बागमती प्रदेश Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/प्रदेश/प्रदेश-३ www.yugdarpan.com Tue, 02 Jul 2024 03:13:54 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://www.yugdarpan.com/wp-content/uploads/2020/06/yug-darpan-favicon-150x150.png बागमती प्रदेश Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/प्रदेश/प्रदेश-३ 32 32 178717794 कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक https://www.yugdarpan.com/archives/8019 https://www.yugdarpan.com/archives/8019#respond Tue, 02 Jul 2024 03:12:55 +0000 https://www.yugdarpan.com/?p=8019 काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । सोमबार मध्यरातमा नेकपा एमालेसँग नयाँ सरकार गठन गर्ने सहमति गरेसँगै देउवाले पदाधिकारीहरूलाई छलफलका लागि डाकेका हुन् । भानु देउवाका अनुसार बैठक मंगलबार बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । एमाले र कांग्रेसबिच पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ । सहमतिमा कुन पार्टीले

The post कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक appeared first on युग दर्पण.

]]>
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । सोमबार मध्यरातमा नेकपा एमालेसँग नयाँ सरकार गठन गर्ने सहमति गरेसँगै देउवाले पदाधिकारीहरूलाई छलफलका लागि डाकेका हुन् ।

भानु देउवाका अनुसार बैठक मंगलबार बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । एमाले र कांग्रेसबिच पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ ।

सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि समावेश छन् । एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व भने मधेसवादी दललाई नै दिने सहमति बनेको बताइएको छ ।

The post कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/8019/feed 0 8019
प्रतिनिधि सभाले गठन गर्‍यो संसदीय छानबिन विशेष समिति https://www.yugdarpan.com/archives/8006 https://www.yugdarpan.com/archives/8006#respond Tue, 28 May 2024 14:29:33 +0000 https://www.yugdarpan.com/?p=8006 काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय विशेष समिति बनेको छ । प्रमुख दलहरूबीच भएको सहमतिअनुसार संसद्को मंगलबार बसेको बैठकले सहकारी संस्था बचत रकम संसदीय छानबिन समिति गठन गरेको हो । समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्यबहादुर थापा र सरिता भुषाल सदस्य छन् । यस्तै माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । समितिकाे  सभापति एमाले सांसद सूर्यबहादुर थापा

The post प्रतिनिधि सभाले गठन गर्‍यो संसदीय छानबिन विशेष समिति appeared first on युग दर्पण.

]]>
काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय विशेष समिति बनेको छ । प्रमुख दलहरूबीच भएको सहमतिअनुसार संसद्को मंगलबार बसेको बैठकले सहकारी संस्था बचत रकम संसदीय छानबिन समिति गठन गरेको हो ।

समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्यबहादुर थापा र सरिता भुषाल सदस्य छन् । यस्तै माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

समितिकाे  सभापति एमाले सांसद सूर्यबहादुर थापा छन । समितिलाई चारबुँदे कार्यादेश दिइएको छ ।

The post प्रतिनिधि सभाले गठन गर्‍यो संसदीय छानबिन विशेष समिति appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/8006/feed 0 8006
सुर्यज्योति लाईफ इन्स्योरेन्स कर्मचारी संघकाे बागमती प्रदेश स्तरीय भेला सम्पन्न https://www.yugdarpan.com/archives/7998 https://www.yugdarpan.com/archives/7998#respond Sat, 18 May 2024 13:06:04 +0000 https://www.yugdarpan.com/?p=7998 काठमाडौं, सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी कर्मचारी संघको बागमती प्रदेश स्तरीय भेला कर्मचारी संघका केन्द्रीय अध्यक्ष श्री रघु नाथ भण्डारी ज्यूको अध्यक्षतामा अाज काठमाडौ काे सानोगौरचन स्थित रानी महल ब्याङ्केटमा भव्य तथा सभ्य रुपमा सु-सम्पन्न भएको छ। उक्त कार्यक्रममा कर्मचारी संघका केन्द्रीय पदाधिकारी ज्यूहरु, कम्पनीका विभागीय प्रुमख ज्यूहरु, व्यवस्थापन तह का कर्मचारी हरूकाे उल्लेख्य सहभागिता रहेकाे थियाे कार्यक्रमका दिग्गज वक्ताहरुको मन्तव्य मन्थन गर्दा “सामुहिक हक अधिकार रक्षाकोलागि चालिने कदममा कम्पनी प्रतिको

The post सुर्यज्योति लाईफ इन्स्योरेन्स कर्मचारी संघकाे बागमती प्रदेश स्तरीय भेला सम्पन्न appeared first on युग दर्पण.

]]>
काठमाडौं, सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी कर्मचारी संघको बागमती प्रदेश स्तरीय भेला कर्मचारी संघका केन्द्रीय अध्यक्ष श्री रघु नाथ भण्डारी ज्यूको अध्यक्षतामा अाज काठमाडौ काे सानोगौरचन स्थित रानी महल ब्याङ्केटमा भव्य तथा सभ्य रुपमा सु-सम्पन्न भएको छ। उक्त कार्यक्रममा कर्मचारी संघका केन्द्रीय पदाधिकारी ज्यूहरु, कम्पनीका विभागीय प्रुमख ज्यूहरु, व्यवस्थापन तह का कर्मचारी हरूकाे उल्लेख्य सहभागिता रहेकाे थियाे कार्यक्रमका दिग्गज वक्ताहरुको मन्तव्य मन्थन गर्दा “सामुहिक हक अधिकार रक्षाकोलागि चालिने कदममा कम्पनी प्रतिको जिम्मेवारीलाई समेत सन्तुलित रुपमा अघि बढाउने निष्कर्ष रह्यो।” उक्त भेलाले सुशील काफ्ले काे अध्यक्षतामा  ७ सदस्य नयाँ कमिटि गठन भएकाे छ। कार्यक्रममा बागमति प्रदेशका १७० जना कर्मचारीहरूकाे उपस्थिति रहेकाे थियाे।

साथै १५ बर्ष भन्दा बढी कम्पनीमा सेवा गर्ने १४ जना कर्मचारीहरूलाई कर्मचारी संघले सम्मान पत्र प्रदान गरेको जानकारी केन्द्रीय समिति अध्यक्ष रघुनाथ भण्डारिले जानकारी दिनु भयाे।

The post सुर्यज्योति लाईफ इन्स्योरेन्स कर्मचारी संघकाे बागमती प्रदेश स्तरीय भेला सम्पन्न appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7998/feed 0 7998
आशा लघुवित्त भित्र आन्तरिक द्वन्द्व, कर्मचारीले दिए व्यवस्थापकलाई आन्दोलन गर्ने चेतावनी https://www.yugdarpan.com/archives/7974 https://www.yugdarpan.com/archives/7974#respond Sun, 10 Mar 2024 13:30:44 +0000 https://www.yugdarpan.com/?p=7974 काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरू व्यवस्थापकहरू आन्दोलनको चेतावनी दिएका छन् । लामो समयसम्म सम्झौता कार्यान्वयन नभएपछि आक्रोशित कर्मचारीहरूले आन्दोलनको चेतावनी दिएका हुन् । साबिकको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरेपश्चात् बनेको आशा लघुवित्तको व्यवस्थापन प्रति असन्तुष्टि जनाउँदै आएका कर्मचारीले यसअघि गरेको सम्झौता कार्यान्वयन नभएपछि आक्रोशित बनेका हुन् । सबै सम्झौता फागुन १६ गतेसम्म कार्यान्वयन गर्नुपर्ने भए पनि कर्मचारीको सेवा सुविधा समायोजन बाहेक अरू कुनै पनि नभएको कर्मचारीहरूको गुनासो रहेको

The post आशा लघुवित्त भित्र आन्तरिक द्वन्द्व, कर्मचारीले दिए व्यवस्थापकलाई आन्दोलन गर्ने चेतावनी appeared first on युग दर्पण.

]]>
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरू व्यवस्थापकहरू आन्दोलनको चेतावनी दिएका छन् । लामो समयसम्म सम्झौता कार्यान्वयन नभएपछि आक्रोशित कर्मचारीहरूले आन्दोलनको चेतावनी दिएका हुन् ।

साबिकको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरेपश्चात् बनेको आशा लघुवित्तको व्यवस्थापन प्रति असन्तुष्टि जनाउँदै आएका कर्मचारीले यसअघि गरेको सम्झौता कार्यान्वयन नभएपछि आक्रोशित बनेका हुन् । सबै सम्झौता फागुन १६ गतेसम्म कार्यान्वयन गर्नुपर्ने भए पनि कर्मचारीको सेवा सुविधा समायोजन बाहेक अरू कुनै पनि नभएको कर्मचारीहरूको गुनासो रहेको छ ।

व्यवस्थापन समूहले आन्दोलनको समयमा भएका सहमति कार्यान्वयन गर्नुको सट्टामा उल्टै तालिमको आयोजना गरी कर्मचारी थर्काउने काम गरेको कर्मचारीहरू बताउँछन् । यसअघि आशा लघुवित्तका कर्मचारीले विभिन्न माग राख्दै १७ दिनसम्म आन्दोलन गरेका थिए। माग पुरा नभएको खण्डमा करिब दुई सय जनाले संयुक्त राजीनामा दिने बताएकोमा व्यवस्थापक समूहले वार्तामा बोलाई १६ बुन्दे सम्झौता गरेको थियो। तर ती सम्झौता पुरा नगरेको भन्दै कर्मचारीहरू पुनः आक्रोशित बनेका छन् ।

कर्मचारीहरू भने सम्झौताहरू कार्यान्वयनमा नआए चैत १ गते देखि पुनः आन्दोलनमा जाने तयारीमा लागेका छन् । सम्झौता कार्यान्वयन गराइदिन माग गर्दै श्रम तथा रोजगार कार्यालय टेकुमा समेत निवेदन दिने तयारी रहेको एक कर्मचारीले बताए ।

The post आशा लघुवित्त भित्र आन्तरिक द्वन्द्व, कर्मचारीले दिए व्यवस्थापकलाई आन्दोलन गर्ने चेतावनी appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7974/feed 0 7974
पञ्चासिंह १५ वर्षदेखि फरार सूचीमा, दोस्रोपटक पक्राउ पुर्जी जारी https://www.yugdarpan.com/archives/7947 https://www.yugdarpan.com/archives/7947#respond Tue, 23 Jan 2024 04:08:27 +0000 https://www.yugdarpan.com/?p=7947 काठमाडौ ,१५ वर्षअघि २६ फागुन २०६५ मा भएको हत्याको एउटा घटना पुनः बिउँझिएको छ । कालीकोटका १७ वर्षीय युवक राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले यसअघि जिल्ला अदालतबाट १३ साउन २०७९ मा पक्राउ पुर्जी लिएको थियो जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी लक्ष्मण शाहीका अनुसार १५ वर्षअघिको

The post पञ्चासिंह १५ वर्षदेखि फरार सूचीमा, दोस्रोपटक पक्राउ पुर्जी जारी appeared first on युग दर्पण.

]]>
काठमाडौ ,१५ वर्षअघि २६ फागुन २०६५ मा भएको हत्याको एउटा घटना पुनः बिउँझिएको छ ।

कालीकोटका १७ वर्षीय युवक राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले यसअघि जिल्ला अदालतबाट १३ साउन २०७९ मा पक्राउ पुर्जी लिएको थियो

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी लक्ष्मण शाहीका अनुसार १५ वर्षअघिको उक्त हत्या प्रकरणमा संलग्न रहेको आरोप लागेका कालीकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएकी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंह, सोही ठाउँका ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालीकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

किटानी जाहेरीमा नाम उल्लेख भएका उनीहरुमाथि गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट पक्राउपुर्जी जारी भएको प्रहरीले जनाएको छ । ‘किटानी जाहेरीका आधारमा ६ जना विरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको छ । उनीहरुको घर-ठेगानामा खोजतलासका लागि पत्राचार गरिसकेका छौं,’ सुर्खेत प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रसिंह थापाले भने ।घटनाको अनुसन्धान गर्न पछिल्लो पटक सुर्खेत प्रहरीले प्रहरी निरीक्षक कृष्ण खड्कालाई अनुसन्धान अधिकारी तोकेको छ । त्यसो त यो घटनामा अनुसन्धान अधिकृत तोकिएको यो पहिलो पटक होइन । उक्त घटनाका आरोपीलाई पक्रिन भन्दै यसअघि प्रहरीले ३१ जनालाई अनुसन्धान अधिकृत तोकिसकेको थियो । तर ‘हाइप्रोफाइल’ व्यक्ति जोडिएको भन्दै आरोपितलाई पक्राउ गर्ने आदेश भने थिएन ।‘यो अलि हाइप्रोफाइल जोडिएको घटना भयो । अनुसन्धान अधिकारी तोकिए पनि समातिहाल्ने आदेश भने थिएन,’ पुराना एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने, ‘यो राजनीतिसँग जोडिएको घटना भएकाले त्यति चासोका साथ नहेरिएकै हो ।’

The post पञ्चासिंह १५ वर्षदेखि फरार सूचीमा, दोस्रोपटक पक्राउ पुर्जी जारी appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7947/feed 0 7947
भ्रामक र तथ्यहीन समाचारप्रति सूर्यज्योति लाइफको ध्यानाकर्षण, निर्धक्क भई सेवासुविधा लिन आग्रह https://www.yugdarpan.com/archives/7940 https://www.yugdarpan.com/archives/7940#respond Mon, 08 Jan 2024 10:29:55 +0000 https://www.yugdarpan.com/?p=7940 काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले भ्रामक र आधारहीन समाचारको पछि नलाग्न सरोकारवालाहरुलाई आग्रह गरेको छ। कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘हालै केही सीमित अनलाइन मिडियाद्वारा सुनियोजित तबरले शृंखलाबद्ध गरी फरक–फरक शीर्षक राखी सूर्यज्योति लाइफप्रति नकरात्मक असर पुर्याउने हेतुले आफुखुसी अपव्याख्या गर्दै कपोलकल्पित, भ्रामक, अतिरंजित र तथ्यहीन र सत्यतथ्य नबुझी तथा विषयगत ज्ञान नराखी सिलसिलेवार तवरले समाचारहरुको सम्प्रेषण भएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता समाचारहरुप्रति यस

The post भ्रामक र तथ्यहीन समाचारप्रति सूर्यज्योति लाइफको ध्यानाकर्षण, निर्धक्क भई सेवासुविधा लिन आग्रह appeared first on युग दर्पण.

]]>
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले भ्रामक र आधारहीन समाचारको पछि नलाग्न सरोकारवालाहरुलाई आग्रह गरेको छ। कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘हालै केही सीमित अनलाइन मिडियाद्वारा सुनियोजित तबरले शृंखलाबद्ध गरी फरक–फरक शीर्षक राखी सूर्यज्योति लाइफप्रति नकरात्मक असर पुर्याउने हेतुले आफुखुसी अपव्याख्या गर्दै कपोलकल्पित, भ्रामक, अतिरंजित र तथ्यहीन र सत्यतथ्य नबुझी तथा विषयगत ज्ञान नराखी सिलसिलेवार तवरले समाचारहरुको सम्प्रेषण भएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता समाचारहरुप्रति यस कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

केही सीमित मिडियामा प्रकाशित समाचारहरु तथ्यहीन, आधारहीन र कपोलकल्पित रहेको र गलत आरोप लगाएर लाखौँ बीमित, लाखौँ शेयरधनी र हजारौं अभिकर्ताको विश्वास जित्न सफल सूर्यज्योति लाइफप्रति आमजनतामा नै भ्रम सिर्जना गर्ने र कम्पनीको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले सुनियोजित तवरले प्रकाशित गरेको कम्पनीको भनाइ छ। ‘यस्ता आधारहीन समाचारको पछि नलागी पूर्ण रुपमा निर्धक्क भई दृढ विश्वास राखी विगतमा झैँ कम्पनीले जारी गरेको बीमालेख खरिद गर्न र अन्य सेवासुविधा लिन सबैलाई आग्रह गर्दछौँ’, कम्पनीले भनेको छ।

कम्पनीसँग सम्बन्धित कुनै सुझाव वा गुनासो भएमा नजिकको शाखा कार्यालय वा कम्पनीको ई–मेलमार्फत उपलब्ध गराउन पनि कम्पनीले आग्रह गरेको छ। कम्पनीले सदैव संस्थागत सुशासन, बीमा ऐन र नीतिनियमको अवलम्बन गर्दै आएको र नियमनकारी निकाय बीमा प्राधिकरणको प्रत्यक्ष निगरानी र निर्देशनअनुसार आफ्ना सम्पूर्ण कार्यसम्पादन गर्दै आएको जनाएको छ।

‘नेपाल सरकारका अन्य नियामक निकाय कम्पनी रजिस्ट्रारको कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल स्टक एकस्चेन्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड (सेबोन), सीडीएस एन्ड क्लियरिङ लिमिटेडलगायत सबै सरोकारवाला नियामक निकायहरुको नीति, नियम र निर्देशनहरुको परिधिभित्र रही सो निर्देशनहरुको पूर्ण परिपालना गर्दै संस्थागत सुशासनलाई प्राथमिकता दिई कार्य गर्दै आएका छौँ’, विज्ञप्तिमा भनिएको छ।

The post भ्रामक र तथ्यहीन समाचारप्रति सूर्यज्योति लाइफको ध्यानाकर्षण, निर्धक्क भई सेवासुविधा लिन आग्रह appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7940/feed 0 7940
बालकुमारीमा हत्या गरिएका विरेन्द्र शाहका आफन्तद्वारा प्रदर्शन https://www.yugdarpan.com/archives/7930 https://www.yugdarpan.com/archives/7930#respond Mon, 01 Jan 2024 06:00:14 +0000 https://www.yugdarpan.com/?p=7930 धनगढी : ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र  दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएको घटनालाई लिएर आफन्तहरुले अछाम, सुर्खेत र धनगढीमा प्रदर्शन गरेका छन । धनगढीमा उनीहरुले मुख्यमन्त्री कार्यालय घेराउ समेत गरेका छन भने अछाममा नाराबाजी गर्दै प्रदर्शन गरेका छन । यसअघि रावतको प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामाको माग गर्दै प्रदर्शन गरेका थिए । उनीहरूले मृतक युवाहरूलाई

The post बालकुमारीमा हत्या गरिएका विरेन्द्र शाहका आफन्तद्वारा प्रदर्शन appeared first on युग दर्पण.

]]>
धनगढी : ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र  दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएको घटनालाई लिएर आफन्तहरुले अछाम, सुर्खेत र धनगढीमा प्रदर्शन गरेका छन । धनगढीमा उनीहरुले मुख्यमन्त्री कार्यालय घेराउ समेत गरेका छन भने अछाममा नाराबाजी गर्दै प्रदर्शन गरेका छन ।

यसअघि रावतको प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामाको माग गर्दै प्रदर्शन गरेका थिए । उनीहरूले मृतक युवाहरूलाई सहिद घोषणाको माग गरेका छन् । त्यस्तै पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालन पालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने उनीहरूको माग छ।

प्रदर्शनकारीले गोली हान्न आदेश दिने ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख एसएसपी सिद्धिबिक्रम शाहलाई बर्खास्त गर्न समेत माग गरेका छन ।  वैदेशिक रोजगार विभागअन्तर्गतको इपीएस कोरिया शाखाको एउटा हचुवा निर्णयका कारण शुक्रबार दुई युवकको ज्यान गएको थियो । मंसिर १९ गतेदेखि आन्दोलनरत युवामध्ये १८ जनालाई मात्रै आवेदन भर्न इपीएस शाखाले बिहीबार आह्वान गरेपछि अन्य युवाहरू भड्किए पछि तनाव सुरु भएको थियो ।

The post बालकुमारीमा हत्या गरिएका विरेन्द्र शाहका आफन्तद्वारा प्रदर्शन appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7930/feed 0 7930
हाकिमकाे टर्चरपछि इन्भेष्टमेन्ट मेगा बैंकका शाखा प्रमुखले त्रिशुलीमा हामफाले, आत्महत्या दुरुत्साहन मुद्दा ! https://www.yugdarpan.com/archives/7889 https://www.yugdarpan.com/archives/7889#respond Wed, 04 Oct 2023 02:21:26 +0000 https://www.yugdarpan.com/?p=7889 काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च व्यवस्थापकहरुले चर्को दवावसहित मानसिक तनाव दिएका कारण तत्कालिन मेगा बैंकका हेटौडा शाखाका प्रमुख निराजन देवकोटाले सोमबार साँझ वर्षेभेल आइरहेको धादिङको त्रिशुली नदिमा हामफालेर आत्महत्या गरेका छन् । यद्यपि उनको शव भेटिएको छैन । सोमबार बैंकको केन्द्रीय कार्यालयका हाकिमहरुले टर्चरसहित सोधपुछ गरेपछि घर फर्कदै गरेका देवकोटा धादिङ पुगेर त्रिशुली नदिमा हामफालेर आत्याहत्या गरेका हुन् । निराजन देवकोटाले सोमबार साँझ धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा

The post हाकिमकाे टर्चरपछि इन्भेष्टमेन्ट मेगा बैंकका शाखा प्रमुखले त्रिशुलीमा हामफाले, आत्महत्या दुरुत्साहन मुद्दा ! appeared first on युग दर्पण.

]]>
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च व्यवस्थापकहरुले चर्को दवावसहित मानसिक तनाव दिएका कारण तत्कालिन मेगा बैंकका हेटौडा शाखाका प्रमुख निराजन देवकोटाले सोमबार साँझ वर्षेभेल आइरहेको धादिङको त्रिशुली नदिमा हामफालेर आत्महत्या गरेका छन् । यद्यपि उनको शव भेटिएको छैन ।

सोमबार बैंकको केन्द्रीय कार्यालयका हाकिमहरुले टर्चरसहित सोधपुछ गरेपछि घर फर्कदै गरेका देवकोटा धादिङ पुगेर त्रिशुली नदिमा हामफालेर आत्याहत्या गरेका हुन् । निराजन देवकोटाले सोमबार साँझ धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं ५ घाटबेसीस्थित नयाँ पुल नजिकै मोटरसाइकल रोकेर जुत्ता समेत खोलेर त्रिुशली नदिमा हाम फालेको र मंगलबार दिनभर खोज्दा पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । धादिङक प्रहरी प्रमुख गौतम मिश्रका अनुसार सोमबार साँझै नै माछा मार्ने एक व्यक्तिले हाम फालेको देखेर प्रहरीलाई खवर गरेको र प्रहरी पुग्दा बा.प्र ०३–००५प ४१७६ नम्बरको मोटरसाइलक र जुत्ता फेला परेको बताए । मंगलबार दिनभर खोजी गर्दा उनको शव नभेटिएको प्रहरीको भनाई छ ।

मर्जरअघि मेगा बैंकमा कार्यरत देवकोटालाई मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिईओको चर्को पेलाईको कारण राजिनामा दिएका थिए । मर्जरपछि राजिनामा दिइसकेका उनलाई नउठेका ऋणको छानविन गर्न भन्द पटक पटक केन्द्रीय कार्यालयमा बोलाएर बयान लिने नाममा मानसिक टर्चर दिइदै आएको थियो । त्यसरी टर्चर दिनेहरुमा सिईओ ज्योति प्रकाश पाण्डेको संलग्नता छ वा छैन भन्ने पुष्टि हुन बाँकी छ ।

स्रोतका अनुसार नदिमा हाम फालेका देवकोटाले सुसाइड नोट समेत लेखेको र सो सुसाइड नोटमा नेपाल इन्भेष्टमेन्ट बैंकका सिईओसहितका व्यक्तिहरुको गाली गलौज र दवावका मुख्य कारण खुलाएको जनाइएको छ । यद्यपि सुसाइड नोटबारे पुष्टि हुन बाँकी छ ।

घटनाको सम्बन्धमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिईओ ज्योति पाण्डेसँग जिज्ञाशा राख्दा जवाफ दिन चाहेनन् । जागिर छोडिसकेको व्यक्तिलाई बैंकले नै बोलाएर काठमाडौं आएका रे फर्कदा घटना भएकोले बैंकका उच्च व्यवस्थापकमाथि आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने सम्भावना समेत देखिएको छ ।

The post हाकिमकाे टर्चरपछि इन्भेष्टमेन्ट मेगा बैंकका शाखा प्रमुखले त्रिशुलीमा हामफाले, आत्महत्या दुरुत्साहन मुद्दा ! appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7889/feed 0 7889
चर्चित नायक अनमोल केसी पक्राउ https://www.yugdarpan.com/archives/7873 https://www.yugdarpan.com/archives/7873#respond Fri, 29 Sep 2023 13:22:44 +0000 https://www.yugdarpan.com/?p=7873 काठमाडौं ,चर्चित नायक अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ ।फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा नगरेपछि अनमोल केसी विरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले प्रहरी कार्यलयमा उजुरी दिएको थियो । थापाको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा नगरेपछि अनमोल केसी विरुद्ध निर्देशक सुदर्शन थापाको

The post चर्चित नायक अनमोल केसी पक्राउ appeared first on युग दर्पण.

]]>
काठमाडौं ,चर्चित नायक अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ ।फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा नगरेपछि अनमोल केसी विरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले प्रहरी कार्यलयमा उजुरी दिएको थियो । थापाको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा नगरेपछि अनमोल केसी विरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले प्रहरी कार्यलयमा उजुरी दिएको थियो । थापाको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

केसीले सुदर्शन थापाको निर्देशनमा बन्न लागेको यस फिल्ममा सम्झौता गरेका थिए ।तर ‘रामायण’लाई छाडेर ‘फर्की फर्की’मा केसीले काम गर्ने पक्का भएपछि आफूलाई धोका दिइएको भन्दै निर्माण पक्षले उजुरी दिएको हो ।

अनमोलले पनि केहि दिनअघि आफ्नो आधिकारीक पेजबाट कुरा नआएसम्म प्रचार गरिएको सबैकुरा सत्य नभएको बताएका थिए । उनले घुमाउरो तरिकाले रामायणमा काम नगर्ने बताएका थिए । अनमोल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीका छोरा हुन् ।

The post चर्चित नायक अनमोल केसी पक्राउ appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7873/feed 0 7873
प्राधिकरणकाे परिक्षा पास गरे मात्र बिमा कम्पनीको एजेन्ट बन्न पाउने ,पहिलाे परिक्षा कार्तिकमा हुने https://www.yugdarpan.com/archives/7868 https://www.yugdarpan.com/archives/7868#respond Thu, 28 Sep 2023 10:57:07 +0000 https://www.yugdarpan.com/?p=7868 काठमाडौ ,नेपाल बीमा प्राधिकरणले  २०८० साल कार्तिक महिना देखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ। प्राधिकरणले आज सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई यसबारे प्रत्रचार गरेको हो । प्राधिकरणले पत्रमा  २०८० साल कार्तिक महिना देखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने हुँदा मिति २०८०/०६/२५ गते बाट IRMIS System मा अभिकर्ता दर्ता प्रक्रिया बन्द हुने उल्लेख गरेको छ । साथै बीमा अभिकर्ता परीक्षाको लागि IRMIS System मा दर्ता प्रक्रिया मिति २०८०/०६/२९ गते बाट सञ्चालन हुने प्राधिकरणले जनाएको

The post प्राधिकरणकाे परिक्षा पास गरे मात्र बिमा कम्पनीको एजेन्ट बन्न पाउने ,पहिलाे परिक्षा कार्तिकमा हुने appeared first on युग दर्पण.

]]>
काठमाडौ ,नेपाल बीमा प्राधिकरणले  २०८० साल कार्तिक महिना देखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ। प्राधिकरणले आज सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई यसबारे प्रत्रचार गरेको हो ।

प्राधिकरणले पत्रमा  २०८० साल कार्तिक महिना देखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने हुँदा मिति २०८०/०६/२५ गते बाट IRMIS System मा अभिकर्ता दर्ता प्रक्रिया बन्द हुने उल्लेख गरेको छ । साथै बीमा अभिकर्ता परीक्षाको लागि IRMIS System मा दर्ता प्रक्रिया मिति २०८०/०६/२९ गते बाट सञ्चालन हुने प्राधिकरणले जनाएको छ।

बीमा ऐन २०७९ को दफा ९२ को उपदफा (२) मा बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नु अघि तोकिए बमोजिमको परीक्षा उत्तिर्ण गरेको हुँनु पर्नेछ भन्ने व्यवस्था रहेको छ। सोहि अनुसार बीमा अभिकर्ताको परीक्षा सञ्चालन हुन लागेको हो । परीक्षा उतिर्ण गरेपछि मात्र बीमा अभिकर्ता बन्न पाइने छ ।

The post प्राधिकरणकाे परिक्षा पास गरे मात्र बिमा कम्पनीको एजेन्ट बन्न पाउने ,पहिलाे परिक्षा कार्तिकमा हुने appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7868/feed 0 7868