बैंक

एनएमबी बैङ्कका ग्राहकलाई धनगढीकाे भाटभटेनीमा छुट र क्यास व्याक अफर

धनगढी ।एनएमबी बैंकले धनगढीमा रहेको भाटभटेनीमा किनमेल गरी ईएनएमबी (ओम्नि च्यानल), भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा ग्राहकहरूले १० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यासब्याक पाउने गरी साझेदारी गरिएको हो । यो योजना असार १२ देखि असार १८ गतेसम्मका लागि धनगढी भाटभटेनीमा सञ्चालन हुने बैंकले जनाएको छ। एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको बैंकले जनाएको छ । धनगढीमा एनएमबि ग्राहकहरुलाई लक्षित गरी

ग्लोबल आईएमई बैंकको वित्तीय विवरण नै झूठो, राष्ट्र बैंकले खोतल्दा कृत्तिम ऋण र फर्जी कागज !

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल अध्यक्ष रहेको ग्लोबल आईएमई बैंकले प्रकाशन गर्ने गरेको वित्तीय विवरण नै झूठो हुने गरेको तथ्य फेला परेको छ । बैंकको वित्तीय विवरणमाथि आशंका लागेपछि केन्द्रीय बैंकले छुट्टै अनुगमनको क्रममा वित्तीय विवरणमा गम्भिर त्रुटीहरु मात्रै नभई नियतबस झूठा विवरणहरु समावेश गरेर जनतालाई भ्रम छरेको प्रमाणित भएसँगै केन्द्रीय बैंकले कारवाही गर्ने निर्णय गरेको छ । केन्द्रीय बैंक स्रोतका अनुसार ग्लोबल आईएमई बैंकले

नबिल बैंकको सीईओमा एनबीका पूर्वसीईओ ज्ञानेन्द्र ढुंगाना नियुक्त

काठमाडौं ।नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन् । उनलाई आउँदो असार १७ गतेबाट लागू हुने गरी नियुक्त गर्ने नबिल बैंक सञ्चालक समितिको प्रस्ताव शनिबार सम्पन्न बैंकको विशेष साधारणसभाले अनुमोदन गरेको छ । ढुंगाना आउँदो असार १७ गतेबाट लागू हुनेगरी सीईओ नियुक्त भएका हुन् । त्यसको करिव एक साताअघि नबिल बैंकका वर्तमान सीईओ अनिल शाहको कार्यकाल सकिन्छ । नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्ती गर्न लागेको नबिलले मर्जर प्रक्रियामा महत्वपूर्ण

तीन जीवन बीमा कम्पनीले मर्जरमा जाने सम्झौता

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरका लागि सम्झौता छ । आज एक कार्यक्रबीच उक्त समझदारी भएको हो । आपसमा मर्जरमा जाने उक्त समझदारी पत्रमा प्राईम लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष पियुषराज अर्याल, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष विवेक दुगड, युनियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुलभ अग्रवालले हस्ताक्षर गरेका हुन । हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख, गुराँस

सिद्धार्थ बैंक र कोशी अस्पताल बिच हेमोडायलाइसीस मेसिन प्रदान गर्न सम्झौता

विराटनगर। सिद्धार्थ बैंक र कोशी अस्पताल बिच हेमोडायलाइसीस मेसिन प्रदान गर्न सम्झौता भएको छ । सिद्घार्थ बैंक लिमिटेडले २०७८ चैत्र ९ गते बुधबार विराटनगर स्थित कोशी अस्पताललाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रु. ५० लाख वरावरको अस्पतालले उपलब्ध गराएको बिवरण बमोजिम हेमोडायलाइसीस मेसिनहरु प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुन्दर प्रसाद कडेल ज्यू र कोशी अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेन्ट

किन माग्याे राष्ट्र बैंकले मेगा बैंकसँग  स्पष्टीकरण?

काठमाडौं । राष्ट्र बैंकले नपाकेको ब्याज दिँदै निक्षेप तानेको रोक्न र थप स्पष्टीकरण मागेको छ। मेगा बैंकले नियम विपरित निक्षेप तान्न खोजे पछि नेपाल राष्ट्र बैंकले स्पष्टिकरण सोधेको छ । बैंकले निक्षेपकर्तालाई ११।०३ प्रतिशत व्याजदरमा ३ महिनाभन्दा बढीको लागि तोकिएको परिमाणमा निक्षेप राखे अग्रिम ब्याज भुक्तानी गर्ने योजना ल्याएको थियो । सोही अनुसार केही ग्राहकलाई भुक्तानी समेत दिएको उजुरी नेपाल बैंकर्स संघमा परेको थियो । बैंकले फागुन १ गतेदेखि निक्षेपकर्तालाई

२०७९ सालमा ४३ दिन सार्वजनिक बिदाको घोषणा

काठमाण्डौं । नेपाल सरकारले नयाँ वर्ष २०७९ को लागी सार्वजनिक बिदाको तालिका सार्वजनिक गरेको छ । गृहमन्त्रालयमार्फत् सार्वजनिक गरिएको बिदाको तालिकामा शनिबार बाहेक ४३ दिन सार्वजनिक बिदाको घोषणा गरिएको छ। असोज १६ देखि असोज २१ गतेसम्म बडा दशैंको बिदा घोषणा गरिएको छ । घटस्थापनाको दिन असोज १० गते पनि विगतमा झैं बिदा घोषणा गरिएको छ। साथै अन्य धर्म तथा विभिन्न समुदायले मनाउने पर्वहरुमा समेत सम्बन्धित धर्म मान्ने तथा पर्व मनाउने

भोलि सम्पुर्ण बैंक तथा वित्तीय संस्था बन्द हुने

काठमाडौं । भोलि (मंगलबार) अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रह्ने भएको हो । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मंगलबार देशभरका बैंकहरु बन्द रहने बताए ।  

बैंकिङ प्रणाली मार्फत आर्थिक कारोबार गर्न सिकाउँदै घरघरै पुग्यो गरिमा बिकास बैंक

टीकापुर। गरिमा बिकास बैंकले कोरोना को कहर कम भए सँगै आफ्ना कोहलपुर क्लस्टरका १२ शाखा कार्यालयमार्फत घरदैलो कार्यक्रम संचालन गरेको छ । सो घरदैलो कार्यक्रममा बैंकिङ्ग कारोबार सम्बन्धी जनचेतनामूलक सन्देश प्रदान गर्ने, बिद्युतीय माध्यमद्वारा बैकिङ कारोबार गर्न सिकाउने, बैंकिङ प्रणाली मार्फत आर्थिक कारोवार गर्न सन्देश प्रवाह गर्ने लगायतका बैंकिङ सेवा सम्बन्धी जनचेतना जगाउने काम गरिएको भुरीगाँउ शाखा प्रमुख यादव प्रसाद पन्त ले जानकारी दिनु भयो। सँगै कार्यक्रम मार्फत अझ सरल

गरिमा विकास बैंकको धनगढी शाखाले रक्तदान कार्यक्रम गरी मनायो १५ औँ वार्षिकोत्सव

धनगढी । गरिमा विकास बैंक लिमिटेड शाखा कार्यालय धनगढीले १५ औँ वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान, जीवनदान भन्ने नारासहित बैंकले मंगलबार धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । अस्पतालमा हुने रगत अभावलाई मध्येनजर गर्दै बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ पोइन्ट रगत संकलन भएको बैँकका शाखा प्रमुख यादव प्रसाद पन्त जानकारी दिए । सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताए । आफ्नो १५ औँ