कुलमानको समर्थनमा प्रदर्शन: बब्लुलाई निर्घात कुट्ने प्रहरी अधिकृतमाथि छानविन शुरु

काठमाडौं । शान्तिपूर्ण प्रदर्शनका लागि बिजुलीबजारबाट माइतीघर मण्डलातर्फ जाँदै गरेका बब्लु गुप्तामाथि निर्घात कुटपिट भयो । इन्सपेक्टर केशर न्यौपाने नेतृत्वको प्रहरी टोलीले लाठी, बुट र मुक्काले हानेर झम्टीझम्टी कुटेको भिडियो सामाजिक सञ्जालमा यतिबेला भइरल भएको छ । कुलमान घिसिङको पक्षमा शान्तिपूर्ण प्रदर्शन गर्न माइतीघर मण्डला जाँदै गरेको अवस्थामा बवरमहलमा रोकेर प्रहरीले बब्बुलाई आमानवीय तरिकाले कुटेका हुन् । बिहीबार बब्लुलाई कुटपिट गर्ने प्रहरी निरीक्षक न्यौपानेसहितको टोलीमाथि छानविन गरिने प्रहरी प्रधान कार्यालयले

आलुभित्र प्याज लुकाएर कालोबजारी गर्ने तीन व्यापारीको कारोबार रोक्का

काठमाडौँ । कोटेश्वर तरकारी बजारका तीन जना व्यापारीको कारोबार रोक्का गरिएको छ। आलुभित्र प्याज लुकाएर कालोबजारी गरेको पाइएपछि कारोबार रोक्का गरिएको हो। कोटेश्वरका तरकारी व्यापारी विजेश गौतमले आलु भित्र २९ बोरा प्याज लुकाएर राखेको र उलक शब्जी भण्डारका सञ्चालक ज्योतीनाथ उलकले १३ बोरा प्याज लुकाएर राखेको भेटिएको अनुगमनमा गएका उपभोक्ताकर्मी माधव तिमल्सिनाले बताए। त्यस्तै, दुलाल आलु भण्डारका सञ्चालकले बिल बिजक जारी नगरी प्रतिकेजी ७० रूपैयाँले किनेको प्याज १ सय ४०

आजबाट काठमाडौं उपत्यकामा सबै पसल खोल्न पाइने, हेर्नुहोस विज्ञप्ती

काठमाडौं । काठमाडौं उपत्यकामा यस अघि तोकेको बार र समयमा मात्र पसल खोल्न पाउने व्यबस्था आजबाट हटाइएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले विहीबारसाँझ एक सूचना प्रकाशित गरी यस अघि लगाइएको पसल खोल्ने समय र बार दुबै प्रावधान हटाएको छ । तर सार्वजनिक तथा निजी समावरीसाधन बारेको जोरविजोर भने कायमै राखेको छ । असोज १ गतेदेखि होटल तथा रेष्टुरेन्टलाई पूर्ण सञ्चालनका लागि अनुमति दिइएको छ। कपडा, जुत्ताचप्पल पसल, फेन्सी, कस्मेटिक

नझुक्किनुस्, काठमाडौँमा जोरबिजोर कायमै छ

काठमाडौं । असोज १ गतेबाट सरकारले लोमो दूरीका यातायात संचालनका लागि अनुमति दिएपनि काठमाडौं जिल्लामा भने जोरबिजोर प्रणाली नै लागू हुने भएको छ। बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जिल्लाभित्र अत्यावश्यक बाहेकका सेवा दिने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको जानकारी दिएका हुन्। काठमाडौं भित्र संचालन हुने सार्वजनिक तथा निजी सवारी साधनले सरकारले तोकेका सुरक्षा मापदण्ड पालना गर्दै जोरबिजोर प्रणालीमा संचालन गर्नुपर्नेछ, प्रशासनले

सेती अञ्चल अस्पतालमा प्लाज्मा थेरापी गराएकी कोरोना संक्रमितको मृत्यु

धनगढी । कैलालीमा पहिलो पटक प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा बुधबार मृत्यु भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ५७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएकी उनलाई श्वास प्रश्वासमा समस्या आएपछि भदौ १९ गते अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा परीक्षण गर्दा महिलामा सुगर र थाइरोइडको समेत समस्या

सुदूरपश्चिमका ९ वटै जिल्लामा टेलिकमको फोर जी सेवा विस्तार

महेन्द्रनगर । नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा फोर जी इन्टरनेट सेवा विस्तार गरेको छ । यो प्रदेशका नौ वटै जिल्लामा २१७ वटा टावरमार्फत फोर जी इन्टरनेट सेवा विस्तार गरिएको नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ । “प्रदेशभर फोर जी सेवाको पहुँच पु¥याउन ३८४ टावर निर्माण गरी विस्तार गर्ने योजना छ”, सो कार्यालयका निर्देशक नामाकर न्यौपानेले भन्नुभयो, “कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउन

तीन कम्पनीले आइपिओ निष्काशन हुदै, कसको कति ?

३० भदौ, काठमाडौँ । सर्वसाधारणकका लागि प्राथामिक शेयर ९आइपिओ ० निष्काशन गर्नका लागी ३ वटा लघुवित्त कम्पनी थपिने भएका छन् । थपिने लघुवित्तहरूमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड रुपैयाँ बराबरको प्रति शेयर १ सय रूपैयाँ अंकित मूल्य दरका ३ लाख कित्ता साधारण शेयर (आइपिओ )निष्कासन गर्न लागेको हो ।

धनगढीमा वडा कार्यालय सिल

धनगढी । धनगढी उप–महानगरपालिकाको वडा कार्यालय सिल गरिएको छ। वडा नम्वर १४ को कार्यालयमा कार्यारत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको हो। असोज ३ गतेसम्मका लागि कार्यालय सिल गरिएको वडा अध्यक्ष रामबजारी चौधरीले जानकारी दिए। उनले ३ गतेसम्म कार्यालयबाट कुनै पनि सेवा प्रवाह नहुने जानकारी दिए। उनका अनुसार शुक्रबार पिसिआर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा नमुना संकलन गरिएकोमा ती कर्मचारीमा सोमवार संक्रमण पुष्टि भएको हो।

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

काठमाडौँ । सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताउनुभयो । उहाँका अनुसार आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि छोरी निकै तनावमा

उपत्यकामा भुकम्पको ठूलो धक्का महशुस

काठमाडौं । काठमाडौं उपत्यकामा भुकम्पको ठूलो धक्का महशुस भएको छ । आज विहान पाँच बजेर २० मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको हो । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले रातोपाटीलाई बताए । उनका अनुसार ५ बजेर १९ मिनेट जाँदा सो भूकम्प गएको हो । भूकम्पबाट केकति क्षति भयो भन्नेबारे विवरण प्राप्त भइसकेको छैन ।