सूर्यालाईफ ईन्स्योरेन्स द्वारा एकै दिन दुई वटा मृत्यु बिमा  दाबि भुक्तानी

सूर्या लाईफ ईन्स्योरेन्स कम्पनी धनगढी शाखाले एकै दिन दुइओटा मृत्यु बिमा  दाबि भुक्तानी गरेको छ । गौरीगंगा नगरपालीका २ चौमाला का बिमित स्वर्गीय सफल गिरीको क्यानसरका कारण मृत्युभएको थियो उहाको चार बर्ष अगाडी रु एक लाख बराबरको साबधिक बिमा गराउनु भएको थियो उहाकी आमा गेणु देबि गिरीराइ रु १४४,,०६२ बराबरको चेक एक कार्यक्रमका बिच धनगढी शाखा प्रमुख नरेश भट्टले हस्तान्तण गर्नुभएको छ । साथै आजौ दशरथचन्द नगरपालीका २ बैतडी बिमित

नेपाल लाइफले एजेन्सी म्यानेजरलाई दिएको टार्गेट फिर्ता लिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एजेन्सी म्यानेजरलाई दिएको टार्गेट फिर्ता लिन लागेको छ । अभिकर्ताको चर्को विरोध पछि कम्पनीको व्यवस्थापनले गत जेठ १ गते जारी गरेको सूचना अनुसारको टार्गेट फिर्ता लिन लागेको हो । कम्पनी स्रोतका अनुसार अभिकर्ताको दवाव थेग्न नसके पछि फिर्ता लिनु पर्ने हुन सक्छ । स्रोतका अनुसार जीवन बीमा कम्पनीको असार महिनामा अरु महिना हेरी ब्यापार बढी हुने गर्छ यदि १ गतेको सूचना फिर्ता नभए ब्यापार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेकामा ३० सांसदले पक्षमा मत दिए । प्रदेशसभामा भएको मतदानमा नेकपा माओवादी केन्द्रका १३ जना र नेकपा एमालेको माधवकुमार नेपाल समूहका १७ जना गरी ३० जनाले मुख्यमन्त्री भट्टलाई मत दिएका छन् । कुल ५२ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १२ जना तटस्थ बसेका थिए । नेकपा

कैलालीमा जेठ ३१ गते सम्म लम्बियो निषेधाज्ञा

कैलालीमा जेठ ३१ गते निषेधाज्ञा लम्बिएको छ । कोरोना महामारी यथावत् रहेकाले निषेधाज्ञाको अवधि बढाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । आइतबार मङ्गलवार बिहीबार शनिवार मात्र बिहान ६ देखि १० बजेसम्म खाद्यान्न तरकारी डेरी मासु पसल खोल्न पाउने व्यवस्था मिलाइएको उनले बताए । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० को सिफारिसमा प्रशासन कार्यालयले निषेधाज्ञा बढाइको हो । कैलालीमा निषेधाज्ञा थपिएको यो ६ औँ पटक हो। यसअघि

सुदूरपश्चिम सरकार पुनर्गठन, दार्चुलाका धामी वन मन्त्री

दार्चुला – सुदूरपश्चिम सरकार पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गरेका हुन् । पुर्नगठनसँगै दार्चुला प्रदेश सभा ख बाट निर्वाचित मानबहादुर धामीले उद्योग वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाउनुभएको छ । यस्तै प्रदेश सरकारको सामाजिक विकासमन्त्रीमा पूर्णा जोशी, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी चयन भएका छन् । त्यस्तै राज्यमन्त्रीहरुमा चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर

एमालेले लियो सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरी मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको नेता छविलाल विश्वकर्माले जानकारी दिए । सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ ।  

धनगढीको संगम सहकारी संस्थाले मेयर कल्याणकारी कोषलाई गर्यो ७५ हजार सहयोग

धनगढी: धनगढी उप महानगरपालिका र चौधरी फाउण्डेसनको साझेदारिमा अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरका लागि मेयर कल्याणकारी कोषमा धनगढी स्थित संगम सहकारी संस्थाले ७५ हजार रकम सहयोग गरेको छ । आइतबार संस्थाका अध्यक्ष नरेश बिष्ट र प्रबन्धक मनमोहन बिष्टले संयुक्त रुपमा उप महानगरपालिकाका मेयर नृप बहादूर वडलाई संस्थाका तर्फबाट ७५ हजार को चेक उपलब्ध गरेका हुन् । कोभिड १९ को महामारीले सबैलाई संकट परेका बेला धनगढी उप महानगरपालिकाले अक्सिजन अभावमा

महाकाली नदीमा फसेका १० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलमा कार्यरत १० मजदुरको शुक्रबार दिउँसो उद्धार गरिएको छ । पुलसँगै महाकाली नदीमा बनिरहेको टापुमा मजदुरका रूपमा काम गरिरहेका ती मजदुर बिहीबार रातिदेखि आएको बाढीका कारण फसेका थिए । यहाँको श्री दल गुल्म भगतपुर ब्यारेक, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले टापुमा बसेका तिनीहरूको सकुशल उद्धार गरेको हो । त्यसैगरी महाकाली नदीमा आएको बाढीले पुलसँगै निर्माणाधीन पहुँच मार्ग ९६ लेनको सडक०

नेपाली काँग्रेस नेतृत्व बिकास टिमले गर्यो ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान

सकारत्मक परिवर्तनका लागी नेतृत्व भन्ने मुल नाराका साथ नेतृत्व बिकास समिति केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कोभिड महामारीमा सातै प्रदेशका राजधानी हरुमा सकृय रहेका ट्राफिक प्रहरी हरुका लागी फेस सिल्ड, सेनिटाइजर र माक्स बितरण गरेको छ । प्रतिष्ठानका संयोजक उषा मल्ल को नेतृत्वको टिमले सो सामाग्री बितरण गरेको हो ।प्रदेश नं. १ मा शेवक बजगाई को प्रतिनिधित्वमा मोरङ मा प्रदेश नं. २ मा सुजित यादब को प्रतिनिधित्वमा धनुषा मा प्रदेश

नेपाल लाइफका पूर्व सिईओ विवेक झा सूर्या लाइफको सञ्चालकमा नियुक्त

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा दुई कार्यकाल बिताएर पूर्व सिईओ विवेक झा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीकोे संचालकमा नियुक्त भएका छन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको जेठ ७ गते बिहान ११ः०० बजे बसेको २९१ औ संचालक समितिको बैठकले झालाई रिक्त संचालक पदमा बाँकी कार्यकालका लागि नियुक्त गरेको हो । सञ्चालक झाले उक्त कम्पनीलाई जीवन बीमा सम्बन्धी सही नीतिमार्फत मार्ग निर्देश गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।