घट्यो बैतडीको जनसङ्ख्या
बैतडी, बैतडीको जनसङ्ख्या साढे ६ हजार घटेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या घटेको पाइएको हो । विसं २०६८ को जनगणनाअनुसार बैतडीको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेकोमा १० वर्षमा घटेर दुई लाख ४४ हजार ४०० पुगेको छ । दश वर्षमा ६ हजार ४९८ घटेको साविकको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताउनुभयो । सार्वजनिक विवरणअनुसार जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या पुर्चौडी नगरपालिकामा रहेको छ