मधेश प्रदेश Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/प्रदेश/प्रदेश-२ www.yugdarpan.com Sun, 30 Jan 2022 04:58:11 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://www.yugdarpan.com/wp-content/uploads/2020/06/yug-darpan-favicon-150x150.png मधेश प्रदेश Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/प्रदेश/प्रदेश-२ 32 32 178717794 पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना एकको मृत्यु, १३ घाइते https://www.yugdarpan.com/archives/6584 https://www.yugdarpan.com/archives/6584#respond Sun, 30 Jan 2022 04:58:11 +0000 http://www.yugdarpan.com/?p=6584 मलङ्गवा, पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन् । सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ७५३ नंको रात्रिबसले विपरीत दिशाबाट जादै गरेको ना२९प ४४९८ नंको मोटरसाइकललाई गए राति ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर दिएपछि रात्रिबस राजमार्ग बायाँ साइडमा पल्टिदा बसमा सवार ४० जनामध्ये १२ यात्रु घाइते भएको सर्लाहीका प्रहरी

The post पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना एकको मृत्यु, १३ घाइते appeared first on युग दर्पण.

]]>
मलङ्गवा, पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन् ।

सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ७५३ नंको रात्रिबसले विपरीत दिशाबाट जादै गरेको ना२९प ४४९८ नंको मोटरसाइकललाई गए राति ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर दिएपछि रात्रिबस राजमार्ग बायाँ साइडमा पल्टिदा बसमा सवार ४० जनामध्ये १२ यात्रु घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

बसको ठक्करबाट मोटरसाइकल पछाडि सवार ईश्वरपुर–१२, घारीबथानका २७ वर्षीय भक्तबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको छ भने सोही ठाउँ निवासी मोटरसाइकल चालक २६ वर्षीय अरुण खड्का गम्भीर घाइते भएका छन् । उनीलाई लालबन्दीस्थित गढीमाई अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

लालबन्दी मोडेल अस्पतालमा उपचारपश्चात सात जना डिस्चार्ज भई आ–आफ्नो घरतर्फ फर्किसकेको र बाँकी चार घाइते सोही अस्पतालमा उपचार भइरहेको छ । एक जनालाई सिरहातर्फ सिफारिस गरिएको प्रहरीले जनाएको छ । अत्यधिक कुहिरोका कारण राजमार्गमा सवारी दुर्घना बढेको छ ।

The post पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना एकको मृत्यु, १३ घाइते appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6584/feed 0 6584
फागुन ९ गते भैरहवामा ‘क्यालिबे्रशन फ्लाइट’, बुद्ध जयन्तीदेखि नियमित उडान https://www.yugdarpan.com/archives/6581 https://www.yugdarpan.com/archives/6581#respond Sat, 29 Jan 2022 12:03:52 +0000 http://www.yugdarpan.com/?p=6581 सिद्धार्थनगर, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी फागुन ९ गते ‘क्यालिबे्रशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताउनुभएको छ । आज दिउँसो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपश्चात उहाँले भन्नुभयो, “मौसमले साथ दिएमा फागुन ९ गते क्यालिबे्रशन फ्लाइट र बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान हुन्छ ।” हुस्सु, कुहिरो र भिजीबिलिटी कम लागेको बेला भने सो फ्लाइट गर्न नमिल्ने प्राविधिकले बताएका छन् । मन्त्री आलेले ढिलाइ नगर्न र

The post फागुन ९ गते भैरहवामा ‘क्यालिबे्रशन फ्लाइट’, बुद्ध जयन्तीदेखि नियमित उडान appeared first on युग दर्पण.

]]>
सिद्धार्थनगर, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी फागुन ९ गते ‘क्यालिबे्रशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताउनुभएको छ ।

आज दिउँसो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपश्चात उहाँले भन्नुभयो, “मौसमले साथ दिएमा फागुन ९ गते क्यालिबे्रशन फ्लाइट र बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान हुन्छ ।” हुस्सु, कुहिरो र भिजीबिलिटी कम लागेको बेला भने सो फ्लाइट गर्न नमिल्ने प्राविधिकले बताएका छन् ।

मन्त्री आलेले ढिलाइ नगर्न र क्यालिबे्रशन फ्लाइट नगरेसम्म मन्त्रालय, क्यान र आयोजनाका पदाधिकारी, टिम सदस्य दिनरात काममा खटिनसमेत निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि हालतमा, कुनै पनि बहानामा काम नरोकियोस् ।”

छेऊमै रहेका कांग्रेस नेता भरत कुमार शाहलाई देखाउँदै मन्त्री आलेले भन्नुभयो, “सार्वजनिक लेखा समितिका सभापति यहीँ हुनुहुन्छ, माननीय प्रमोद यादव यहीँ हुनुहुन्छ । यो निर्वाचन क्षेत्रका माननीय घनश्याम भुसालले दिनदिनै सोध्नुहुन्छ, प्रधानमन्त्री, मन्त्रीज्यूहरू सबैको चासो छ, यो विमानस्थलमा छिटो उडान हुनुपर्छ भन्ने छ । हामी त्यहीअनुसार तयारी गरिरहेका छौँ ।”

लेखा समितिका सभापति भरतकुमार शाह र सांसद प्रमोदकुमार यादवले छिटो उपकरण चेकजाँच गरी उडानको तयारी गर्न आग्रह गर्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले एरोथाइको टिम काम सकेर मात्रै फर्किन्छ, त्यसपछि परीक्षण उडान नेपाल एयरलाइन्सको ३३० ले गर्छ भन्नुभयो ।

एरोथाइका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले भन्नुभयो, “यहाँको मौसमलाई तीन वर्षमा नियाल्दा भिओएफआरमा उड्न मिल्छ । क्यालिबे्रशन फ्लाइटका लागि सफा मौसम चाहिन्छ । कम्तीमा पाँच किमी भिजिबिलिटी चाहिन्छ । फ्रेबुअरी २१ मा भैरहवामा जहाज ल्याण्डिङ हुनेछ तयारी छ । कुनै पनि हालतमा २१ फेब्रुअरीभन्दा ढिला हुँदैन ।”

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा हालसम्म आइसिपी वान र टु गरेर रु साढे सात अर्ब लगानी भइसकेको छ ।

The post फागुन ९ गते भैरहवामा ‘क्यालिबे्रशन फ्लाइट’, बुद्ध जयन्तीदेखि नियमित उडान appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6581/feed 0 6581
एक करोड ६३ लाखको सामान नियन्त्रणमा https://www.yugdarpan.com/archives/6528 https://www.yugdarpan.com/archives/6528#respond Thu, 27 Jan 2022 05:40:10 +0000 http://www.yugdarpan.com/?p=6528 विरगञ्ज, राजस्व छलेर भारतबाट भित्र्याइएको रु एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक अगाडीको सडकखण्डबाट प्रहरीले ना ४ ख ८३३४ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो । सो क्रममा प्रहरीले ट्रक चालकलाई समेत नियन्त्रणमा लिएको छ । चालकसहित ट्रकलाई आवश्यक कारवाहीका लागि बुधबार

The post एक करोड ६३ लाखको सामान नियन्त्रणमा appeared first on युग दर्पण.

]]>
विरगञ्ज, राजस्व छलेर भारतबाट भित्र्याइएको रु एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक अगाडीको सडकखण्डबाट प्रहरीले ना ४ ख ८३३४ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो ।

सो क्रममा प्रहरीले ट्रक चालकलाई समेत नियन्त्रणमा लिएको छ । चालकसहित ट्रकलाई आवश्यक कारवाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।

The post एक करोड ६३ लाखको सामान नियन्त्रणमा appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6528/feed 0 6528
स्रोत नखुलेको रु ५० लाखसहित पाँचजना पक्राउ https://www.yugdarpan.com/archives/6431 https://www.yugdarpan.com/archives/6431#respond Sat, 22 Jan 2022 10:01:25 +0000 http://www.yugdarpan.com/?p=6431 जलेश्वर, विगत पाँच दिनमा महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको रु ५० लाखसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले विगत पाँच दिनमा स्रोत नखुलेको रु ४६ लाख चार हजार २०० र रु १५ लाख ३६ हजार बराबरको चेक, दुई हजार जाली नोट र करिब रु तीन लाख नक्कली नोट बनाउने कागजसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले गत माघ ३ गतेका

The post स्रोत नखुलेको रु ५० लाखसहित पाँचजना पक्राउ appeared first on युग दर्पण.

]]>
जलेश्वर, विगत पाँच दिनमा महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको रु ५० लाखसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले विगत पाँच दिनमा स्रोत नखुलेको रु ४६ लाख चार हजार २०० र रु १५ लाख ३६ हजार बराबरको चेक, दुई हजार जाली नोट र करिब रु तीन लाख नक्कली नोट बनाउने कागजसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरीले गत माघ ३ गतेका दिन जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत दशगजा क्षेत्रबाट मटिहानी नपा–३ बस्ने २३ वर्षीय सहाउद्दिन राईनलाई स्रोत नखुलेको रु ३० लाखसहित पक्राउ गरेको थियो । त्यस्तै सोही दिन जलेश्वर नपा–३ स्थित जिल्लाको मुख्य भन्सार कार्यालय जलेश्वर अगाडि भारतबाट आएका धनुषा जिल्लाको जनकपुर उमनपा–६ बस्ने २६ वर्षीय मोहम्मद जाहिर रेजा र लक्ष्मिनियाँ गापा–१ बस्ने २३ वर्षीय असरफ मोहम्मदलाई रु चार हजार २०० र करिब रु तीन लाख बराबरको रु ५०० र रु १०० का नक्कली नोट बनाउने काजगसहित प्रहरीले पक्राउ गरेको थियो ।

त्यसैगरी माघ ६ गते मटिहानी नपा–३ स्थित पेट्रोलपम्प अगाडिबाट प्रहरीले रु दुई हजार नेपाली नक्कली नोटसहित भारतको विहार राज्यको सीतामढी जिल्लाको मेघपुर ग्रामपञ्चायत बस्ने ४० वर्षीय नुरुल जोल्हालाई पक्राउ गरेको थियो भने ७ गते जलेश्वरको मुख्य भन्सार कार्यालय अगाडिबाट प्रहरीले भारतबाट नेपाल आउँदै गरेका भारत विहार राज्यको सीतामढी जिल्लाको सुरसण्ड शहर बस्ने ३९ वर्षीय उदयकुमार साहलाई स्रोत नखुलेको नौ लाख ९६ हजार ४०० भारतीय रुपैयाँ र नौ लाख ६० हजार भारतीय रुपैयाँ बराबरको भारतका विभिन्न बैंकको चेकसहित पक्राउ गरेको थियो ।

महोत्तरीमा करिब ३८ किमी नेपाल भारतको खुला सिमानाका कारण अवैधरुपमा स्रोत नखुलेको रकम, नक्कली नोटका साथै नक्कली नोट बनाउने तथा कारोबार गर्ने गिरोह सक्रिय रहेका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जिल्लाको भारतीय सिमानाका तथा कुनै पनि नेपाली गाउँ सहरमा त्यस्ता कारोबार गर्नेलाई प्रहरीले सूक्ष्म तरिकाले खोजतलास तथा अनुसन्धान गरेर पक्राउ तथा कारबाहीका लागि तीव्रता दिएको छ भन्नुभयो ।

The post स्रोत नखुलेको रु ५० लाखसहित पाँचजना पक्राउ appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6431/feed 0 6431
प्रहरीमाथि आक्रमण गर्ने समूह पक्राउ https://www.yugdarpan.com/archives/6332 https://www.yugdarpan.com/archives/6332#respond Wed, 19 Jan 2022 09:14:20 +0000 http://www.yugdarpan.com/?p=6332 जनकपुर, लुटेरालाई नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि आक्रमण गर्ने समूहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाको बटेश्वर गाउँपालिका –४ स्थित राम्रो चोकमा लुटपाट भइरहेको सूचनाको आधारमा लुटेरालाई नियन्त्रणमा लिन गरेको प्रहरीचौकी बटेश्वरका प्रहरी सहायक निरीक्षक मनोज पोखरेलमाथि लुटेरा समूहले गएराति आक्रमण गरेको थियो । लुटेरा समूहको आक्रमणमा परी घाइते प्रहरी सहायक निरीक्षक पोखरलेको टाउकोमा १२ टाका लागेको र उहाँको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब

The post प्रहरीमाथि आक्रमण गर्ने समूह पक्राउ appeared first on युग दर्पण.

]]>
जनकपुर, लुटेरालाई नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि आक्रमण गर्ने समूहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाको बटेश्वर गाउँपालिका –४ स्थित राम्रो चोकमा लुटपाट भइरहेको सूचनाको आधारमा लुटेरालाई नियन्त्रणमा लिन गरेको प्रहरीचौकी बटेश्वरका प्रहरी सहायक निरीक्षक मनोज पोखरेलमाथि लुटेरा समूहले गएराति आक्रमण गरेको थियो ।

लुटेरा समूहको आक्रमणमा परी घाइते प्रहरी सहायक निरीक्षक पोखरलेको टाउकोमा १२ टाका लागेको र उहाँको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका चन्द्र यादव, राजजीवन ठाकुर, कमलेश यादव, रामबाबु यादव र नरेश रविदासलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । महोत्तरीको भङ्गाहा नगरपालिका–७ निवासी अमित पासमान भारतको मद्रासबाट कमाएर फर्किदै गर्दा लुटेरा समूहले उहाँसँग भएको नगद रु ४५ हजार, लत्ताकपडा, मोबाइल सेटसहितका सामान लुटपाट गरिरहेको खबर पाउनासाथ प्रहरी सहायक निरीक्षक पोखरेलसहितको प्रहरी टोली घटनास्थलमा पुगेर लुटेरा समूहलाई पक्राउ गरेको थियो ।यसपछि सोही समूहले उहाँमाथि आक्रमण गरेको प्रहरी उपरीक्षक बस्नेतको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

The post प्रहरीमाथि आक्रमण गर्ने समूह पक्राउ appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6332/feed 0 6332
नेपाली काँग्रेस नेतृत्व बिकास टिमले गर्यो ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान https://www.yugdarpan.com/archives/5515 https://www.yugdarpan.com/archives/5515#respond Fri, 21 May 2021 14:05:48 +0000 http://www.yugdarpan.com/?p=5515 सकारत्मक परिवर्तनका लागी नेतृत्व भन्ने मुल नाराका साथ नेतृत्व बिकास समिति केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कोभिड महामारीमा सातै प्रदेशका राजधानी हरुमा सकृय रहेका ट्राफिक प्रहरी हरुका लागी फेस सिल्ड, सेनिटाइजर र माक्स बितरण गरेको छ । प्रतिष्ठानका संयोजक उषा मल्ल को नेतृत्वको टिमले सो सामाग्री बितरण गरेको हो ।प्रदेश नं. १ मा शेवक बजगाई को प्रतिनिधित्वमा मोरङ मा प्रदेश नं. २ मा सुजित यादब को प्रतिनिधित्वमा धनुषा मा प्रदेश

The post नेपाली काँग्रेस नेतृत्व बिकास टिमले गर्यो ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान appeared first on युग दर्पण.

]]>
सकारत्मक परिवर्तनका लागी नेतृत्व भन्ने मुल नाराका साथ नेतृत्व बिकास समिति केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कोभिड महामारीमा सातै प्रदेशका राजधानी हरुमा सकृय रहेका ट्राफिक प्रहरी हरुका लागी फेस सिल्ड, सेनिटाइजर र माक्स बितरण गरेको छ ।

प्रतिष्ठानका संयोजक उषा मल्ल को नेतृत्वको टिमले सो सामाग्री बितरण गरेको हो ।प्रदेश नं. १ मा शेवक बजगाई को प्रतिनिधित्वमा मोरङ मा प्रदेश नं. २ मा सुजित यादब को प्रतिनिधित्वमा धनुषा मा प्रदेश ३ मा सरद मर्हजन को प्रतिनिधित्वमा ललितपुर प्रदेश नं. ४ मा शंकर कडेल को प्रतिनिधित्वमा कास्की प्रदेश नं.५ मा देवा डाँगी र शुष्मा गिरी को प्रतिनिधित्वमा दाङ प्रदेश नं. ६ मा प्रकाश पौडेल को प्रतिनिधित्वमा सुर्खेत र प्रदेश नं.७ मा नरेश भट्ट को प्रतिनिधित्वमा कैलाली को धनगढी मा सामाग्री बितरण गरेका थिए ।

फोटो हरु

The post नेपाली काँग्रेस नेतृत्व बिकास टिमले गर्यो ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5515/feed 0 5515
भाउजु हत्याको आरोपमा देवर पक्राउ https://www.yugdarpan.com/archives/5501 https://www.yugdarpan.com/archives/5501#respond Wed, 19 May 2021 14:39:54 +0000 http://www.yugdarpan.com/?p=5501 विराटनगर । मोरङको रंगेलीमा मृत अवस्थामा फेला परेकी महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ । रंगेली नगरपालिका– ३ कि २४ वर्षीय अनिता यादवको हत्या संलग्न भएको आरोपमा प्रहरीले उनकै देवर १९ वर्षीय विनोद यादवलाई पक्राउ गरेको हो । बुधबार बिहान पानी नरहेको नहरको बीच भागमा अनिताको शव फेला परेको थियो । शव भेटिएपछि अनुसन्धानका लागि प्रहरीले श्रीमान बेचनसहित परिवारका चारजना सदस्यलाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक

The post भाउजु हत्याको आरोपमा देवर पक्राउ appeared first on युग दर्पण.

]]>
विराटनगर । मोरङको रंगेलीमा मृत अवस्थामा फेला परेकी महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ ।

रंगेली नगरपालिका– ३ कि २४ वर्षीय अनिता यादवको हत्या संलग्न भएको आरोपमा प्रहरीले उनकै देवर १९ वर्षीय विनोद यादवलाई पक्राउ गरेको हो ।
बुधबार बिहान पानी नरहेको नहरको बीच भागमा अनिताको शव फेला परेको थियो । शव भेटिएपछि अनुसन्धानका लागि प्रहरीले श्रीमान बेचनसहित परिवारका चारजना सदस्यलाई नियन्त्रणमा लिएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा महिलाको हत्यामा १९ वर्षीय देवर विनोदको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

‘महिलाको हत्यामा देवरको संलग्नता देखिन्छ,’ प्रहरी उपरीक्षक खड्काले भने,‘प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण घर झगडा देखिन्छ ।’
दिउँसो विवाद, बेलुका लखेटेर हत्या

प्रहरीका अनुसार मंगलबार दिउँसो हत्या आरोपी देवर र मृतक अनिताबीच विवाद भएको थियो । बेलुका अनिता नहरको बाटो हुँदै कतै गइरहेका बेला विनोदले पछ्याए । त्यसपछि विनोदले नहरमा लडाएर धारिलो हतियार प्रहार गरेको प्रहरीको भनाइ छ ।

मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले भने, ‘मृतक महिला घरबाट कहाँ हिडेकी हुन भन्ने खुलेको छैन ।’

मंगलबार बेलुका अनिता घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए । तर बुधबार बिहान शव भेटिएपछि प्रहरीमा खबर पुगेको थियो ।

शव भेटिएको हल्ला चलेपछि गाउँलेहरु घटनास्थलतर्फ लागेका थिए । तर हत्या आरोपी विनोद भने घटनास्थल तर्फ नगई अन्तै लागेका थिए । विनोदलाई प्रहरीले घर बाहिर लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो ।

अनिता र विनोदका दाजु बेचनबीच दुई वर्षअघि विवाह भएको थियो ।

The post भाउजु हत्याको आरोपमा देवर पक्राउ appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5501/feed 0 5501
२० वर्ष कैद भएका फरार अभियुक्त पक्राउ https://www.yugdarpan.com/archives/5067 https://www.yugdarpan.com/archives/5067#respond Mon, 29 Mar 2021 06:52:01 +0000 http://www.yugdarpan.com/?p=5067 काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आइतबार कारागार चलान गरेको छ । पक्राउ परेका सप्तरीको वलानविहुल गाउँपालिका–३ (साविक मौवाहा गाविस–६) का ५४ वर्षीय लक्ष्मण भन्ने धनीलाल साह तेलीलाई जिल्ला अदालतमा उपस्थित गराई राजविराजस्थित कारागारमा पठाइएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको थियो । सप्तरीको साविक मौवाहा गाविस–६ (हाल

The post २० वर्ष कैद भएका फरार अभियुक्त पक्राउ appeared first on युग दर्पण.

]]>
काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आइतबार कारागार चलान गरेको छ । पक्राउ परेका सप्तरीको वलानविहुल गाउँपालिका–३ (साविक मौवाहा गाविस–६) का ५४ वर्षीय लक्ष्मण भन्ने धनीलाल साह तेलीलाई जिल्ला अदालतमा उपस्थित गराई राजविराजस्थित कारागारमा पठाइएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको थियो । सप्तरीको साविक मौवाहा गाविस–६ (हाल बलानबिहुल गाउँपालिका–३) बस्ने तेलीसमेतले विसं २०५७ साउन ३ गते राति करिब १२ बजेको समयमा दशरथ साहको हत्या गरेका थिए । पिसाब फेर्न भनी सडक बाटोमा निस्केको अवस्थामा प्रतिवादी तेली भन्ने धनिलाल साहसहितकाले घेरा हाली खुकुरी तथा लाठीसमेतको प्रहारबाट दशरथ साहलाई कर्तव्य गरी मारेको प्रहरीको भनाइ छ ।

त्यसपछि कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दामा सप्तरी जिल्ला अदालतबाट विसं २०६५ चैत ११ गते, तत्कालीन पुनरावेदन अदालत राजविराजबाट २०६७ चैत २२ गते तथा सर्वोच्च अदालतबाट २०७२ मङ्सिर १ गतेको फैसलाले प्रतिवादी लक्ष्मण भन्ने धनीलाल साह तेलीलाई २० वर्ष कैद ठहर भएको थियो ।

The post २० वर्ष कैद भएका फरार अभियुक्त पक्राउ appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5067/feed 0 5067
हात्ती आक्रमणमा परी एकको मृत्यु https://www.yugdarpan.com/archives/5061 https://www.yugdarpan.com/archives/5061#respond Mon, 29 Mar 2021 06:23:18 +0000 http://www.yugdarpan.com/?p=5061 काठमाडौँ । हात्तीको आक्रमणमा परी धनुषाको मिथिला नगरपालिका–७ खप्तरी टोलमा एकको मृत्यु भएको छ । आइतबार मध्यराति घरमा सुतिरहेका मगरलाई हात्तीले आक्रमण गर्दा खप्तरी टोल बस्ने ८० वर्षीय वृद्ध पदमबहादुर खप्तरी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर राति नै पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । खप्तरी टोलमा पूर्वी दिशाबाट एउटा हात्ती गाउँ पसेपछि सर्वसाधारण भागदौड मच्चिएको थियो । गाउँ पसेका

The post हात्ती आक्रमणमा परी एकको मृत्यु appeared first on युग दर्पण.

]]>
काठमाडौँ । हात्तीको आक्रमणमा परी धनुषाको मिथिला नगरपालिका–७ खप्तरी टोलमा एकको मृत्यु भएको छ । आइतबार मध्यराति घरमा सुतिरहेका मगरलाई हात्तीले आक्रमण गर्दा खप्तरी टोल बस्ने ८० वर्षीय वृद्ध पदमबहादुर खप्तरी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर राति नै पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । खप्तरी टोलमा पूर्वी दिशाबाट एउटा हात्ती गाउँ पसेपछि सर्वसाधारण भागदौड मच्चिएको थियो । गाउँ पसेका हात्तीले घरमा भएको चामललगायत अन्न खानुको साथै १० घरमा क्षति पु¥याएको छ ।

गाउँलेहरुले जताततै आगो बालेर हो–हल्ला गरेपछि हात्ती पुनः जङ्गलतिर गएको थियो । गाउँ नजिकै सामुदायिक वन र राष्ट्रिय वन रहेको छ । यस ठाउँमा वर्षेनी जङ्गली हात्तीले क्षति पु¥याउँदै आएको छ । जङ्गली हात्तीको आक्रमण परी मृत्यु भएका पदमबहादुरको घर दुई वर्षअघि पनि हात्तीले आक्रमण गरी घर भत्काएको थियो ।

The post हात्ती आक्रमणमा परी एकको मृत्यु appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5061/feed 0 5061
‘कृषक समृद्ध भएपछि राष्ट्र समृद्ध हुने हो’ https://www.yugdarpan.com/archives/3733 https://www.yugdarpan.com/archives/3733#respond Sat, 16 Jan 2021 15:05:32 +0000 http://www.yugdarpan.com/?p=3733 राकेश मिश्र पीडित उखु किसान नारायण राय यादव (भगतजी)को निधनबाट हामी अत्यन्तै दुःखद कुरा हो । यसले हाम्रो किसान आन्दोलनमा अपूरणीय क्षति भएको छ । हामी सबै किसान साथीहरु मर्माहत पनि भएका छौं । उहाँ पहिलो किसान शहीद हुनुभयो । हाम्रो लागि उहाँ सधैंभरि पुजनीय रहनुहुनेछ । उहाँ यो संसारबाट जाँदा प्रेरणा दिएर जानुभएको छ । उहाँले कसरी दुःख गरेर उखु खेती गर्नुभयो, मिलमा बुझाउनुभयो । उहाँको चार वर्षदेखिको भुक्तानी

The post ‘कृषक समृद्ध भएपछि राष्ट्र समृद्ध हुने हो’ appeared first on युग दर्पण.

]]>
  • राकेश मिश्र
  • पीडित उखु किसान नारायण राय यादव (भगतजी)को निधनबाट हामी अत्यन्तै दुःखद कुरा हो । यसले हाम्रो किसान आन्दोलनमा अपूरणीय क्षति भएको छ । हामी सबै किसान साथीहरु मर्माहत पनि भएका छौं । उहाँ पहिलो किसान शहीद हुनुभयो । हाम्रो लागि उहाँ सधैंभरि पुजनीय रहनुहुनेछ । उहाँ यो संसारबाट जाँदा प्रेरणा दिएर जानुभएको छ । उहाँले कसरी दुःख गरेर उखु खेती गर्नुभयो, मिलमा बुझाउनुभयो । उहाँको चार वर्षदेखिको भुक्तानी बाँकी छ । यसबारे कसैले पनि सोचिदिएन र बोलिदिएन ।

    किसानलाई उद्योग र सरकारले असंगठित र सोझासाझा सम्झन्छन् । मैले किसानहरुलाई भन्दै आएका थिए कि तपाइँहरुमा धेरै ताकत छ । धोती र चप्पल लगाउँदैमा तपाइँहरु कमजोर हुनुहुन्छ भनेर नठान्नुस् । तपाइँहरु संगठित हुनुस्, संरक्षणको जिम्मेवारी हाम्रो हो । यो हकको लडाइ हो, न्याय प्राप्तिको लडाइ हो, न्यायिक संघर्ष हो । मूल विषय हामी विगत दुई वर्षदेखि लगातार आन्दोलन गर्दै आइरहेका छौं । सर्लाहीमा पनि आन्दोलन गर्दा त्रिपक्षीय सहमति भयो, ६ महिनाको भाका राखेर पनि उखु किसानको भुक्तानी भएन । त्यसपछि हामी गत वर्षको पुसमा १८ दिनसम्म काठमाडौंमा आन्दोलन ग¥यौं, त्यसपछि पनि सरकारले पाँचबुँदे सहमति ग¥यो । त्यो सहमतिमा उखु किसानसम्बन्धी सम्पूर्ण समस्यालाई दुई भागमा बाँडियो । त्यसमा तत्कालै गर्नुपर्ने काम भुक्तानीको थियो । अर्को बाँकी जुन सहमतिका चार वटा बुँदा थियो त्यसमा दीर्घकालीन समाधानका उपायहरु थियो । तैपनि किसानका भुक्तानी भएन । त्यसपछि हामी फेरि बाध्य भएर गत मंसिरको २८ गतेदेखि सयौं किसानहरुसहित काठमाडौंमा आन्दोलन सुरु ग¥यौं ।

    केही साथीहरुको गुनासाहरु छन्, उहाँहरु आन्दोलनमा नआउने, न्यायिक संघर्षमा भाग नलिने तर अगुवा र नेतृत्व गर्न चिन्ता गर्नु हुन्छ । उहाँहरु आउनुप¥यो, किसान साथीहरुसँग बस्नुप¥यो । अहिलेसम्म हामीले जेजति निर्णय गरेका छौं, किसान साथीहरुकै सहमतिमा ग¥यौं । हामी आन्दोलनरत् रहँदा दुई–दुई पटक सरकारको तर्फबाट वार्ताका लागि प्रस्ताव आयो तर हामी गएनौं । हामीले सरकारलाई भन्यौं कि हामी निर्णायक आन्दोलनमा आएका छौं, पैसा लिएरै फर्कन्छौं । मन्त्रीज्यूहरु पनि स्वयम् आन्दोलनरत् स्थानमा आउनुभयो, विपक्षी दलका वरिष्ठ नेता रामचन्द्र पौडेलजी आउनुभयो, सबै जना सडकमै बस्नु भयो । उहाँहरुले भन्नुभयो कि आन्दोलन रोक्नुस्, सबै माग सम्बोधन गर्न तयार छौं । जब मन्त्रालयले किसानको माग पूरा गर्ने जिम्मा लियो, उद्योगीहरुमाथि कानूनी कारबाही गरेर भएपनि सबै पैसा दिलाउँछौं भनेपछि मात्र हामी वार्तामा गयौं । हामी वार्तामा बसेपछि फेरि किसानका सबै समस्याहरुलाई दुई भागमा बाँडियो, तत्कालीन र दीर्घकालीन रुपमा । तत्कालीन रुपमा भुक्तानी कति गर्ने त ? हामीले ९० करोडभन्दा बढी भन्यौं, अनि सरकारले ६५ करोडको मात्रै सूचना छ भन्यो । हामीले भन्यौं कि ठिक छ, ६५ करोड तत्काल भुक्तानी होस् र बाँकी रकमको छानबिनका लागि सहमति भयो । छानबिन समितिले चार महिनाभित्र रिपोर्ट दिने सहमति भएको छ । सरकारले ३३ करोड तुरुन्तै भुक्तानी हुन्छ र ३२ करोडका २१ दिनको समय मागेको छ । शर्तसहित हामीले २१ दिनको समय दिन तयार भयौं । २१ दिन कटिसकेपछि यदि भुक्तानी भएन भने उद्योगीलाई कानूनी कारबाही सरकारले के गर्छ भन्ने कुराको सहमति गराएका छौं । अहिलेसम्म उद्योगीहरुमाथि भएको कानूनी कारबाहीमा उद्योगीको ट्राभल डकुमेन्ट, घरजग्गा, बैंक खाता रोक्का र पक्राउ पुर्जी जुन जारी भएको छ त्यसको निरन्तरता राखेर हामीले थप कानूनी कारबाहीको कुरा ग¥यौं । ३३ करोड तत्कालै दिने भएपछि हामीले सहमति ग¥यौं।

    कतिपय साथीहरुले हामीमाथि विभिन्न किसिमका आरोपहरु लगाउँछन् । उखु किसानको समस्या आजदेखिको होइन, वि.सं. २०७१ सालदेखिको नै हो । उहाँहरुले यति दिनसम्म के हेरेर बस्नुभएको थियो ? त्यतिबेला उहाँहरुले किसानको पक्षमा किन बोल्नुभएन ? किसानको समस्या त सबैको समस्या हो, यसका सबैले आआफ्नो तर्फबाट पहल गरिदिनुपर्ने हो । आफूले नगर्ने तर कसैले ग¥यो भने त्यसमाथि अनेक प्रकार टिकाटिप्पणीहरु गर्नु न त किसानको हितमा छ न त देशको हितमा छ । हामी जो जहाँ छौं, सबैले किसानकै मिहेनतबाट उब्जेको खाद्यान्न उपभोग गरिरहेका छौं । टिकाटिप्पणी गर्न सजिलो छ, तर काम गरेर देखाउन कठिन छ । जो व्यक्ति निष्कृय हुन्छ त्यो व्यक्ति प्रायः आलोचक हुन्छन् । हामी उखु किसानको मुद्दा उठाउँदा खेत–खलियानमा गएर एक–एक किसानसँग प्रत्यक्ष भेटेका छौं, पीडा र दुःख बुझेका छौं । धेरै मिडियाका साथीहरु पनि ग्राउण्डमै गएर रिपोर्टिङ्ग गर्नुभएको छ । त्यसकारणले अनावश्यक टिकाटिप्पणीको पछाडि नलागौं ।

    जब देशको काल–परिस्थिति जब सामान्य रहेन, संसद विघटन भयो, सरकार काम चलाउ भयो र हामी पनि सडकमै बसिरह्यौं । हामीले सरकारसँग सहमति गरिसके पनि खुशी भएका छैनौं, मनमा पीडा अवश्य छ । हामी त्यतिबेला खुशी हुन्छौं जब सम्पूर्ण भुक्तानी हुन्छ । हाम्रा चाहना सम्पूर्ण भुक्तानीको थियो । गाउँबाट हामीले शपथ नै खाएर आएका थियौं कि सम्पूर्ण भुक्तानी नभएसम्म खाली हात फर्किदैनौं । तर देशको काल–परिस्थितिले सरकारसँग सहमति ग¥यौं, लगभग ५० प्रतिशत भुक्तानी अहिले नै भयो र बाँकी भुक्तानीका लागि हामीले सरकारलाई २१ दिनको समय दिएका छौं । हामीले त्यतिकै २१ दिनको समय दिएका होइनौं, कानून आधारसहितको अल्टिमेम दिएका छौं । किनको आँशु पोछ्ने ठाउँमा अनेक प्रकारका प्रश्न उठाउनु न्यायोचित होइन । हामीले सरकारसँग सहमति गरेपछि प्रश्न उठाउनेहरु कहिले पनि किसानको बैठकमै आएका छैनन् । हामीलाई वार्ताका लागि प्रस्ताव आउँदा सडकमै बसेर किसानहरुको बीचमा यसबारे छलफल गरेर कुनै निर्णय गर्छौं, कुनै बन्द कोठमा छलफल वा निर्णय गर्दैनौं । सरकारसँग वार्ता गर्ने बेलामा पनि मन्त्रालयले ३ जना मात्र आउनुस् भनेको थियो तर हामी १३ जना किसान साथीहरु वार्तामा गयौं । हामीले सरकारसँग एक–एक विषयमा खुलस्त रुपमा वार्तामा गरेका छौं । किनभने हामी समस्या लिएर आएका छौं भने समाधानका उपायसमेत दिएका छौं । हामीले अन्य कुरामा ध्यान नदिएर किसान के चाहन्छ त्यसमा हामी बढी केन्द्रित छौं । हाम्रो चाहना थियो कि सबै किसानको भुक्तानी लिएपछि मात्रै फर्कने । हाम्रो त्यो चाहनामा देशको राजनीतिक घटनाक्रमले अलि आघात पुगेको छ, हाम्रो चाहना पूरा भएको छैन । सरकारले हामीसँग २१ दिनको समय मागेको छ, हामी ढुक्क भइसकेका छैनौं । खबरदारीका लागि हामी पाँच जना किसान अहिले पनि काठमाडौंमै बसिरहेका छौं । दिनहुँ हामी मन्त्रालयको सम्पर्कमा छौं, सरकारलाई घच्घचाइरहेका छौं । समष्टिगतरुपमा हामी अहिले पनि आन्दोलनमै छौं । देशको काल–परिस्थितिका कारण सहमति गनुप¥यो । हामीले गरेका सहमतिका बुँदालाई अध्ययन गर्नुप¥यो । हामीले किसानका हकहितका सम्पूर्ण समस्याको समाधान हुने गरी समावेश गरेका छौं ।

    यो क्रममा उखु किसानको आन्दोलनप्रति धेरै षड्यन्त्रहरु पनि भए । उद्योगीहरुले आन्दोलनमा आउनु भएका किसान साथीहरुलाई चिया पसलमा बोलाएर काका, बाबा तपाइँको कति बाँकी छ, पैसा लिनुस् र घर फर्किनुस् भनेर आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्रहरु पनि भए । तर किसानहरु कसैको प्रलोभनमा नपरी आफ्नो हक अधिकारका लागि निरन्तर आन्दोलन गरिरहे । यो आन्दोलनमा काठमाडौं आउनका लागि पाँच हजारभन्दा किसान साथीहरुले नाम लेखाएका थिए । तर कोरोना महामारी र काठमाडौंको चिसोका कारण हामीले धेरै कम साथीलाई मात्र आन्दोलनमा ल्यायौं । यो आन्दोलनमा काठमाडौं बस्ने किसानका छोराछोरीहरु पनि सहभागी हुनुभयो । त्यसैले पूरै पवित्र भावनाले यो आन्दोलन गरिएको हो ।

    मृतक किसान नारायण राय यादव (भगतजी)लाई किसान शहीद भनेर घोषणा गरेका छौं । उहाँले राज्यको तर्फबाट किसान शहीदको मान्यता पाउनुपर्छ । यो एउटा राज्यका लागि प्रेरणाको स्रोत हुन्छ । उहाँको क्षतिपूर्ति र सम्पूर्ण जिम्मेवारी राज्य र उद्योगीले लिनुपर्छ । किनभने हामीले स्मरणपत्रमा पहिला भनिसकेका थियौं । त्यसकारणले शहीद किसानको सम्पूर्ण क्षतिपूर्तिको व्यवस्थापन होस् । उद्योग र गृह मन्त्रालयका प्रतिनिधिले पनि प्रतिबद्धता गर्नुभएको छ कि क्षतिपूर्ण हुन्छ । गृह मन्त्रालयले क्षतिपूर्तिका लागि प्रक्रिया सुरु गरिसकेको छ । तर हाम्रो र उखु किसानका लागि धेरै पीडादायी क्षण हो । हामी सम्पूर्ण किसान साथीहरु शोकमा डुबेका छौं ।
    पत्रिव भावनाका साथ यो आन्दोलन अगाडि बढेको छ । यसलाई गलत दृष्टिकोणले नहेर्नुस्, कसैको लोकप्रियतासँग नदाज्नुस् । जसले आन्दोलनको अगुवाई गर्छ, उसको चर्चा अवश्य नै हुन्छ, यसबाट डाह नगर्नुस् । यो सबैको सरोकारको विषय हो । किनभने जबसम्म कृषक समृद्ध हुँदैन तबसम्म मधेश र नेपाल पनि समृद्ध हुँदैन । कृषक समृद्ध भएपछि राष्ट्र समृद्ध हुने हो । समृद्धिको लक्ष्य प्राप्तिका लागि हामीसँग कृषि नै मूल आधार हो । यसप्रकारको पवित्र भावनालाई बुझिदिन सबैसँग म आग्रह पनि गर्न चाहन्छु । खासगरी किसानको आन्दोलनमा सहयोग र सद्भाव राख्ने काठमाडौंका समृद्ध समाज र सञ्चार जगत्लाई समेत विशेष धन्यवाद र आभार पनि व्यक्त गर्न चाहन्छु । (मिश्र उखु किसान संघर्ष समितिका संरक्षक हुन् ।) (मधेश दर्पण फिचर सेवा)

    The post ‘कृषक समृद्ध भएपछि राष्ट्र समृद्ध हुने हो’ appeared first on युग दर्पण.

    ]]>
    https://www.yugdarpan.com/archives/3733/feed 0 3733