अर्थतन्त्र

सूर्यालाइफ अत्तरियाले गर्यो अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम

सूयालाइफ इन्स्योरेन्स क.लि अत्तरिया शाखाले अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । रबिन्द्र हमालको अधक्ष्यतामा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काको प्रमुख आतिथि र शैलेश कुमार क्षेष्ठ बिशिष्ट अतिथी रहनु भएकोे थियो भने कार्यक्रम संचालन शाखा प्रमुख नरेश भट्ट ले गर्नुभएको थियो । बिमा क्षेत्र युवा हरुका लागी राम्रो ष्लेट फर्म भएकोर चाहे जती आम्दानी गर्न सकिने स्वतन्त्र पेशा भएको र देशका दुरदराज सम्म बिमाको पहुच पुगाउनमा

आइपिओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त

काठमाडौँ, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने लागेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल निष्काशनको पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको र जारी पूँजी (रु २६ करोड)को

बिमा समितिले गर्‍यो ११ बिमा कम्पनीलाई कारबाही

काठमाडौँ, लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई रु १० हजारका दरले जरिवाना गरिएको छ । यसरी कारबाहीमा पर्नेमा दि ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बिमा संस्थान, राष्ट्रिय बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स,

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचकमा आइतबार देखिएको उच्च अङ्कको वृद्धि आज भने टिक्न सकेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १३.४८ अङ्कले ओरालो लागेर दुई हजार ८७२.०५ अङ्कमा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापक सेन्सेटिभ परिसूचक ०.३९ अङ्कले उकालो लागेर ५३८.९३ मा पुगेको छ । कूल २२५ कम्पनीको एक करोड १० लाख ५ हजार ६६९ कित्ता शेयर रु ५ अर्ब १५ करोड ४१ लाख

नेपाल लाइफ को न्युनतम ५६ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनसदर निर्धारण 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६ /७७ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७६र२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको माघ १३ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको सबै बीमालेखहरुमा बोनस दर, मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा

नेप्सेमा उच्च अंकको वृद्धि, पाँच कम्पनीको शेयरमा सर्किट

काठमाडौँ, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च वृद्धि हुनुको कारण स्थानीय तहको निर्वाचनको मिति तय गर्नेलगायतका विषयमा प्रमुख राजनीतिक दलबीचको सहमतिलाई लिइएको छ । सत्तारुढ गठबन्धनको शनिबार साँझ बसेको बैठकले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १०५.५५ अंकले वृद्धि

बीमा समितिद्धारा नेपाल लाइफलाई २० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय

बीमा समितिले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१)र (२)मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुृक्ति गर्ने नेपाल लाइफ इन्स्योरेन्सलाई २० हजार रुपियाँ जरीवाना गर्ने निर्णय गरेको छ । बीमा समितिले संस्थागत सुशासन विपरित माथिल्लो तहमा अयोग्य व्यक्तिलाई नियुक्त गरे बापत १० हजार रुपैयाँ र सञ्चालक समिति मातहत गठन गरिएको उप समिति संस्थागत सुशासन विपरित भएकोले १० हजार गरी

स्वास्थ्य र पशु बीमामा शतप्रतिशत अनुदान

भक्तपुर, चाँगुनारायण नगरपालिकाको एउटा वडाले आफ्ना नागरिकलाई स्वास्थ्यदेखि पशु बीमासम्ममा शतप्रतिशत अनुदान दिएको छ । चाँगुनारायण नगरपालिका–३ झौखेलले आफ्नो नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्‍याउने र पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले यस्तो कार्यक्रम लागू गरेको हो । नगरपालिकाले आफ्ना नगरभरिका सबै नागरिकलाई स्वास्थ्य उपचारमा पहुँच पुर्‍याउन ५० प्रतिशत अनुदान प्रदान गरेको छ । चानपा–३ झौखेलले नगरपालिकाबाट आएको ५० प्रतिशत अनुदानमा अर्को ५० प्रतिशत वडाको अन्य बजेटबाट मिलान गर्दै वडाका सबै नागरिकलाई शतप्रतिशत

सुन्तला बिक्रीबाट एउटै गाउँमा साढे दुई करोड भित्रियो

गलकोट, बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पुर्‍याउनुभयो । सुन्तला टिपेर पोखरा पुर्‍याउनुभएका खड्काको हातमा यस वर्ष रु चार लाख ५० हजार हात पर्‍यो । सुन्तला टिप्ने ज्याला र यातयात खर्च घटाउँदा उहाँले रु चार लाख बचत गर्नुभयो । सुन्तला गाउँका रूपमा परिचित सिगानामा सबैभन्दा ठूलो सुन्तला बगैँचा अनन्त खड्काको छ । खड्काको बगैँचामा २०० सुन्तलाका बोटले उत्पादन दिइराखेको छ । उहाँले सुन्तलाको बढी

निगमले आइओसीलाई पठायो १३ अर्ब

काठमाडौँ, सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट रु एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्तावापतको रकम आइओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । निगमले आज आइओसीलाई रु १३ अर्ब २० करोड पठाएको छ । सञ्चित बचत शून्यमा पुगेसँगै आइओसीलाई तिर्नुपर्नेमध्ये रु एक अर्ब