सवारी दुर्घटनामा मृत्यु

झापा, झापाको शिवसताक्षी–९ स्थित यलम्बर चोकमा बस र स्कुटर ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक इलाम, चुलाचुली गाउँपालिका–४ का ३८ वर्षीय राजेन्द्र देवान छन् । पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख २७४६ नंको बस र विपरीत दिशातर्फ जाँदै गरेको को ३८ प ४१९४ नं को स्कुटर ठोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । दुर्घटनामा सोही

गोठमा बाँधेका जनावर चितुवाले खान थालेपछि लक्ष्मीपुरवासी चिन्तित

कञ्चनपुर, चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका बासिन्दा निकै चिन्तित भएका छन् । गाउँजजिकैको लक्ष्मी मध्यवर्ती सामुदायिक वनबाट राति आउने चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ । बाख्रा, बङ्गुर र गाईलगायतका जनावर चितुवाले खान थालेको परदेशी चौधरीले बताउनुभयो । उहाँका अनुसार दुई साताको अवधिमै चितुवाले स्थानीयवासीको गोठमा बाँधेका एक दर्जनभन्दा बढी बङ्गुर र बाख्रा खाएको छ । “गाउँका बासिन्दाले पालेका कुकुरसमेत बाँकी

२३ वर्षपछि रातो टीका र पछ्यौरी

तनहुँ, तनहुँको म्याग्दे गाउँपालिका–३ साउनेपानी निवासी पदममाया थापाले २३ वर्षअघि श्रीमान् गुमाउनुभयो । श्रीमान् बित्दा उहाँको काखमा पाँच वर्षकी छोरी थिइन् भने कोखमा पाँच महिने छोरा । उहाँलाई सहारा दिने आफन्त कोही थिएनन् । पति गुमाउनुको पीडा एकातिर थियो नै, समाजको हेपाइ पनि उत्तिकै । सङ्घर्षले छोरा छोरी हुर्काउनुभयो, बढाउनुभयो र पढाउनुभयो । अहिले तिनै छोराछोरी पदममायाको सहारा बनेका छन् । श्रीमान्को मृत्युपश्चात् कहिल्यै पनि रातो टीका नलगाएकी उहाँले २३

धनगढीको चटकपुरस्थित फर्निचर उद्योगमा आगलागी

धनगढी । धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । चटकपुरस्थित आलोक मल्टी कन्सर्न प्रालिमा भएको आगलागीबाट फर्निचर उद्योगमा रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन् । धनगढी उपमहानगरपालिकाका दुई र गोदावरी नगरपालिकाको एक दमकल तथा एउटा स्काभेटरका सहयोगमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले झण्डै दुई घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट करोडभन्दा बढीको क्षति भएको उद्योगका सञ्चालकले बताएका छन् । सञ्चालकका अनुसार उद्योगमा बेल्डिङको काम

कैलाली कारागारबाट विप्लव समूहका सेती महाकाली इञ्चार्ज पुन रिहा

धनगढी । विप्लव नेतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुन कैलाली कारागारबाट रिहा भएका छन । कारागारमा राखिएका पुन र अर्का केन्द्रिय सदस्य विवेक कुमाल आज रिहा भएका हुन । नेता पुन रिहा भएपछि कारागार बाहिर कार्यकर्ताहरु नाराबाजी सहित खुशी साटासाट गरिरहेका छन । सरकार र नेकपाबीच तीन बुँदे सहमति भएसँगै उनीहरुलाई रिहा गरिएको हो । पुनलाई ५० हजार धरौटीमा रिहा गरिएको बताईएको छ । पुनलाई धनगढीको बेलीबाट प्रहरीले पक्राउ गरेको

मुस्कान खातुन अमेरिकाको प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुँदै

काठमाडौं। मुस्कान खातुनले प्रतिष्ठित इन्टरनेसनल वुमन अफ करेज ९आइडब्लूओसी० अवार्ड पाउने भएकी छन्। तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको माग गर्दै आएकी उनको भूमिकालाई कदर गर्दै उक्त अवार्डबाट सम्मानित गर्न लागिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको हो। अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिकंनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमबीच उनलाई अवार्ड प्रदान गर्ने भएको हो। मुस्कानले आफूमाथि परेको दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउन भूमिका खेलेको दूतावासबाट जारी विज्ञप्तिमा

प्रस्तावित प्रधानमन्त्रीमा देउवाः ओलीविरुद्ध अविश्वासको तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पौष ५ गते संसद विघठन गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै एउटा खेमाका रूपमा रहेको प्रचण्ड–माधव समूहले संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्‍यो। प्रधानमन्त्रीको उक्त कदमलाई असंवैधानिक ठहर्‍याउँदै सर्वोच्च अदालतले खारेज गरेसँगै संसद पुनर्जिवित भएको छ। अहिले प्रचण्ड–माधव समूहले त्यतिखेर दर्ता गरेको अविश्वासको प्रस्ताव के हुने भन्नेमा धेरैले चासो व्यक्त गरेका छन्। तर, प्रचण्ड–माधव समूहले भने दर्ता भएको उक्त प्रस्तावलाई अहिले फिर्ता गर्ने भएका छन्।

३७ हजार ५ सयले पाए महिला लघुवित्तको आईपीओ, नतिजा हेर्न भने समस्या

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर ९आईपीओ० ३७ हजार ५ सय लगानीकर्ताले हात पारेका छन् । शुक्रबार बिहान भएको बाँडफाँटमा गोलाप्रथाबाट ३७ हजार ५ सय जनालाई १० कित्ताका दरले आईपीओ परेको हो । कम्पनीको शेयर १५३ जना कर्मचारीका लागि ५ हजार कित्ता सेयर बाँडफाँड भएको छ । सामुहिक लगानी कोषका लागि २० हजार कित्ता बाँडफाँट भएको कम्पनीले ननाएको छ । महिला लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल

यस्तो छ उत्कृष्ट चारमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको प्राविधिक अवस्था

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले यस वर्ष प्रगति राम्रो गरेको देखिएको छ । यस कम्पनीका केही प्राविधिक पक्ष हेर्ने हो भने पनि १९ जीवन बीमा कम्पनीमा चौँथो स्थानमा रहेको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले माघ मसान्तसम्म २ अर्ब ७५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जसमा कम्पनीले माघ अन्तिमसम्म १ अर्ब ४३ करोड पहिलो बीमा शुल्क आर्जन गरेको छ भने यस अवधीमा १ अर्ब ३२ करोड

जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को परीक्षाको तयारी

काठमाडौं – एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ९एसईई० र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८ सालको जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को अन्तिम परीक्षा लिने गरी तयारी थालेको हो । बोर्डका उपाध्यक्ष प्राडा चन्द्रमणि पौडेलले परीक्षाका लागि आन्तरिक तयारी भइरहेको उल्लेख गर्दै चैतभित्र औपचारिक परीक्षाको कार्यतालिकाबारे औपचारिक रूपमा