गण्डकी प्रदेश Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/प्रदेश/प्रदेश-४ www.yugdarpan.com Sun, 15 Jan 2023 12:05:36 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://www.yugdarpan.com/wp-content/uploads/2020/06/yug-darpan-favicon-150x150.png गण्डकी प्रदेश Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/प्रदेश/प्रदेश-४ 32 32 178717794 विमान दुर्घटनामा मृत्यु हुने ११ जनाको सनाखत https://www.yugdarpan.com/archives/7714 https://www.yugdarpan.com/archives/7714#respond Sun, 15 Jan 2023 12:04:15 +0000 http://www.yugdarpan.com/?p=7714 पोखरा । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ । पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो । दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । उनीहरुको शव गण्डकी अस्पतालमा राखिएको छ ।सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया,  लक्ष्मी पौडेल,  प्रसिद्धी

The post विमान दुर्घटनामा मृत्यु हुने ११ जनाको सनाखत appeared first on युग दर्पण.

]]>
पोखरा । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ । पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो ।

दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । उनीहरुको शव गण्डकी अस्पतालमा राखिएको छ ।सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया,  लक्ष्मी पौडेल,  प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ रहेका छन् ।यस्तै कोरियन नागरिक यू क्यानगुलको पनि सनाखत भएको अस्पताल प्रशासनले जनाएको छ ।

The post विमान दुर्घटनामा मृत्यु हुने ११ जनाको सनाखत appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7714/feed 0 7714
एमालेको ‘किल्ला’ मुस्ताङमा कांग्रेसले गर्‍याे क्लिन स्वीप, ४० वर्षमुनिका ३ उम्मेदवार विजयी https://www.yugdarpan.com/archives/7590 https://www.yugdarpan.com/archives/7590#respond Mon, 21 Nov 2022 12:55:58 +0000 http://www.yugdarpan.com/?p=7590 पोखरा । नेकपा एमालेले गण्डकीमा सबैभन्दा सुरक्षित जिल्ला ठानेको हो मुस्ताङलाई । प्रतिनिधि सभा र प्रदेश सभाका तीनै सिट जित्ने आकलन एमालेको मात्रै होइन, स्वयं कांग्रेसले पनि एमालेलाई नै सुम्पिएको हो । त्यसैले कांग्रेसको उम्मेदवार छनोटमा खासै धेरै तनाव थिएन । कांग्रेसले तीनै जना ४० वर्ष भन्दा कम उमेरका उम्मेदवार पठायो । एमालेका उम्मेदवार तीनै जना सांसदबाट निवर्तमान भएका थिए ।हेविवेट उम्मेदवारसँग चुनाव लड्न कांग्रेसलाई निकै कठिन ठानिएको थियो, त्यो

The post एमालेको ‘किल्ला’ मुस्ताङमा कांग्रेसले गर्‍याे क्लिन स्वीप, ४० वर्षमुनिका ३ उम्मेदवार विजयी appeared first on युग दर्पण.

]]>
पोखरा । नेकपा एमालेले गण्डकीमा सबैभन्दा सुरक्षित जिल्ला ठानेको हो मुस्ताङलाई । प्रतिनिधि सभा र प्रदेश सभाका तीनै सिट जित्ने आकलन एमालेको मात्रै होइन, स्वयं कांग्रेसले पनि एमालेलाई नै सुम्पिएको हो । त्यसैले कांग्रेसको उम्मेदवार छनोटमा खासै धेरै तनाव थिएन । कांग्रेसले तीनै जना ४० वर्ष भन्दा कम उमेरका उम्मेदवार पठायो । एमालेका उम्मेदवार तीनै जना सांसदबाट निवर्तमान भएका थिए ।हेविवेट उम्मेदवारसँग चुनाव लड्न कांग्रेसलाई निकै कठिन ठानिएको थियो, त्यो पनि कमजोर जिल्लामा । कांग्रेसले प्रतिनिधि सभामा २९ वर्षका योगेश गौचन थकालीलाई उठायो । उनले एमालेका निवर्तमान सांसद प्रेम तुलाचन विरुद्ध उम्मेदवारी दिएका थिए ।

तुलाचन यस्ता व्यक्ति हुन्, जो लामो समय रोमी गौचनले कांग्रेसमा अवसर नदिएको असन्तुष्टिमा कांग्रेस छोडेर २०७४ को निर्वाचनमा एमाले प्रवेश गरे । उनी एमाले छिरेनन् मात्रै विपक्षी पार्टीबाट उनै रोमीलाई पराजित समेत गरे । योगेशले अहिलेको निर्वाचनमा ६० वर्षका तुलाचनलाई हराएर आफ्नो संसदीय ढोका मात्रै खोलेनन्, आफ्नै बाबुलाई हराउनेलाई पराजित गरेर बदला लिए । योगेश उनै रोमीका छोरा हुन् । उनले ३ हजार ९ सय ९२ मत पाउँदा प्रतिस्पर्धी तुलाचनले ३ हजार ७८ मत मात्रै पाए । रोमीले लामो समय मुस्ताङको राजनीति धाने । उनकै कारण धेरै कांग्रेसीहरु पार्टी छोडेर एमालेमा लागे । कांग्रेसकै असन्तुष्टलाई समेटेर एमालेले मुस्ताङलाई किल्ला बनायो । अहिले पनि मुस्ताङको चुनावका लागि रोमीलाई कांग्रेसले टिकट दिएको थियो । उनले आफ्नो टिकट छोरालाई सुम्पिए । छोराले सबैलाई अचम्मित पार्दै अप्रत्यासित रिजल्ट निकाले ।

भारतमा स्नातकोत्तर पढेर आएका योगेश पर्यटन व्यवसायी हुन् । उनले त्रिथुंगा ट्राभल्स एण्ड टुर, कालोपानी गेस्ट हाउस सञ्चालन गरेका छन् । यसपालि मुस्ताङमा युवा उमेरको कार्डले राम्रै काम गरेको देखिन्छ । प्रदेश सभामा पनि दुवै युवाले जीतेका छन् । प्रदेश सभा (क) मा निवर्तमान सांसद इन्द्रधारा विष्टलाई हराएर कांग्रेसकै नम्डु गुरुङले अप्रत्यासित छलाङ मारे । उनी गत स्थानीय निर्वाचनमा लोमान्थाङ ४ को वडाध्यक्षमा पराजित भएका थिए ।              अहिले नम्डुले १ हजार ४८ मत पाए भने निकटतम प्रतिस्पर्धी विष्टले ७ सय ९३ मत पाए । नम्डु ३३ वर्षका भए । उनले ५३ वर्षका विष्टलाई हराएका हुन् । प्रदेश ख मा कांग्रेसका विकल शेरचन निर्वाचित भएका छन् । एमालेका चन्द्रमोहन गौचनलाई पराजित गर्दै शेरचन प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । गौचनलाई १ सय ५८ मत अन्तरले हराएर शेरचन विजयी भएका हुन् । शेरचनले २ हजार ७ सय २३ मत ल्याए भने गौचनले २ हजार ५ सय ६५ मत पाए । यहाँ ५५ मत बदर भएको छ । गौचन निवर्तमान सांसद हुन् ।योसँगै मुस्ताङमा कांग्रेसले क्लिन स्वीप पारेको छ । विकल कोरियाबाट फर्केर राजनीतिमा जोडिएका थिए । उनी जनसम्पर्क समिति दक्षिण कोरियामा आबद्ध कांग्रेसको सक्रिय राजनीतिमा थिए । विकल ३९ वर्षका भए भने चन्द्रमोहन ५५ वर्षका हुन् । मुस्ताङमा ‘बा’ पुस्तालाई पाखा लगाएर ४० वर्ष भन्दा कम उमेरका उम्मेदवार विजयी भएका हुन् ।

The post एमालेको ‘किल्ला’ मुस्ताङमा कांग्रेसले गर्‍याे क्लिन स्वीप, ४० वर्षमुनिका ३ उम्मेदवार विजयी appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7590/feed 0 7590
काे काे थिए सम्पर्कविहीन ताराको जहाजका सवार २२ जना https://www.yugdarpan.com/archives/7171 https://www.yugdarpan.com/archives/7171#respond Sun, 29 May 2022 12:42:06 +0000 http://www.yugdarpan.com/?p=7171 पोखराबाट जोमसोमका लागि आइतवार बिहान उडेको तारा एयरको ट्विनअट्टर जहाजमा १९ सवार रहेको खुलेको छ।बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उक्त जहाज मौसम राम्रो नभएकै बेला उडेको थियो। नाइन एन एईटी कलसाइनको उक्त जहाजलाई क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले उडाएका थिए। को को थिए यात्रु? १.वाजभवी बन्देकर                                               

The post काे काे थिए सम्पर्कविहीन ताराको जहाजका सवार २२ जना appeared first on युग दर्पण.

]]>
पोखराबाट जोमसोमका लागि आइतवार बिहान उडेको तारा एयरको ट्विनअट्टर जहाजमा १९ सवार रहेको खुलेको छ।बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उक्त जहाज मौसम राम्रो नभएकै बेला उडेको थियो।

नाइन एन एईटी कलसाइनको उक्त जहाजलाई क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले उडाएका थिए।
को को थिए यात्रु?

१.वाजभवी बन्देकर                                                        २.इन्द्र बहादुर घले
३.पुरुषोत्तम घले
४. राजन कुमार घले
५. वसन्त लामा
६. गणेश नारायण श्रेष्ठ
७. रविना श्रेष्ठ
८.रष्मि श्रेष्ठ
९. रोजिना श्रेष्ठ
१०. प्रकास सुनुवार
११. मकर बहादुर तमाङ
१२. राममाया तमाङ
१३.सुकुमाय तामाङ
१४.तुलसा देवी तमाङ
१५. अशोक कुमार त्रिपाठी
१६  धनुष त्रिपाठी
१७ रितिका त्रिपाठी
१८ युडब्लुई विल्नर
१९. मेइके ग्रिट ग्राफ,
चालक दलको सदस्यमा
क्याप्टेन प्रभाकर प्रसाद घिमिरे
को–पाइलट उत्सव पोखरेल
एयर होस्टेज किस्मी थापा

The post काे काे थिए सम्पर्कविहीन ताराको जहाजका सवार २२ जना appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7171/feed 0 7171
मनाङमा जनसङ्ख्याभन्दा बढी मतदाता https://www.yugdarpan.com/archives/6541 https://www.yugdarpan.com/archives/6541#respond Thu, 27 Jan 2022 11:41:25 +0000 http://www.yugdarpan.com/?p=6541 मनाङ, केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको तथ्याङ्क विसं २०७४ को मतदाताको सङ्ख्याभन्दा कम देखिएको हो । विसं २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसङ्ख्या थियो भने विसं २०७४ को जनसङ्ख्याभन्दा अहिलेको सङ्ख्या २५५ ले घटेको देखिएको छ । उक्त तथ्याङ्कअनुसार जिल्लाको जनसङ्ख्याभन्दा मतदाता सङ्ख्या भने बढी

The post मनाङमा जनसङ्ख्याभन्दा बढी मतदाता appeared first on युग दर्पण.

]]>
मनाङ, केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको तथ्याङ्क विसं २०७४ को मतदाताको सङ्ख्याभन्दा कम देखिएको हो ।

विसं २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसङ्ख्या थियो भने विसं २०७४ को जनसङ्ख्याभन्दा अहिलेको सङ्ख्या २५५ ले घटेको देखिएको छ । उक्त तथ्याङ्कअनुसार जिल्लाको जनसङ्ख्याभन्दा मतदाता सङ्ख्या भने बढी देखिएको छ । विसं २०७७ चैतसम्म १८ वर्ष पूरा भएका मतदाता सङ्ख्या ६ हजार ३०९ रहेको थियो भने चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ६ हजार ६१२ मतदाता थपिएका छन् ।

अहिले सार्वजनिक भएको जनसङ्ख्या भन्दा ९६७ सङ्ख्याले मतदाता बढी रहेको देखिएको छ । मतदाता सङ्ख्याभन्दा जनसङ्ख्या कम भएपछि गणक, पर्यवेक्षक तथा निर्वाचन आयोगले सङ्कलन गरेकामध्ये कुन चाहीँ तथ्याङ्क सही भनेर पहिचान गर्न मुस्किल भएको छ । जनगणना अनुसार नारफू गाउँपालिकामा ४४२ अर्थात सबैभन्दा कम जनसङ्ख्या रहेको छ ।

प्रारम्भिक जनगणना पहिलो चरणमा गत भदौ ३० देखि असोज १८सम्म र दोस्रो चरणमा गत कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।

The post मनाङमा जनसङ्ख्याभन्दा बढी मतदाता appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6541/feed 0 6541
प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ : मुख्यमन्त्री पोखरेल https://www.yugdarpan.com/archives/6538 https://www.yugdarpan.com/archives/6538#respond Thu, 27 Jan 2022 11:18:33 +0000 http://www.yugdarpan.com/?p=6538 कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ मा गण्डकी प्रदेशबाट निर्वाचित सदस्यलाई प्रदेश निर्वाचन कार्यालय पोखराले आज आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले प्रदेशलाई देशका अन्य सात प्रदेशमध्यमा अब्बल बनाउन राजनीतिक दल र नेतृत्वकाबीचमा व्यक्तिगत र व्यवहारमा मिठासपूर्ण सम्बन्ध आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“लोकतान्त्रिक मूल्य र मान्यतालाई कार्यरुप बनाउँदै

The post प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ : मुख्यमन्त्री पोखरेल appeared first on युग दर्पण.

]]>
कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ मा गण्डकी प्रदेशबाट निर्वाचित सदस्यलाई प्रदेश निर्वाचन कार्यालय पोखराले आज आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले प्रदेशलाई देशका अन्य सात प्रदेशमध्यमा अब्बल बनाउन राजनीतिक दल र नेतृत्वकाबीचमा व्यक्तिगत र व्यवहारमा मिठासपूर्ण सम्बन्ध आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“लोकतान्त्रिक मूल्य र मान्यतालाई कार्यरुप बनाउँदै नेतृत्वका बीचमा व्यक्तिगत मिठासपूर्ण व्यवहार हुन सके राम्रो सन्देश जानेछ । गण्डकी प्रदेशमा हिजोको परम्परा प्रतिपक्षी दलले निभाउने विश्वास गरेको छु ।”

सो अवसरमा मुख्यमन्त्री पोखरेलले निर्वाचित सदस्यले संविधानको व्यवस्था अनुसार छ वर्षको कार्यकालमा देश, सरकार र जनताको हितमा काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, नेकपा (एमाले)का प्रदेश अध्यक्ष नवराज शर्मा र माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङ तथा प्रदेश निर्वाचन कार्यालय प्रमुख हुमनाथ पराजुलीले निर्वाचित सदस्यले देश, जनता र राष्ट्रको हितलाई सोचेर काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रियसभाको बुधबार सम्पन्न निर्वाचनमा गण्डकी प्रदेशमा महिलातर्फ नेपाली कांग्रेसका कमला पन्त, अन्य समूहमा माओवादी केन्द्रका सुरेशकुमार आलेमगर र दलितर्फ माओवादीका भुवनबहादुर सुनार विजयी हुनुभएको थियो । विजयी तीनैजना उम्मेदवारलाई मुख्यमन्त्री पोखरेल र निर्वाचन अधिकृत जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले प्रमाणपत्र वितरण तथा माला र खादा लगाएर सम्मान गर्नुभएको थियो ।

The post प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ : मुख्यमन्त्री पोखरेल appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6538/feed 0 6538
सुन्तला बिक्रीबाट एउटै गाउँमा साढे दुई करोड भित्रियो https://www.yugdarpan.com/archives/6491 https://www.yugdarpan.com/archives/6491#respond Wed, 26 Jan 2022 05:46:58 +0000 http://www.yugdarpan.com/?p=6491 गलकोट, बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पुर्‍याउनुभयो । सुन्तला टिपेर पोखरा पुर्‍याउनुभएका खड्काको हातमा यस वर्ष रु चार लाख ५० हजार हात पर्‍यो । सुन्तला टिप्ने ज्याला र यातयात खर्च घटाउँदा उहाँले रु चार लाख बचत गर्नुभयो । सुन्तला गाउँका रूपमा परिचित सिगानामा सबैभन्दा ठूलो सुन्तला बगैँचा अनन्त खड्काको छ । खड्काको बगैँचामा २०० सुन्तलाका बोटले उत्पादन दिइराखेको छ । उहाँले सुन्तलाको बढी

The post सुन्तला बिक्रीबाट एउटै गाउँमा साढे दुई करोड भित्रियो appeared first on युग दर्पण.

]]>
गलकोट, बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पुर्‍याउनुभयो । सुन्तला टिपेर पोखरा पुर्‍याउनुभएका खड्काको हातमा यस वर्ष रु चार लाख ५० हजार हात पर्‍यो । सुन्तला टिप्ने ज्याला र यातयात खर्च घटाउँदा उहाँले रु चार लाख बचत गर्नुभयो ।

सुन्तला गाउँका रूपमा परिचित सिगानामा सबैभन्दा ठूलो सुन्तला बगैँचा अनन्त खड्काको छ । खड्काको बगैँचामा २०० सुन्तलाका बोटले उत्पादन दिइराखेको छ । उहाँले सुन्तलाको बढी मूल्य लिन पोखरा लगेर बिक्री गरेको बताउनुभयो । “सुन्तला बोटबाटै बिक्री गर्दा प्रतिकिलो रु ६० देखि रु ६५ सम्म पर्छ, पोखरा लगेपछि रु १२० सम्ममा बिक्री गरेको छु”, खड्काले भन्नुभयो, “यसपटक गत वर्षभन्दा रु एक लाख बढी आम्दानी गर्ने योजना सफल भयो, टिप्ने बेलामा केही औसा किराले झारेका कारण केही समस्या भयो ।” खड्काले बगैँचा सुधार र मलजलमा ध्यान दिने हो भने सुन्तला उत्पादनमा वृद्धि हुने अनुभव सुनाउनुभयो ।

यस्तै सिगानाकै अर्का किसान रामबहादुर खड्काले यस वर्ष बोटबाटै रु दुई लाखको सुन्तला बिक्री गर्नुभएको छ । उहाँले गत वर्षको तुलनामा औसा किराको प्रभावले केही कम उत्पादन भएको जानकारी दिनुभयो । “गत वर्ष रु साढे दुई लाख हात परेको थियो, नयाँ उत्पादन दिने बिरुवासहित यस वर्ष रु तीन लाख हात पार्ने लक्ष्य हो, तर औसा किरा र वर्षात्को समयमा फूल झर्दा रु दुई लाखको मात्रै सुन्तला उत्पादन भएको छ”, खड्काले भन्नुभयो ।

खड्काजस्ता सिगानमा १०० भन्दा बढी किसानले व्यावसायिकरूपमा सुन्तला खेती गर्दै आएका छन् । उनीहरुले यस वर्ष झण्डै रु साढे दुई करोडको सुन्तला बागलुङ बजार, पोखरा र चितवनको बजारमा बिक्री गरेका छन् । सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको सिगानामा प्रतिवर्ष सुन्तला उत्पादनमा क्रमशः वृद्धि हुँदै आएको बागलुङ नगरपालिका–८ का वडाध्यक्ष राजन जिसीले जानकारी दिनुभयो ।

“सिगानामा पछिल्लो पाँच वर्षमा झण्डै ३० हजार सुन्तलाका बिरुवा थप भएका छन्”, वडाध्यक्ष जिसीले भन्नुभयो, “बागलुङ नगरपालिकाले उब्जानी अनुदानवापत यो आर्थिक वर्षमा सिगानाका किसनाले रु ६ लाख अनुदानसमेत पाएका छन्, नयाँ बिरुवाले उत्पादन दिन थालेपछि सिगानामा वार्षिक रु पाँच करोडको सुन्तला निर्यात गर्ने हाम्रो लक्ष्य हो, यस वर्ष रु साढे दुई करोड रकम सुन्तला बिक्री गरेर सिगानाका किसानले भित्र्याएका छन् ।” खेतीपाती मासेर सुन्तला लगाउँदा किसानले सुन्तला फलाउन कम्तीमा पाँच वर्ष लाग्ने भएकाले नगरपालिकाले सुन्तलाको रोपनीका आधारमा उब्जनी अनुदान दिँदै आएको छ ।

यस वर्ष रु तीन करोडको सुन्तला बिक्री गर्ने किसानको लक्ष्य रहे पनि अत्यधिक वर्षा र औसा किराको समस्याले रु ५० लाखको उत्पादन घटेको छ । सिगानाका सयभन्दा बढी किसनाको बगैँचामा बढीमा २०० देखि घटीमा १० बोटसम्म उत्पादन दिने सुन्तलाका बोट छन् । उनीहरुले सुन्तला खेतीतर्फ आकर्षण बढेपछि खेत तथा कोदो बारी मासेर धमाधम सुन्तला खेती विस्तार गरिरहेका छन् ।

यस वर्ष बागलुङ नगरपालिकाले दुर्ई हजार सुन्तलाका बिरुवा र दुई हजार कागतीका बिरुवा अनुदानमा वितरणसमेत गरेको थियो । सिगाना प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला पकेट क्षेत्रका रूपमा समेत समावेश भएको छ । सिगानामा कोरोनाअघि वार्षिकरूपमा सुन्तलाको प्रवद्र्धन र विकासका लागि सुन्तला उत्सवसमेत आयोजना हुँदै आएको थियो । कोरोनाका कारण दुई वर्षदेखि सुन्तला उत्सव हुनसकेको छैन । सिगानाका सुन्तला स्वादिष्ट हुने भएकाले यसको माग उच्च छ ।

The post सुन्तला बिक्रीबाट एउटै गाउँमा साढे दुई करोड भित्रियो appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6491/feed 0 6491
कोभिड परीक्षण, भोजन तथा औषधि निःशुल्क https://www.yugdarpan.com/archives/6435 https://www.yugdarpan.com/archives/6435#respond Sat, 22 Jan 2022 10:15:30 +0000 http://www.yugdarpan.com/?p=6435 वालिङ, वालिङ नगरपालिकाले कोभिड–१९ को परीक्षण, भोजन तथा औषधिलाई निःशुल्क गरेको छ । नगरपालिकाले वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेसन सेन्टरमा कोभिड–१९ सङ्क्रमणका कारण भर्ना भएर बसेका बिरामीलाई खाना, नास्ता तथा औषधि निःशुल्क उपलब्ध गराएको नगरप्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताउनुभयो । “विश्वभर महामारीका रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण दर वालिङमा पनि उच्च छ”, उहाँले भन्नुभयो, “अस्पतालकै क्यान्टिनबाट निःशुल्क खाना, नास्ता र अस्पतालबाट उपलब्ध

The post कोभिड परीक्षण, भोजन तथा औषधि निःशुल्क appeared first on युग दर्पण.

]]>
वालिङ, वालिङ नगरपालिकाले कोभिड–१९ को परीक्षण, भोजन तथा औषधिलाई निःशुल्क गरेको छ ।

नगरपालिकाले वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेसन सेन्टरमा कोभिड–१९ सङ्क्रमणका कारण भर्ना भएर बसेका बिरामीलाई खाना, नास्ता तथा औषधि निःशुल्क उपलब्ध गराएको नगरप्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताउनुभयो ।

“विश्वभर महामारीका रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण दर वालिङमा पनि उच्च छ”, उहाँले भन्नुभयो, “अस्पतालकै क्यान्टिनबाट निःशुल्क खाना, नास्ता र अस्पतालबाट उपलब्ध हुने औषधिसहित उपचारलाई निःशुल्क गर्ने व्यवस्था मिलाएका छौँ ।”

कोभिड–१९ को सङ्क्रमण दर बढ्दै जाँदा नगरपालिकाले गह्रौँ प्राथमिक अस्पतालमा ५० शय्यासहित अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य उपकरणहरु र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो । “यहाँका नागरिकको स्वास्थ्यप्रति हामी सचेत छौँ, पहिलो प्राथमिकता नागरिकको जीउ ज्यानको सुरक्षा हो,” उहाँले भन्नुभयो, “विकास बरु पछि गर्दै जाउँला पहिला नागरिकको स्वास्थ्यमा ध्यान दिने गरी अगाडि बढेका छौँ ।”

अस्पतालमा कोभिड–१९ को परीक्षण गर्न आउनुभएका व्यक्तिहरुलाई निःशुल्क एन्टिजिन परीक्षण गरिदिने गरिएको स्वास्थ्य शाखाप्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो । अस्पतालमा भर्ना भएर बसेका सङ्क्रमितहरुलाई निःशुल्क खाना, नास्ता तथा औषधि उपलब्ध गराइएको शाखाप्रमुख पाण्डेले बताउनुभयो । “५० शय्या क्षमतासहित सङ्क्रमितहरुको उपचारका लागि तयारी अवस्थामा छौँ,” प्रमुख पाण्डेले भन्नुभयो, “हाल सातजना सङ्क्रमितहरु अस्पतालमा भर्ना भएर नियमित उपचारमा हुनुहुन्छ ।”

श्वासप्रश्वासमा समस्या देखिएका सङ्क्रमितहरुलाई अहिले भर्ना गरेर राखिएको छ भने अन्य सामान्य लक्षण देखिएका सङ्क्रमितहरुलाई घरमै छुट्टै आइसोलेसनमा बस्न भनिएको प्रमुख पाण्डेले बताउनुभयो । घरमै आइसोलेसनमा बस्नुभएका सङ्क्रमितहरुलाई कुनै समस्या देखिए अस्पताल आउन आग्रह गरिएको अस्पतालका सूचना अधिकारी उदय पौडेलले जानकारी दिनुभयो । अस्पतालमा भर्ना भई बस्नुभएका बिरामीहरुलाई बिहानको नास्ता, खाजा, दिउँसो नास्ता र साँझ खाना निःशुल्क उपलब्ध गराउँदै आएको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

होम आइसोलेसनमा रहनुभएका बिरामीहरु स्वास्थ्यकर्मीको नियमितरुपमा सम्पर्कमा रहनुभएको छ । यसअघि पनि नगरपालिकाले अस्पतालमा भर्ना भई उपचाररत बिरामीहरुलाई अस्पतालबाट प्राप्त हुने निःशुल्क औषधि, खाना, नास्ता उपलब्ध गराइएको थियो । गह्रौँ प्राथमिक अस्पतालमा खोप लगाउने कार्य जारी रहेकाले खोप नलगाएका नागरिकहरुलाई अनिवार्य खोप लगाउनका लागि नगरपालिकाले माइकिङ गर्दै आइरहेको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको रोकथाम तथा नियन्त्रणका लागि सबैले स्वास्थ्यसम्बन्धी मापदण्डहरु पूर्णरुपमा पालना गर्न नगरपालिकाले सूचना तथा माइकिङमार्फत अनुरोध गरेको छ ।

The post कोभिड परीक्षण, भोजन तथा औषधि निःशुल्क appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6435/feed 0 6435
चार वर्षीय छोरासहित महिला बेपत्ता https://www.yugdarpan.com/archives/6348 https://www.yugdarpan.com/archives/6348#respond Thu, 20 Jan 2022 06:40:53 +0000 http://www.yugdarpan.com/?p=6348 बागलुङ, गत पुस २६ गते बिहान छोरासहित घरबाट निस्कनुभएकी गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक अझै परिवारको सम्पर्कमा आउनुभएको छैन । पैतीस वर्षीया उहाँको साथमा चार वर्षीय छोरा सक्षम पनि रहेको श्रीमान राजेन्द्र विकले जानकारी दिनुभयो । सम्पर्कविहीन भएयता निरन्तर खोजी गरिए पनि अहिलेसम्म स्थिति पत्ता लाग्न नसकेको उहाँको भनाइ छ । राजेन्द्रले बेपत्ता श्रीमतीको खोजीका लागि प्रहरी र वडा कार्यालयमा निवदेन दिनुभएको छ । टेलिफोनको ‘कल डिटेल’ अनुसन्धानका लागि

The post चार वर्षीय छोरासहित महिला बेपत्ता appeared first on युग दर्पण.

]]>
बागलुङ, गत पुस २६ गते बिहान छोरासहित घरबाट निस्कनुभएकी गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक अझै परिवारको सम्पर्कमा आउनुभएको छैन । पैतीस वर्षीया उहाँको साथमा चार वर्षीय छोरा सक्षम पनि रहेको श्रीमान राजेन्द्र विकले जानकारी दिनुभयो ।

सम्पर्कविहीन भएयता निरन्तर खोजी गरिए पनि अहिलेसम्म स्थिति पत्ता लाग्न नसकेको उहाँको भनाइ छ । राजेन्द्रले बेपत्ता श्रीमतीको खोजीका लागि प्रहरी र वडा कार्यालयमा निवदेन दिनुभएको छ । टेलिफोनको ‘कल डिटेल’ अनुसन्धानका लागि मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा पनि निवेदन दिएको राजेन्द्रले बताउनुभयो । पुस २६ गते साँझ फोनमा कुराकानी भएपछि श्रीमतीसँग रहेको मोबाइल बन्द रहेको उहाँको भनाइ छ ।

“म २५ गते गाडी लिएर पोखरा गएको थिएँ, २६ गते घर आउँदा उनी छोरासहित आफ्नो लुगाफाटो लिएर हिँडेकी रहेछिन्”, राजेन्द्रले भन्नुभयो, “कुराकानी हुँदा भाइकोमा आएकी छु भन्थिन, पछि मोबाइल बन्द भयो, त्यसपछि सम्पर्क हुन सकेन ।” आफन्त, छरछिमेक र सम्भाव्य ठाउँमा खोजी गर्दा पनि नभेटिएको उहाँको भनाइ छ । परिवारजनले हराएका आमाछोरा फेला परेमा नजिकको प्रहरी या आफन्तकहाँ खबर गरिदिन आग्रह गरेका छन् ।

The post चार वर्षीय छोरासहित महिला बेपत्ता appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6348/feed 0 6348
पूर्वयुवराज पारस शाहको घरमा चोरी, एक जना पक्राउ https://www.yugdarpan.com/archives/6037 https://www.yugdarpan.com/archives/6037#respond Mon, 04 Oct 2021 15:35:12 +0000 http://www.yugdarpan.com/?p=6037 काठमाडौंः पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ। लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए। पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन्। शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको बताइएको छ। गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएको खुलेको छ। काठमाडौं

The post पूर्वयुवराज पारस शाहको घरमा चोरी, एक जना पक्राउ appeared first on युग दर्पण.

]]>
काठमाडौंः पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ। लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए। पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन्।
शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको बताइएको छ। गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएको खुलेको छ। काठमाडौं महानगरपालिका–२६ मित्रनगर स्थित न्यू राप्ती गेस्टहाउसबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्रेर अनुसन्धान गरिरहेको छ।
चोरेको सामान गौतमले पूर्वयुवराजलाई फिर्ता गरेको एसपी बस्नेतले बताए। आरोपीलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ।

The post पूर्वयुवराज पारस शाहको घरमा चोरी, एक जना पक्राउ appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6037/feed 0 6037
नेपाली काँग्रेस नेतृत्व बिकास टिमले गर्यो ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान https://www.yugdarpan.com/archives/5515 https://www.yugdarpan.com/archives/5515#respond Fri, 21 May 2021 14:05:48 +0000 http://www.yugdarpan.com/?p=5515 सकारत्मक परिवर्तनका लागी नेतृत्व भन्ने मुल नाराका साथ नेतृत्व बिकास समिति केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कोभिड महामारीमा सातै प्रदेशका राजधानी हरुमा सकृय रहेका ट्राफिक प्रहरी हरुका लागी फेस सिल्ड, सेनिटाइजर र माक्स बितरण गरेको छ । प्रतिष्ठानका संयोजक उषा मल्ल को नेतृत्वको टिमले सो सामाग्री बितरण गरेको हो ।प्रदेश नं. १ मा शेवक बजगाई को प्रतिनिधित्वमा मोरङ मा प्रदेश नं. २ मा सुजित यादब को प्रतिनिधित्वमा धनुषा मा प्रदेश

The post नेपाली काँग्रेस नेतृत्व बिकास टिमले गर्यो ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान appeared first on युग दर्पण.

]]>
सकारत्मक परिवर्तनका लागी नेतृत्व भन्ने मुल नाराका साथ नेतृत्व बिकास समिति केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कोभिड महामारीमा सातै प्रदेशका राजधानी हरुमा सकृय रहेका ट्राफिक प्रहरी हरुका लागी फेस सिल्ड, सेनिटाइजर र माक्स बितरण गरेको छ ।

प्रतिष्ठानका संयोजक उषा मल्ल को नेतृत्वको टिमले सो सामाग्री बितरण गरेको हो ।प्रदेश नं. १ मा शेवक बजगाई को प्रतिनिधित्वमा मोरङ मा प्रदेश नं. २ मा सुजित यादब को प्रतिनिधित्वमा धनुषा मा प्रदेश ३ मा सरद मर्हजन को प्रतिनिधित्वमा ललितपुर प्रदेश नं. ४ मा शंकर कडेल को प्रतिनिधित्वमा कास्की प्रदेश नं.५ मा देवा डाँगी र शुष्मा गिरी को प्रतिनिधित्वमा दाङ प्रदेश नं. ६ मा प्रकाश पौडेल को प्रतिनिधित्वमा सुर्खेत र प्रदेश नं.७ मा नरेश भट्ट को प्रतिनिधित्वमा कैलाली को धनगढी मा सामाग्री बितरण गरेका थिए ।

फोटो हरु

The post नेपाली काँग्रेस नेतृत्व बिकास टिमले गर्यो ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5515/feed 0 5515