लुम्बिनी प्रदेश Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/प्रदेश/प्रदेश-५ www.yugdarpan.com Mon, 17 Oct 2022 11:52:10 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://www.yugdarpan.com/wp-content/uploads/2020/06/yug-darpan-favicon-150x150.png लुम्बिनी प्रदेश Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/प्रदेश/प्रदेश-५ 32 32 178717794 एमाले महासचिवको चुनाव प्रचारमा कांग्रेसको घोषणा पत्र! https://www.yugdarpan.com/archives/7497 https://www.yugdarpan.com/archives/7497#respond Mon, 17 Oct 2022 11:21:41 +0000 http://www.yugdarpan.com/?p=7497 दाङ– २ बाट प्रतिनिधि सभाको उम्मेदवार समेत रहेका एमाले महासचिव शंकर पोखरेलको ‘भेरिफाइड’ फेसबुक पेजबाट तीन दिनअघि एउटा चुनावी प्रचार सामग्री पोस्ट भयो। उत्तरतर्फबाट आउँदै गरेको रेल, फ्लाइओवर सहितका राजमार्ग, सांस्कृतिक पर्यटनको प्रबद्र्धन झल्काउन जनकपुरस्थित रामजानकी मन्दिर र स्वयम्भूको स्केचको अग्रभाग सहित महासचिव पोखरेलले त्यो प्रचार सामग्रीमा भनेका छन्, ‘परिवर्तन सम्भव छ हाम्रै पालामा।’ महासचिव पोखरेलको प्रचार सामग्री पोस्ट भएपछि मिस्टिका देवकोटा नाम गरेकी एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले पोखरेललाई जवाफ

The post एमाले महासचिवको चुनाव प्रचारमा कांग्रेसको घोषणा पत्र! appeared first on युग दर्पण.

]]>
दाङ– २ बाट प्रतिनिधि सभाको उम्मेदवार समेत रहेका एमाले महासचिव शंकर पोखरेलको ‘भेरिफाइड’ फेसबुक पेजबाट तीन दिनअघि एउटा चुनावी प्रचार सामग्री पोस्ट भयो। उत्तरतर्फबाट आउँदै गरेको रेल, फ्लाइओवर सहितका राजमार्ग, सांस्कृतिक पर्यटनको प्रबद्र्धन झल्काउन जनकपुरस्थित रामजानकी मन्दिर र स्वयम्भूको स्केचको अग्रभाग सहित महासचिव पोखरेलले त्यो प्रचार सामग्रीमा भनेका छन्, ‘परिवर्तन सम्भव छ हाम्रै पालामा।’

महासचिव पोखरेलको प्रचार सामग्री पोस्ट भएपछि मिस्टिका देवकोटा नाम गरेकी एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले पोखरेललाई जवाफ दिइन्, ‘ल्या, एमाले महासचिव शंकर पोखरेलज्यू कहिलेदेखि कांग्रेसमा आउनु भएको हो? २०७४ को कांग्रेसको घोषणापत्र बोकेर हिँड्नु भएको रहेछ त!’

देवकोटाले महासचिव पोखेरललाई व्यंग्य गर्दै लेखेकी छन्, ‘परिवर्तन त सम्भव छ!’

उनको व्यंग्यको अर्थ हो, ‘एमाले महासचिव पनि परिवर्तन भएर कांग्रेस भएछन्!’

चुनावका बेला एउटा पार्टीको समर्थकले अर्काे पार्टीका समर्थक, नेता वा उम्मेदवारलाई यसरी उडाउनु स्वाभाविक हो।

‘परिवर्तन सम्भव छ’ भनेर महासचिव पोखरेललाई उडाउन खोजे पनि पोखरेलले ‘२०७४ को कांग्रेसको घोषणा पत्र बोकेर हिँडेको’ भन्ने देवकोटाको दाबी भने असत्य होइन।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारासहित महासचिव पोखरेलले ‘परिर्वतन सम्भव छ हाम्रै पालामा’ भनेर जुन सचित्र–स्केचसहितको चुनावी सामग्री फेसबुकमा पोस्ट गरेका छन्, त्यो खासमा २०७४ मा नेपाली कांग्रेसले जारी गरेको चुनाव घोषणा पत्रको आवरणको नक्कल हो।

४ मंसिर २०७४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले १४ कात्तिक २०७४ मा घोषणा पत्र सार्वजनिक गरेको थियो। पोखरेलले पोस्ट गरेको सामग्रीमा प्रयोग भएको चित्र नै नेपाली कांग्रेसको चुनावी घोषणा पत्रमा थियो।

घोषणा पत्रको सबैभन्दा माथिल्लो भागमा चुनाव चिन्ह रुख र चारतारे झण्डा राखिएको थियो र त्यसको तलपट्टि ‘नेपाली कांग्रेसको घोषणा पत्र : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७४’ लेखिएको थियो।

त्यसपछि  हिमाल–पहाड र तराईको पृष्ठभूमिमा उत्तरतर्फबाट आउँदै गरेको रेल, स्वयम्भू, ट्र्याक्टरसहितका किसान, रामजानकी मन्दिर, सुरुङमार्ग, व्यवस्थित सहरी मार्ग, फ्लाइओभर र त्यसको तल किसान–मजदुरसहित विभिन्न पेसा–व्यवसायका नेपालीहरुको आकृति अंकित थिए।

एमाले महासचिव पोखरेलले भने कांग्रेसको चुनाव घोषणा पत्रको सबैभन्दा माथि रहेको चुनाव चिन्ह रुख एवं चारतारे झण्डा र सबैभन्दा तल रहेको किसान–मजदुरसहित विभिन्न पेसा–व्यवसायका नेपालीहरुको चित्र काटी आफ्नो चुनावी सामग्रीको रुपमा पोस्ट गरेका छन्।

पोखरेल २०७४ को आम निर्वाचनमा प्रदेश सभामा प्रतिस्पर्धा गरी लुम्बिनी (तत्कालीन प्रदेश–५) को मुख्यमन्त्री बनेका थिए। त्यो निर्वाचनमा एमाले–माओवादी केन्द्रबीच गठबन्धन मात्र थिएन, उनीहरुले संयुक्त चुनाव घोषणा पत्र नै जारी गरेका थिए।

एमाले–माओवादी केन्द्रको चुनावी घोषणा पत्रको अग्रभागमा पनि उत्तरतर्फबाट आउँदै गरेको रेल थियो। त्यसमा ‘चुच्चे रेल’ अंकित थियो। तर, कांग्रेसको घोषणा पत्रमा ‘चुच्चे रेल’ होइन, ‘बुच्चे रेल’ थियो। एमाले–माओवादी केन्द्रको चुनावी घोषणा पत्रमा अंकित ‘चुच्चे रेल’ २०७४ को निर्वाचनमा निकै चर्चित पनि बनेको थियो।

कांग्रेसको चुनाव घोषणा पत्रको ‘कभर’ लाई काटकुट पारी चुनाव प्रचार सामग्री बनाएर महासचिव पोखरेलले यस्तो बेला आफ्नो फेसबुक पेजमा पोस्ट गरे, जतिबेला उनी एमालेको चुनाव घोषणा पत्रलाई अन्तिम रुप दिन भक्तपुरको पर्यटकीयस्थल लाकुरीभन्ज्याङ जाँदै थिए।

महासचिव पोखरेल अध्यक्ष केपी शर्मा ओलीका साथ शुक्रबार (२८ असोज) मा भक्तपुरको पर्यटकीयस्थल लाकुरीभन्ज्याङ पुगेका थिए।

The post एमाले महासचिवको चुनाव प्रचारमा कांग्रेसको घोषणा पत्र! appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7497/feed 0 7497
बिमा रकमका लागि बन्दको माैका छाेपी आफ्नै टिपरमा आगजनी https://www.yugdarpan.com/archives/7395 https://www.yugdarpan.com/archives/7395#respond Tue, 23 Aug 2022 07:38:57 +0000 http://www.yugdarpan.com/?p=7395 काठमाडाैँ । दाङमा बिमा रकमका लागि एकजना टिपर धनीले आफ्नै टिपरमा आगजनी गरेकाे खुलेकाे छ । विप्लव समूहले गरेकाे नेपाल बन्दकाे माैका पारेर घोराही उपमहानगरपालिका वडा नं १८ नवलपुरका गाडी धनी ४१ वर्षीय धनेश्वर भण्डारीको निर्देशनमा गाडी चालक ३२ वर्षीय अरूण चौधरी र सहचालक २६ वर्षीय आकाश चौधरी मिलेर आगो लगाएको खुलेकाे हाे । आगजनीकाे घटना शंकास्पद देखिएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको थियो । उनीहरूको बयानका आधारमा टिपरधनी भण्डारी

The post बिमा रकमका लागि बन्दको माैका छाेपी आफ्नै टिपरमा आगजनी appeared first on युग दर्पण.

]]>
काठमाडाैँ । दाङमा बिमा रकमका लागि एकजना टिपर धनीले आफ्नै टिपरमा आगजनी गरेकाे खुलेकाे छ ।

विप्लव समूहले गरेकाे नेपाल बन्दकाे माैका पारेर घोराही उपमहानगरपालिका वडा नं १८ नवलपुरका गाडी धनी ४१ वर्षीय धनेश्वर भण्डारीको निर्देशनमा गाडी चालक ३२ वर्षीय अरूण चौधरी र सहचालक २६ वर्षीय आकाश चौधरी मिलेर आगो लगाएको खुलेकाे हाे ।

आगजनीकाे घटना शंकास्पद देखिएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको थियो । उनीहरूको बयानका आधारमा टिपरधनी भण्डारी पनि पक्राउ परेका छन् ।

घोराही-लमही सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं ३ बबई पुलको पारिपट्टि कुइरेपानी जंगलमा रा १ ख १६९४ नम्बरको टिपरमा मंगलबार बिहान साढे ४ बजेतिर आगजनी भएको थियो।

मर्मत खर्च धेरै आउन थालेपछि साहु भण्डारीले योजना बनाएर चालक र सहचालकलाई आगो लगाउन लगाएको प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

The post बिमा रकमका लागि बन्दको माैका छाेपी आफ्नै टिपरमा आगजनी appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7395/feed 0 7395
सुनियोजित रुपमा हत्या गरिएका सर्जनको दाबी भुक्तानी कार्यक्रममा आफै पुगेका थिए समितिका अध्यक्ष सिलवाल https://www.yugdarpan.com/archives/7306 https://www.yugdarpan.com/archives/7306#respond Fri, 29 Jul 2022 11:43:24 +0000 http://www.yugdarpan.com/?p=7306 काठमाडौं । सुनियोजित रुपमा हत्या पछि रिलायन्स लाइफले गरेको दाबी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल तथा कार्यकारी निर्देशक राजुरमण पौडेल आफै पुगेका थिए । कम्पनीले २०७८ साउन १३ गते होटल मेरियटमा विशेष कार्यक्रम आयोजना गरेरै सपना मल्ललाई साढे दुई करोड रुपैयाँको चेक हस्तान्तरण गरेको थियो । यसरी बीमा समितिका अध्यक्ष सिलवालकै हातबाट दाबी भुक्तानी गरिएको बीमा अन्ततः हत्याबाट सिर्जित घटन पुष्ठी भएको छ । केन्द्रिय अनुसन्धान व्युरोको

The post सुनियोजित रुपमा हत्या गरिएका सर्जनको दाबी भुक्तानी कार्यक्रममा आफै पुगेका थिए समितिका अध्यक्ष सिलवाल appeared first on युग दर्पण.

]]>
काठमाडौं । सुनियोजित रुपमा हत्या पछि रिलायन्स लाइफले गरेको दाबी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल तथा कार्यकारी निर्देशक राजुरमण पौडेल आफै पुगेका थिए । कम्पनीले २०७८ साउन १३ गते होटल मेरियटमा विशेष कार्यक्रम आयोजना गरेरै सपना मल्ललाई साढे दुई करोड रुपैयाँको चेक हस्तान्तरण गरेको थियो ।

यसरी बीमा समितिका अध्यक्ष सिलवालकै हातबाट दाबी भुक्तानी गरिएको बीमा अन्ततः हत्याबाट सिर्जित घटन पुष्ठी भएको छ । केन्द्रिय अनुसन्धान व्युरोको अनुन्धानबाट मृतक बीमित सर्जन विक सुनियोजित हत्याको सिकार भएको खुलासा भएको छ । यसरी अपराधिक कार्यमा पनि साक्षी हुनु पर्ने अवस्थामा समितिका अध्यक्षले यस्ता दुर्घटना दोहोरिन नदिन पहल कदम अपनाउनु पर्नेछ । साना साना कार्यक्रममा पनि उपस्थिति हुने बीमा समितिको कार्यशैलीले यस्तो अवस्थामा नराम्रो कामको साक्षी बन्न पुगेको छ ।

बीमित सर्जन वि.क.को श्रीमति भनिएकी सपना मल्लले बीमा कम्पनीबाट दाबी पाउनकै लागि सक्कली काजपत्रका साथ नक्कली बिवाह गरेको पाइएको छ । उनले वास्तविक रुपमा बिवाह नगरी कागजी बिवाह गरेको पाइएको छ । उनि सहित अन्य ५ जनाको संलग्नतामा यस्तो अपराध भएको पाइए पछि आज सिआईबीले घटना सार्वजनिक गरेको हो । कम्पनीले दाबी भुक्तानीका लागि आवस्यक सम्पुर्ण काजगपत्र पुरा गरेको भन्दै उक्त दाबी भुक्तानी गरेको थियो ।

तर नेपाल पुनर्बीमा कम्पनीले आफ्नोमा पुनर्बीमाको दाबी परे पछि संका गर्दै सिआइवीमा उजुरी दिएको थियो । कम्पनीले यो सामान्य घटना नभई सुनियोजित दुर्घटना भएको हुन सक्ने संका गर्दै सिआईबीमा उजुरी दिए लगत्तै अनुसन्धान सुरु भएको थियो ।

The post सुनियोजित रुपमा हत्या गरिएका सर्जनको दाबी भुक्तानी कार्यक्रममा आफै पुगेका थिए समितिका अध्यक्ष सिलवाल appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7306/feed 0 7306
लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा https://www.yugdarpan.com/archives/7201 https://www.yugdarpan.com/archives/7201#respond Tue, 14 Jun 2022 06:06:26 +0000 http://www.yugdarpan.com/?p=7201 लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तुल्सीपुर बसपार्क बाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।उनलाई अहिले इलाका प्रहरी कार्यालय तुल्सीपुरमा राखिएको छ। विवाद भएको ठाउँमा ठूलो संख्यामा मानिस जम्मा भएपछि उनलाई सुरक्षा दिएर लगिएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले नेपालखबरलाई बताए। राज्यमन्त्री वलीले मंगलबार बिहान अर्काको घरमा छिरेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा घरका मानिसहरुहरुले रुदै आफूमाथि मन्त्रीबाट कुटपिट भएको गुनासो पोखेको सुनिएको

The post लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा appeared first on युग दर्पण.

]]>
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तुल्सीपुर बसपार्क बाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।उनलाई अहिले इलाका प्रहरी कार्यालय तुल्सीपुरमा राखिएको छ।

विवाद भएको ठाउँमा ठूलो संख्यामा मानिस जम्मा भएपछि उनलाई सुरक्षा दिएर लगिएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले नेपालखबरलाई बताए।

राज्यमन्त्री वलीले मंगलबार बिहान अर्काको घरमा छिरेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा घरका मानिसहरुहरुले रुदै आफूमाथि मन्त्रीबाट कुटपिट भएको गुनासो पोखेको सुनिएको छ ।
एकराज नाम गरेका व्यक्तिलाई खोज्दै मन्त्री वली त्यहाँ पुगेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

The post लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7201/feed 0 7201
दुई महीनामै पैसा दोब्बर हुने भन्दै ठगी गर्ने तीन जना पक्राउ https://www.yugdarpan.com/archives/6642 https://www.yugdarpan.com/archives/6642#respond Thu, 03 Feb 2022 10:37:07 +0000 http://www.yugdarpan.com/?p=6642 दाङ, दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई  पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरिएको हो। ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार १७ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भई घोराही बस्ने तीन जनालाई पक्राउ गरिएको हो। तीनै जना होटेल सञ्चालक भए पनि

The post दुई महीनामै पैसा दोब्बर हुने भन्दै ठगी गर्ने तीन जना पक्राउ appeared first on युग दर्पण.

]]>
दाङ, दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई  पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरिएको हो।

ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार १७ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भई घोराही बस्ने तीन जनालाई पक्राउ गरिएको हो।

तीनै जना होटेल सञ्चालक भए पनि उनीहरूको नाम भने गोप्य राखिएको छ। उनीहरूले दुई महीनामा पैसा दोब्बर हुने भन्दै प्रतिव्यक्ति १५ देखि १८ हजार रुपैयाँसम्म हाइफर र साफिरलगायतमा लगानी गर्न भनेर अनलाइन नेटिवर्किङबाट अवैध कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ।

The post दुई महीनामै पैसा दोब्बर हुने भन्दै ठगी गर्ने तीन जना पक्राउ appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6642/feed 0 6642
राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धन विजयी https://www.yugdarpan.com/archives/6514 https://www.yugdarpan.com/archives/6514#respond Wed, 26 Jan 2022 12:14:55 +0000 http://www.yugdarpan.com/?p=6514 देउखुरी, लुम्बिनी प्रदेशको दाङमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता युवराज शर्माले ४ हजार ३४४, नेकपा (एकीकृत समाजवादी) बाट महिलामा राजेन्द्रलक्ष्मी गैरेले ४ हजार ३७४ र जनमोर्चाको तर्फबाट दलित उम्मेद्वार तुलप्रसाद विश्वकर्माले ४ हजार ३५६ भोट ल्याएर बिजयी हुनुभएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी गराउनुभयो । प्रतिपक्षी दल नेकपा (एमाले)बाट लुम्बिनीमा अन्यतर्फ दाङका रामदयाल गुप्ताले ३ हजार ३७८ मत ल्याउनुभएको

The post राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धन विजयी appeared first on युग दर्पण.

]]>
देउखुरी, लुम्बिनी प्रदेशको दाङमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता युवराज शर्माले ४ हजार ३४४, नेकपा (एकीकृत समाजवादी) बाट महिलामा राजेन्द्रलक्ष्मी गैरेले ४ हजार ३७४ र जनमोर्चाको तर्फबाट दलित उम्मेद्वार तुलप्रसाद विश्वकर्माले ४ हजार ३५६ भोट ल्याएर बिजयी हुनुभएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी गराउनुभयो ।

प्रतिपक्षी दल नेकपा (एमाले)बाट लुम्बिनीमा अन्यतर्फ दाङका रामदयाल गुप्ताले ३ हजार ३७८ मत ल्याउनुभएको छ, महिलातर्फ बाँकेकी भारती उपाध्याय खनालले ३ हजार ३१२ र दलिततर्फ गुल्मीका कृष्ण सुनारले ३ हजार ३४८ मत ल्याउनुभएको छ ।

लुम्बिनी प्रदेशमा प्रदेश सांसद ८१ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१५ गरी २९६ मतदाता रहेकामा २९४ मत खसेको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सांसदतर्फ ८१ जनाले नै मतदान गरेका छन् । स्थानीय तहतर्फ २१५ मध्ये २१३ जनाले मतदान गरेका छन् । राप्रपाबाट निर्वाचित नेपालगञ्जका मेयर धवल शमसेर राणा र एकजना राप्रपाकै मतदाता उपस्थित नभएको जनाइएको छ । मतदानका लागि प्रदेश सांसद र स्थानीय पालिकाको छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको थियो ।

The post राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धन विजयी appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6514/feed 0 6514
पेन्सन पाउँदा कृषकमा छायो खुसीयाली https://www.yugdarpan.com/archives/6452 https://www.yugdarpan.com/archives/6452#respond Mon, 24 Jan 2022 08:10:32 +0000 http://www.yugdarpan.com/?p=6452 राँझा, व्यावसायिक भैँसीपालन गर्दै आउनुभएका नरैनापुर गाउँपालिका–५ मटेहिया निवासी बलियासार यादव गाउँपालिकाबाट कृषक पेन्सन पाउँदा दङ्ग हुनुभएको छ । “गाउँपालिकाले हामीलाई सम्झिएर भत्ता दिएकोमा धेरै खुसी लागेको छ”, ४९ भैँसी र पाँच गाईपालन गरी दूध बेचेर जिविकोपार्जन गर्दै आउनुभएका उहाँले भन्नुभयो,“अव कृषि तथा पशुपालन गर्न थप जाँगर आएको छ ।” बाँकेको नरैनापुर गाउँपालिकाले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न यादव सहित १२ कृषकलाई पेन्सन वितरण गरेको छ । कृषक पेन्सन कार्यक्रम अन्तर्गत

The post पेन्सन पाउँदा कृषकमा छायो खुसीयाली appeared first on युग दर्पण.

]]>
राँझा, व्यावसायिक भैँसीपालन गर्दै आउनुभएका नरैनापुर गाउँपालिका–५ मटेहिया निवासी बलियासार यादव गाउँपालिकाबाट कृषक पेन्सन पाउँदा दङ्ग हुनुभएको छ ।

“गाउँपालिकाले हामीलाई सम्झिएर भत्ता दिएकोमा धेरै खुसी लागेको छ”, ४९ भैँसी र पाँच गाईपालन गरी दूध बेचेर जिविकोपार्जन गर्दै आउनुभएका उहाँले भन्नुभयो,“अव कृषि तथा पशुपालन गर्न थप जाँगर आएको छ ।” बाँकेको नरैनापुर गाउँपालिकाले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न यादव सहित १२ कृषकलाई पेन्सन वितरण गरेको छ । कृषक पेन्सन कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको छ महीनामा १२ जना कृषकलाई छनौट गरी जनही दुई हजारका दरले कृषक पेन्सन बितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकामा चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी प्रति किसान दुई हजारका दरले कृषक पेन्सन कार्यक्रम शुरु भएको हो । कृषक पेन्सन कार्यक्रमका लागि पहिलो वर्ष ६ जना व्यावसायिक पशुपालक कृषक र ६ तरकारी खेती गर्ने किसानलाई छनौट गरी कृषक पेन्सन कार्यक्रम वितरण गरिएको छ ।

कार्यक्रमले आगामी वर्ष नरैनापुरका किसानका बीचमा अझ प्रतिस्पर्धाको भावना उत्पन्न भई गाउँपालिकालाई नै कृषि र पशुपालनका क्षेत्रमा आत्मनिर्भर बनाउन प्रेरित गर्न मद्दत पु¥याउने विश्वास लिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

“गाउपालिकामा कृषि र पशुपालनको अपार सम्भावना छ”, उहाँले भन्नुभयो,“ परम्परागत कृषि र पशुपालनमा विश्वास गर्दे आएका यहाँका किसानलाई आधुनिक कृषितर्फ आकर्षित गराउन पनि कृषक पेन्सन कार्यक्रम लागू गरिएको हो ।”

गाउँपालिकाको कृषि शाखाबाट छनौटमा पर्ने ६ जनामा सबै जना व्यावसायिक तरकारी खेती गर्दै आएका किसान परेका छन् । वडा नं. ५ मा १९ कठ्ठामा व्यावसायिक तकारी खेती गर्ने हस्मत अली साई, १४ कठ्ठामा तरकारी लाउनुभएका हमिद मुकेरी, १२ कठ्ठामा तरकारी खेती गर्दै आउनुभएका वडा नं. ४ दौलतपुरका धनविर थारु, १० कठ्ठामा तरकारी खेती गर्ने वडा नं. २ निवासी रामसुरत मौर्य, सोही वडाकी आरती देवी मौर्य र ५ कठ्ठामा तरकारी खेती गर्दै आउनुभएकी वडा नं. १ की कमला तिवारीले कृषक पेन्सन प्राप्त गर्नुभएको छ ।

यसैगरी पशुपालक किसानबाट दुई हजार कुखुरा पालन गर्दै आउनुभएका वडा नं. ६ निवासी अमरलाल मौर्य, ५ गाई र ४९ वटा भैँसी पाल्नुभएका वडा नं. ५ का वलियासार यादव र वडा नं. २ का जहाँ इफरान अहमद कृषक पेन्सनमा छनौटमा पर्नुभएको छ ।

वडा नं. ५ का हरिशङ्कर मुराउ, वडा नं. ४ का छोटेलाल राढ र वडा नं. ५ का रामसुमत यादवले पनि कृषक पेन्सन प्राप्त गर्नुभएको छ । व्यावसायिक कृषि कर्म गर्ने तथा पशुपालनलाइ व्यवसाय बनाउनेलाई आधार बनाएर किसान छनौट गरी कृषक पेन्सन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिनुभयो ।

The post पेन्सन पाउँदा कृषकमा छायो खुसीयाली appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6452/feed 0 6452
‘सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा’ https://www.yugdarpan.com/archives/6445 https://www.yugdarpan.com/archives/6445#respond Mon, 24 Jan 2022 06:21:34 +0000 http://www.yugdarpan.com/?p=6445 लुम्बिनी, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोभिड संक्रमण नियन्त्रण, खोप अभियान र उपचारका विषयमा प्रदेश सरकारका प्रयासका बारेमा जानकारी लिएका छन् । उनले कोभिडको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएपछि प्रदेश सरकार र सरकारी निकायले नियन्त्रणमा गरेका प्रयासका बारेमा जानकारी लिएका हुन् । उनले आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरेको छलफलमा मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, प्रदेशका मन्त्री, स्वास्थ्य सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिएका

The post ‘सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा’ appeared first on युग दर्पण.

]]>
लुम्बिनी, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोभिड संक्रमण नियन्त्रण, खोप अभियान र उपचारका विषयमा प्रदेश सरकारका प्रयासका बारेमा जानकारी लिएका छन् ।

उनले कोभिडको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएपछि प्रदेश सरकार र सरकारी निकायले नियन्त्रणमा गरेका प्रयासका बारेमा जानकारी लिएका हुन् ।

उनले आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरेको छलफलमा मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, प्रदेशका मन्त्री, स्वास्थ्य सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिएका हुन् ।

प्रदेश प्रमुख शेरचनले कोभिड महामारी नियन्त्रणको लागि प्रदेशले अभियाननै सञ्चालन गरेर अन्य प्रदेशले पनि सिको गर्ने काम गर्न सुझाव दिए ।

उनले भने, “पर्याप्त मात्रामा पीसीआर परीक्षण नभएको, सिरिञ्ज अभाव र आर्थिक अभावले क्वारेन्टिन सञ्चालन हुन नसकेको मिडियाबाट आफूले जानकारी पाएको छु । तत्काल तीनै तहका सरकार मिलेर कोरोना सङ्क्रमण नियन्त्रण तथा बिरामीको उपचारमा लाग्न म आग्रह गर्दछु ।”

सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा भएको प्रमुख जनाउँदै प्रमुख शेरचनले विकास निर्माणका काम स्थगित गरेर भएपनि नागरिकको जीवन सुरक्षा गर्नको लागि ध्यान दिन आग्रह गरे ।

सो अवसरमा मुख्यमन्त्री केसीले कोभिड संक्रमण नियन्त्रण र उपचारको लागि प्रदेशका मन्त्रीको अनुगमन समिति बनाएर प्रभावकारी उपचार भए नभएको बारेमा अनुगमनमा जोड दिइएको जानकारी दिए ।

उनले संघीय सरकार र नेपाली सेनाको प्रयासमा प्रदेशमा रुपन्देही, कपिलवस्तु र बाँकेमा गरी तीनवटा होल्डिङ सेन्टरको निर्माणको काम भईरहेको र बनिसकेका सेन्टरको सञ्चालन गरिने जानकारी दिए ।

रुपन्देहीमा जग्गा प्राप्त हुन नसक्दा होल्डिङ सेन्टर नबनेको र कपिलवस्तु र बाँकेमा निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिए ।

प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा विकाश देवकोटाले अहिले प्रदेशमा कोभिड परीक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको जानकारी दिए ।

उनले नयाँ भेरियन्टसँगै सङ्क्रमण फैलिएपछि प्रदेशमा ११ जनाको मृत्यु भएको ५ हजार ५२८ सङ्क्रमित भएको र पाँच हजार ३६ होम आइसोलेसन, ५० जना संस्थागत आइसोलेसन, ३३ जना आइसियू र एक जना भेन्टिलेटरमा रहेको जानकारी दिए ।

The post ‘सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा’ appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6445/feed 0 6445
हत्यामा संलग्न फरार व्यक्ति २७ वर्षपछि पक्राउ https://www.yugdarpan.com/archives/6392 https://www.yugdarpan.com/archives/6392#respond Fri, 21 Jan 2022 06:49:44 +0000 http://www.yugdarpan.com/?p=6392 रोल्पा, मानव हत्यामा संलग्न रही फरार रहेका यहाँका एक व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । परिवर्तन गाउँपालिका–६ का गनबहादुर कामी २७ वर्षपछि पक्राउ परेका हुन् । कामी विसं २०५१ भदौ २१ गते साविक तालावाङ गाविस–७ हाल माडी गाउँपालिका–३ खारावाङका चुनवहादुर घर्तीको हत्या गरी फरार रहेका थिए । गाउँको जग्गा साँध सिमानासम्बन्धी भएको विवादमा रिसइवी लिई कामीले घर्तीको हत्या गरेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालतको विसं २०७० वैशाख

The post हत्यामा संलग्न फरार व्यक्ति २७ वर्षपछि पक्राउ appeared first on युग दर्पण.

]]>
रोल्पा, मानव हत्यामा संलग्न रही फरार रहेका यहाँका एक व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । परिवर्तन गाउँपालिका–६ का गनबहादुर कामी २७ वर्षपछि पक्राउ परेका हुन् ।

कामी विसं २०५१ भदौ २१ गते साविक तालावाङ गाविस–७ हाल माडी गाउँपालिका–३ खारावाङका चुनवहादुर घर्तीको हत्या गरी फरार रहेका थिए । गाउँको जग्गा साँध सिमानासम्बन्धी भएको विवादमा रिसइवी लिई कामीले घर्तीको हत्या गरेको प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला अदालतको विसं २०७० वैशाख ९ गतेको फैसलाले २० वर्ष कैद सुनाएको थियो । अदालतको फैसलापछि पनि उनी फरार रहेका थिए । फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्ण रानाले जानकारी दिनुभयो ।

The post हत्यामा संलग्न फरार व्यक्ति २७ वर्षपछि पक्राउ appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6392/feed 0 6392
ढुङ्गा र हँसिया प्रहार गरी श्रीमान्को हत्या https://www.yugdarpan.com/archives/6355 https://www.yugdarpan.com/archives/6355#respond Thu, 20 Jan 2022 07:01:29 +0000 http://www.yugdarpan.com/?p=6355 रोल्पा, एक महिलाले यहाँ आफ्नै पतिको हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ । पत्नी मीनाले पति कालेको हत्या गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जेल्वाङको प्रहरी टोली घटनास्थल पुगी अभियुक्त

The post ढुङ्गा र हँसिया प्रहार गरी श्रीमान्को हत्या appeared first on युग दर्पण.

]]>
रोल्पा, एक महिलाले यहाँ आफ्नै पतिको हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ । पत्नी मीनाले पति कालेको हत्या गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जेल्वाङको प्रहरी टोली घटनास्थल पुगी अभियुक्त मीनालाई नियन्त्रणमा लिएको थियो ।

घटनामा संलग्न मीनालाई जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण रानाले जानकारी दिनुभयो । अभियुक्तलाई इलाका प्रहरी कार्यालय सुलिचौरको हिरासतमा राखिएको छ ।

The post ढुङ्गा र हँसिया प्रहार गरी श्रीमान्को हत्या appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6355/feed 0 6355