कर्णालीका नाममा ओली-प्रचण्डबीच टकराव
काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उनको सत्ता ढाल्न लागेका यमलाल कँडेललाई काठमाडौं झिकाएपनि कुरा मिल्न सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ दुवै पक्षलाई राखी मनाउन खोजेपनि कुरा मिल्न नसकेसँगै यो घटनाले नेकपाभित्रको आन्तरिक राजनीतिलाई असर पार्ने देखिएको छ । कर्णाली प्रदेश केन्द्रीय सत्ताको कार्ड बनाइएको खुल्दै गएको छ । उक्त प्रदेशमा मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाही नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुन् । यमलाल कँडेल ओलीनिकटस्थ