कोशी प्रदेश Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/प्रदेश/प्रदेश-१ www.yugdarpan.com Fri, 20 May 2022 06:24:43 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://www.yugdarpan.com/wp-content/uploads/2020/06/yug-darpan-favicon-150x150.png कोशी प्रदेश Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/प्रदेश/प्रदेश-१ 32 32 178717794 ओलीकाे गृह नगर दमका राप्रपाको सानदार जित https://www.yugdarpan.com/archives/7152 https://www.yugdarpan.com/archives/7152#respond Fri, 20 May 2022 06:24:43 +0000 http://www.yugdarpan.com/?p=7152 विराटनगर । नेकपा एमालेको गढ झापाको दमक नगरपालिका सबै दल मिलेर भत्काएका छन् । कांग्रेस माओवादी एक्लैले नसक्ने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अघि सारेर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, र एकीकृत समाजवादी समेत लागेर एमालेलाई हराउन सफल भएका हुन् । पटकपटक मेयरमा उम्मेदवार भएका राप्रपाका रामकुमार थापा दमकको मेयरमा निर्वाचित भएका हुन् । थापाले नेकपा एमालेकी गीताकुमारी पौडेल अधिकारीलाई पराजित गरेका हुन् । थापाले १७५२५ मत ल्याउँदा अधिकारीले १६९६६ मत

The post ओलीकाे गृह नगर दमका राप्रपाको सानदार जित appeared first on युग दर्पण.

]]>
विराटनगर । नेकपा एमालेको गढ झापाको दमक नगरपालिका सबै दल मिलेर भत्काएका छन् ।

कांग्रेस माओवादी एक्लैले नसक्ने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अघि सारेर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, र एकीकृत समाजवादी समेत लागेर एमालेलाई हराउन सफल भएका हुन् ।

पटकपटक मेयरमा उम्मेदवार भएका राप्रपाका रामकुमार थापा दमकको मेयरमा निर्वाचित भएका हुन् । थापाले नेकपा एमालेकी गीताकुमारी पौडेल अधिकारीलाई पराजित गरेका हुन् । थापाले १७५२५ मत ल्याउँदा अधिकारीले १६९६६ मत मात्र प्राप्त गर्न सकिन् ।                                                                         एमालेको गढ भनेर चिनिएको र एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा गठबन्धनका उम्मेदवार थापाले ५५९ मतको अन्तरले अधिकारीलाई पराजित गरेका हुन् । दमक नगरपालिकाको उपप्रमुखमा पनि गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसकी रेगिना भट्टराई निर्वाचित भएकी छन् ।

उनले १७०७२ मत ल्याउँदा नेकपा एमालेका अम्बिकाप्रसाद खनालले १६५७४ मत प्राप्त गरे ।

The post ओलीकाे गृह नगर दमका राप्रपाको सानदार जित appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7152/feed 0 7152
ताप्लेजुङ सदरमुकाममा आगलागी https://www.yugdarpan.com/archives/6742 https://www.yugdarpan.com/archives/6742#respond Fri, 11 Mar 2022 03:52:57 +0000 http://www.yugdarpan.com/?p=6742 ताप्लेजुङ, ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको छ । स्थानीयवासीका अनुसार अहिले बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो । आगलागीबाट एक घर जलेको छ भने आगो नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी खटिएका छन् । आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल पुगेको छ । जस्ताले छाएको घरमा आगलागी भएका कारण

The post ताप्लेजुङ सदरमुकाममा आगलागी appeared first on युग दर्पण.

]]>
ताप्लेजुङ, ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको छ ।

स्थानीयवासीका अनुसार अहिले बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो । आगलागीबाट एक घर जलेको छ भने आगो नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी खटिएका छन् । आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल पुगेको छ । जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा परेका छन् ।

आगो अन्यत्र सल्किए कोप्चेबजार पूरै जोखिममा पर्ने देखिन्छ । थप विवरण आउन बाँकी छ । प्रायः वर्षेनी आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यस वर्ष सुक्खायाम लागेसँगै बजार क्षेत्रमा यो नै पहिलोपटक आगलागीको घटना भएको हो ।

The post ताप्लेजुङ सदरमुकाममा आगलागी appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6742/feed 0 6742
प्रहरीद्वारा रु १९ करोड बढी राजस्व सङ्कलन https://www.yugdarpan.com/archives/6442 https://www.yugdarpan.com/archives/6442#respond Mon, 24 Jan 2022 06:02:19 +0000 http://www.yugdarpan.com/?p=6442 झापा, आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश नम्बर १ बाट प्रहरीले रु १९ करोड आठ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ ।प्रदेशका १४ जिल्लाको प्रहरीले छ महिनाको अवधिमा विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका एक हजार १६८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी कैद भुक्तान गराउँदा रु करोड २५ लाख ९० हजार ४५२ राजस्व सङ्कलन भएको छ । यसैगरी अवैधरुपमा समान चोरी निकासी गर्ने ४७ जना मानिस

The post प्रहरीद्वारा रु १९ करोड बढी राजस्व सङ्कलन appeared first on युग दर्पण.

]]>
झापा, आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश नम्बर १ बाट प्रहरीले रु १९ करोड आठ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ ।प्रदेशका १४ जिल्लाको प्रहरीले छ महिनाको अवधिमा विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका एक हजार १६८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी कैद भुक्तान गराउँदा रु करोड २५ लाख ९० हजार ४५२ राजस्व सङ्कलन भएको छ ।

यसैगरी अवैधरुपमा समान चोरी निकासी गर्ने ४७ जना मानिस पक्राउ गर्नुका साथै उनीहरुबाट रु पाँच करोड ५८ लाख ८० हजार ५६७ राजस्व सङ्कलन भएको छ । नदीजन्य पदार्थको अवैध दोहन गर्ने ३२ जना मानिस र ५१५ वटा नदीजन्य पदार्थ उत्खनन गर्ने र ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै रु २० लाख १९ हजार २५० राजस्व सङ्कलन भएको छ । अवैध काठ चोरी निकासी गर्ने ४२ जना मानिस पक्राउ गरी १९५२ क्युफिट काठ बरामद गर्दा रु ४४ लाख चार हजार ६६६ राजस्व सङ्कलन भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेशका प्रहरी प्रवक्ता नवीनराज राईले ट्राफिक व्यवस्थापनतर्फ सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने एक लाख ३१ हजार ५७६ वटा सवारी साधनलाई कारबाही गर्दा रु आठ करोड ५९ लाख ६४ हजार ५०० राजस्व सङ्कलन भएको बताउनुभयो । उहाँ अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्ममा १४ जिल्लामा जम्मा तीन हजार ६२७ मुद्दा दर्ता भएका छन् । समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अबैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारीरुपमा जिल्लामा प्रहरी परिचाल गरिएपछि सो सफलता हासिल भएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी लागुऔषध नियन्त्रणतर्फ गाँजा ३८२ किलो ८९९ ग्राम, चरेश १४ ग्राम ५०० मिलिग्राम, ब्राउन सुगर एक किलो ४२५ मिलिग्राम, विभिन्न मनोद्धिपक क्याप्सलु १० हजार ६८, मनोद्धिपक एम्पुल तीन हजार ८७५ र मनोद्धिपक औषधि ४७५ क्याप्सुल नियन्त्रण गरिएको र १६६१ रोपनी क्षेत्रफलमा लगाएको सात लाख ५१ हजार ७७८ बोट गाँजा नष्ट प्रहरीले नष्ट गरेको छ ।

The post प्रहरीद्वारा रु १९ करोड बढी राजस्व सङ्कलन appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6442/feed 0 6442
‘हात्तीको त्रासले रातभर सुत्नै पाइएन’ https://www.yugdarpan.com/archives/6315 https://www.yugdarpan.com/archives/6315#respond Tue, 18 Jan 2022 11:05:57 +0000 http://www.yugdarpan.com/?p=6315 झापा, बुद्धशान्ति गाउँपालिका–३ का बासिन्दा जङ्गली हात्तीको आक्रमणबाट बच्न रातभर जाग्राम बस्न थालेका छन् । उनीहरु दिनभर नजिकैको आदर्श नमूना सामुदायिक वनमा बस्छन् भने रात परेपछि बस्तीमा फर्किन्छन् । तर राति पनि उनीहरु सुत्न पाउँदैनन् । हात्तीको त्रासले रातभर जाग्राम बस्ने गरेका छन् । जङ्गली हात्तीले स्थानीयको घर भत्काउनुका साथै अन्नबाली, करेसाबारीको सागपात, फूलफूललगायत खाइदिँदा उनीहरु हात्तीबाट बाली जोगाउन र आफू बाँच्न सधैँजसो राति जाग्राम बस्न थालेका हुन् । स्थानीय

The post ‘हात्तीको त्रासले रातभर सुत्नै पाइएन’ appeared first on युग दर्पण.

]]>
झापा, बुद्धशान्ति गाउँपालिका–३ का बासिन्दा जङ्गली हात्तीको आक्रमणबाट बच्न रातभर जाग्राम बस्न थालेका छन् । उनीहरु दिनभर नजिकैको आदर्श नमूना सामुदायिक वनमा बस्छन् भने रात परेपछि बस्तीमा फर्किन्छन् । तर राति पनि उनीहरु सुत्न पाउँदैनन् । हात्तीको त्रासले रातभर जाग्राम बस्ने गरेका छन् ।

जङ्गली हात्तीले स्थानीयको घर भत्काउनुका साथै अन्नबाली, करेसाबारीको सागपात, फूलफूललगायत खाइदिँदा उनीहरु हात्तीबाट बाली जोगाउन र आफू बाँच्न सधैँजसो राति जाग्राम बस्न थालेका हुन् । स्थानीय प्रकाश लुइँटेल किनेर घरमा राखेको ३० मन धान हात्तीले नष्ट गरेपछि अब के खाने भनेर चिन्तामा हुनुहुन्छ ।

जङ्गली हात्तीबाट ज्यान जोगाउन कठिन हुँदै गएको स्थानीय माया उप्रेतीले बताउनुभयो । “सुत्न पाएका छैनौंँ, बालीको संरक्षण गर्न धौ धौ परेको छ”, उहाँले रुँदै भन्नुभयो, “बिहान कलेज गएका छोराछोरीलाई हात्तिले बाटौमै मार्छ कि भन्ने पीर छ । कम्तीमा वन र स्थानीय तहले ठाउँठाउँमा गस्ती मात्रै गरेको भए पनि राहत हुने थियो ।” गाउँमा हात्ती पसेको थाहा पाएपछि घरघरमा आगो बाल्ने र थाल ठटाउँदै भगवानको नाम जपेर बस्नु बाहेक अर्को विकल्प नभएको उप्रेतीको भनाइ छ ।

डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले बुद्धशान्ति, कचनकवल गाउँपालिका, मेचीनगर र विर्तामोड नगरपालिकाका केही क्षेत्रमा जङ्गली हात्तीले दुःख दिइरहेको बताउनुभयो । विगतमा समूहमा हिँड्ने हात्ती यसपटक छरिएर हिँडेका कारण जिल्लामा धेरै अन्नबालीमा क्षति पुगेको उहाँको भनाइ छ ।

सीमित जनशक्ति र साधनका कारण जीउधनको सुरक्षा गर्न समस्या भइरहेको उहाँले बताउनुभयो । साइरन जडान गरिएको एउटा मात्र गाडी भएका कारण समयमै पुग्न भने समस्या भएको मास्केको भनाइ छ । हात्तीलाई गाउँ पस्नबाट रोक्नका लागि केही सामुदायिक वनले वन परिसरमै केरा र बाँसको खेती गरेका थिए । तर हात्तीले हुर्कनै नदिई गुभो नै खाइदिएका कारण सबै सखाप भएको छ ।

The post ‘हात्तीको त्रासले रातभर सुत्नै पाइएन’ appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6315/feed 0 6315
नेपाली काँग्रेस नेतृत्व बिकास टिमले गर्यो ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान https://www.yugdarpan.com/archives/5515 https://www.yugdarpan.com/archives/5515#respond Fri, 21 May 2021 14:05:48 +0000 http://www.yugdarpan.com/?p=5515 सकारत्मक परिवर्तनका लागी नेतृत्व भन्ने मुल नाराका साथ नेतृत्व बिकास समिति केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कोभिड महामारीमा सातै प्रदेशका राजधानी हरुमा सकृय रहेका ट्राफिक प्रहरी हरुका लागी फेस सिल्ड, सेनिटाइजर र माक्स बितरण गरेको छ । प्रतिष्ठानका संयोजक उषा मल्ल को नेतृत्वको टिमले सो सामाग्री बितरण गरेको हो ।प्रदेश नं. १ मा शेवक बजगाई को प्रतिनिधित्वमा मोरङ मा प्रदेश नं. २ मा सुजित यादब को प्रतिनिधित्वमा धनुषा मा प्रदेश

The post नेपाली काँग्रेस नेतृत्व बिकास टिमले गर्यो ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान appeared first on युग दर्पण.

]]>
सकारत्मक परिवर्तनका लागी नेतृत्व भन्ने मुल नाराका साथ नेतृत्व बिकास समिति केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कोभिड महामारीमा सातै प्रदेशका राजधानी हरुमा सकृय रहेका ट्राफिक प्रहरी हरुका लागी फेस सिल्ड, सेनिटाइजर र माक्स बितरण गरेको छ ।

प्रतिष्ठानका संयोजक उषा मल्ल को नेतृत्वको टिमले सो सामाग्री बितरण गरेको हो ।प्रदेश नं. १ मा शेवक बजगाई को प्रतिनिधित्वमा मोरङ मा प्रदेश नं. २ मा सुजित यादब को प्रतिनिधित्वमा धनुषा मा प्रदेश ३ मा सरद मर्हजन को प्रतिनिधित्वमा ललितपुर प्रदेश नं. ४ मा शंकर कडेल को प्रतिनिधित्वमा कास्की प्रदेश नं.५ मा देवा डाँगी र शुष्मा गिरी को प्रतिनिधित्वमा दाङ प्रदेश नं. ६ मा प्रकाश पौडेल को प्रतिनिधित्वमा सुर्खेत र प्रदेश नं.७ मा नरेश भट्ट को प्रतिनिधित्वमा कैलाली को धनगढी मा सामाग्री बितरण गरेका थिए ।

फोटो हरु

The post नेपाली काँग्रेस नेतृत्व बिकास टिमले गर्यो ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5515/feed 0 5515
बम विस्फोट : एकको मृत्यु, एकको उपचार हुँदै https://www.yugdarpan.com/archives/5165 https://www.yugdarpan.com/archives/5165#respond Fri, 02 Apr 2021 05:41:12 +0000 http://www.yugdarpan.com/?p=5165 बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय बागलुङले जनाएको छ । गम्भीर घाइते गुल्मीको मुसिकोट नगरपालिका–७ स्थायी घर भई बडिगाड गाउँपालिका–२ सिमलचौर बस्ने ३१ वर्षीय मित्रबहादुर रानाको उपचारको लागि पाल्पा लैजाँदै गर्दा बटोमै बिहीबार साँझ मृत्यु भएको

The post बम विस्फोट : एकको मृत्यु, एकको उपचार हुँदै appeared first on युग दर्पण.

]]>
बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ ।

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय बागलुङले जनाएको छ । गम्भीर घाइते गुल्मीको मुसिकोट नगरपालिका–७ स्थायी घर भई बडिगाड गाउँपालिका–२ सिमलचौर बस्ने ३१ वर्षीय मित्रबहादुर रानाको उपचारको लागि पाल्पा लैजाँदै गर्दा बटोमै बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिनुभयो ।

विष्फोटमा गम्भीर घाइते भएका बडिगाड गाउँपालिका–२, हाडिखोलाका २८ वर्षीय अरुण पुनको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको छ । स्थानीयवासी दुर्गाबहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा एक्कासि विष्फोट हुँदा दुई जना बिहीबार दिउँसो गम्भीर घाइते भएका थिए ।

The post बम विस्फोट : एकको मृत्यु, एकको उपचार हुँदै appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5165/feed 0 5165
सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला https://www.yugdarpan.com/archives/5137 https://www.yugdarpan.com/archives/5137#respond Thu, 01 Apr 2021 02:05:43 +0000 http://www.yugdarpan.com/?p=5137 काठमाडौँ । त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले बताउनुभयो । विसं २०७७ भदौ ७ गते राति भान्साघरमा सुतिरहेकी आमालाई आरोपितले भित्रबाट लगाएको ढोकाको चुकुल हातले खोलेर भित्र पसी बलात्कार गरेको पाइएको भट्टराईले जानकारी दिनुभयो । भदौ

The post सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला appeared first on युग दर्पण.

]]>
काठमाडौँ । त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले बताउनुभयो ।

विसं २०७७ भदौ ७ गते राति भान्साघरमा सुतिरहेकी आमालाई आरोपितले भित्रबाट लगाएको ढोकाको चुकुल हातले खोलेर भित्र पसी बलात्कार गरेको पाइएको भट्टराईले जानकारी दिनुभयो । भदौ ८ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपितलाई भदौ १० गते प्रहरीले गिरफ्तार गरेको थियो । पीडितको भदौ ८ गते इलाम अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

The post सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5137/feed 0 5137
अनौठो रोगले एकैघरका चार दिदीबहिनी बिरामी https://www.yugdarpan.com/archives/5005 https://www.yugdarpan.com/archives/5005#respond Sun, 21 Mar 2021 10:11:40 +0000 http://www.yugdarpan.com/?p=5005 काठमाडौँ, अनौठो रोगका कारण यहाँको एकैघरका चार जना बिरामी परेका छन् । चिच्याउने, कराउने, उफ्रिने खालको अनौठो रोगबाट फाकफोकथुम गाउँपालिका–१ ठिङगेपुरका दिदीबहिनी बिरामी परेका हुन् । होमबहादुर निरौला र उमा निरौलाका छ छोरी छन् । जेठी कोपिला र कान्छी सुशीलाबाहेक सबै अनौठो रोगबाटपीडित भएका छन् । माइली डिल्लीमाया निरौला (बोहोरा), साइली चन्द्रकला निरौला (खडका), काइली नैनकला निरौला र अन्तरी जेनिसा निरौला बिरामी परेका हुन् । नैनकला गत पुसदेखि नै यस्तो

The post अनौठो रोगले एकैघरका चार दिदीबहिनी बिरामी appeared first on युग दर्पण.

]]>
काठमाडौँ, अनौठो रोगका कारण यहाँको एकैघरका चार जना बिरामी परेका छन् । चिच्याउने, कराउने, उफ्रिने खालको अनौठो रोगबाट फाकफोकथुम गाउँपालिका–१ ठिङगेपुरका दिदीबहिनी बिरामी परेका हुन् ।

होमबहादुर निरौला र उमा निरौलाका छ छोरी छन् । जेठी कोपिला र कान्छी सुशीलाबाहेक सबै अनौठो रोगबाटपीडित भएका छन् । माइली डिल्लीमाया निरौला (बोहोरा), साइली चन्द्रकला निरौला (खडका), काइली नैनकला निरौला र अन्तरी जेनिसा निरौला बिरामी परेका हुन् ।

नैनकला गत पुसदेखि नै यस्तो खालको रोगबाट पीडित छन् । “उपचारका लागि इलाम अस्पताल, झापाहुँदै काठमाडौँसम्म लगियो बिराम केही पत्ता लागेन”, आमा उमाले गहभरी आँशु पार्दै भन्नुभयो, “बुढेसकालका साहारा छोरी नै यसरी बिरामी भएपछि कसरी बाँचु ।”

घरमा रोगले छोरीलाई चापेपछि बुबा होमबहादुरले दुई जनालाई उपचारमा लानुभयो । उपचार गराउँदासमेत रोग पत्ता नलागेपछि घर नै लिएर आउँदै हुनुहुन्छ । सबै एकैपटक बिरामी हुँदा थाम्नसमेत मुस्किल पर्छ । यथार्थमा के हो भन्ने कुरा पत्ता नलाग्दा समस्या जटिल बनेको वडाध्यक्ष टेकवीर नेम्वाङ बताउनुहुन्छ ।

The post अनौठो रोगले एकैघरका चार दिदीबहिनी बिरामी appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5005/feed 0 5005
ससुराली जाँदा मुख्यमन्त्री राई हेलिकप्टरमा सरर… https://www.yugdarpan.com/archives/4812 https://www.yugdarpan.com/archives/4812#respond Tue, 16 Mar 2021 11:52:33 +0000 http://www.yugdarpan.com/?p=4812 काठमाडौँ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टर गरेर ससुराली पुगेका छन्। मंगलबार बिहान उनी आफ्नी श्रीमती जाङ्मो शेर्पासहित ससुराली संखुवासभा पुगेका हुन्। उनीकी श्रीमती शेर्पाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरु हेलिकप्टर चार्टर गरेर संखुवासभा जिल्लाको मकालु गाउँपालिकास्थित सेदुवार नर्गुको समेत भ्रमण गरेको जानकरी दिएकी छन्। उनले श्रीमान् राईसहित परिवारका सबै जना सँगै हुँदा खुसी लागेको प्रतिक्रिया दिएकी छन्। साथै गाउँमा मुख्यमन्त्री राईसहित आफूहरुलाई स्थानीयबासीले न्यानो सहयोग गरेको बताएकी

The post ससुराली जाँदा मुख्यमन्त्री राई हेलिकप्टरमा सरर… appeared first on युग दर्पण.

]]>
काठमाडौँ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टर गरेर ससुराली पुगेका छन्। मंगलबार बिहान उनी आफ्नी श्रीमती जाङ्मो शेर्पासहित ससुराली संखुवासभा पुगेका हुन्।

उनीकी श्रीमती शेर्पाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरु हेलिकप्टर चार्टर गरेर संखुवासभा जिल्लाको मकालु गाउँपालिकास्थित सेदुवार नर्गुको समेत भ्रमण गरेको जानकरी दिएकी छन्।

उनले श्रीमान् राईसहित परिवारका सबै जना सँगै हुँदा खुसी लागेको प्रतिक्रिया दिएकी छन्। साथै गाउँमा मुख्यमन्त्री राईसहित आफूहरुलाई स्थानीयबासीले न्यानो सहयोग गरेको बताएकी छन्।

गाउँमा विद्युयत, सडक, शिक्षा, स्वास्थ्यसहित सञ्चारको पहुँचले जनतालाई जोड्न बाँकी रहेको बताएका छन्। उनले यो भनिरहँदा गाउँमा सामान्य सेवाहरुसमेत नपुगेको स्पष्ट भएको छ।

मुख्यमन्त्री राई भने आफ्नो प्रदेशका गाउँमा शिक्षा, स्वास्थ्य, शिक्षा, सडकको पहुँच पुर्याउनु भन्दा हेलिकप्टर चार्टर गरेर घुमफिर गर्न व्यस्त देखिन्छन्। ओली सरकारका मन्त्रीहरु विभिन्न कारणले चर्चामा रहिरहँदा मुख्यमन्त्रीले फेरि चर्चामा आएका छन्। उनले हेलिकप्टर चार्टर गरेर ससुराली गएको सामाजिक सञ्जालमा चर्चाको विषय बन्न पुगेको छ। केही महिनाअघि उनले राजकीय सम्मानका साथ विवाह गरेका थिए।

 

The post ससुराली जाँदा मुख्यमन्त्री राई हेलिकप्टरमा सरर… appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/4812/feed 0 4812
आगलागीमा रु नौ लाखको क्षति https://www.yugdarpan.com/archives/4703 https://www.yugdarpan.com/archives/4703#respond Sun, 14 Mar 2021 09:36:54 +0000 http://www.yugdarpan.com/?p=4703 इनरुवा, सुनसरीको बराहक्षेत्र नगरपालिका–५ तिनकुनेस्थित एक कृषि फार्ममा आगलागी हुँदा नौ लाख बराबरको क्षति भएको छ । स्थानीय बराह कृषि फार्ममा आज एक्कासि बिजुलीबाट तार सर्ट भएर आगलागी हुँदा रु नौ लाख बराबरको क्षति भएको जनाइएको छ । आगलागीमा परेर कृषि फार्मको सम्पूर्ण सामग्री जलेर नष्ट हुनुका साथै फार्मभित्र रहेको चार वटा भैँसी र दुई वटा बोकासमेत जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले

The post आगलागीमा रु नौ लाखको क्षति appeared first on युग दर्पण.

]]>
इनरुवा, सुनसरीको बराहक्षेत्र नगरपालिका–५ तिनकुनेस्थित एक कृषि फार्ममा आगलागी हुँदा नौ लाख बराबरको क्षति भएको छ । स्थानीय बराह कृषि फार्ममा आज एक्कासि बिजुलीबाट तार सर्ट भएर आगलागी हुँदा रु नौ लाख बराबरको क्षति भएको जनाइएको छ ।

आगलागीमा परेर कृषि फार्मको सम्पूर्ण सामग्री जलेर नष्ट हुनुका साथै फार्मभित्र रहेको चार वटा भैँसी र दुई वटा बोकासमेत जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।

आगलागीमा परेर फार्म सञ्चालक अमरबहादुर कार्कीसमेत घाइते भएको प्रहरीले जनाएको छ । फार्ममा लागेको आगो निभाउने क्रममा कार्कीको पछाडिको भाग पूरै र अगाडिको भाग सामान्य जलेर क्षति भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । सोही घटनामा परेर हरिबहादुर खत्री सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते कार्कीलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । स्थानीवासी, वारुणयन्त्रण र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।

The post आगलागीमा रु नौ लाखको क्षति appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/4703/feed 0 4703