बागमती प्रदेश

कुलमानको समर्थनमा प्रदर्शन: बब्लुलाई निर्घात कुट्ने प्रहरी अधिकृतमाथि छानविन शुरु

काठमाडौं । शान्तिपूर्ण प्रदर्शनका लागि बिजुलीबजारबाट माइतीघर मण्डलातर्फ जाँदै गरेका बब्लु गुप्तामाथि निर्घात कुटपिट भयो । इन्सपेक्टर केशर न्यौपाने नेतृत्वको प्रहरी टोलीले लाठी, बुट र मुक्काले हानेर झम्टीझम्टी कुटेको भिडियो सामाजिक सञ्जालमा यतिबेला भइरल भएको छ । कुलमान घिसिङको पक्षमा शान्तिपूर्ण प्रदर्शन गर्न माइतीघर मण्डला जाँदै गरेको अवस्थामा बवरमहलमा रोकेर प्रहरीले बब्बुलाई आमानवीय तरिकाले कुटेका हुन् । बिहीबार बब्लुलाई कुटपिट गर्ने प्रहरी निरीक्षक न्यौपानेसहितको टोलीमाथि छानविन गरिने प्रहरी प्रधान कार्यालयले

आलुभित्र प्याज लुकाएर कालोबजारी गर्ने तीन व्यापारीको कारोबार रोक्का

काठमाडौँ । कोटेश्वर तरकारी बजारका तीन जना व्यापारीको कारोबार रोक्का गरिएको छ। आलुभित्र प्याज लुकाएर कालोबजारी गरेको पाइएपछि कारोबार रोक्का गरिएको हो। कोटेश्वरका तरकारी व्यापारी विजेश गौतमले आलु भित्र २९ बोरा प्याज लुकाएर राखेको र उलक शब्जी भण्डारका सञ्चालक ज्योतीनाथ उलकले १३ बोरा प्याज लुकाएर राखेको भेटिएको अनुगमनमा गएका उपभोक्ताकर्मी माधव तिमल्सिनाले बताए। त्यस्तै, दुलाल आलु भण्डारका सञ्चालकले बिल बिजक जारी नगरी प्रतिकेजी ७० रूपैयाँले किनेको प्याज १ सय ४०

आजबाट काठमाडौं उपत्यकामा सबै पसल खोल्न पाइने, हेर्नुहोस विज्ञप्ती

काठमाडौं । काठमाडौं उपत्यकामा यस अघि तोकेको बार र समयमा मात्र पसल खोल्न पाउने व्यबस्था आजबाट हटाइएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले विहीबारसाँझ एक सूचना प्रकाशित गरी यस अघि लगाइएको पसल खोल्ने समय र बार दुबै प्रावधान हटाएको छ । तर सार्वजनिक तथा निजी समावरीसाधन बारेको जोरविजोर भने कायमै राखेको छ । असोज १ गतेदेखि होटल तथा रेष्टुरेन्टलाई पूर्ण सञ्चालनका लागि अनुमति दिइएको छ। कपडा, जुत्ताचप्पल पसल, फेन्सी, कस्मेटिक

नझुक्किनुस्, काठमाडौँमा जोरबिजोर कायमै छ

काठमाडौं । असोज १ गतेबाट सरकारले लोमो दूरीका यातायात संचालनका लागि अनुमति दिएपनि काठमाडौं जिल्लामा भने जोरबिजोर प्रणाली नै लागू हुने भएको छ। बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जिल्लाभित्र अत्यावश्यक बाहेकका सेवा दिने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको जानकारी दिएका हुन्। काठमाडौं भित्र संचालन हुने सार्वजनिक तथा निजी सवारी साधनले सरकारले तोकेका सुरक्षा मापदण्ड पालना गर्दै जोरबिजोर प्रणालीमा संचालन गर्नुपर्नेछ, प्रशासनले

तीन कम्पनीले आइपिओ निष्काशन हुदै, कसको कति ?

३० भदौ, काठमाडौँ । सर्वसाधारणकका लागि प्राथामिक शेयर ९आइपिओ ० निष्काशन गर्नका लागी ३ वटा लघुवित्त कम्पनी थपिने भएका छन् । थपिने लघुवित्तहरूमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड रुपैयाँ बराबरको प्रति शेयर १ सय रूपैयाँ अंकित मूल्य दरका ३ लाख कित्ता साधारण शेयर (आइपिओ )निष्कासन गर्न लागेको हो ।

उपत्यकामा भुकम्पको ठूलो धक्का महशुस

काठमाडौं । काठमाडौं उपत्यकामा भुकम्पको ठूलो धक्का महशुस भएको छ । आज विहान पाँच बजेर २० मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको हो । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले रातोपाटीलाई बताए । उनका अनुसार ५ बजेर १९ मिनेट जाँदा सो भूकम्प गएको हो । भूकम्पबाट केकति क्षति भयो भन्नेबारे विवरण प्राप्त भइसकेको छैन ।

उपत्यकामा १२ हजार सङ्क्रमित

काठमाडौँ । काठमाडौ उपत्यकामा मात्र हालसम्म कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमितको सङख्या १२ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले काठमाडौ उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । देशभरमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२९ पुगेको छ । तिमध्ये १० हजार सङ्क्रमित काठमाडौ जिल्लाका रहेका छन । काठमाडौ जिल्लामा महिला तीन हजार ३०२ र पुरुष छ हजार ७२४ जना रहेका छन्

२ हजार बढी पीसीआर परीक्षण शुल्कलिन नपाइने

काठमाडौँ । सरकारले कोरोनाभाइरस लागे नलागेको थाहा पाउन गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ। स्वास्थ्य मन्त्रालयकाअनुसार यसअघि कोरोना परीक्षण शुल्क ४ हजार ४ सय कायम भएकोमा अहिले घटाएर अधिकतम २ हजार रुपैयाँ कायम गरिएको हो । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पीसीआर परीक्षणमा अबदेखि कुनैपनि ल्याबले अधिकतम २ हजार बढी शुल्क लिन नपाउने निर्णय गरिएको जानकारी दिए । सरकारको यो निर्णयसँगै अब निजी तथा सशुल्क

भक्तपुर घटना श्रीमती र छोरा हत्यापछि श्रीमानले गरे आत्महत्या

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा एकै घरका तीन जनाको श’व भेटिएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार श्रीमती र छोराको ह’त्यापछि श्रिमानले आत्मह’त्या गरेको हुनसक्ने देखिएको छ । दुई जनाको सुतेकै अवस्थामा धा’रिलो ह’तियार प्रयोग गरी ह’त्या गरेर सुदिपले वि’ष से’वन गरी आत्मह’त्या गरेको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको हो । शुक्रबार साँझ सवा ५ बजे अधिकारीका भाइ सुनीलले प्रहरीलाई खबर गरेपछि भक्तपुर प्रहरी परिसर र महानगरीय अपराध

अस्पतालमा मृत्यु भएका तीन मध्ये एकमा कोराना

चितवन । भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर २ का ४६ वर्षीय पुरुष रहेका छन् । अस्पतालको आकस्मीक कक्षमा आइपुग्दा बिहिबार राती उनको मृत्यु भएको थियो । मृत्यु पछि गरिएको नमुना परिक्षणमा उनमा कोरोना पुष्टि भएको हो । अन्य दुई जनाको भने नतिजा नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार शुक्रबार बिहान मृत्यु भएकी