कर्णाली प्रदेश Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/प्रदेश/प्रदेश-६ www.yugdarpan.com Sun, 24 Apr 2022 00:57:08 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://www.yugdarpan.com/wp-content/uploads/2020/06/yug-darpan-favicon-150x150.png कर्णाली प्रदेश Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/प्रदेश/प्रदेश-६ 32 32 178717794 वीरेन्द्रनगरको मेयरका लागि आमा काँग्रेसबाट सिफारिस, छोरो स्वतन्त्र उम्मेदवार ! https://www.yugdarpan.com/archives/6983 https://www.yugdarpan.com/archives/6983#respond Sun, 24 Apr 2022 00:57:08 +0000 http://www.yugdarpan.com/?p=6983 सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरको उम्मेदवार बन्नका लागि अहिले रस्साकस्सी चलिरहेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पनि मेयरमा उम्मेदवारी दिनेहरूको सूची लामो छ । त्यस मध्येका एक हुन् वीरेन्द्रनगरका अनिल ढकाल । युवाहरूबीच निकै लोकप्रिय उनी सामाजिक कार्यमा अग्रसर युवा हुन । उनले दुई महिना अघि नै स्वतन्त्र उम्मेदवारी उठ्ने घोषणा गरिसकेका छन् । यसका लागि उनले आवश्यक तयारी पनि थालेका छन् । तर ढकालकी आमा नेपाली

The post वीरेन्द्रनगरको मेयरका लागि आमा काँग्रेसबाट सिफारिस, छोरो स्वतन्त्र उम्मेदवार ! appeared first on युग दर्पण.

]]>
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरको उम्मेदवार बन्नका लागि अहिले रस्साकस्सी चलिरहेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पनि मेयरमा उम्मेदवारी दिनेहरूको सूची लामो छ । त्यस मध्येका एक हुन् वीरेन्द्रनगरका अनिल ढकाल । युवाहरूबीच निकै लोकप्रिय उनी सामाजिक कार्यमा अग्रसर युवा हुन । उनले दुई महिना अघि नै स्वतन्त्र उम्मेदवारी उठ्ने घोषणा गरिसकेका छन् । यसका लागि उनले आवश्यक तयारी पनि थालेका छन् । तर ढकालकी आमा नेपाली काँग्रेसबाट मेयरका लागि सिफारिस भएकी छन् । शुक्रबार काँग्रेस वीरेन्द्रनगर कमिटीले मेयरका लागि ७ जनाको नाम सिफारिस गरेको छ । जसमा एक मात्र महिलाका रूपमा चाँदनी ढकाललाई सिफारिस गरिएको छ । ढकाल नेपाली काँग्रेसभित्र विगतदेखिनै सक्रिय रूपमा लागेकी नेतृ हुन् । ढकालसँगै हरि विष्ट, उपेन्द्र खड्का, गोविन्द कोइराला, नारायण सापकोटा, नारायण कोइराला र भूपेन्द्र खत्री मेयरका लागि सिफारिस भएका छन् ।  नेतृ ढकाल मेयरका लागि सिफारिस भएसँगै स्वतन्त्र उम्मेदवार छोरा अनिलले आमाको पोस्ट शेयर गर्दै लेखेका छन्, ‘मेरी मम्मी (आमा)को उच्च मूल्याङ्कन गर्दै राजधानी वीरेन्द्रनगर नगरको मेयरका लागि सिफारिस गर्नुभएकोमा नेपाली काँग्रेस नगर कमिटी प्रति हार्दिक आभार व्यक्त गर्दछु । तर पार्टीले हजुरलाई टिकट दियो भने आमा–छोरा कसरी लड्ने होला मम्मी ?’ उनको पोस्टमा महेन्द्रकुमार थापा नाम गरेका एक फेसबुक प्रयोग कर्ता लेख्छन्, ‘दिनभरि मागेको भोट बेलुकी आमाको पोल्टोमा राखिदिए पनि आमा त्यस्ती नारी हुन् उनले बाबु तिमी नै राख भन्नु हुनेछ ।’ढकाल यसअघि विवेकशील साझा पार्टीमा आबद्ध थिए । उनी भन्छन्–‘मैले बुझेको राजनीति हिम्मत, त्याग र सेवा हो, गफ हैन काम हो । मैले त्याग गर्ने हिम्मत गरिसकेँ । स्थानीय तह स्वतन्त्र नै हुनु पर्दछ भनेर पार्टी त्याग गर्ने हिम्मत गरे । खर्चिलो जीवन शैली त्यागेर साधारण जीवनयापन रोजेको धेरै भयो ।उनले सामाजिक न्यायका लागि, स्थानीय सरकारलाई सेवक बनाउनका लागि, शिक्षालाई विकाससँग जोड्नका लागि, उद्यमशील समाज निर्माण, युवाहरूलाई अवसरको सिर्जना गर्नका लागि, सुशासन र भ्रष्टाचार मुक्त समाज निर्माणका लागि मेयर लड्ने हिम्मत गरेको बताए । साथै उनले साथै वीरेन्द्रनगरको सामाजिक, आर्थिक र भौतिक विकासका लागि ‘वीरेन्द्रनगर विकास पत्र’ केही दिनमै सार्वजनिक गर्ने बताएका छन् ।०७४ को चुनावमा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका देवकुमार सुवेदी र उपमेयरमा नेकपा एमालेकी मोहनमाया ढकाल विजय बनेका थिए  ।

The post वीरेन्द्रनगरको मेयरका लागि आमा काँग्रेसबाट सिफारिस, छोरो स्वतन्त्र उम्मेदवार ! appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6983/feed 0 6983
मनकारी वडाध्यक्ष : आफ्नो सेवा सुविधाबाट खरिद गरे एम्बुलेन्स https://www.yugdarpan.com/archives/6368 https://www.yugdarpan.com/archives/6368#respond Thu, 20 Jan 2022 10:47:09 +0000 http://www.yugdarpan.com/?p=6368 मान्म, कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–५ का वडाध्यक्ष नरेश बमले आफूले चार वर्षसम्म पाएको सरकारी सेवा सुविधाको रकमले एम्बुलेन्स खरिद गर्नुभएको छ । गाउँपालिकाका बिरामीलाई सेवा दिनका लागि आफ्नो सेवा सुविधाको रकमबाट वडाध्यक्ष बमले एम्बुलेन्स खरिद गर्नुभएको हो । विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बमले आफ्नो पाँच वर्षे कार्यकालमा सरकारले दिएको सेवा सुविधाबापतको रकम जनतालाई नै फिर्ता गरेको बताउनुभयो । “मैले निर्वाचन जित्दा नै सरकारी सेवा

The post मनकारी वडाध्यक्ष : आफ्नो सेवा सुविधाबाट खरिद गरे एम्बुलेन्स appeared first on युग दर्पण.

]]>
मान्म, कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–५ का वडाध्यक्ष नरेश बमले आफूले चार वर्षसम्म पाएको सरकारी सेवा सुविधाको रकमले एम्बुलेन्स खरिद गर्नुभएको छ ।

गाउँपालिकाका बिरामीलाई सेवा दिनका लागि आफ्नो सेवा सुविधाको रकमबाट वडाध्यक्ष बमले एम्बुलेन्स खरिद गर्नुभएको हो । विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बमले आफ्नो पाँच वर्षे कार्यकालमा सरकारले दिएको सेवा सुविधाबापतको रकम जनतालाई नै फिर्ता गरेको बताउनुभयो ।

“मैले निर्वाचन जित्दा नै सरकारी सेवा सुविधा जनताका लागि प्रयोग गर्ने योजना बनाएको थिएँ”, उहाँले भन्नुभयो, “त्यो पाएको सेवा सुविधाको रकमबाट एम्बुलेन्स खरिद गरेर जनताकालाई दिएको छु ।” जनताको जनजीवनसँग जोडिएको मानव स्वास्थ्यलाई मध्यनजर गरेर सेवा दिने उदेश्यले आफ्नो पाँच वर्षको पारिश्रमिकले एम्बुलेन्स खरिद गरेको अध्यक्ष बमले जानकारी दिनुभयो ।

“अब उक्त एम्बुलेन्सले जिल्लाभरिको बिरामीलाई आवश्यकता अनुसार सेवा दिने छ”, उहाँले भन्नुभयो, “एम्बुलेन्सले एकल महिला, अति गरिब, वृद्धवृद्धालाई निःशुल्क सेवा दिने लक्ष्य राखेका छौं ।” आफ्नो सेवा सुविधाबाट खरिद गरिएको एम्बुलेन्स कर्णाली सेवा समाजद्वारा सञ्चालन हुने अध्यक्ष बमले जानकारी दिनुभयो ।

The post मनकारी वडाध्यक्ष : आफ्नो सेवा सुविधाबाट खरिद गरे एम्बुलेन्स appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6368/feed 0 6368
मुगु, कास्की र अछाममा भएका दुर्घटनाका मृतकका परिवारलाई राहत दिने प्रधानमन्त्रीको घोषणा https://www.yugdarpan.com/archives/6080 https://www.yugdarpan.com/archives/6080#respond Wed, 13 Oct 2021 02:43:40 +0000 http://www.yugdarpan.com/?p=6080 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सवारी दुर्घटनामा मृत्यु भएकाका परिवारलाई उचित राहत दिने र घाइतेको सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् । मुगु, कास्की र अछाममा भएका दुर्घटनाले आफू स्तव्ध भएको बताउँदै प्रधानमन्त्री देउवाले सामाजिक सन्जालमा लेखेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु । दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले

The post मुगु, कास्की र अछाममा भएका दुर्घटनाका मृतकका परिवारलाई राहत दिने प्रधानमन्त्रीको घोषणा appeared first on युग दर्पण.

]]>
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सवारी दुर्घटनामा मृत्यु भएकाका परिवारलाई उचित राहत दिने र घाइतेको सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् ।

मुगु, कास्की र अछाममा भएका दुर्घटनाले आफू स्तव्ध भएको बताउँदै प्रधानमन्त्री देउवाले सामाजिक सन्जालमा लेखेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु । दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्नेछ ।
उनले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार मुगुमा भएको बस दुर्घटनामा ३२ जनाको ज्यान गएको थियो । यसैगरी सोमबार कास्कीमा आठ जना र अछाममा चार जनाको मृत्यु भएको थियो ।

 

The post मुगु, कास्की र अछाममा भएका दुर्घटनाका मृतकका परिवारलाई राहत दिने प्रधानमन्त्रीको घोषणा appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6080/feed 0 6080
नेपाली काँग्रेस नेतृत्व बिकास टिमले गर्यो ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान https://www.yugdarpan.com/archives/5515 https://www.yugdarpan.com/archives/5515#respond Fri, 21 May 2021 14:05:48 +0000 http://www.yugdarpan.com/?p=5515 सकारत्मक परिवर्तनका लागी नेतृत्व भन्ने मुल नाराका साथ नेतृत्व बिकास समिति केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कोभिड महामारीमा सातै प्रदेशका राजधानी हरुमा सकृय रहेका ट्राफिक प्रहरी हरुका लागी फेस सिल्ड, सेनिटाइजर र माक्स बितरण गरेको छ । प्रतिष्ठानका संयोजक उषा मल्ल को नेतृत्वको टिमले सो सामाग्री बितरण गरेको हो ।प्रदेश नं. १ मा शेवक बजगाई को प्रतिनिधित्वमा मोरङ मा प्रदेश नं. २ मा सुजित यादब को प्रतिनिधित्वमा धनुषा मा प्रदेश

The post नेपाली काँग्रेस नेतृत्व बिकास टिमले गर्यो ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान appeared first on युग दर्पण.

]]>
सकारत्मक परिवर्तनका लागी नेतृत्व भन्ने मुल नाराका साथ नेतृत्व बिकास समिति केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कोभिड महामारीमा सातै प्रदेशका राजधानी हरुमा सकृय रहेका ट्राफिक प्रहरी हरुका लागी फेस सिल्ड, सेनिटाइजर र माक्स बितरण गरेको छ ।

प्रतिष्ठानका संयोजक उषा मल्ल को नेतृत्वको टिमले सो सामाग्री बितरण गरेको हो ।प्रदेश नं. १ मा शेवक बजगाई को प्रतिनिधित्वमा मोरङ मा प्रदेश नं. २ मा सुजित यादब को प्रतिनिधित्वमा धनुषा मा प्रदेश ३ मा सरद मर्हजन को प्रतिनिधित्वमा ललितपुर प्रदेश नं. ४ मा शंकर कडेल को प्रतिनिधित्वमा कास्की प्रदेश नं.५ मा देवा डाँगी र शुष्मा गिरी को प्रतिनिधित्वमा दाङ प्रदेश नं. ६ मा प्रकाश पौडेल को प्रतिनिधित्वमा सुर्खेत र प्रदेश नं.७ मा नरेश भट्ट को प्रतिनिधित्वमा कैलाली को धनगढी मा सामाग्री बितरण गरेका थिए ।

फोटो हरु

The post नेपाली काँग्रेस नेतृत्व बिकास टिमले गर्यो ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5515/feed 0 5515
संक्रमण घटाउन निषेधाज्ञा थप https://www.yugdarpan.com/archives/5367 https://www.yugdarpan.com/archives/5367#respond Tue, 04 May 2021 15:16:01 +0000 http://www.yugdarpan.com/?p=5367 कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले यही वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा थपिएको आदेश जारी गरेको छ । प्रशासनले यसअघि वैशाख १४–२१ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो । कोरोना संक्रमण बढ्दै गएकाले रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारका निम्ति जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसेर एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो

The post संक्रमण घटाउन निषेधाज्ञा थप appeared first on युग दर्पण.

]]>
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि निषेधाज्ञा थपिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले यही वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा थपिएको आदेश जारी गरेको छ । प्रशासनले यसअघि वैशाख १४–२१ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो ।
कोरोना संक्रमण बढ्दै गएकाले रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारका निम्ति जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसेर एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो ।

The post संक्रमण घटाउन निषेधाज्ञा थप appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5367/feed 0 5367
कर्णालीका तीन मन्त्रीको पुनः शपथग्रहण https://www.yugdarpan.com/archives/5322 https://www.yugdarpan.com/archives/5322#respond Wed, 28 Apr 2021 14:08:30 +0000 http://www.yugdarpan.com/?p=5322 कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले पुनः शपथग्रहण गर्नुभएको छ । तीनै जनालाई आज कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराउनुभएको हो । यही वैशाख ३ गते बसेको प्रदेशसभा बैठकमा नेकपा(एमाले)को निर्देशन उल्लङ्घन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । उहाँहरुलाई मुख्यमन्त्री शाहीले वैशाख ४ गते मन्त्रीमा नियुक्त गरेकामा उहाँहरुले वैशाख ५ गते प्रदेश प्रमुख कलौनीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । पार्टी निर्देशन विपरीत काम गरेको आरोप

The post कर्णालीका तीन मन्त्रीको पुनः शपथग्रहण appeared first on युग दर्पण.

]]>
कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले पुनः शपथग्रहण गर्नुभएको छ । तीनै जनालाई आज कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराउनुभएको हो ।
यही वैशाख ३ गते बसेको प्रदेशसभा बैठकमा नेकपा(एमाले)को निर्देशन उल्लङ्घन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । उहाँहरुलाई मुख्यमन्त्री शाहीले वैशाख ४ गते मन्त्रीमा नियुक्त गरेकामा उहाँहरुले वैशाख ५ गते प्रदेश प्रमुख कलौनीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

पार्टी निर्देशन विपरीत काम गरेको आरोप लगाउँदै एमाले प्रदेशसभा दलले तिनलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको सूचना प्रदेशसभा सचिवालयलाई गरेको थियो । सोअनुसार वैशाख १२ गते बसेको कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको दोस्रो बैठकमा सभामुख राजबहादुर शाहीले उहाँहरु पदमुक्त भएको जानकारी दिनुभएको थियो ।

पदमुक्त हुनुभएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकासमन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई आज पुनः प्रदेशप्रमुख कलौनीले पद तथा गोपनीयताको शपथ गराउनुभयो । थापा र शाही नयाँ मन्त्री भए पनि पर्यटनमन्त्री बुढालाई पुनः त्यही मन्त्रालय दिइएको छ । पर्यटनमन्त्री बुढाले उद्योगमन्त्रीका रुपमा यससँगै तीनपटक पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

The post कर्णालीका तीन मन्त्रीको पुनः शपथग्रहण appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5322/feed 0 5322
गाउँपालिका अध्यक्ष नै फोन गर्न रुख चढ्छन् https://www.yugdarpan.com/archives/5238 https://www.yugdarpan.com/archives/5238#respond Fri, 16 Apr 2021 06:14:02 +0000 http://www.yugdarpan.com/?p=5238 हुम्ला / हुम्लाको चंखेली गाउँपालिकामा मोवाइलले काम नगर्दा स्थानीय समस्यामा पर्दै आएका छन्। टेलीफोन गर्न गाउँबाट २ घण्टा टाढा पुग्नुपर्ने बाध्यता छ। नजिकै टावर नहुँदा मोवाइलमा नेटवर्कको समस्या हुने गरेको चंखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाईंले बताए। ‘घरमा बसेर मोवाइलमा कुरा गर्न सकिँदैन,’ अध्यक्ष चौलागाईंले भने, ‘मोवाइलबाट कसैसँग कुरा गर्नुपर्यो भने कि दुई घण्टा टाढा पुग्नुपर्छ, कि रुखको टुप्पोमा पुग्नुपर्ने बाध्यता छ।’ ६ वटा वडा रहेको चंखेलीमा टेलिकमको एउटा मात्रै टावर

The post गाउँपालिका अध्यक्ष नै फोन गर्न रुख चढ्छन् appeared first on युग दर्पण.

]]>
हुम्ला / हुम्लाको चंखेली गाउँपालिकामा मोवाइलले काम नगर्दा स्थानीय समस्यामा पर्दै आएका छन्। टेलीफोन गर्न गाउँबाट २ घण्टा टाढा पुग्नुपर्ने बाध्यता छ। नजिकै टावर नहुँदा मोवाइलमा नेटवर्कको समस्या हुने गरेको चंखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाईंले बताए। ‘घरमा बसेर मोवाइलमा कुरा गर्न सकिँदैन,’ अध्यक्ष चौलागाईंले भने, ‘मोवाइलबाट कसैसँग कुरा गर्नुपर्यो भने कि दुई घण्टा टाढा पुग्नुपर्छ, कि रुखको टुप्पोमा पुग्नुपर्ने बाध्यता छ।’
६ वटा वडा रहेको चंखेलीमा टेलिकमको एउटा मात्रै टावर छ। चंखेली ५ मा रहेको उक्त टावरले सबैतिर काम नगर्दा स्थानीय सञ्चार सुविधाबाट बञ्चित हुँदै आएका छन्। टेलिकमको अर्को टावर निर्माणको पहल भइरहेको अध्यक्ष चौलागाईँले बताए। चंखेलीमा इन्टरनेटले पनि राम्रो काम गर्दैन। घाम लागेको बेला इन्टरनेटले काम गर्ने भएपनि पानी पर्दा र घाम नलाग्दा काम नहुने उले बताए।

The post गाउँपालिका अध्यक्ष नै फोन गर्न रुख चढ्छन् appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5238/feed 0 5238
नगरपालिकाकै लगानीमा सडक कालोपत्र https://www.yugdarpan.com/archives/4940 https://www.yugdarpan.com/archives/4940#respond Thu, 18 Mar 2021 10:20:14 +0000 http://www.yugdarpan.com/?p=4940 चरीकोट, दोलखाको भीमेश्वर नगरपालिकाले सडक कालोपत्र गर्न शुरुआत गरेको छ । भीमेश्वर–४ जिलु जाने भटमासे जिलु सडक नगरपालिकाले आफ्नै लगानी गरी कालोपत्र गर्न शुरु गरेको वडा नं४ का वडाध्यक्ष हरिवंश चौलागाईले जानकारी दिनुभयो । नगरपालिका र वाग्मती प्रदेश सरकारको कूल ८४ लाखको लागतमा सार्कीस्वाराडाँडादेखि भट्मासे गोलाइसम्म करीब ९०० मिटर पक्की सडक धमाधम निर्माण भइरहेको उहाँले बताउनुभयो । भूकम्पपछि नगरपालिको निर्माण गरेको जिलु नमूना एकीकृत बस्ती तथा वडा नं ४ का

The post नगरपालिकाकै लगानीमा सडक कालोपत्र appeared first on युग दर्पण.

]]>
चरीकोट, दोलखाको भीमेश्वर नगरपालिकाले सडक कालोपत्र गर्न शुरुआत गरेको छ । भीमेश्वर–४ जिलु जाने भटमासे जिलु सडक नगरपालिकाले आफ्नै लगानी गरी कालोपत्र गर्न शुरु गरेको वडा नं४ का वडाध्यक्ष हरिवंश चौलागाईले जानकारी दिनुभयो ।

नगरपालिका र वाग्मती प्रदेश सरकारको कूल ८४ लाखको लागतमा सार्कीस्वाराडाँडादेखि भट्मासे गोलाइसम्म करीब ९०० मिटर पक्की सडक धमाधम निर्माण भइरहेको उहाँले बताउनुभयो । भूकम्पपछि नगरपालिको निर्माण गरेको जिलु नमूना एकीकृत बस्ती तथा वडा नं ४ का नागरिकलाई लक्षित गरी आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले ७५० मिटर कालोपत्र र २५० मिटर ढलानको काम भइरहेकोे नगरपालिकाले जनाएको छ ।

नगरपालिकामार्फत सडक पक्की बनाउने काम २०७८ जेठ मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी अमूल एण्ड स्नेहा कन्स्ट्रक्सन चरीकोटले निर्माणको जिम्मा लिएको छ । सो सडक खण्डमा कालोपत्रका लागि आवश्यक पूर्वधार जाली पर्खाल, मेसिनरी बाल, पक्की नाला, ह्युमपाइपसहितको कच्वे, सडक ढलानको सम्पन्न भएको निर्माण कम्पनीका प्रमुख प्रवीण श्रेष्ठले बताउनुभयो ।

समय अवधि भन्दा अगावै काम सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको उहाँले जानकारी दिनुभयो । अन्य क्षेत्रबाट स्रोत नभएपछि नगरपालिका आफैले लगानी गरेर सडक कालोपत्र निर्माणको काम शुरु गरेको हो । कृषि उत्पादनको भण्डारको रुपमा चिनिने जिलुमा सडक कालोपत्र भएसँगै कृषकसमेत खुशी भएका छन् ।
उत्पादन भएका तरकारी तथा अन्य सामग्री सहज तरिकाले चरीकोट बजारसम्म लगेर व्यापार गर्नको लागि सहज हुने भएको कृषकले बताएका छन् ।

The post नगरपालिकाकै लगानीमा सडक कालोपत्र appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/4940/feed 0 4940
दश दिनपछि कर्णाली किनारमा भेटियो रजनीको शव https://www.yugdarpan.com/archives/4857 https://www.yugdarpan.com/archives/4857#respond Wed, 17 Mar 2021 02:41:29 +0000 http://www.yugdarpan.com/?p=4857 कर्णाली, आठबीस नगरपालिका–३ दैलख निमाइलकी सात वर्षीया रजनी बडुवालको शव १० दिनपछि कर्णाली नदी किनारमा भेटिएको छ । गत फागुन २४ गते रजनी, उनकी आमा सुकी बडुवालसहित एकै परिवारका पाँचजनाले कर्णाली नदीमा हामफालेका थिए । रजनीको शव मङ्गलबार दैलेख प्रहरीले कर्णाली नदी किनारमा अछामको असाराघाट नजिकै भेटेको हो । बालिकाको शव डोरीले बाँधिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्लाप्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षकले सडिसकेको अवस्थामा शव भेटिएको र

The post दश दिनपछि कर्णाली किनारमा भेटियो रजनीको शव appeared first on युग दर्पण.

]]>
कर्णाली, आठबीस नगरपालिका–३ दैलख निमाइलकी सात वर्षीया रजनी बडुवालको शव १० दिनपछि कर्णाली नदी किनारमा भेटिएको छ । गत फागुन २४ गते रजनी, उनकी आमा सुकी बडुवालसहित एकै परिवारका पाँचजनाले कर्णाली नदीमा हामफालेका थिए । रजनीको शव मङ्गलबार दैलेख प्रहरीले कर्णाली नदी किनारमा अछामको असाराघाट नजिकै भेटेको हो ।

बालिकाको शव डोरीले बाँधिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्लाप्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षकले सडिसकेको अवस्थामा शव भेटिएको र आफन्तले शवको पहिचान गरेपछि परीक्षणका लागि अछाम पठाउने तयारी गरिएको जानकारी दिनुभयो ।

पैँतीस ३५ वर्षीय आमा सुकु, १४, ११ र पाँच वर्षीया छोरीहरू कल्पना, सरिता र रजनी तथा आठ वर्षीय छोरा ललितले कर्णाली नदीमा हामफालेका थिए । आमा सुकीसहित दुई दिदी र दाइको शव फागुन २५ गते भेटिएको थियो । चारै जनाको दाहसंस्कार भइसकेको छ ।

The post दश दिनपछि कर्णाली किनारमा भेटियो रजनीको शव appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/4857/feed 0 4857
बलात्कारको झुटो आरोप लगाउने महिलालाई सुर्खेत अदादतले दियो ३ वर्षको कैद सजाय https://www.yugdarpan.com/archives/4789 https://www.yugdarpan.com/archives/4789#respond Tue, 16 Mar 2021 03:31:38 +0000 http://www.yugdarpan.com/?p=4789 सुर्खेत । जिल्लामा बलात्कारको झुटो आरोप लगाउने एक महिलालाई साढे तीन वर्ष कैद सुनाइएको छ। जिल्ला अदालत सुर्खेतले सोमबार वीरेन्द्रनगरकी ३७ वर्षीया महिलाविरुद्ध तीन वर्ष ६ महिना कैद सजाय सुनाएको हो। आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने महिलाविरुद्ध न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले सजाय सुनाएको हो। ती महिलाले वीरेन्द्रगर नगरपालिकाको एक शाखामा कार्यरत कर्मचारीले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्।

The post बलात्कारको झुटो आरोप लगाउने महिलालाई सुर्खेत अदादतले दियो ३ वर्षको कैद सजाय appeared first on युग दर्पण.

]]>
सुर्खेत । जिल्लामा बलात्कारको झुटो आरोप लगाउने एक महिलालाई साढे तीन वर्ष कैद सुनाइएको छ। जिल्ला अदालत सुर्खेतले सोमबार वीरेन्द्रनगरकी ३७ वर्षीया महिलाविरुद्ध तीन वर्ष ६ महिना कैद सजाय सुनाएको हो।

आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने महिलाविरुद्ध न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले सजाय सुनाएको हो। ती महिलाले वीरेन्द्रगर नगरपालिकाको एक शाखामा कार्यरत कर्मचारीले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्।

झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको बताइएको छ।

The post बलात्कारको झुटो आरोप लगाउने महिलालाई सुर्खेत अदादतले दियो ३ वर्षको कैद सजाय appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/4789/feed 0 4789