प्रदेश Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/प्रदेश www.yugdarpan.com Fri, 27 Sep 2024 07:22:05 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://www.yugdarpan.com/wp-content/uploads/2020/06/yug-darpan-favicon-150x150.png प्रदेश Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/प्रदेश 32 32 178717794 अाेम कृष्ण अस्पताल ले गर्याे कलेजाे बिग्रेको बिमारी ( CLD)मा हर्नियाकाे सफल सल्यक्रिया https://www.yugdarpan.com/archives/8029 https://www.yugdarpan.com/archives/8029#respond Fri, 27 Sep 2024 06:06:42 +0000 https://www.yugdarpan.com/?p=8029 टिकापुर, टिकापुरकाे अाेम कृष्ण अस्पतालका बिशेषज्ञ डा. हरूकाे  Complicated Hernia  काे सफल सल्यक्रिया सम्पन्न गरेका छन। जानकी गाउपालिका- १ का ५१ बर्षका पुरूष बुधराम चाैधरीकाे  Irreducible Inguinal Hernia  with CLD (कलेजाे बिग्रिसकेकाे ) राेग बाट ग्रसित भएर अस्पताल भर्ना भएका थिए एक दमै क्रिटिकल अबस्थामा अाेम कृष्ण अस्पतालका बिशेषज्ञ डा. हरू डा. नवीन चन्द्र भट्ट जनरल सर्जन,डा.सुवास थापा एनेस्थेसियोलोजिस्ट   र फिजिसियन डा.चित्र गिरी र डा. प्रसान्त भट्टराई काे टिमले

The post अाेम कृष्ण अस्पताल ले गर्याे कलेजाे बिग्रेको बिमारी ( CLD)मा हर्नियाकाे सफल सल्यक्रिया appeared first on युग दर्पण.

]]>
टिकापुर,

टिकापुरकाे अाेम कृष्ण अस्पतालका बिशेषज्ञ डा. हरूकाे  Complicated Hernia  काे सफल सल्यक्रिया सम्पन्न गरेका छन।

जानकी गाउपालिका- १ का ५१ बर्षका पुरूष बुधराम चाैधरीकाे  Irreducible Inguinal Hernia  with CLD (कलेजाे बिग्रिसकेकाे ) राेग बाट ग्रसित भएर अस्पताल भर्ना भएका थिए एक दमै क्रिटिकल अबस्थामा अाेम कृष्ण अस्पतालका बिशेषज्ञ डा. हरू डा. नवीन चन्द्र भट्ट जनरल सर्जन,डा.सुवास थापा एनेस्थेसियोलोजिस्ट   र फिजिसियन डा.चित्र गिरी र डा. प्रसान्त भट्टराई काे टिमले सल्यक्रिया सफल पारेका हुन ।

टिकापसरमै बिशेषज्ञ सेवा पाए पछि नेपालगन्ज ,काठमान्डाै जानू पर्ने दुख र खर्चबाट समेत छुटकारा पाईएकाे स्थानिय वासिहरूले बताउने गरेका छन।।

The post अाेम कृष्ण अस्पताल ले गर्याे कलेजाे बिग्रेको बिमारी ( CLD)मा हर्नियाकाे सफल सल्यक्रिया appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/8029/feed 0 8029
छाेराकाे पास्निमा सूर्यज्याेति लाईफकाे बिमा पाेलिसि उपहार https://www.yugdarpan.com/archives/8024 https://www.yugdarpan.com/archives/8024#respond Thu, 22 Aug 2024 03:29:02 +0000 https://www.yugdarpan.com/?p=8024 धनगढी ,  पछिल्लाे समय बिमाकाे जनचेतना बढे संगै अाफ्नाे र परिवारकाे बिमा गराउने बिमितकाे संख्यामा बड्दै गईरहेकाे छ।   गाेदावरि नगरपालिका १ बस्ने राम चाैधरी र रमिता चाैधरी ले अाफ्नाे छाेरा अरबिन  चाैधरीकाे  पास्निकाे शुभअवसरमा सुर्यज्याेति   लाईफ ईन्स्याेरेन्सकाे  पाच लाख बिमाङ्क काे   सूर्ज्याेति नाैलाे बाल जीवन बिमा गराउनु भएकाे हाे । अत्तरिया शाखा प्रमुख नरेश भट्ट ले पास्निमा सरिक भई  बिमालेख हस्तान्तरण गरेका थिए साथै छाेरा काे उज्वल भिबिश्यका लागि बिमा

The post छाेराकाे पास्निमा सूर्यज्याेति लाईफकाे बिमा पाेलिसि उपहार appeared first on युग दर्पण.

]]>
धनगढी ,  पछिल्लाे समय बिमाकाे जनचेतना बढे संगै अाफ्नाे र परिवारकाे बिमा गराउने बिमितकाे संख्यामा बड्दै गईरहेकाे छ।   गाेदावरि नगरपालिका १ बस्ने राम चाैधरी र रमिता चाैधरी ले अाफ्नाे छाेरा अरबिन  चाैधरीकाे  पास्निकाे शुभअवसरमा सुर्यज्याेति   लाईफ ईन्स्याेरेन्सकाे  पाच लाख बिमाङ्क काे   सूर्ज्याेति नाैलाे बाल जीवन बिमा गराउनु भएकाे हाे । अत्तरिया शाखा प्रमुख नरेश भट्ट ले पास्निमा सरिक भई  बिमालेख हस्तान्तरण गरेका थिए साथै छाेरा काे उज्वल भिबिश्यका लागि बिमा गराउनु भएकाे मा धन्यवाद ज्ञापन गर्दै उपस्थित सम्पुर्णलाई जिबनबिमाकाे महत्व बालबालिकाकाे उच्च शिक्षाकाे लागि अाबश्यक भएकाले अाफ्नाे अाम्दानिकाे १० प्रतिशत अनिवार्य बचत गर्नु पर्ने कुराकाे जानकारी गराउनु भयाे

The post छाेराकाे पास्निमा सूर्यज्याेति लाईफकाे बिमा पाेलिसि उपहार appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/8024/feed 0 8024
कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक https://www.yugdarpan.com/archives/8019 https://www.yugdarpan.com/archives/8019#respond Tue, 02 Jul 2024 03:12:55 +0000 https://www.yugdarpan.com/?p=8019 काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । सोमबार मध्यरातमा नेकपा एमालेसँग नयाँ सरकार गठन गर्ने सहमति गरेसँगै देउवाले पदाधिकारीहरूलाई छलफलका लागि डाकेका हुन् । भानु देउवाका अनुसार बैठक मंगलबार बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । एमाले र कांग्रेसबिच पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ । सहमतिमा कुन पार्टीले

The post कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक appeared first on युग दर्पण.

]]>
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । सोमबार मध्यरातमा नेकपा एमालेसँग नयाँ सरकार गठन गर्ने सहमति गरेसँगै देउवाले पदाधिकारीहरूलाई छलफलका लागि डाकेका हुन् ।

भानु देउवाका अनुसार बैठक मंगलबार बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । एमाले र कांग्रेसबिच पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ ।

सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि समावेश छन् । एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व भने मधेसवादी दललाई नै दिने सहमति बनेको बताइएको छ ।

The post कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/8019/feed 0 8019
प्रतिनिधि सभाले गठन गर्‍यो संसदीय छानबिन विशेष समिति https://www.yugdarpan.com/archives/8006 https://www.yugdarpan.com/archives/8006#respond Tue, 28 May 2024 14:29:33 +0000 https://www.yugdarpan.com/?p=8006 काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय विशेष समिति बनेको छ । प्रमुख दलहरूबीच भएको सहमतिअनुसार संसद्को मंगलबार बसेको बैठकले सहकारी संस्था बचत रकम संसदीय छानबिन समिति गठन गरेको हो । समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्यबहादुर थापा र सरिता भुषाल सदस्य छन् । यस्तै माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । समितिकाे  सभापति एमाले सांसद सूर्यबहादुर थापा

The post प्रतिनिधि सभाले गठन गर्‍यो संसदीय छानबिन विशेष समिति appeared first on युग दर्पण.

]]>
काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय विशेष समिति बनेको छ । प्रमुख दलहरूबीच भएको सहमतिअनुसार संसद्को मंगलबार बसेको बैठकले सहकारी संस्था बचत रकम संसदीय छानबिन समिति गठन गरेको हो ।

समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्यबहादुर थापा र सरिता भुषाल सदस्य छन् । यस्तै माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

समितिकाे  सभापति एमाले सांसद सूर्यबहादुर थापा छन । समितिलाई चारबुँदे कार्यादेश दिइएको छ ।

The post प्रतिनिधि सभाले गठन गर्‍यो संसदीय छानबिन विशेष समिति appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/8006/feed 0 8006
सुर्यज्योति लाईफ इन्स्योरेन्स कर्मचारी संघकाे बागमती प्रदेश स्तरीय भेला सम्पन्न https://www.yugdarpan.com/archives/7998 https://www.yugdarpan.com/archives/7998#respond Sat, 18 May 2024 13:06:04 +0000 https://www.yugdarpan.com/?p=7998 काठमाडौं, सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी कर्मचारी संघको बागमती प्रदेश स्तरीय भेला कर्मचारी संघका केन्द्रीय अध्यक्ष श्री रघु नाथ भण्डारी ज्यूको अध्यक्षतामा अाज काठमाडौ काे सानोगौरचन स्थित रानी महल ब्याङ्केटमा भव्य तथा सभ्य रुपमा सु-सम्पन्न भएको छ। उक्त कार्यक्रममा कर्मचारी संघका केन्द्रीय पदाधिकारी ज्यूहरु, कम्पनीका विभागीय प्रुमख ज्यूहरु, व्यवस्थापन तह का कर्मचारी हरूकाे उल्लेख्य सहभागिता रहेकाे थियाे कार्यक्रमका दिग्गज वक्ताहरुको मन्तव्य मन्थन गर्दा “सामुहिक हक अधिकार रक्षाकोलागि चालिने कदममा कम्पनी प्रतिको

The post सुर्यज्योति लाईफ इन्स्योरेन्स कर्मचारी संघकाे बागमती प्रदेश स्तरीय भेला सम्पन्न appeared first on युग दर्पण.

]]>
काठमाडौं, सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी कर्मचारी संघको बागमती प्रदेश स्तरीय भेला कर्मचारी संघका केन्द्रीय अध्यक्ष श्री रघु नाथ भण्डारी ज्यूको अध्यक्षतामा अाज काठमाडौ काे सानोगौरचन स्थित रानी महल ब्याङ्केटमा भव्य तथा सभ्य रुपमा सु-सम्पन्न भएको छ। उक्त कार्यक्रममा कर्मचारी संघका केन्द्रीय पदाधिकारी ज्यूहरु, कम्पनीका विभागीय प्रुमख ज्यूहरु, व्यवस्थापन तह का कर्मचारी हरूकाे उल्लेख्य सहभागिता रहेकाे थियाे कार्यक्रमका दिग्गज वक्ताहरुको मन्तव्य मन्थन गर्दा “सामुहिक हक अधिकार रक्षाकोलागि चालिने कदममा कम्पनी प्रतिको जिम्मेवारीलाई समेत सन्तुलित रुपमा अघि बढाउने निष्कर्ष रह्यो।” उक्त भेलाले सुशील काफ्ले काे अध्यक्षतामा  ७ सदस्य नयाँ कमिटि गठन भएकाे छ। कार्यक्रममा बागमति प्रदेशका १७० जना कर्मचारीहरूकाे उपस्थिति रहेकाे थियाे।

साथै १५ बर्ष भन्दा बढी कम्पनीमा सेवा गर्ने १४ जना कर्मचारीहरूलाई कर्मचारी संघले सम्मान पत्र प्रदान गरेको जानकारी केन्द्रीय समिति अध्यक्ष रघुनाथ भण्डारिले जानकारी दिनु भयाे।

The post सुर्यज्योति लाईफ इन्स्योरेन्स कर्मचारी संघकाे बागमती प्रदेश स्तरीय भेला सम्पन्न appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7998/feed 0 7998
दार्चुलामा थुनुवालाई समात्न खोज्दा लडेर घाइते भएका चौधरीको उपचारको क्रममा ज्यान गयो https://www.yugdarpan.com/archives/7980 https://www.yugdarpan.com/archives/7980#respond Mon, 11 Mar 2024 10:37:59 +0000 https://www.yugdarpan.com/?p=7980   दार्चुला ,दार्चुलामा थुनुवालाई समात्न खोज्दा लडेर घाइते भएका एक प्रहरी जवानको उपचारको क्रममा ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत रहेका ३० वर्षिय सोहन चौधरीको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सोमबार आज विहान साढे ११ बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडी रहेको भिरबाट लडेर प्रहरी जवान सुवान चौधरी घाइते भएका थिए । भिरबाट लडेर टाउकोमा गम्भिर चोट लागेका उनको जिल्ला अस्पताल दार्चुलामा

The post दार्चुलामा थुनुवालाई समात्न खोज्दा लडेर घाइते भएका चौधरीको उपचारको क्रममा ज्यान गयो appeared first on युग दर्पण.

]]>
  दार्चुला ,दार्चुलामा थुनुवालाई समात्न खोज्दा लडेर घाइते भएका एक प्रहरी जवानको उपचारको क्रममा ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत रहेका ३० वर्षिय सोहन चौधरीको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सोमबार आज विहान साढे ११ बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडी रहेको भिरबाट लडेर प्रहरी जवान सुवान चौधरी घाइते भएका थिए ।

भिरबाट लडेर टाउकोमा गम्भिर चोट लागेका उनको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख एव प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनु भयो । कर्तव्य पालनाको सिलसिलामा प्रहरी जवान चौधरीको ज्यान गएको प्रवक्ता प्रहरी निरीक्षक सिंहले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका महाकाली नगरपालिका– १ का उमेशसिंह कुँवर प्रहरीको मुद्दा फाँटमा सोधपुछको क्रममा भाग्न खोजेका हुन्।  हतकडी सहित भागेको तथा ज्यान गुमाएका प्रहरी जावन चौधरीले उनलाई समात्न खोज्दा लडेर टाउकोमा गम्भिर चोट लागेको थियो । ज्यान गुमाएका प्रहरी जवान चौधरीको घर कैलालीको कैलारी गाउँपालिका रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयको पछाडिको भागबाट हाम फाली महाकालीमा पौडी खेलेर भारततिर पुगेका उमेश कुवरलाई भारतपट्टिका गोरखा रेजिमेन्ट (जीआर) ले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ ।

हिरासतमा रहेका कुवर यस अघि माघ ७ गते दुई जना प्रहरीमाथि समेत चक्कु प्रहार गरी फरार रहेका थिए । कुँवरलाई प्रहरीले यहि फागुन २० गते महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो ।  कुँवरले श्रीमती धनिशा कुँवरलाई घरमा बन्धक बनाई कुटपिट गर्ने गरेको भन्दै प्रहरीमा उजुरी आएपछि माघ ७ गते सामुदायिक प्रहरी केन्द्र बांगाबगरबाट प्रहरी टोली कुँवरको घर गएको थियो । घरमा पुगेका प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्ना माथि कुँवरले चक्कु प्रहार गरी घाइते बनाएको थियो । पक्राउ परेका कुँवरविरुद्ध प्रहरीले अपहरण तथा बन्दकी, ज्यान मार्ने उद्योग र जबर्जस्ती करणीको मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको थियो।

 

The post दार्चुलामा थुनुवालाई समात्न खोज्दा लडेर घाइते भएका चौधरीको उपचारको क्रममा ज्यान गयो appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7980/feed 0 7980
आशा लघुवित्त भित्र आन्तरिक द्वन्द्व, कर्मचारीले दिए व्यवस्थापकलाई आन्दोलन गर्ने चेतावनी https://www.yugdarpan.com/archives/7974 https://www.yugdarpan.com/archives/7974#respond Sun, 10 Mar 2024 13:30:44 +0000 https://www.yugdarpan.com/?p=7974 काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरू व्यवस्थापकहरू आन्दोलनको चेतावनी दिएका छन् । लामो समयसम्म सम्झौता कार्यान्वयन नभएपछि आक्रोशित कर्मचारीहरूले आन्दोलनको चेतावनी दिएका हुन् । साबिकको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरेपश्चात् बनेको आशा लघुवित्तको व्यवस्थापन प्रति असन्तुष्टि जनाउँदै आएका कर्मचारीले यसअघि गरेको सम्झौता कार्यान्वयन नभएपछि आक्रोशित बनेका हुन् । सबै सम्झौता फागुन १६ गतेसम्म कार्यान्वयन गर्नुपर्ने भए पनि कर्मचारीको सेवा सुविधा समायोजन बाहेक अरू कुनै पनि नभएको कर्मचारीहरूको गुनासो रहेको

The post आशा लघुवित्त भित्र आन्तरिक द्वन्द्व, कर्मचारीले दिए व्यवस्थापकलाई आन्दोलन गर्ने चेतावनी appeared first on युग दर्पण.

]]>
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरू व्यवस्थापकहरू आन्दोलनको चेतावनी दिएका छन् । लामो समयसम्म सम्झौता कार्यान्वयन नभएपछि आक्रोशित कर्मचारीहरूले आन्दोलनको चेतावनी दिएका हुन् ।

साबिकको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरेपश्चात् बनेको आशा लघुवित्तको व्यवस्थापन प्रति असन्तुष्टि जनाउँदै आएका कर्मचारीले यसअघि गरेको सम्झौता कार्यान्वयन नभएपछि आक्रोशित बनेका हुन् । सबै सम्झौता फागुन १६ गतेसम्म कार्यान्वयन गर्नुपर्ने भए पनि कर्मचारीको सेवा सुविधा समायोजन बाहेक अरू कुनै पनि नभएको कर्मचारीहरूको गुनासो रहेको छ ।

व्यवस्थापन समूहले आन्दोलनको समयमा भएका सहमति कार्यान्वयन गर्नुको सट्टामा उल्टै तालिमको आयोजना गरी कर्मचारी थर्काउने काम गरेको कर्मचारीहरू बताउँछन् । यसअघि आशा लघुवित्तका कर्मचारीले विभिन्न माग राख्दै १७ दिनसम्म आन्दोलन गरेका थिए। माग पुरा नभएको खण्डमा करिब दुई सय जनाले संयुक्त राजीनामा दिने बताएकोमा व्यवस्थापक समूहले वार्तामा बोलाई १६ बुन्दे सम्झौता गरेको थियो। तर ती सम्झौता पुरा नगरेको भन्दै कर्मचारीहरू पुनः आक्रोशित बनेका छन् ।

कर्मचारीहरू भने सम्झौताहरू कार्यान्वयनमा नआए चैत १ गते देखि पुनः आन्दोलनमा जाने तयारीमा लागेका छन् । सम्झौता कार्यान्वयन गराइदिन माग गर्दै श्रम तथा रोजगार कार्यालय टेकुमा समेत निवेदन दिने तयारी रहेको एक कर्मचारीले बताए ।

The post आशा लघुवित्त भित्र आन्तरिक द्वन्द्व, कर्मचारीले दिए व्यवस्थापकलाई आन्दोलन गर्ने चेतावनी appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7974/feed 0 7974
महाकाली नगरपालिका र नगरप्रमुखविरुद्ध नगरबासिले गरे मुद्धा दायर https://www.yugdarpan.com/archives/7952 https://www.yugdarpan.com/archives/7952#respond Fri, 09 Feb 2024 03:09:50 +0000 https://www.yugdarpan.com/?p=7952 काडमाडौं– दार्चुलाको महाकाली नगरपालिका र नगर प्रमुखविरुद्ध अदालतमा मुद्धा दायर भएको छ । महाकाली नगरपालिका–५ का स्थानीयहरुले जिल्ला अदालत दार्चुलामा मुद्धा दायर गरेका हुन् । स्थानीयहरुलाई जानकारी नदिएर महाकाली नगरपालिकाले आफ्नो मनोमानी ढङ्गले स्थानीयहरुका घर जग्गामा असर पर्नेगरी महाकाली नदीबाट बालुवा, गिट्टी उत्खनन् गर्न टेन्डर खोलेको भन्दै महाकाली नगरपालिका–५ का स्थानीयहरुले महाकाली नगरपालिका र नगरप्रमुख नरसिंह चैसिरविरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता गराएको स्थानीय भोजराज बडूले जानकारी दिए । राजनैतिक आग्रहपुर्वाग्रह र

The post महाकाली नगरपालिका र नगरप्रमुखविरुद्ध नगरबासिले गरे मुद्धा दायर appeared first on युग दर्पण.

]]>
काडमाडौं– दार्चुलाको महाकाली नगरपालिका र नगर प्रमुखविरुद्ध अदालतमा मुद्धा दायर भएको छ । महाकाली नगरपालिका–५ का स्थानीयहरुले जिल्ला अदालत दार्चुलामा मुद्धा दायर गरेका हुन् ।

स्थानीयहरुलाई जानकारी नदिएर महाकाली नगरपालिकाले आफ्नो मनोमानी ढङ्गले स्थानीयहरुका घर जग्गामा असर पर्नेगरी महाकाली नदीबाट बालुवा, गिट्टी उत्खनन् गर्न टेन्डर खोलेको भन्दै महाकाली नगरपालिका–५ का स्थानीयहरुले महाकाली नगरपालिका र नगरप्रमुख नरसिंह चैसिरविरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता गराएको स्थानीय भोजराज बडूले जानकारी दिए ।

राजनैतिक आग्रहपुर्वाग्रह र विभिन्न बाहानामा स्थानीयहरुलाई कुनै जानकारी नदिएर सिधै रुपमा नगरपालिकाले टेन्डर खोलेको वडा नम्बर ५ का स्थानीय शेखर चन्द्र बडुले बताए । ‘नजिकको सरकार भनेको स्थानीय सरकार हो, स्थानीय सरकारले नै हामीमाथि अन्याय गरेको छ ।

राजनीतिक पुर्वाग्रह राखेर हामीमाथि घात भएको छ । सामाजिक सद्भाव खल्बलाउने काम गरिएको छ, स्थानीयले आक्रोश पोख्दै भने ।’ २०८० असारमा ४ गते महाकाली नगरपालिका नगर प्रमुख सदस्य रहेको जिल्ला समन्वय समिति प्रमुख महादेब बडूको संयोजकत्वमा बैठक बसी खेट्टेबगर क्षेत्रमा कटानको जोखिम रहेकाले नदीजन्य तथा खनिजजन्य पदार्थ उत्खनन, संकलन र बिक्रि गर्न उपयुक्त नरहेको भन्दै बन्द गरेको थियो ।

तर, समितिको बैठकमा नगरप्रमुख चैसिर आफै उपस्थित भई हस्ताक्षर समेत गरेका थिए । नगरपालिकाले नियम विपरित स्थानीयहरुलाई पन्छाएर २०८० माघ २ गते प्रथम पटक बोल पत्र सम्बन्धि सूचना प्रकाशित गर्यो । यसरी मौलिक हकमा अघात पुग्नेगरी नगरपालिकाले मनोमानी र नियमको ठाडो उल्लघंन गरेको स्थानीयहरुको रीट निवेदनमा छ ।

यस बिषयमा नगरपालिकाका प्रमुख चैसिरलाई बुझ्दा नियम कानून र अध्ययन गरेर बोलपत्र आह्वान गरेको बताए । कसैको घर जग्गामा क्षति पुग्ने गरी काम गर्ने होईन्, अध्ययन गरेर काम गर्ने नगरप्रमुख चैसिंरले भने । यस्तै उनले आफूविरुद्ध मुद्धा दर्ता रहेको पनि केहि जानकारी नभएको प्रतिक्रिया दिए ।

The post महाकाली नगरपालिका र नगरप्रमुखविरुद्ध नगरबासिले गरे मुद्धा दायर appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7952/feed 0 7952
पञ्चासिंह १५ वर्षदेखि फरार सूचीमा, दोस्रोपटक पक्राउ पुर्जी जारी https://www.yugdarpan.com/archives/7947 https://www.yugdarpan.com/archives/7947#respond Tue, 23 Jan 2024 04:08:27 +0000 https://www.yugdarpan.com/?p=7947 काठमाडौ ,१५ वर्षअघि २६ फागुन २०६५ मा भएको हत्याको एउटा घटना पुनः बिउँझिएको छ । कालीकोटका १७ वर्षीय युवक राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले यसअघि जिल्ला अदालतबाट १३ साउन २०७९ मा पक्राउ पुर्जी लिएको थियो जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी लक्ष्मण शाहीका अनुसार १५ वर्षअघिको

The post पञ्चासिंह १५ वर्षदेखि फरार सूचीमा, दोस्रोपटक पक्राउ पुर्जी जारी appeared first on युग दर्पण.

]]>
काठमाडौ ,१५ वर्षअघि २६ फागुन २०६५ मा भएको हत्याको एउटा घटना पुनः बिउँझिएको छ ।

कालीकोटका १७ वर्षीय युवक राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले यसअघि जिल्ला अदालतबाट १३ साउन २०७९ मा पक्राउ पुर्जी लिएको थियो

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी लक्ष्मण शाहीका अनुसार १५ वर्षअघिको उक्त हत्या प्रकरणमा संलग्न रहेको आरोप लागेका कालीकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएकी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंह, सोही ठाउँका ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालीकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

किटानी जाहेरीमा नाम उल्लेख भएका उनीहरुमाथि गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट पक्राउपुर्जी जारी भएको प्रहरीले जनाएको छ । ‘किटानी जाहेरीका आधारमा ६ जना विरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको छ । उनीहरुको घर-ठेगानामा खोजतलासका लागि पत्राचार गरिसकेका छौं,’ सुर्खेत प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रसिंह थापाले भने ।घटनाको अनुसन्धान गर्न पछिल्लो पटक सुर्खेत प्रहरीले प्रहरी निरीक्षक कृष्ण खड्कालाई अनुसन्धान अधिकारी तोकेको छ । त्यसो त यो घटनामा अनुसन्धान अधिकृत तोकिएको यो पहिलो पटक होइन । उक्त घटनाका आरोपीलाई पक्रिन भन्दै यसअघि प्रहरीले ३१ जनालाई अनुसन्धान अधिकृत तोकिसकेको थियो । तर ‘हाइप्रोफाइल’ व्यक्ति जोडिएको भन्दै आरोपितलाई पक्राउ गर्ने आदेश भने थिएन ।‘यो अलि हाइप्रोफाइल जोडिएको घटना भयो । अनुसन्धान अधिकारी तोकिए पनि समातिहाल्ने आदेश भने थिएन,’ पुराना एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने, ‘यो राजनीतिसँग जोडिएको घटना भएकाले त्यति चासोका साथ नहेरिएकै हो ।’

The post पञ्चासिंह १५ वर्षदेखि फरार सूचीमा, दोस्रोपटक पक्राउ पुर्जी जारी appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7947/feed 0 7947
भ्रामक र तथ्यहीन समाचारप्रति सूर्यज्योति लाइफको ध्यानाकर्षण, निर्धक्क भई सेवासुविधा लिन आग्रह https://www.yugdarpan.com/archives/7940 https://www.yugdarpan.com/archives/7940#respond Mon, 08 Jan 2024 10:29:55 +0000 https://www.yugdarpan.com/?p=7940 काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले भ्रामक र आधारहीन समाचारको पछि नलाग्न सरोकारवालाहरुलाई आग्रह गरेको छ। कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘हालै केही सीमित अनलाइन मिडियाद्वारा सुनियोजित तबरले शृंखलाबद्ध गरी फरक–फरक शीर्षक राखी सूर्यज्योति लाइफप्रति नकरात्मक असर पुर्याउने हेतुले आफुखुसी अपव्याख्या गर्दै कपोलकल्पित, भ्रामक, अतिरंजित र तथ्यहीन र सत्यतथ्य नबुझी तथा विषयगत ज्ञान नराखी सिलसिलेवार तवरले समाचारहरुको सम्प्रेषण भएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता समाचारहरुप्रति यस

The post भ्रामक र तथ्यहीन समाचारप्रति सूर्यज्योति लाइफको ध्यानाकर्षण, निर्धक्क भई सेवासुविधा लिन आग्रह appeared first on युग दर्पण.

]]>
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले भ्रामक र आधारहीन समाचारको पछि नलाग्न सरोकारवालाहरुलाई आग्रह गरेको छ। कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘हालै केही सीमित अनलाइन मिडियाद्वारा सुनियोजित तबरले शृंखलाबद्ध गरी फरक–फरक शीर्षक राखी सूर्यज्योति लाइफप्रति नकरात्मक असर पुर्याउने हेतुले आफुखुसी अपव्याख्या गर्दै कपोलकल्पित, भ्रामक, अतिरंजित र तथ्यहीन र सत्यतथ्य नबुझी तथा विषयगत ज्ञान नराखी सिलसिलेवार तवरले समाचारहरुको सम्प्रेषण भएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता समाचारहरुप्रति यस कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

केही सीमित मिडियामा प्रकाशित समाचारहरु तथ्यहीन, आधारहीन र कपोलकल्पित रहेको र गलत आरोप लगाएर लाखौँ बीमित, लाखौँ शेयरधनी र हजारौं अभिकर्ताको विश्वास जित्न सफल सूर्यज्योति लाइफप्रति आमजनतामा नै भ्रम सिर्जना गर्ने र कम्पनीको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले सुनियोजित तवरले प्रकाशित गरेको कम्पनीको भनाइ छ। ‘यस्ता आधारहीन समाचारको पछि नलागी पूर्ण रुपमा निर्धक्क भई दृढ विश्वास राखी विगतमा झैँ कम्पनीले जारी गरेको बीमालेख खरिद गर्न र अन्य सेवासुविधा लिन सबैलाई आग्रह गर्दछौँ’, कम्पनीले भनेको छ।

कम्पनीसँग सम्बन्धित कुनै सुझाव वा गुनासो भएमा नजिकको शाखा कार्यालय वा कम्पनीको ई–मेलमार्फत उपलब्ध गराउन पनि कम्पनीले आग्रह गरेको छ। कम्पनीले सदैव संस्थागत सुशासन, बीमा ऐन र नीतिनियमको अवलम्बन गर्दै आएको र नियमनकारी निकाय बीमा प्राधिकरणको प्रत्यक्ष निगरानी र निर्देशनअनुसार आफ्ना सम्पूर्ण कार्यसम्पादन गर्दै आएको जनाएको छ।

‘नेपाल सरकारका अन्य नियामक निकाय कम्पनी रजिस्ट्रारको कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल स्टक एकस्चेन्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड (सेबोन), सीडीएस एन्ड क्लियरिङ लिमिटेडलगायत सबै सरोकारवाला नियामक निकायहरुको नीति, नियम र निर्देशनहरुको परिधिभित्र रही सो निर्देशनहरुको पूर्ण परिपालना गर्दै संस्थागत सुशासनलाई प्राथमिकता दिई कार्य गर्दै आएका छौँ’, विज्ञप्तिमा भनिएको छ।

The post भ्रामक र तथ्यहीन समाचारप्रति सूर्यज्योति लाइफको ध्यानाकर्षण, निर्धक्क भई सेवासुविधा लिन आग्रह appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7940/feed 0 7940