी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गर्नेछन् । उनले अमान्ड अफ स्टाफ कलेजका शिक्षार्थीसँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि रहेको छ ।

नरवणेले स्वदेश फर्किने दिन कात्तिक २१ गते प्रधानमन्त्री तथ रक्षामन्त्री केपी शर्मा ओलीसँग पनि भेट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

The post भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जा दिइने appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/3306/feed 0 3306
भारतीय सेना प्रमुख नेपाल आउँदै, यस्तो छ भ्रमण कार्यक्रम https://www.yugdarpan.com/archives/3285 https://www.yugdarpan.com/archives/3285#respond Tue, 27 Oct 2020 08:09:59 +0000 http://www.yugdarpan.com/?p=3285 काठमाडौँ । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ तारिखमा नेपाल आउने भएका छन् । उनी तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् । ‘उनको भ्रमणको यो मिति भारतीय पक्षले तोकेको हो । नेपाली पक्षसँग यसबारे छलफल भएको थिएन,’ नेपाली सेनाको जंगीअड्डा स्रोतले अनलाइनखबरसँग भन्यो, ‘आज दुई देशका अधिकारीबीच भ्रमणको मितिलाई औपचारिक टुंगो लगाउने विषयमा छलफल हुन्छ ।’ भारतीय पक्षले नै तय गरेको मितिलाई नै औपचारिकता दिने

The post भारतीय सेना प्रमुख नेपाल आउँदै, यस्तो छ भ्रमण कार्यक्रम appeared first on युग दर्पण.

]]>
काठमाडौँ । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ तारिखमा नेपाल आउने भएका छन् । उनी तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् ।

‘उनको भ्रमणको यो मिति भारतीय पक्षले तोकेको हो । नेपाली पक्षसँग यसबारे छलफल भएको थिएन,’ नेपाली सेनाको जंगीअड्डा स्रोतले अनलाइनखबरसँग भन्यो, ‘आज दुई देशका अधिकारीबीच भ्रमणको मितिलाई औपचारिक टुंगो लगाउने विषयमा छलफल हुन्छ ।’ भारतीय पक्षले नै तय गरेको मितिलाई नै औपचारिकता दिने बढी सम्भावना रहेको स्रोतले बतायो ।

नेपाल र भारतबीच सीमा विवाद चर्किएपछि पहिलो पटक भारतीय पक्षबाट यो स्तरको भ्रमण हुन लागेको हो । भारतीय सेना प्रमुखको भ्रमणको क्रममा सीमा विवादको विषयमा पनि अनौपचारिक तरिकाले कुराकानी हुने अपेक्षा गरिएको छ ।

यसअघि भारतका खुफिया एजेन्सी प्रमुख गोयल नेपाल भ्रमणमा आएका थिए ।

नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ । त्यसैका लागि नरभाने नेपाल आउन लागेका हुन् ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रलाई मिचेर सडक निर्माण गरेपछि दुई देशबीच चर्किएको सीमा विवाद चर्किएको थियो । त्यहीबीच नरभानेले नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।

The post भारतीय सेना प्रमुख नेपाल आउँदै, यस्तो छ भ्रमण कार्यक्रम appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/3285/feed 0 3285
बेलायत उत्रिए नेपाल आइडल विजेता https://www.yugdarpan.com/archives/131 https://www.yugdarpan.com/archives/131#respond Fri, 03 Nov 2017 07:18:28 +0000 http://eaawaj.com/?p=131 कार्तिक १६, २०७४-‘पहिलो बेलायत भ्रमणबाट निक्कै उत्साहित छौं,’ बुधबार लन्डन हिथ्रो टर्मिनल फोर उत्रंदा केही आयोजक र शुभचिन्तकलाई छिचोलेर नेपाल आइडल विजेताहरु सञ्चारकर्मीसँग बोल्दै थिए, ‘यूकेको चिसो मौसममा तताउन हामी आइपुगेका छौं । सबैले साथ दिनुहोला ।’ नेपाल आइडल बुद्ध लामा केही थकित देखिन्थे तर उत्साहित । ‘रक टाइपका गीतले माहोल तताउनेछु’, आफ्नो ड्रिम ल्याण्ड बेलायतका दर्शकलाई केही फरक खुराक दिने सोच बनाएका लामाले कान्तिपुरसँग भने, ‘लोक र आधुनिक गीत

The post बेलायत उत्रिए नेपाल आइडल विजेता appeared first on युग दर्पण.

]]>
कार्तिक १६, २०७४-‘पहिलो बेलायत भ्रमणबाट निक्कै उत्साहित छौं,’ बुधबार लन्डन हिथ्रो टर्मिनल फोर उत्रंदा केही आयोजक र शुभचिन्तकलाई छिचोलेर नेपाल आइडल विजेताहरु सञ्चारकर्मीसँग बोल्दै थिए, ‘यूकेको चिसो मौसममा तताउन हामी आइपुगेका छौं । सबैले साथ दिनुहोला ।’

नेपाल आइडल बुद्ध लामा केही थकित देखिन्थे तर उत्साहित । ‘रक टाइपका गीतले माहोल तताउनेछु’, आफ्नो ड्रिम ल्याण्ड बेलायतका दर्शकलाई केही फरक खुराक दिने सोच बनाएका लामाले कान्तिपुरसँग भने, ‘लोक र आधुनिक गीत पनि गाउने योजना छ । सकेसम्म दर्शकलाई भरपुर मनोरन्जन गराउनेछु ।’

आफूलाई जिताउन बेलायतका नेपालीले गरेको सहयोगप्रति उनी कृतज्ञ थिए । अहिले सेलिब्रेटी बन्दा जति खुशी छन् उनी, चुनौति थपिएकामा चिन्तित पनि उत्तिकै । ‘आफ्नो करिअर यसैमा स्थापित गर्न मलाई च्यालेन्ज छ त्यसैले गम्भीर भएर लाग्नेछु’, उनले भने ।

लामासँगै बेलायत उत्रिएका फस्ट रनरअप निसान

भट्टराई, सेकेन्ड रनरअप प्रताप दासका साथ टप टेन प्रमिला राईलाई पनि यहाँको कन्सर्ट कौतुहलपूर्ण छ । उनीहरु सकेसम्म फरक स्वाद पस्कन उत्सुक छन् । नेपाल आइडल टिमसंगै कन्दराका गायक विवेक श्रेष्ठ र होस्ट सुशील नेपाल पनि लन्डन आइपुगेका छन् ।

गायक श्रेष्ठको भूमिका यसपटक मेन्टरका रुपमा छ । ‘गायनअघि प्रशिक्षण दिने कुरा नेपालका लागि नौलो प्रयोग हो’, २४ वर्षदेखि गायनमा सक्रिय श्रेष्ठले भने, ‘नेपाल आइडल विजेताहरुलाई ग्रुमिङ, कोचिङ गर्ने मेरो जिम्मा छ । उनीहरु अप्रत्यासित रुपमा सफलताको शिखर चढे । यही सफलताबीच उनीहरुले सही मार्गदर्शन पाए अझ राम्रो गर्न सक्छन् र दर्शकको अपेक्षा पनि बढि छ ।’

नेपाल आइडल विजेताहरुको पहिलो शो शुक्रबार नोभेम्बर ३ मा अल्डरसटस्थित एम्पायर हल, दोश्रो नोभेम्बर ४ मा फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, तेश्रो ५ नोभेम्बरमा हयारो लिजर सेन्टर, चौंथो ११ नोभेम्बरमा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र अन्तिम १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुने तयारी छ ।

‘आइडल विजेताहरु सकुशल बेलायत आइपुगेका छन् । ऐतिहासिक कार्यक्रमको प्राविधिक तयारी पनि पुरा भइसकेको छ’, आयोजक मध्ये एक राजाराम गिरीले भने, ‘कार्यक्रममा हल डेकोरेसन, लाइभ म्यूजिक र स्क्रिन प्रोजेक्सनलेदर्शकलाई नेपाल आइडलकै झल्को दिनेछ ।’

संसारा ग्रुप अन्तर्गत मनकामना मनी ट्रान्सफर (मुख्य आयोजक) र पोखरा ट्राभल तथा मुनटाज इन्टरनेशनलको संयुक्त आयोजनामाकन्सर्टहुन लागेको हो ।

The post बेलायत उत्रिए नेपाल आइडल विजेता appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/131/feed 0 131