दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेबाट नरसिँह चैसिर सिफारिस
दार्चुला ।महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेबाट नरसिँह चौसिरलाई सिफारिस गरिएको छ । दार्चुलाको सदरमुकाम समेत रहेको महाकालीको मेयरमा एमालेबाट चौसिरको नाम सर्वसम्मत सिफारिस गरिएको हो । एमाले दार्चुलाले महाकालीको मेयरमा चौसिरको नाम सुदूरपश्चिम प्रदेश कमिटीलाई सिफारिस गरिसकेको छ । २०३८ साल माघ ४ गते महाकाली नगरपालिका वडा नं. ९ दत्तुमा जन्मिएका चौसिर लामो समयदेखि नेकपा एमालेमा आवद्ध हुनुहुन्छ । उहाँ नेपका एमाले महाकाली नगर कमिटी अध्यक्ष समेत हुनुहुन्छ । अंग्रेजी