बागमती प्रदेश

चार्जिङ सेन्टर राख्न आग्रह

वाग्मती । वाग्मती प्रदेश सरकारले विद्युतीय सवारी साधन सञ्चालनका लागि आवश्यक पर्ने चार्जिङ सेन्टर निर्माणको प्रक्रिया शुरु गरेको छ । प्रदेशभर विद्युतीय सवारी सञ्चालनको व्यवस्था मिलाउन आवश्यकीय स्थानमा चार्जिङ सेन्टर निर्माणका लागि प्रक्रिया शुरु गरिएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जानकारी दिनुभयो । यातायात सेवालाई सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, व्यवस्थित र वातावरणमैत्री बनाउन निजी साझेदारी माध्यमबाट विद्युतीय यातायात प्रणाली सञ्चालन गरी आगामी २०८५ साल भित्रमा प्रदेशका ठूला शहरबाट पेट्रोलियम पदार्थबाट

वाग्मतीमा अस्पताल निर्माण अन्तिम चरणमा

ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–४ प्युटारस्थित थाङसिनटारमा गाउँपालिकास्तरीय अस्पताल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको सःशर्त अनुदानमा ‘एक पालिका एक अस्पताल’ को अवधारणाअनुरूप उक्त अस्पताल निर्माणको कार्य अघि बढेको हो । गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले गत वर्ष २०७६ भदौ २० गते १५ शय्याको अस्पताल बनाउने योजनानुसार गत जेठ २० गते सम्पन्न हुनुपर्ने गरी काम अघि बढाएको ललितपुर क्षेत्र नं

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

वाग्मती । वाग्मती प्रदेश सरकारले भर्खरै स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त गरिएको छ । प्रतिष्ठानका उपकुलपति प्रा डा विश्वराज जोशीका सिफारिसमा सामाजिक विकासमन्त्री तथा सहकुलपति युवराज दुलालले प्रतिष्ठानका शिक्षाध्यक्षमा डा सतीश देव, रजिष्ट्रारमा राजेश प्रसाईं, निर्देशकमा डा हरिबहादुर खड्का र संयोजकमा चिरञ्जीवी चुँडाललाई नियुक्त गर्नुभयो । नवनियुक्त पदाधिकारीलाई आजै पद तथा गोपनीयताको शपथ गराइएको थियो । सो अवसरमा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको गौरव प्रतिष्ठानको विकासमा

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मुग्लिन । सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

थप १७ जनामा कोरोना सङ्क्रमण, भुम्लुको ८ नं वडा सिल

बनेपा । काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा गरी मङ्गलबार एकै दिन थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार धुलिखेल अस्पताल, बनेपा, पनौती नगरपालिका र भुम्लु गाउँपालिकामा गरी १७ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित हुनेमा धुलिखेल अस्पतालमा कार्यरत वर्ष २५ र ३७ का दुई महिला र वर्ष २६ का एक पुरुष गरी तीन, पनौती नगरपालिकाका वर्ष ३९ र ४० का दुई

कोरोनाबाट थप २ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरलेका अनुसार उनीहरुको ट्राभलिङ हिस्ट्री छैन ।