धर्म/संस्कृति Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/धर्म-संस्कृति www.yugdarpan.com Sun, 06 Mar 2022 02:53:42 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://www.yugdarpan.com/wp-content/uploads/2020/06/yug-darpan-favicon-150x150.png धर्म/संस्कृति Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/धर्म-संस्कृति 32 32 178717794 फागुन २२ गते आइतबार, यस्तो छ आजको राशिफल https://www.yugdarpan.com/archives/6717 https://www.yugdarpan.com/archives/6717#respond Sun, 06 Mar 2022 02:53:42 +0000 http://www.yugdarpan.com/?p=6717 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । दानपुण्यका कार्यमा सहभागी भइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । विपक्षीको छलकपटबाट सावधान रहनुपर्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज

The post फागुन २२ गते आइतबार, यस्तो छ आजको राशिफल appeared first on युग दर्पण.

]]>
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । दानपुण्यका कार्यमा सहभागी भइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । विपक्षीको छलकपटबाट सावधान रहनुपर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज कर्म प्रेमीहरूका लागि दिन बढी फलदायी रहनेछ ।उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । वैदेशिक कार्य र विद्यामा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । रोकिएको धन पनि हात पर्ला । शुभकार्यको चर्चा चल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज गरेका काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आलस्य उत्पन्न भै दैनिक कार्यहरू पनि ओझेलमा पर्न सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यबाट सफलता मिल्दै जानेछ भने वैदेशिक यात्रा तय गर्न सकिनेछ । साथीभाइबाट सहयोग पनि प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दिनको सुरुमा केही कठिन परिस्थितिको सामना गर्नुपरे पनि मध्य दिनपछि रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । शिक्षामा पनि राम्रो नतिजा पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ काम सुरु गर्ने समय आएको छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक र समाजसेवामा सफलता मिल्नेछ । शुभयात्राको योजना बन्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

हाम्रो पात्रो/नेपाली पात्रोबाट

The post फागुन २२ गते आइतबार, यस्तो छ आजको राशिफल appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6717/feed 0 6717
माघ १९ गते देशभर सोनाम ल्होसारको बिदा https://www.yugdarpan.com/archives/6630 https://www.yugdarpan.com/archives/6630#respond Tue, 01 Feb 2022 11:48:00 +0000 http://www.yugdarpan.com/?p=6630 काठमाडौँ, नेपाल सरकारले यही माघ १९ गते बुधबार देशभर सोनाम ल्होसारका अवसरमा सबै सरकारी कार्यालय र सार्वजनिक संस्थाहरुमा बिदा दिएको छ । गृह मन्त्रालयका उपसचिव वसन्त भट्टराईले आज विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्बाट यही माघ १७ गतेको निर्णय अनुसार बिदा दिइएको जनाउनुभएको छ ।

The post माघ १९ गते देशभर सोनाम ल्होसारको बिदा appeared first on युग दर्पण.

]]>
काठमाडौँ, नेपाल सरकारले यही माघ १९ गते बुधबार देशभर सोनाम ल्होसारका अवसरमा सबै सरकारी कार्यालय र सार्वजनिक संस्थाहरुमा बिदा दिएको छ ।
गृह मन्त्रालयका उपसचिव वसन्त भट्टराईले आज विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्बाट यही माघ १७ गतेको निर्णय अनुसार बिदा दिइएको जनाउनुभएको छ ।

The post माघ १९ गते देशभर सोनाम ल्होसारको बिदा appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6630/feed 0 6630
बीस वर्षपछि काजकिरिया https://www.yugdarpan.com/archives/6511 https://www.yugdarpan.com/archives/6511#respond Wed, 26 Jan 2022 11:41:39 +0000 http://www.yugdarpan.com/?p=6511 दमौली, तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा तनहुँमा मृत्युभएका गोरखाका श्रीराम खनालको २० वर्षपछि काजकिरिया गरिएको छ । खनालका परिवारले आज देवघाटमा हिन्दू धर्मअनुसार उनको दाहसंस्कार गरी काजकिरिया सुरु गरेका हुन् । विसं २०५८ माघ २३ गते साबिक छाङ गाविस–९ को साउनेपानीमा श्रीरामको हत्या गरिएको बताइएको छ । गोरखाको साबिक ताक्लुङ गाविसका खनालको परिवार हाल चितवनको रत्ननगरमा बस्दै आएको छ ।मृतक श्रीरामका दाइ हरिश्चन्द्रका अनुसार यस बीचमा धार्मिक परम्पराअनुसार दाइको काजकिरिया गर्ने

The post बीस वर्षपछि काजकिरिया appeared first on युग दर्पण.

]]>
दमौली, तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा तनहुँमा मृत्युभएका गोरखाका श्रीराम खनालको २० वर्षपछि काजकिरिया गरिएको छ । खनालका परिवारले आज देवघाटमा हिन्दू धर्मअनुसार उनको दाहसंस्कार गरी काजकिरिया सुरु गरेका हुन् ।

विसं २०५८ माघ २३ गते साबिक छाङ गाविस–९ को साउनेपानीमा श्रीरामको हत्या गरिएको बताइएको छ । गोरखाको साबिक ताक्लुङ गाविसका खनालको परिवार हाल चितवनको रत्ननगरमा बस्दै आएको छ ।मृतक श्रीरामका दाइ हरिश्चन्द्रका अनुसार यस बीचमा धार्मिक परम्पराअनुसार दाइको काजकिरिया गर्ने निर्णय भए पनि विभिन्न कारणले गर्न नसकिएको हुँदा अहिले आएर दाहसंस्कार र काजकिरिया गरिएको हो ।

मृतक माइला दाइ ईश्वरीप्रसाद खनाल भाइको किरिया बस्नुभएको छ । तत्कालीन नेकपा (माओवादी)को तनहुँ जिल्ला कमिटीको सदस्य रहनुभएका श्रीरामको पार्टीको बैठकका क्रममा मृत्यु भएको जनाइएको छ । उहाँ अविवाहित हुनुहुन्थ्यो ।

The post बीस वर्षपछि काजकिरिया appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6511/feed 0 6511
सुदूरपश्चिममा ‘चेली त्यार’ सुरु https://www.yugdarpan.com/archives/6488 https://www.yugdarpan.com/archives/6488#respond Tue, 25 Jan 2022 10:46:09 +0000 http://www.yugdarpan.com/?p=6488 डोटी, पछिल्लो समय कोरोना सङ्क्रमण तीव्र रुपमा बढिरहेका बेला सुदूरपश्चिम प्रदेशमा भने चेली त्यार पर्वसुरु भएको छ । माघी पर्वको रौनक सकिएसँगै डोटीसहित यहाँका विभिन्न जिल्लामा चेली त्यार सुरु भएको हो । विवाह गरेर पराइँ घर गएका छोरीचेलीलाई त्यार दिन यहाँका महिलालाई अहिले भ्याइनभ्याइ भएको छ । विवाह गरेर पराइँ अर्थात माइती घरमा गएकी छोरीचेलीलाई विभिन्न किसिमका परिकार पकाएर दिने चलनलाई स्थानीय भाषामा ‘चेली त्यार’ अर्थात् त्यारमाडो दिने भन्ने गर्दछन्

The post सुदूरपश्चिममा ‘चेली त्यार’ सुरु appeared first on युग दर्पण.

]]>
डोटी, पछिल्लो समय कोरोना सङ्क्रमण तीव्र रुपमा बढिरहेका बेला सुदूरपश्चिम प्रदेशमा भने चेली त्यार पर्वसुरु भएको छ । माघी पर्वको रौनक सकिएसँगै डोटीसहित यहाँका विभिन्न जिल्लामा चेली त्यार सुरु भएको हो । विवाह गरेर पराइँ घर गएका छोरीचेलीलाई त्यार दिन यहाँका महिलालाई अहिले भ्याइनभ्याइ भएको छ । विवाह गरेर पराइँ अर्थात माइती घरमा गएकी छोरीचेलीलाई विभिन्न किसिमका परिकार पकाएर दिने चलनलाई स्थानीय भाषामा ‘चेली त्यार’ अर्थात् त्यारमाडो दिने भन्ने गर्दछन् ।

विवाह गरेर अर्काको घर गएकी छोरीलाई माघ महिनामा माइतीघरमा बोलाएर होस् वा उनकै घरमा गएर उक्त ‘चेली त्यार’ दिने चलन रहेको छ । आफ्ना माइती नभएका अर्थात आमा, बुबा, दाइ, भाउजु नभएका छोरीचेली भने यो महिनालाई दुःखको महिना सम्झेर रुने गर्ने गरेको दिपायलसिलगढी नगरपालिका–४ गैराकी स्थानीयवासी बाटुली विकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “महिनाभरि माइतीले छोरीलाई रोटी (त्यारमाडो) दिने गर्दछन्, माइतमा कोही नभएका दिदीबहिनीलाई त यो महिनाभरि रोएरै बस्नुपर्ने हुन्छ, माइती सम्झिँदा रुन मात्रै मन लाग्छ ।” माइती पक्षका कोही नभएका छोरीचेली प्रायः यो महिनाभरि जङ्गलमा घाँस काट्न जाँदा होस् वा अन्य एकान्त ठाउँमा गएर विरहका गीत गाएरै बिताउने गरेको यहाँका स्थानीय महिला बताउँछन् । माघ महिनाभरी यहाँका छोरीचेली कहिले माइती आउलान् र त्यारमाडो अर्थात् ‘चेली त्यार’ ल्याउलान् भन्ने पर्खाइमा बस्ने गरेको जोरायल गाउँपालिका–३ कीयसोदा मल्लले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बिहान आँगनमा काग करायो भने माइतीबाट कोही आउँछन् की भन्ने आशले मन खुसी भएको हुन्छ, बेलुकीसम्म कोही आउँदैन, अनि मन खिन्न हुन्छ ।”सुदूरपश्चिमका दुई जिल्ला कैलाली तथा कञ्चनपुरबाहेक अन्य जिल्ला अछाम, बाजुरा, बझाङ, बैतडी, डडेल्धुरा तथा डोटीमा छोरीलाई त्यार दिने अर्थात ‘चेली त्यार’ दिने चलन परापूर्वकालदेख चल्दै आएको बुढापाका बताउछन् ।

छोरी धनी होस् वा गरिब, नजिक होस् वा टाढा त्यार अनिवार्य दिनैपर्ने नियम रहेको छ यहाँका पहाडी जिल्लामा । छोरीलाई दिइने त्यारमा सेल, मासलगाएको पुरी, सुदूरपश्चिमको प्रख्यात रोटी भुने (चामलको पिठोबाट बनेको), माडालगायतका परिकार पकाएर छोरी पक्षकालाई करिब हप्तादिन पुग्नेगरी दिने चलन रहेको दिपायल सिलगढी नगरपालिका–२ दिपायलकी स्थानीयवासी हीरादेवी कठायतले बताउनुभयो ।“एक छोरीको घरमा हप्ता दिन पुग्नेगरी त्यार दिनुपर्छ, कसै कसैका त पाँचदेखि सात छोरी हुन्छन् उनीहरुलाई निकै दुःखहुन्छ” उहाँले भन्नुभयो, “त्यार नदिइ नहुने, दिँदा आफूलाई घरमा पछि खान पुग्दैन, कतिपएलाई सारै समस्या हुन्छ ।” डोटीलगायत यहाँका अन्य जिल्लामा छोरीलाई त्यारमाडो दिने चलन माघ महिनाभरि नै चल्ने गर्दछ ।

यहाँका पहाडी जिल्लामा अहिले ‘चेली त्यार’ को चहलपहल निकै बढेको छ । माघ महिनाभरी यहाँ कोसेली बोकेर छोरी–ज्वाइँको घर गइरहेका आमा भेटिने गरेका छन् । यहाँ माघ महिनालाई धार्मिक महिनाका रुपमा लिने गरिन्छ । यस महिनामा छोरीचेली, ज्वाइँ र नातिनातिनालाई खानेकुरा तथा केही दान दक्षिणा दिए धर्म कमाइन्छ भन्ने विश्वासले यहाँका स्थानीयवासीले माघ महिनामा खानेकुरा तथा केही दान दक्षिणा दिने गरेको दिपायल सिलगढी नगरपालिका–६ सिलगढीका स्थानीयवासी मानबहादुर धामीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “माघ महिनामा दान दक्षिणा दिए धर्म कमाइन्छ भनेर हामी छोरीलाई त्यार दिने गर्छौं, माघ महिना धर्म कमाउने महिनाका रुपमा लिइन्छ ।”

The post सुदूरपश्चिममा ‘चेली त्यार’ सुरु appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6488/feed 0 6488
यो शक्तिशाली मन्त्रले फेर्छ तपाईंको भाग्य एक पटक अबस्य पढ्नुहोस https://www.yugdarpan.com/archives/5497 https://www.yugdarpan.com/archives/5497#respond Wed, 19 May 2021 02:55:38 +0000 http://www.yugdarpan.com/?p=5497 हिन्दू धर्ममा विष्णुसहस्रनाम सबभन्दा पवित्र स्तोत्रमध्येको एक हो । यसलाई पाठ र मनन गर्दा इच्छाहरू पूर्ण हुन्छन् । सबैलाई यो लामो मन्त्र पढ्न फुर्सद नहुन सक्छ । त्यसैले तल दिइएको मन्त्र पढ्दा मात्र पनि विष्णुसहस्रनामको पाठबराबरको फल प्राप्त हुन्छ । मोस्त्वनन्ताय सहस्रमूर्तये सहस्रपादाक्षिशिरोरुबाहवे सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटि युगाधारिणे नम स् । जीवनमा आइपर्ने कुनै पनि किसिमका बाधाहरूबाट छुटकारा पाउनका लागि प्रतिदिन बिहानबिहानै यो मन्त्र जप गर्नुस् ।

The post यो शक्तिशाली मन्त्रले फेर्छ तपाईंको भाग्य एक पटक अबस्य पढ्नुहोस appeared first on युग दर्पण.

]]>
हिन्दू धर्ममा विष्णुसहस्रनाम सबभन्दा पवित्र स्तोत्रमध्येको एक हो । यसलाई पाठ र मनन गर्दा इच्छाहरू पूर्ण हुन्छन् । सबैलाई यो लामो मन्त्र पढ्न फुर्सद नहुन सक्छ । त्यसैले तल दिइएको मन्त्र पढ्दा मात्र पनि विष्णुसहस्रनामको पाठबराबरको फल प्राप्त हुन्छ ।
मोस्त्वनन्ताय सहस्रमूर्तये
सहस्रपादाक्षिशिरोरुबाहवे
सहस्रनाम्ने पुरुषाय शाश्वते
सहस्रकोटि युगाधारिणे नम स् ।

जीवनमा आइपर्ने कुनै पनि किसिमका बाधाहरूबाट छुटकारा पाउनका लागि प्रतिदिन बिहानबिहानै यो मन्त्र जप गर्नुस् ।

The post यो शक्तिशाली मन्त्रले फेर्छ तपाईंको भाग्य एक पटक अबस्य पढ्नुहोस appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5497/feed 0 5497
रोचक तथ्य : महाभारत युद्धमा सञ्जयले इन्टरनेटको प्रयोग गरेका थिए ! https://www.yugdarpan.com/archives/4838 https://www.yugdarpan.com/archives/4838#respond Tue, 16 Mar 2021 15:34:31 +0000 http://www.yugdarpan.com/?p=4838 एजेन्सी, भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले केही समय अघि प्राचीन कालमा भारतीयहरूले इन्टरनेटको आविष्कार भएको दाबी गरेका छन्। महाभारत कालमा कौरव र पाण्डवका सेनाबीच कुरुक्षेत्रमा भएको महायुद्धको प्रसङ्ग उद्‌धृत गर्दै उनले त्यति बेला इन्टरनेटको मात्रै नभई भूउपग्रहको समेत प्रयोग हुने गरेका टिप्पणी गरेका हुन्। बीबीसीमा प्रकाशित समाचार अनुसार भारतमा महाभारतकालीन समयमा इन्टरनेटको प्रयोग भएको जनाइएको छ। त्रिपुरामा आयोजित एउटा कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री देवले भनेका थिए कि यो

The post रोचक तथ्य : महाभारत युद्धमा सञ्जयले इन्टरनेटको प्रयोग गरेका थिए ! appeared first on युग दर्पण.

]]>
एजेन्सी, भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले केही समय अघि प्राचीन कालमा भारतीयहरूले इन्टरनेटको आविष्कार भएको दाबी गरेका छन्।

महाभारत कालमा कौरव र पाण्डवका सेनाबीच कुरुक्षेत्रमा भएको महायुद्धको प्रसङ्ग उद्‌धृत गर्दै उनले त्यति बेला इन्टरनेटको मात्रै नभई भूउपग्रहको समेत प्रयोग हुने गरेका टिप्पणी गरेका हुन्।

बीबीसीमा प्रकाशित समाचार अनुसार भारतमा महाभारतकालीन समयमा इन्टरनेटको प्रयोग भएको जनाइएको छ।

त्रिपुरामा आयोजित एउटा कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री देवले भनेका थिए कि यो यस्तो देश हो जहाँ महाभारतमा सञ्जयले दरबारमै बसेर धृतराष्ट्रलाई युद्धस्थलका दृश्यहरू वर्णन गरेका थिए। यसको अर्थ के हो भने त्यो समयमा पनि प्रविधिको विकास भइसकेको थियो, इन्टरनेट थियो, भूउपग्रह थियो।

यो देशमा लाखौँ वर्ष पहिले इन्टर्नेटको आविष्कार भइसकेको थियो।

मुख्यमन्त्री देवको उक्त भनाइको सामाजिक सञ्जालमा खिल्ली उडाइएको छ। एक जना फेसबुक प्रयोगकर्ताले देवको भनाइ यो शताब्दीकै सबैभन्दा ठूलो ब्रेकिङ न्यूज भएको बताएका छन्।

भारतीय जनता पार्टीका प्रदेश अध्यक्ष देव २ वर्ष अघि त्रिपुराका मुख्यमन्त्री बनेका थिए। पच्चीस वर्षदेखि रहेको वाम सरकारको अन्त्य गराउँदै भारतीय जनता पार्टीले त्यहाँ सरकार बनाएको थियो।

अर्को प्रयोगकर्ताले व्यङ्ग्य गर्दै लेखेका छन्, महाभारतकालमा इन्टर्नेट थियो। यो कुराको पुष्टि त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले गरेका छन्।

The post रोचक तथ्य : महाभारत युद्धमा सञ्जयले इन्टरनेटको प्रयोग गरेका थिए ! appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/4838/feed 0 4838
महाशिवरात्रिमा कोरोना प्रभाव : घट्यो साधुसन्तको संख्या https://www.yugdarpan.com/archives/4518 https://www.yugdarpan.com/archives/4518#respond Thu, 11 Mar 2021 02:17:47 +0000 http://www.yugdarpan.com/?p=4518 काठमाडौँ, कोरोना महामारीको जोखिम कायमै रहेका कारण यस वर्ष पशुपतिक्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको आगमन घटेको छ । विगत वर्षमा महाशिवरात्रिको अघिल्लो दिनसम्म करिब चार हजार साधुसन्त आउने गरेकामा यस वर्ष अहिलेसम्म एक हजार ५०० देखि दुई हजारसम्म साधुसन्तको मात्र उपस्थिति रहेको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ। पशुपति मूल मन्दिर परिसरमा बस्ने नागाबाबाको सङ्ख्या पनि अहिलेसम्म करिब १०० मात्र रहेको कार्यालय प्रमुख उमा आचार्यले बताए। विगत वर्षमा

The post महाशिवरात्रिमा कोरोना प्रभाव : घट्यो साधुसन्तको संख्या appeared first on युग दर्पण.

]]>
काठमाडौँ, कोरोना महामारीको जोखिम कायमै रहेका कारण यस वर्ष पशुपतिक्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको आगमन घटेको छ ।

विगत वर्षमा महाशिवरात्रिको अघिल्लो दिनसम्म करिब चार हजार साधुसन्त आउने गरेकामा यस वर्ष अहिलेसम्म एक हजार ५०० देखि दुई हजारसम्म साधुसन्तको मात्र उपस्थिति रहेको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ। पशुपति मूल मन्दिर परिसरमा बस्ने नागाबाबाको सङ्ख्या पनि अहिलेसम्म करिब १०० मात्र रहेको कार्यालय प्रमुख उमा आचार्यले बताए।

विगत वर्षमा ४५० देखि ५०० नागाबाबा पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको अवसरमा दर्शनमा आउने गर्नुभएको अभिलेख कार्यालयसँग छ। नागाबाबा सबैजसो भारतका विभिन्न स्थानबाट आउने गरेको जनाइएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल पनि विगत वर्षमाभन्दा साधुसन्तको सङ्ख्या यसपटक ५० प्रतिशतले नै घटेको बताउँछन्। महाशिवरात्रिमा पशुपतिनाथ दर्शनमा आउने साधुसन्तका लागि संस्थानले फाल्गुन कृष्ण एकादशी अर्थात् फागुन २५ गते बेलुकीदेखि भोजन, धुनी र बस्ने व्यवस्था गरिसकेको छ।

फाल्गुन कृष्ण औँसीसम्म साधुसन्तलाई सत्कार गरेर राखी दक्षिणासहित बिदाइ गर्ने प्राचीनकालदेखि विधि छ। दक्षिणासहित बिदाइ गर्ने दिन साधुसन्तको सङ्ख्या बढ्ने गरेको संस्थानको पशुपति गोश्वारा कार्यालयले जनाएको छ। बिहीबारको महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको कोषले जनाएको छ। यस वर्ष महाशिवरात्रीका अवसरमा पशुपति आउने भक्तजनका लागि कोषले मास्क अनिवार्य गरेको छ। कोरोनाका जोखिम कायमै रहेकाले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर दर्शनमा आउन आह्वान गरिएको छ। यस वर्ष स्वास्थ्य मापदण्ड पूरा गरेर करिब आठ लाख भक्तजनलाई दर्शन गराउने कोषको तयारी छ।

 

The post महाशिवरात्रिमा कोरोना प्रभाव : घट्यो साधुसन्तको संख्या appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/4518/feed 0 4518
टीकाको उत्तम साइत १० बजेर १९ मिनेटमा https://www.yugdarpan.com/archives/3278 https://www.yugdarpan.com/archives/3278#respond Sun, 25 Oct 2020 17:08:51 +0000 http://www.yugdarpan.com/?p=3278 काठमाडौँ । दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले देवी विसर्जनको साइत बिहान १०स्११ बजे रहेको जनाएको छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १०स्१९ बजे उत्तम रहेको समितिका अध्यक्ष

The post टीकाको उत्तम साइत १० बजेर १९ मिनेटमा appeared first on युग दर्पण.

]]>
काठमाडौँ । दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर लगाएर मनाइँदैछ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले देवी विसर्जनको साइत बिहान १०स्११ बजे रहेको जनाएको छ ।

टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १०स्१९ बजे उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने उनको भनाइ छ ।

सोमबारदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैंको सबैभन्दा महत्वपूर्ण दिन हो ।

सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि दशमीका दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ।

दसैंको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख अग्निप्रसाद सापकोटा र संवैधानिक निकायका प्रमुखले शुभकामना दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गरेकी छन् ।

The post टीकाको उत्तम साइत १० बजेर १९ मिनेटमा appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/3278/feed 0 3278
सिकालीको प्रसाद प्रधानमन्त्रीलाई https://www.yugdarpan.com/archives/3273 https://www.yugdarpan.com/archives/3273#respond Sun, 25 Oct 2020 14:25:03 +0000 http://www.yugdarpan.com/?p=3273 काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई ऐतिहासिक खोकनास्थित सिकालीका देवता खलकले आइतबार सिकाली जात्राको प्रसाद हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित समारोहमा देवता खलक र स्थानीय गुठीले प्रसाद हस्तान्तरण गरेका थिए। आइतबार बिहान खोकनाका, रुद्रायणी, इन्द्रायणीलगायत देवी देवताका खलकले प्रधानमन्त्री ओलीका धर्मपत्नी राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रसाद लगाइदिएका थिए। स्वास्थ्य सुरक्षाप्रति सचेत हुँदै प्रधानमन्त्री ओलीले देवता खलकको हातबाट प्रसाद भने ग्रहण गरेनन्। सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी

The post सिकालीको प्रसाद प्रधानमन्त्रीलाई appeared first on युग दर्पण.

]]>
काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई ऐतिहासिक खोकनास्थित सिकालीका देवता खलकले आइतबार सिकाली जात्राको प्रसाद हस्तान्तरण गरेका छन्।

प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित समारोहमा देवता खलक र स्थानीय गुठीले प्रसाद हस्तान्तरण गरेका थिए।

आइतबार बिहान खोकनाका, रुद्रायणी, इन्द्रायणीलगायत देवी देवताका खलकले प्रधानमन्त्री ओलीका धर्मपत्नी राधिका शाक्य र शहरी विकासमन्त्री
कृष्णगोपाल श्रेष्ठलाई प्रसाद लगाइदिएका थिए।

स्वास्थ्य सुरक्षाप्रति सचेत हुँदै प्रधानमन्त्री ओलीले देवता खलकको हातबाट प्रसाद भने ग्रहण गरेनन्। सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ललितपुरका जिल्ल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, खोकनावासीका तर्फबाट स्थानीय स्वयम्भुराज डङ्गोल, ललितपुर महानगरपालिका २१ का सदस्य ज्ञानभक्त डङ्गोललगायत सहभागी थिए। रासस

The post सिकालीको प्रसाद प्रधानमन्त्रीलाई appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/3273/feed 0 3273
सैनिकमञ्चमा फूलपाती बढाइँ https://www.yugdarpan.com/archives/3237 https://www.yugdarpan.com/archives/3237#respond Fri, 23 Oct 2020 13:49:48 +0000 http://www.yugdarpan.com/?p=3237 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा शुक्रबार अपराह्न सैनिकमञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुनुभएको छ । समारोहमा नेपाली सेनाको टुकडीले उहाँलाई सलामी अर्पण गरेको थियो । संवैधानिक व्यवस्थानुसार राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । सो अवसरमा सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत् राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ गर्‍यो । तोपबाट पनि लहरे र एकठ्ठा बढाइँ प्रस्तुत गरियो । बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो । समारोहमा

The post सैनिकमञ्चमा फूलपाती बढाइँ appeared first on युग दर्पण.

]]>
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा शुक्रबार अपराह्न सैनिकमञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुनुभएको छ ।

समारोहमा नेपाली सेनाको टुकडीले उहाँलाई सलामी अर्पण गरेको थियो ।

संवैधानिक व्यवस्थानुसार राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।

सो अवसरमा सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत् राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ गर्‍यो । तोपबाट पनि लहरे र एकठ्ठा बढाइँ प्रस्तुत गरियो ।

बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो ।

समारोहमा सैनिक ब्यान्डले ‘रातो र चन्द्रसूर्य जंगी निशान हाम्रो’ बोलको राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गर्‍यो ।

कोभिड–१९ को संक्रमणका कारण यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिएको हो ।

यसपटक बढाइँमा थोरै कार्यक्रम सामेल गरिएकाले छोटोमात्र होइन, कोभिड–१९ जोखिमका कारण पाहुनाको संख्या सीमित तुल्याइएको थियो ।

बढाइँ हेर्न आमन्त्रण गरिएका पाहुनालाई सामाजिक दूरी कायम गरी बस्ने व्यवस्था गरिएको थियो । समारोहमा उपस्थित सबै पाहुनालाई मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गराइएको थियो ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत समारोहमा उपस्थित हुनुहुन्थ्यो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रिगण, मुख्यसचिव शंकरदास वैरागी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख पनि फूलपाती बढाइँ हेर्न सैनिक मञ्च पुग्नुभएको थियो । उहाँहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वागत अभिवादन गर्नुभएको थियो ।

बढाइँ कार्यक्रमको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । बढाइँ हेर्न विगतमा जस्तो टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो देखिन्नथ्यो ।

The post सैनिकमञ्चमा फूलपाती बढाइँ appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/3237/feed 0 3237