डोटेली Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/क्षेत्रीय-भाषा/डोटेली www.yugdarpan.com Sat, 02 Apr 2022 09:48:51 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://www.yugdarpan.com/wp-content/uploads/2020/06/yug-darpan-favicon-150x150.png डोटेली Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/क्षेत्रीय-भाषा/डोटेली 32 32 178717794 बेदकाेट का मेयर चन्दसहित अधिकांस जनप्रतिनिधि समाजवादीमा समाहित हुँदै, नेपालले स्वागत https://www.yugdarpan.com/archives/6903 https://www.yugdarpan.com/archives/6903#respond Sat, 02 Apr 2022 09:48:51 +0000 http://www.yugdarpan.com/?p=6903 महेन्द्रनगर । नेकपा (एमाले) का प्रदेश कमिटी सदस्य तथा बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दसहित अधिकांस नेता, कार्यकर्ता नेकपा (एकीकृत समाजवादी)मा समाहित हुने भएका छन् । भोलि (आइतवार) बेदकोटमा आयोजित एक कार्यक्रमकाबीच समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चन्दसहितका नेता, कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम राखिएको छ । मेयर चन्दसहित बेदकोट नगरपालिकाका अधिकांस (बहुमत) वडाध्यक्ष, वडा सदस्यलगायतका जनप्रतिनिधिले समाजवादीमा समाहित हुने तयारी गरेपछि एमाले कञ्चनपुरमा खैलाबैला मच्चिएको छ । वडा

The post बेदकाेट का मेयर चन्दसहित अधिकांस जनप्रतिनिधि समाजवादीमा समाहित हुँदै, नेपालले स्वागत appeared first on युग दर्पण.

]]>
महेन्द्रनगर । नेकपा (एमाले) का प्रदेश कमिटी सदस्य तथा बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दसहित अधिकांस नेता, कार्यकर्ता नेकपा (एकीकृत समाजवादी)मा समाहित हुने भएका छन् ।

भोलि (आइतवार) बेदकोटमा आयोजित एक कार्यक्रमकाबीच समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चन्दसहितका नेता, कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम राखिएको छ ।

मेयर चन्दसहित बेदकोट नगरपालिकाका अधिकांस (बहुमत) वडाध्यक्ष, वडा सदस्यलगायतका जनप्रतिनिधिले समाजवादीमा समाहित हुने तयारी गरेपछि एमाले कञ्चनपुरमा खैलाबैला मच्चिएको छ । वडा सदस्यलगायतका केही जनप्रतिनिधिलाई रोक्न सकिन्छ की भनेर एमाले नेताहरु दौडधुपमा लागेका छन् ।

गत पुस अन्तिम साता भएको जिल्ला अधिवेशनमा बीरबहादुर थापा (पातल) समूहबाट चन्द सचिवमा चुनाव लडेका थिए । उनी पल्लवराज भट्टसँग झिनो मतान्तरले पराजित भएका थिए भने अध्यक्षमा पातल सुरेन्द्र बिष्टसँग हारेका थिए ।

त्यसपछि अध्यक्ष बिष्ट र जिल्ला इन्चार्ज निरुदेबी पाललगायतले पातल समूहमा लागेका नेता, कार्यकर्ताहरुलाई पार्टीमा अवसर नदिएको र पेलेरै लैजाने रणनीति लिएको बुझाई चन्द पक्षको रहेको छ । पहिलो बैठकबाटै त्यो रणनीति अख्तियार गरियो, आफ्ना मानिसहरुलाई दोहोरो, तेहरो जिम्मेवारी दिइयो, अरुलाई पेलेरै ठेगान लगाउनुपर्छ भन्ने मानसिकता नेतृत्वको देखियो,’ समाजवादीमा समाहित हुन लागेका एक नेताले भने, ‘गलत नीति, बिधि र व्यवहारकाबिरुद्ध बिद्रोह गरेर समाजवादीमा समाहित हुन लागेका हौँ ।
सीमारेखा बाट साभार

The post बेदकाेट का मेयर चन्दसहित अधिकांस जनप्रतिनिधि समाजवादीमा समाहित हुँदै, नेपालले स्वागत appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6903/feed 0 6903
इजाकी सोराइ  https://www.yugdarpan.com/archives/1895 https://www.yugdarpan.com/archives/1895#respond Wed, 09 Sep 2020 08:30:43 +0000 http://www.yugdarpan.com/?p=1895   पर्भात अनाराई न्वालाहै पानी ल्याउन्थिन मेरी इजा गाइ दुनाइलाइ बाच्छो खोइबर प्याउन्थिन मेरी इजा। मेरो चेलो पढिबर ठूलो मान्छ बनलो भण्णे आशाले ख्वाइ चुठाइबर स्कुल जानाइ बट्याउन्थिन मेरी इजा। निका बाटा लाग्दु पडन्छ खराब कर्म जन अरेइ भणी बिगाड अरेबर नैअद्दुहो भणी सम्झाउन्थिन मेरी इजा। म मरेबर मेरी क्रिया अरलै बा तेरो ब्रत अरन्छु भणी बिरामी बढेका बेला मलाइ अत्याउन्थिन मेरी इजा। मेरो तिमीलाको फूल भणीबर भौत माया अरन्थिन

The post इजाकी सोराइ  appeared first on युग दर्पण.

]]>
 

पर्भात अनाराई न्वालाहै पानी ल्याउन्थिन मेरी इजा
गाइ दुनाइलाइ बाच्छो खोइबर प्याउन्थिन मेरी इजा।

मेरो चेलो पढिबर ठूलो मान्छ बनलो भण्णे आशाले
ख्वाइ चुठाइबर स्कुल जानाइ बट्याउन्थिन मेरी इजा।

निका बाटा लाग्दु पडन्छ खराब कर्म जन अरेइ भणी
बिगाड अरेबर नैअद्दुहो भणी सम्झाउन्थिन मेरी इजा।

म मरेबर मेरी क्रिया अरलै बा तेरो ब्रत अरन्छु भणी
बिरामी बढेका बेला मलाइ अत्याउन्थिन मेरी इजा।

मेरो तिमीलाको फूल भणीबर भौत माया अरन्थिन
अच्याल सुइना आइबर मुख मसारन्छिन मेरी इजा।

दुखारिको दुखी हुने रैछ जिन्दगानी भणन्थे कठै१
बिपत्ति पडेका बेला अगि पछि हुन्छिन मेरी इजा।

और चिज सबै पाइने जन्मदिनेइ महतारी मुस्किल
सम्झनाका झल्का लाइबर रुवाउन्छिन मेरी इजा।

The post इजाकी सोराइ  appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/1895/feed 0 1895
आँज उसोइ छ https://www.yugdarpan.com/archives/1841 https://www.yugdarpan.com/archives/1841#respond Tue, 08 Sep 2020 12:16:18 +0000 http://www.yugdarpan.com/?p=1841 हुनु पड्डे बेलि भण्णा निको आज,आँज उसोइ छ। बिकिर्तिले जडो हालेको समाज,आँज उसोइ छ। चिरा फाट्यामी लिप पोत मात्तरै अरेबर काँ होलो हगुल्टा ठोस्या केइन हाल्या माज,आँज उसोइ छ। ठुलाइ मान्छ भया चेउडेनी सकन्ज्या सड्काया। कैखिलाई हो भकारिनोको नाज,आँज उसोइ छ। थाक्किगे सल्लाह रे सुझाव दिना दिना सब सयना माण्णे नै भण्या बोली बरकी लाज,आँज उसोइ छ। नबराज ओझा (दियालो)  बिज्ञान शिक्षक श्री त्रिभुवन मा.बि बोराडाडी कैलाली

The post आँज उसोइ छ appeared first on युग दर्पण.

]]>
हुनु पड्डे बेलि भण्णा निको आज,आँज उसोइ छ।
बिकिर्तिले जडो हालेको समाज,आँज उसोइ छ।

चिरा फाट्यामी लिप पोत मात्तरै अरेबर काँ होलो
हगुल्टा ठोस्या केइन हाल्या माज,आँज उसोइ छ।

ठुलाइ मान्छ भया चेउडेनी सकन्ज्या सड्काया।
कैखिलाई हो भकारिनोको नाज,आँज उसोइ छ।

थाक्किगे सल्लाह रे सुझाव दिना दिना सब सयना
माण्णे नै भण्या बोली बरकी लाज,आँज उसोइ छ।

नबराज ओझा (दियालो)  बिज्ञान शिक्षक श्री त्रिभुवन मा.बि बोराडाडी कैलाली

The post आँज उसोइ छ appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/1841/feed 0 1841
स्मरण शक्ति बढाउन जडीबुटी https://www.yugdarpan.com/archives/704 https://www.yugdarpan.com/archives/704#respond Fri, 15 May 2020 14:48:27 +0000 http://localhost:81/wp/appsolutenews02/?p=704 हाम्रो शरीरको महत्वपूर्ण अंग हो दिमाग । तर, कहिलेकाहीँ खानपान नमिल्दा यसले दिमागलाई समेत असर पुर्‍याउने गर्छ । अत: निम्न जडीबुटी सेवन गरेर स्मरण शक्ति बढाउन सकिन्छ । जटामसी : यो जडीबुटी औषधिका रूपमा प्रयोग गरिन्छ । एक चम्चा जटामसी एक कप दूधमा मिलाएर पिए दिमाग तेजिलो हुन्छ । दालचिनी : खानामा गरम मसला मात्र नभई यो औषधि पनि हो । राति सुत्ने बेलामा एक चिम्टी दालचिनीलाई महमा मिसाएर खाँदा

The post स्मरण शक्ति बढाउन जडीबुटी appeared first on युग दर्पण.

]]>
हाम्रो शरीरको महत्वपूर्ण अंग हो दिमाग । तर, कहिलेकाहीँ खानपान नमिल्दा यसले दिमागलाई समेत असर पुर्‍याउने गर्छ । अत: निम्न जडीबुटी सेवन गरेर स्मरण शक्ति बढाउन सकिन्छ ।
जटामसी : यो जडीबुटी औषधिका रूपमा प्रयोग गरिन्छ । एक चम्चा जटामसी एक कप दूधमा मिलाएर पिए दिमाग तेजिलो हुन्छ ।

दालचिनी : खानामा गरम मसला मात्र नभई यो औषधि पनि हो । राति सुत्ने बेलामा एक चिम्टी दालचिनीलाई महमा मिसाएर खाँदा तनाव कम हुनुका साथै दिमाग तेज हुन्छ ।

बेसार : यसको नियमित प्रयोगले भुल्ने समस्याबाट बच्न सकिन्छ ।

जाइफल : दिमागलाई तेज बनाउन जाइफल अति उत्तम जडीबुटी मानिन्छ ।

तुलसी : तुलसी रुघाखोकीका लागि प्रयोग गरिन्छ । तर, यसको प्रयोगले मुटु र दिमागलाई फाइदा पुर्‍याउँछ ।

मरीच : यसमा पेपरिन रसायन पाइने हुनाले दिमागको कोसलाई आराम दिन्छ । यसले तनाव घटाउन मद्दत गर्छ ।

The post स्मरण शक्ति बढाउन जडीबुटी appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/704/feed 0 704
दयाहाङ र स्वेताको ‘कान्छी’ गीत रिलिज https://www.yugdarpan.com/archives/208 https://www.yugdarpan.com/archives/208#respond Fri, 03 Nov 2017 12:21:21 +0000 http://eaawaj.com/?p=159 माघ २६ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘कान्छी’को एक लोक लयको गीतको भिडियो रिलिज गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, स्वेता खड्का, प्रज्वल सुजल गिरी, निर शाह, भूमिका श्रेष्ठ, अनु शाह लगायतको उपस्थितीमा गीत रिलिज गरियो । ३३ बर्ष अगाडि बनेको नेपाली चलचित्र ‘कान्छी’को नाम सापटी लिएर निर्माण गरिएको चलचित्रमा नायिका स्वेता खड्का शिर्ष भूमिकामा छिन् । कार्यक्रममा ३३ बर्ष अगाडि निर्माण भएको

The post दयाहाङ र स्वेताको ‘कान्छी’ गीत रिलिज appeared first on युग दर्पण.

]]>
माघ २६ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘कान्छी’को एक लोक लयको गीतको भिडियो रिलिज गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, स्वेता खड्का, प्रज्वल सुजल गिरी, निर शाह, भूमिका श्रेष्ठ, अनु शाह लगायतको उपस्थितीमा गीत रिलिज गरियो ।

३३ बर्ष अगाडि बनेको नेपाली चलचित्र ‘कान्छी’को नाम सापटी लिएर निर्माण गरिएको चलचित्रमा नायिका स्वेता खड्का शिर्ष भूमिकामा छिन् । कार्यक्रममा ३३ बर्ष अगाडि निर्माण भएको चलचित्र ‘कान्छी’का मुख्य कलाकार शिव श्रेष्ठ र शर्मिला मल्ललाई सम्मान पनि गरियो ।

आकाश अधिकारीले निर्देशन गरेको चलचित्रको ‘चरी चट्ट परी’ बोलको गीतको भिडियो रिलिज गरिएको हो । गीतमा चलचित्रका मुख्य कलाकार स्वेता खड्का, दयाहाङ राई, भूमिका श्रेष्ठ, प्रज्वल सुजल गिरीलाई फिचरिङ गरिएको छ । यो गीतमा राजनराज सिवाकोटीको शब्द, स्वर तथा संगीत छ । गायिका अन्जु पन्तले गायकीमा राजनलाई साथ दिएकी छिन् ।

कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थिती थियो । कार्यक्रममा उपस्थित भएका चलचित्रका कलाकार निर शाहले ३३ बर्ष अगाडि ‘कान्छी’ बन्दाको घटनाको स्मरण गरेका थिए । नायिका स्वेता खड्काले एउटा राम्रो चलचित्र बनाउने प्रयास आफूले गरेको बताइन् भने नायक दयाहाङ राइले गीतमा नाच्न आफूलाई गाह्रो भएपनि यसमा खुबै मिहिनेत गरेको सुनाए ।

यो गीतको भिडियोमा बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन छ ।

The post दयाहाङ र स्वेताको ‘कान्छी’ गीत रिलिज appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/208/feed 0 208
रिलिज भयो कमेडी फिल्म ‘फाटेको जुत्ता’ https://www.yugdarpan.com/archives/207 https://www.yugdarpan.com/archives/207#respond Fri, 03 Nov 2017 12:17:03 +0000 http://eaawaj.com/?p=156 आजबाट डार्क कमेडी चलचित्र ‘फाटेको जुत्ता’ रिलिज भएको छ । निकेश खड्काको निर्देशनमा तयार भएको चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । सोलो रिलिज चलचित्रले मल्टिप्लेक्समा पनि उच्च शो पाएको छ । यसैले पनि चलचित्रले इनिसियल व्यापार गरेको खण्डमा निर्माताको लगानी ३ दिनमै सुरक्षित हुनेछ । चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, दयाहाङ राई, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ । बक्स अफिसमा नायक सौगात मल्ल अभिनित चलचित्रहरु

The post रिलिज भयो कमेडी फिल्म ‘फाटेको जुत्ता’ appeared first on युग दर्पण.

]]>
आजबाट डार्क कमेडी चलचित्र ‘फाटेको जुत्ता’ रिलिज भएको छ । निकेश खड्काको निर्देशनमा तयार भएको चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका हुन् ।
सोलो रिलिज चलचित्रले मल्टिप्लेक्समा पनि उच्च शो पाएको छ । यसैले पनि चलचित्रले इनिसियल व्यापार गरेको खण्डमा निर्माताको लगानी ३ दिनमै सुरक्षित हुनेछ ।

चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, दयाहाङ राई, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ । बक्स अफिसमा नायक सौगात मल्ल अभिनित चलचित्रहरु निरन्तर असफल भैरहेको समयमा यो चलचित्रले उनको करिअरलाई फेरि उचाइमा लैजान सक्छ ।

चलचित्रको गीतसंगीत र ट्रेलरलाई युटुबमा रुचाइएको पनि छ । चलचित्रले सिंगलमा भन्दा मल्टिप्लेक्स हलमा राम्रो कमाई गर्न सक्छ ।

The post रिलिज भयो कमेडी फिल्म ‘फाटेको जुत्ता’ appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/207/feed 0 207
डीसीमा गायक शिव परियारको धमाका https://www.yugdarpan.com/archives/128 https://www.yugdarpan.com/archives/128#respond Fri, 03 Nov 2017 07:17:15 +0000 http://eaawaj.com/?p=128 २ नोभेम्बर, न्यूयोर्क । नेपालका प्रसिद्ध गायक शिव परियारले अमेरिकाको डिसी महानगर क्षेत्रमा भएको एक सांगीतिक कार्यक्रममा दर्शकलाई नचाएका छन् । उनले अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ वर्ष पहिले नेवा संस्कृति, भाषा, कला र परम्परालाई स्थापना गर्ने उदेश्यले स्थापित नेपा: पासा पुचः अमेरीकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवमा आफ्ना प्रशंसक तथा दर्शकलाई भरपुर मनोरंजन दिदै नचाए । उनले जुन जुन गीत गाए हरेकमा गीत को बारेमा

The post डीसीमा गायक शिव परियारको धमाका appeared first on युग दर्पण.

]]>
२ नोभेम्बर, न्यूयोर्क । नेपालका प्रसिद्ध गायक शिव परियारले अमेरिकाको डिसी महानगर क्षेत्रमा भएको एक सांगीतिक कार्यक्रममा दर्शकलाई नचाएका छन् ।
उनले अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ वर्ष पहिले नेवा संस्कृति, भाषा, कला र परम्परालाई स्थापना गर्ने उदेश्यले स्थापित नेपा: पासा पुचः अमेरीकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवमा आफ्ना प्रशंसक तथा दर्शकलाई भरपुर मनोरंजन दिदै नचाए ।
उनले जुन जुन गीत गाए हरेकमा गीत को बारेमा संक्षेपमा जानकारी गराएका थिए । साथै गीतले के भन्न खोजेको र परिस्थितिको बारेमा अर्थ लगाई गीत गाउदा दर्शकले अझ रमाइलो गरेका थिए । अन्य स्थानीय कलाकारहरुको गीत र नृत्य प्रस्तुति रहेता पनि उनको मुख्य प्रस्तुति हेर्न दर्शक तथा प्रशंसक आएका थिए ।

परियारले  “पिउदिन भन्दा भन्दै पिलायो साथीले, बेहोशी पछि त होसमा आउँदा क्या दामी भो, अल्लारे मै हो, कहाँ थियौ तिमी रङ्ग मन्च उठे पछि आयौ, रित्तो रित्तो छु भन्ने गीत गाएका थिए ।
उक्त कार्यक्रममा सबै उमेरका दर्शक र सहभागी भएका लाई नचाएका थिए । उनले निकै गीत गाउने सुरमा भएता पनि समय अभावको कारण करीब ५ वटा गीत गाएका थिए l
गायक परियारले यस पटक अमेरिकामा यस्तै रह्यो भन्दै अर्को बर्ष अमेरका आउदा एक सांगीतिक मण्डली लिएर आउने इच्क्षा व्यक्त गरे ।

The post डीसीमा गायक शिव परियारको धमाका appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/128/feed 0 128
वाम गठवन्धनको आरोपः कांग्रेस दलाल, राजपा आत्मसमर्पणवादी, राप्रपा सामन्तवादी https://www.yugdarpan.com/archives/120 https://www.yugdarpan.com/archives/120#respond Fri, 03 Nov 2017 06:39:59 +0000 http://eaawaj.com/?p=120 १७ कात्तिक, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले नेपाली कांग्रेसको चरित्र कम्युनिष्ट र श्रमजीवी जनताविरोधी रहेको टिप्पणी गरेका छन् । वाम गठबन्धनले कांग्रेसलाई ‘दलाल’ को हित संरक्षण गर्ने पार्टीको संज्ञा दिएको छ । नेपाली कांग्रेसको घोषणापत्रमा कम्युनिष्टहरु व्यक्ति हत्या एवं राज्यआतंकका पक्षपाती भएको आरोप लगाइएको छ । त्यसको जवाफमा वाम गठबन्धनले पनि आफ्नो घोषणापत्रका कांग्रेसप्रति निकै कडा रुप अपनाएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारिएको घोषणापत्रमा

The post वाम गठवन्धनको आरोपः कांग्रेस दलाल, राजपा आत्मसमर्पणवादी, राप्रपा सामन्तवादी appeared first on युग दर्पण.

]]>
१७ कात्तिक, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले नेपाली कांग्रेसको चरित्र कम्युनिष्ट र श्रमजीवी जनताविरोधी रहेको टिप्पणी गरेका छन् । वाम गठबन्धनले कांग्रेसलाई ‘दलाल’ को हित संरक्षण गर्ने पार्टीको संज्ञा दिएको छ ।

नेपाली कांग्रेसको घोषणापत्रमा कम्युनिष्टहरु व्यक्ति हत्या एवं राज्यआतंकका पक्षपाती भएको आरोप लगाइएको छ । त्यसको जवाफमा वाम गठबन्धनले पनि आफ्नो घोषणापत्रका कांग्रेसप्रति निकै कडा रुप अपनाएको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारिएको घोषणापत्रमा कांग्रेस, राप्रपा, राजपा, संघीय समाजवादी फोरम र अन्य साना कम्युनिस्ट पार्टीहरुप्रतिको दृष्टिकोण राखिएको छ जसमा कांग्रेस दलाल तथा विदेशी एकाधिकार पुँजीवादको हित साधनामा केन्दि्रत भएको आरोप लगाइएको छ ।

कांग्रेसले स्थापनाकालमा कतिपय सामाजिक-आर्थिक सुधारका कदम चालेको भए पनि सामन्तवादलाई अन्त्य गर्ने, जनतालाई अधिकार सम्पन्न बनाउने तथा राष्ट्रियतालाई सुदृढ गर्ने विषयमा सकारात्मक भूमिका खेल्न नसकेको वाम गठवन्धनको ठहर छ ।

‘कांग्रेसको मुख्य नीति सामन्ती निरंकुशतन्त्र र वैदेशिक एकाधिकारवादी पूँजीपति वर्गसँग सम्झौता र आत्मसमर्पणको रहँदै आएको छ,’ घोषणापत्रमा लेखिएको छ, ‘मुख्यरुपमा पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने यस पार्टीका नीतिहरु अहिले मूलतः दलाल तथा विदेशी एकाधिकार पुँजीवादको हित साधनामा केन्द्रित छन् ।’

कम्युनिष्ट पार्टीहरुसँग आफ्नो वर्गीय र पार्टीगत स्वार्थ रक्षाका निम्ति मात्रै सहकार्य गर्ने गरेको आरोप एमाले र माओवादीले कांग्रेसलाई आरोप लगाएका छन् ।

वाम गठबन्धनको घोषणापत्रमा लेखिएको छ- ‘कांग्रेसको मूल चरित्र कम्युनिष्ट विरोधी, श्रमजीवी जनता विरोधी र लोकतन्त्रलाई निहीत स्वार्थ अनुरुप परिभाषित गर्ने खालको छ । यसले कैयनपटक विदेशी हस्तक्षेपलाई निम्त्याएको छ, विदेशीका सामु आत्मसमर्पण गरेको छ र कैयन पटक जनविरोधी काम पनि गरेको छ ।’

कांग्रेसले बहुमत प्राप्त गरेका बेला निजीकरणको नाममा राष्ट्रिय उद्योगधन्दा र सार्वजनिक संस्थानहरु समाप्त गरेको, नवउदारवादको पृष्ठपोषण गर्दै राष्ट्रिय अर्थतन्त्रलाई कमजोर तुल्याएको, भ्रष्टाचारलाई संरक्षण र संस्थागत गर्ने काम गरेको आरोप लगाइएको छ ।

कांग्रेसप्रतिको दृष्टिकोण सार्वजनिक गर्दै एमाले र माओवादीले भनेका छन्, ‘यस पार्टीले राष्ट्रिय सहमति र एकताको विरोधी काम गर्दै आएको छ । राष्ट्र निर्माण गर्ने कुनै इच्छाशक्ति, दूरदृष्टि र योजना यस पार्टीसँग छैन ।’

कांग्रेसले राष्ट्रियता र लोकतान्त्रिक मूल्यमान्यताको अवमूल्यन लगायतका कमजोरीहरु हटाएन र जनपक्षीय चरित्र विकास गर्न सकेन भने जनसमर्थन गुमाउँदै जाने चेतावनी उनीहरुले दिएका छन् ।

राजपाको नीति आत्मसमर्पणवादी

माले र माओवादीको घोषणापत्रमा राजपालाई राष्ट्रिय आत्मसमर्पणवादी नीतिको पक्षपोषकका रुपमा व्याख्या गरिएको छ । संघीयताको कुरा गरे पनि राजपा स्थानीय तहको स्वशासनको अधिकारको विपक्षमा उभिएको आरोप समेत लगाइएको छ ।

राजपा मूलतः सामन्तवादका अवशेषहरूलाई संरक्षण गर्ने दलाल पुँजीपतिवर्गको एउटा हिस्साको प्रतिनिधित्व गर्ने पार्टी हो भन्दै घोषणापत्रमा लेखिएको छ, ‘यसले राष्ट्रिय आत्मसमर्पणवादी नीतिको पक्षपोषण गर्दछ र गरिबमुखी तथा श्रमिकवर्गीय सामाजिक- आर्थिक रुपान्तरणको विरोध गर्दछ । यसले राष्ट्रिय स्वाधीनता, राष्ट्रहित, सामाजिक सद्भाव एवं राष्ट्रिय एकतालाई कमजोर पार्ने र सामाजिक न्याययुक्त जनमुखी एवं समाजवादउन्मुख नीतिको विरोध गर्छ । संघीयताको कुरा गरेपनि यो पार्टी स्थानीय तहको स्वशासनको अधिकारको विपक्षमा उभिएको छ ।’

संघीय फोरमप्रति नरम

उपेन्द्र यादवलाई पनि वाम गठवन्धनमा ल्याउन प्रयास गरेका एमाले र माओवादी संघीय समाजवादी फोरम पार्टीप्रति भने तुलनात्मकरुपमा नरम देखिएका छन् ।

यादव नेतृत्वको संघीय समाजवादी फोरम राष्ट्रियस्तरमा विस्तारित हुन प्रयाशरत तराई-मधेश आधारित पार्टी हो भन्दै यसका कामलाई हेरेर नीति निर्धारण गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ । यद्यपि संघीय समाजवादी फोरमको नीति, काम र व्यवहार सामाजिक सदभावलाई कमजोर पार्ने किसिमको भनेर आरोप लगाइएको छ ।

राप्रपाको चरित्र सामन्तवादी

राप्रपालाई राजतन्त्रात्मक व्यवस्थाका समर्थक र त्यसलाई पुनःस्थापना गर्न चाहने पूर्वपञ्चहरुले निर्माण गरेको पार्टीको रुपमा व्याख्या गरिएको छ । राप्रपाका कतिपय नेताहरुमा देशभक्तिको भावना पाइए पनि मूलतः यो अवसरवादी, ढुलमुले र पश्चगामी चरित्रको पार्टी भएको ठहर एमाले र माओवादीले गरेका छन् ।

घोषणापत्रमा लेखिएको छ, ‘आफ्ना सामन्तवादी चरित्रमा पर्दा लगाउन राप्रपाका विभिन्न समूहहरुले उदारवाद, लोकतन्त्र र राष्ट्रवादको नारा पनि लगाउने गरेका छन् । राप्रपाका कतिपय नेताहरुमा देशभक्तिको भावना पाइए पनि मूलतः यो अवसरवादी, ढुलमुले र पश्चगामी चरित्रको पार्टी हो ।’

राप्रपाका विभिन्न समूहले लिने नीति र गर्ने व्यवहारका आधारमा यी समूहहरूलाई हेरेर व्यवहार गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

देशमा रहेका अन्य साना कम्युनिस्ट समूहहरूमा जडसूत्रीय, संकीर्णतावादी, आत्मकेन्द्रित र गुटवादी प्रवृत्ति रहेको वाम गठवन्धनको ठहर छ । त्यस्ता गुटवादी प्रवृत्तिको आलोचना गर्दै एकता, ध्रुवीकरण र सहकार्यमा ल्याउने प्रयत्न गर्ने घोषणापत्रमा उल्लेख छ ।

The post वाम गठवन्धनको आरोपः कांग्रेस दलाल, राजपा आत्मसमर्पणवादी, राप्रपा सामन्तवादी appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/120/feed 0 120
बदर मत रोक्न गोरखामा नमूना मतदान https://www.yugdarpan.com/archives/115 https://www.yugdarpan.com/archives/115#respond Fri, 03 Nov 2017 04:16:34 +0000 http://eaawaj.com/?p=115 १७ कात्तिक, गोरखा । बिहीबार गोरखा क्याम्पस गोरखामा मतदान भइरहेको थियो । मानिसहरु लाइनवद्ध भएर पालैपालो मतदान गरिरहेका थिए । मतदान स्थलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी सुरक्षा सतर्कता अपनाउँदै मतदाताहरुको चेकजाँच गर्दै थिए । अति सम्वेदनशील मानिएको उक्त मतदान स्थलमा बाक्लै मात्रामा म्यादी प्रहरीसहित सुरक्षा टोली खटाइएको थियो । यस्तो दृश्य देखेर कतिपय अचम्ममा परे । तर यो मतदातालाई चुनावमा भोट हाल्दा नझुक्किउन भनेर गरिएको नमूना मतदान थियो । आसन्न निर्वाचनमा

The post बदर मत रोक्न गोरखामा नमूना मतदान appeared first on युग दर्पण.

]]>
१७ कात्तिक, गोरखा । बिहीबार गोरखा क्याम्पस गोरखामा मतदान भइरहेको थियो । मानिसहरु लाइनवद्ध भएर पालैपालो मतदान गरिरहेका थिए । मतदान स्थलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी सुरक्षा सतर्कता अपनाउँदै मतदाताहरुको चेकजाँच गर्दै थिए । अति सम्वेदनशील मानिएको उक्त मतदान स्थलमा बाक्लै मात्रामा म्यादी प्रहरीसहित सुरक्षा टोली खटाइएको थियो ।

यस्तो दृश्य देखेर कतिपय अचम्ममा परे । तर यो मतदातालाई चुनावमा भोट हाल्दा नझुक्किउन भनेर गरिएको नमूना मतदान थियो ।

आसन्न निर्वाचनमा मतदातालाई मतदान गर्न सिकाउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा बिहीबार नमूना मतदान भएको हो ।

मतदान गर्ने तौरतरिका सिकाउन नमूना मतदान गराइएको गोरखाका मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । उनले नमूना मतदानले बदर मतको संख्यालाई न्यूनीकरण गर्न समेत सहयोग पुग्ने दावी गरे ।

The post बदर मत रोक्न गोरखामा नमूना मतदान appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/115/feed 0 115