डा. केसी फागुन १२ देखि अनसन बस्ने
काठमाडौंस् चिकित्सा शिक्षा सुधार क्षेत्रका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले फागुन १२ देखि अनसन बस्ने घोषणा गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै आगामी तीन सातामा माग पूरा नभए २०७७ फागुन १२ गतेदेखि २० औं सत्याग्रह सुरू गर्ने उनले चेतावनी दिएका हुन्। प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा संसद विघटन गरेकोमा संविधानको रक्षा गरिनुपर्ने र विधि र प्रक्रिया मिचेर अवैध रूपमा गरिएका संवैधानिक निकायहरूमा नियुक्तिका सिफारिस तत्काल रद्द गरियोस्