बिमा Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/अर्थतन्त्र/बिमा www.yugdarpan.com Sun, 15 Jan 2023 15:00:10 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://www.yugdarpan.com/wp-content/uploads/2020/06/yug-darpan-favicon-150x150.png बिमा Archives - युग दर्पण https://www.yugdarpan.com/archives/category/अर्थतन्त्र/बिमा 32 32 178717794 प्राइम, युनियन र गुराँस लाइफले गरे मर्जरको अन्तिम सम्झौता, सिईयाेमा मनाेज कुमार लाल कर्ण https://www.yugdarpan.com/archives/7721 https://www.yugdarpan.com/archives/7721#respond Sun, 15 Jan 2023 14:59:31 +0000 http://www.yugdarpan.com/?p=7721 काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन् । तीनवटा जीवन बीमा कम्पनीहरु एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सैद्धान्तिक सहमती भई गाभ्ने गाभिने प्रक्रियामा रहेकोमा तीनवटा कम्पनीको डीडीए सम्पनन भई तिन कम्पनीहरु बराबार हैसियतमा एक आपसमा गाभिने गरी मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको हो । १ माघ २०७९ मा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको उपस्थितिमा गाभ्ने गाभिने सम्बन्धी अन्तिम

The post प्राइम, युनियन र गुराँस लाइफले गरे मर्जरको अन्तिम सम्झौता, सिईयाेमा मनाेज कुमार लाल कर्ण appeared first on युग दर्पण.

]]>
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन् । तीनवटा जीवन बीमा कम्पनीहरु एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सैद्धान्तिक सहमती भई गाभ्ने गाभिने प्रक्रियामा रहेकोमा तीनवटा कम्पनीको डीडीए सम्पनन भई तिन कम्पनीहरु बराबार हैसियतमा एक आपसमा गाभिने गरी मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको हो ।

१ माघ २०७९ मा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको उपस्थितिमा गाभ्ने गाभिने सम्बन्धी अन्तिम सम्झौता भएको जनाइएको छ । तीन वटा कम्पनी समान सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने गरी अन्तिम सम्झौता भएको छ ।मर्जर पश्चात कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार लाल कर्ण रहने सम्झौता भएको छ । मर्जर भएपछि कम्पनीको नाम ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’ रहनेछ ।कम्पनीको मर्जर लगायतको कार्यहरु नियमित गरी कर्मचारी व्यवस्थापन र शाखाहरुको व्यवस्थापन सम्बन्धी कार्यलाई अघि बढाउने र समग्रमा एकीकृत कारोबार यथाशक्य छिटो सुरु गर्ने समेत सहमति भएको तीनवटै कम्पनीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

The post प्राइम, युनियन र गुराँस लाइफले गरे मर्जरको अन्तिम सम्झौता, सिईयाेमा मनाेज कुमार लाल कर्ण appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7721/feed 0 7721
छोरीको पास्निमा सुर्यज्याेती लाईफकाे बिमा पोलिसी उपहार https://www.yugdarpan.com/archives/7695 https://www.yugdarpan.com/archives/7695#respond Tue, 27 Dec 2022 08:41:23 +0000 http://www.yugdarpan.com/?p=7695 धनगढी ,बझाङका एक दम्पतीले छाेरीकाे पास्निमा सुर्यज्याेती लाईफकाे बिमा पोलिसी उपहार दियका छन बझाङ किसान लघुबित्त देउरा शाखाका शाखा प्रमुख प्रभुजङ्ग सिंह र उनकि धर्मपत्नी रमा शाह द्वारा आफ्नो छोरिको पास्निको अबसरमा सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी काे ५ लाख  बिमाङ्क काे  सुर्यज्याेती बाल साबधिक बिमा  गरेकाे जानकारी दिनु भएकाे छ । भविष्यमा छाेरिकाे उच्च शिक्षाको लागि समयमै बिमा गर्नु अावश्य रहेकाे भन्दै उहाले छाेरिकाे पास्नीकै दिन बिमालेख जारिगरेकाे बझाङ शाखामा

The post छोरीको पास्निमा सुर्यज्याेती लाईफकाे बिमा पोलिसी उपहार appeared first on युग दर्पण.

]]>
धनगढी ,बझाङका एक दम्पतीले छाेरीकाे पास्निमा सुर्यज्याेती लाईफकाे बिमा पोलिसी उपहार दियका छन बझाङ किसान लघुबित्त देउरा शाखाका शाखा प्रमुख प्रभुजङ्ग सिंह र उनकि धर्मपत्नी रमा शाह द्वारा आफ्नो छोरिको पास्निको अबसरमा सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी काे ५ लाख  बिमाङ्क काे  सुर्यज्याेती बाल साबधिक बिमा  गरेकाे जानकारी दिनु भएकाे छ । भविष्यमा छाेरिकाे उच्च शिक्षाको लागि समयमै बिमा गर्नु अावश्य रहेकाे भन्दै उहाले छाेरिकाे पास्नीकै दिन बिमालेख जारिगरेकाे बझाङ शाखामा कार्यरत कर्मचारी नवीन सिहले जानकारी गराउनु भएकाे छ।

The post छोरीको पास्निमा सुर्यज्याेती लाईफकाे बिमा पोलिसी उपहार appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7695/feed 0 7695
किन उत्रे नेपाल लाइफका कर्मचारी चरणबद्ध आन्दोलनमा https://www.yugdarpan.com/archives/7660 https://www.yugdarpan.com/archives/7660#respond Tue, 20 Dec 2022 02:10:49 +0000 http://www.yugdarpan.com/?p=7660 काठमाडौं । नेपाल लाइफले खाइपाइ आएको तलब, सेवा सुविधाहरु कटौती गरे पछि कर्मचारीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्वतन्त्र कर्मचारी युनियनले श्रमजीवी कर्मचारीहरुको वृत्तीविकासमा नै प्रत्यक्ष असर गर्ने गरी ल्याइएको केपिआइ ‘प्रमुख प्रदर्शक सूचक’ खारेजको माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । केहि व्यक्तिहरुबाट भएको व्यक्तिवादी प्रवृत्ति अन्त्य गर्न आन्दोलन गर्नु परेको युनियनले जनाएको छ । युनियनले पुस एक गते देशभरका क्षेत्रीय, शाखा तथा उपशाखा कार्यालयका साथै

The post किन उत्रे नेपाल लाइफका कर्मचारी चरणबद्ध आन्दोलनमा appeared first on युग दर्पण.

]]>
काठमाडौं । नेपाल लाइफले खाइपाइ आएको तलब, सेवा सुविधाहरु कटौती गरे पछि कर्मचारीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्वतन्त्र कर्मचारी युनियनले श्रमजीवी कर्मचारीहरुको वृत्तीविकासमा नै प्रत्यक्ष असर गर्ने गरी ल्याइएको केपिआइ ‘प्रमुख प्रदर्शक सूचक’ खारेजको माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

केहि व्यक्तिहरुबाट भएको व्यक्तिवादी प्रवृत्ति अन्त्य गर्न आन्दोलन गर्नु परेको युनियनले जनाएको छ । युनियनले पुस एक गते देशभरका क्षेत्रीय, शाखा तथा उपशाखा कार्यालयका साथै प्रधान कार्यालयका सम्पुर्ण कर्मचारीहरुलेक कालो पट्टी बाधेर विरोध जनाएका थिए । उनिहरुले कम्पनीबाट खोसिएको अधिकार तथा जायज मागहरुका लागि विरोध प्रदर्शन गरेका थिए । युनियनका पदाधिकारीहरुले हरेक दिन एक घण्टा प्रधान कार्यालयमा धर्ना दिने कार्यक्रम अनुरुप आज पनि विरोध प्रदर्शन गरेका छन् ।

युनियनले आज पनि पहिलो दिनको विरोध कार्यक्रमलाई निरन्तरता दिदै सम्पुर्ण विभागिय प्रमुख तथा व्यवस्थापन टोलिहरुलाई पहिलो एक घण्टा कार्यकक्ष प्रवेशमै रोक लगाएका छन् । आजै उपत्यकाभित्रका सम्पुर्ण शाखा प्रमुखहरु सहित प्रधान कार्यालयको प्राङ्गणमा शान्तिपुर्ण धर्ना दिएका छन् ।

युनियनले भोलि पुस ५ गते पहिलो र दोस्रो दिनको विरोध कार्यक्रमलाई निरन्तरता दिदै सम्पुर्ण विभागीय प्रमुख तथा व्यवस्थापन टोलिहरुलाई दिउँसो एक बजेसम्मका लागि कार्यकक्ष प्रवेशमा रोक लगाउने कार्यक्रम तय गरेका छन् । यसका साथै उपत्यकाका सम्पुर्ण शाखा प्रमुख सहितको प्रधान कार्यालयको प्राङ्गणमा शान्तिपुर्ण धर्ना कार्यक्रम गर्ने भएका छन् ।

युनियनले तय गरेका संघर्षका कार्यक्रमलाई कम्पनीले संबोधन नगरेमा अझै सशक्त आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने भएको छ । आन्दोलनका कार्यक्रमका क्रममा हुन सक्ने क्षति र कार्यसम्पादनमा आउन सक्ने असहजताको जस अपजसको भागिदार र सोको जवाफदेहिता स्वयं कम्पनी व्यवस्थापन हुने युनियनले जनाएको छ । आन्दोलनको संयोजक युनियनकै अध्यक्ष बसन्तराज कार्की छन् ।

युनियनले गत असर १३ गते नै कम्पनीको कर्मचारी सेवा शर्त विनियमावलीमा भएका व्यवस्था हाल कर्मचारीहरुले खाइपाइ आएको सेवा सुविधालाई नघटाउन मागपत्र पेश गरेको थियो । यसका साथै अन्य कम्पनीबाट माथिल्लो तहमा कुनै पनि कर्मचारी नियुक्त नगर्ने सहमति भएको थियो तर यि माग पुरा नभए पनि युनियनले साउन २५ गते ध्यानाकर्षण गराएको थियो ।

कम्पनीले कर्मचारीका मागलाई वेवास्था गर्दै गए पछि युनियनले कार्तिक १८ गते व्यवस्थापन र युनियनका पदाधिकारीहरु विचमा वार्ता तथा छलफल भएको थियो । यसरी भेटेरै लिखित तथा मौखिक रुपमा कर्मचारी सेवा सर्तका विषयमा भएका छलफल तथा सहमति कार्यान्वयनका लागि मंसिर २९ गतेसम्म समय अवधि दिएको थियो । तर माग पुरा नभए पछि हिजो पुस ३ गतेदेखि कर्मचारीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । हिजो पहिलो दिन प्रमुख कार्यकारी अधिकृत बाहेक सम्पुर्ण कर्मचारी आन्दोलनमा थिए । आजको आन्दोलनको कार्यक्रममा भने मानव संशाधन विभाग प्रमुख बन्दना शर्मा सहभागी थिइनन् ।

कर्मचारी युनियनले राखेका मागहरुका विषयमा कम्पनीले निर्णय नै नगरिसकेको हुँदा अहिले नै आन्दोलन गर्नुको कुनै अर्थ नरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले जानकारी दिए । उनले भने ‘कतिपय साथिहरुको मागहरु जायज होलान् । तर उहाँहरुले उठाउनु भएको विषयमा कम्पनीको सञ्चालक समितिबाट निर्णय नै भइसकेको छैन । अझै छलफलकै विषयमा छ ।’

कर्मचारीहरुको सेवा सुविधा कटौती हुन थालेको हो भन्ने जिज्ञासामा पराजुलीले भने ‘हामीले नियम कानुन अनुसार दिने सेवा सुविधा दिन्न भन्न पाइदैन । कानुनले नहुने कुराहरु हामी पनि गर्दैनौ । हामीले यति मात्रै भनेका हौ श्रम ऐन अनुसार सबैले दिनको ८ घण्टा काम गर्नु पर्छ । अझ अहिलेको जस्तो चुनौतिपुर्ण अवस्थामा ८ घण्टा काम गर्दैनौ भन्ने मागलाई संस्थाले कसरी मान्न सक्छ र ?’

हाल नेपाल लाइफका कर्मचारीहरुले वार्षिक ४५ दिन विदा पाउने व्यवस्था छ । जसमा ३० दिन घर विदा र १५ दिन फोर्स लिभ पाउछन् । कम्पनीले अन्य विदाहरु लिदा यहि अन्तर्गत लिन लगाउने व्यवस्था गरेको छ । कर्मचारीहरुले पुराना जे जस्ता व्यवस्था छन् ति सबै कायम हुनु पर्ने माग गरेका छन् । तर कम्पनीले कर्मचारीको कार्यक्षमता तथा कामको मूल्याङ्कन गर्दै बढुवा गर्ने लगायतका व्यवस्था गरेको कम्पनीको भनाइ छ । कम्पनीले शैद्धान्तिक आधारलाई टेकेर मात्रै काम गरिएको हुँदा हिजोका दिनमा भएका वेथिति हटाउने र राम्रो काम गर्नेलाई राम्रो सेवा सुविधा दिने कम्पनीको योजना छ । तर यहि सन्दर्भमा पुराना कर्मचारीहरु भने पुरानै व्यवस्थालाई कायम गर्नु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । हाल कर्मचारीहरुले कम्पनी समक्ष १५ बुँदे माग राखेर आन्दोलन गरिरहेका छन् ।

The post किन उत्रे नेपाल लाइफका कर्मचारी चरणबद्ध आन्दोलनमा appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7660/feed 0 7660
सूर्या लाइफ र ज्योति लाइफलाई मर्जरका लागि बीमा प्राधिकरणले दियाे अन्तिम स्वीकृति एकीकृत कारोबार पुस ७ गतेबाट हुने https://www.yugdarpan.com/archives/7640 https://www.yugdarpan.com/archives/7640#respond Thu, 15 Dec 2022 10:37:02 +0000 http://www.yugdarpan.com/?p=7640 काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मर्जर पछि आगामी पुस ७ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । दुबै कम्पनीले मर्जरको सम्पुर्ण प्रकृयाँ पुरा गरिसकेका छन् । एकिकृत कारोबारका लागि आवस्यक आन्तरिक तयारी भइरहेको छ । पुस सात गते बिहीबारदेखि ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी’को नाममा कारोबार हुनेछ । दुबै कम्पनीले कार्तिक २८ गते मर्जरको विशेष प्रस्ताव साधारणसभाबाट अनुमोद गरेका थिए । शेयरधनीहरुले मर्जरको प्रस्ताव अनुमोदन

The post सूर्या लाइफ र ज्योति लाइफलाई मर्जरका लागि बीमा प्राधिकरणले दियाे अन्तिम स्वीकृति एकीकृत कारोबार पुस ७ गतेबाट हुने appeared first on युग दर्पण.

]]>
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मर्जर पछि आगामी पुस ७ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । दुबै कम्पनीले मर्जरको सम्पुर्ण प्रकृयाँ पुरा गरिसकेका छन् । एकिकृत कारोबारका लागि आवस्यक आन्तरिक तयारी भइरहेको छ ।

पुस सात गते बिहीबारदेखि ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी’को नाममा कारोबार हुनेछ । दुबै कम्पनीले कार्तिक २८ गते मर्जरको विशेष प्रस्ताव साधारणसभाबाट अनुमोद गरेका थिए । शेयरधनीहरुले मर्जरको प्रस्ताव अनुमोदन गरे सँगै नेपाल बीमा प्राधिकरणले पनि दुबैलाई अन्तिम स्वीकृति प्रदान गरिसकेको छ ।

नेपालको इतिहासमा यो पहिलो सफल मर्जर हो । विभिन्न कम्पनीहरुले यस भन्दा अगाडी मर्जरको संझौता गरेता पनि सफल हुन सकेको थिएन । यस पछि अन्य कम्पनीहरु पनि मर्जरको प्रकृयाँमा लागिरहेका छन् । निर्जीवन तर्फ भने दुई वटा सफल मर्जर भइसकेको छ । तर जीवन तर्फ एउटा पनि मर्जर सफल हुन सकेको थिएन । निर्जीवन बीमा कम्पनीहरु विचमा मर्जर गर्न जति सजिलो छ जीवन तर्फ धेरै गाह्रो पर्ने विश्लेषण हुँदै आएको थियो । तर ज्योति र सूर्याले मर्जर हुन सक्छ भनेर पहिलो उदाहरण बनाउन सफल भएको छन् ।

सूर्या र ज्योति विचमा एक बराबर ०.८२.४५ को अनुपातमा मर्जर भएको हो । मर्जर पछि सञ्चालक समितिको अध्यक्ष केशब प्रसाद भट्टराई हुनेछन् । प्रमुख कार्यकारी अधिकृत भने ज्योति लाइफका प्रकाश बिक्रम खत्री हुने सहमति भइसकेको छ भने सूर्याका सिइओ पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुने छन् ।

हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ छ । त्यस्तै ज्योतिको २ अर्ब ४२ करोड रुपैयाँ छ । स्वाप रेसियोका आधारमा ज्योति लाइफको चुक्ता पूँजी एक अर्ब ९९ करोड ५२ लाख ९० हजार कायम हुनेछ । स्वाप रेसियोका आधारमा मर्जर पछि बन्ने कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड पुग्नेछ । दुबैले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश नदिएको हुँदा गत आर्थिक वर्ष २०७८/७९ सम्म कायम जगेडा कोषबाट लाभांश दिने वित्तीकै सजिलै ५ अर्ब पुर्याउन सक्नेछ ।

The post सूर्या लाइफ र ज्योति लाइफलाई मर्जरका लागि बीमा प्राधिकरणले दियाे अन्तिम स्वीकृति एकीकृत कारोबार पुस ७ गतेबाट हुने appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7640/feed 0 7640
बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेशद्वारा कृष्णपुर नगरपालिकामा जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न https://www.yugdarpan.com/archives/7635 https://www.yugdarpan.com/archives/7635#respond Thu, 15 Dec 2022 09:46:11 +0000 http://www.yugdarpan.com/?p=7635 धनगढी । नेपाल बीमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीले बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेकोछ । प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालयले कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिकामा आज मंसिर २९ गते बिहिबारका दिन स्थानिय तहसँग नेपाल बीमा प्राधिकरण तथा बीमा सम्बन्धी बिषयक जनचेतना मुलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीले गरेका थिए भने कार्यक्रमको प्रमुख अतित्थ्यता कृष्णपुर नगरपालिकाका

The post बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेशद्वारा कृष्णपुर नगरपालिकामा जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न appeared first on युग दर्पण.

]]>
धनगढी । नेपाल बीमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीले बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेकोछ । प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालयले कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिकामा आज मंसिर २९ गते बिहिबारका दिन स्थानिय तहसँग नेपाल बीमा प्राधिकरण तथा बीमा सम्बन्धी बिषयक जनचेतना मुलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो ।

अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीले गरेका थिए भने कार्यक्रमको प्रमुख अतित्थ्यता कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेम राज ओझाले गरेका थिए ।

त्यसैगरी कार्यक्रममा बिशेष अतिथिको रुपमा कृष्णपुर नगरपालिकाकी नगर उपप्रमुख द्रोपदी राना उपस्थित थिइन् भने अतिथिका रुपमा कृष्णपुर नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत विष्णु जोशी र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका सुदुरपश्चिम प्रदेश प्रमुख सागर बमको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालयका सहायक निर्देशक दिपक ज्ञवालीले गरेका थिए । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष र सदस्यहरु, बिभिन्न कृषि सहकारीका प्रतिनिधिहरु र कृषकहरु सहभागी भएका थिए ।

कार्यक्रममा ७० जना भन्दा बढिको सहभागिता रहेको थियो । नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीले स्वागत मन्तव्य सहित नेपाल बीमा प्राधिकरणको परिचय, भूमिका, बीमाको परिभाषा तथा महत्वका साथै कृषि, पशुपन्छी तथा लघुबीमाको बारेमा प्रस्तुति दिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिहरु तथा कृषि सहकारी सस्थाका सदस्यहरु, अगुवा कृषकहरुका साथै अन्य सरोकारवाला व्यक्तिहरुले बीमा कम्पनीमा बीमा दाबी लिन झन्झटिलो रहेको, दुख दिएको र कुनै बीमा कम्पनीले बीमा गर्न नमानेको जस्ता थुप्रै गुनासो तथा जिज्ञासा राखेका थिए भने उक्त गुनासो तथा जिज्ञासाहरुको जबाफ प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारी, सहायक निर्देशक दिपक ज्ञवाली र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका सुदुरपश्चिम प्रदेश प्रमुख सागर बमले दिएका थिए ।

प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारीले कृषि, पशुपन्छी तथा जडिबुटीको बीमा गर्दा लाग्ने बीमा शुल्कमा नेपाल सरकारले ८० प्रतिशत अनुदान दिएको र २० प्रतिशत अनुदान सुदुरपश्चिम प्रदेश सरकारले दिने ब्यबस्था गरेको हुदा सबैलाई बीमा गर्न आग्रह समेत गरेका थिए ।

अधिकारीले कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेम राज ओझा समक्ष नगरपालिकाबाट पनि बीमाको बिकासमा सहयोग पुर्याउन बिभिन्न बीमाका योजनाहरु ल्याई न्यून आय भएका तथा पिछडिएका बर्गका मानिसहरुलाई बीमा मार्फत सुबिधा प्रदान गर्न र नगरपालिका भित्र बसोबास गर्ने मानिसहरुको सम्पत्तिको अनिबार्य बीमा गर्ने नीति लागु गर्न पनि अनुरोध गरेका थिए ।

न्यून आय भएका तथा पिछडिएका बर्गका मानिसहरुमा बीमाको पहुँच पुर्याउन सरकारले लघुबीमा कम्पनी स्थापना गर्ने नीति लिएको हुदा नेपाल बीमा प्राधिकरणले सुदुरपश्चिम प्रदेशको धनगढी, कैलालीमा लघुबीमा कम्पनी स्थापना गर्ने निर्णय गरेको प्रदेश कार्यालय प्रमुख अधिकारीले बताए ।

साथै कार्यक्रममा प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेम राज ओझाले नेपाल बीमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालयले यस्तो महत्वपूर्ण कार्यक्रम यस नगरपालिकामा राख्नु भइ कृषकहरुको गुनासो सुनेकोमा खुसि ब्यक्त गर्दै धन्यवाद दिए । साथै, उनीहरुले यस नगरपालिकाबाट गर्न सक्ने र हुन सक्ने सहयोग हामि गर्नेछौ भन्ने कुरा पनि व्यक्त गरे । उनले जीवन बीमालाई भन्दा पनि निर्जीवन बीमालाई बढी महत्व दिन प्राधिकरणलाई अनुरोध समेत गरे ।

त्यसैगरी अन्त्यमा नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीले यस कार्यक्रमलाई सफल बनाउन महत्व पूर्ण सहयोग गरेकोमा नगरपालिकालाई तथा उपस्थित सम्पूर्णलाई धन्यबाद दिदै कार्यक्रम समापन गरेका थिए ।

The post बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेशद्वारा कृष्णपुर नगरपालिकामा जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7635/feed 0 7635
सात कम्पनीले पाए लघुबीमाको लाइसेन्स https://www.yugdarpan.com/archives/7613 https://www.yugdarpan.com/archives/7613#respond Sun, 27 Nov 2022 11:40:07 +0000 http://www.yugdarpan.com/?p=7613 काठमाडौं । बीमा प्राधिकरणले लघु बीमाका लागि ७ कम्पनीलाई लाइसेन्स वितरण गरेको छ । प्राधिकरणले जीवन बीमा व्यवसायतर्फ ३ वटा लाई र निर्जीवन बीमा व्यवसायतर्फ ४ वटा कम्पनीलाई गरी कुल ७ कम्पनीलाई लघु बीमाको लाइसेन्स दिएको छ । प्राधिकरणले जीवन बीमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सलाई लघु बीमाको लाइसेन्स दिएको हो भने निर्जीवन बीमा व्यवसायतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार

The post सात कम्पनीले पाए लघुबीमाको लाइसेन्स appeared first on युग दर्पण.

]]>
काठमाडौं । बीमा प्राधिकरणले लघु बीमाका लागि ७ कम्पनीलाई लाइसेन्स वितरण गरेको छ । प्राधिकरणले जीवन बीमा व्यवसायतर्फ ३ वटा लाई र निर्जीवन बीमा व्यवसायतर्फ ४ वटा कम्पनीलाई गरी कुल ७ कम्पनीलाई लघु बीमाको लाइसेन्स दिएको छ ।

प्राधिकरणले जीवन बीमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सलाई लघु बीमाको लाइसेन्स दिएको हो भने निर्जीवन बीमा व्यवसायतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई लघु बीमाको लाइसेन्स दिएको हो ।

बीमा प्राधिकरणले भदौ १० गतेदेखि असोज १३ गतेसम्म लघु बीमा कम्पनीका लागि प्रस्ताव आह्वान गरेको थियो । प्राधिकरणले आह्वान गरेको प्रस्तावमा ३१ वटाले निवेदन दिएका थिए ।प्राधिकरणले आवेदकको शेयरधनीहरुको विवरण, व्यवसायिक योजना, प्रवन्धपत्र नियमावलीलाई अध्ययन गरी आवेदन दिएका ३१ आवेदन मध्येबाट तीन वटालाई लघु जीवन बीमा कम्पनी र चार वटालाई लघु निर्जीवन बीमा कम्पनीको लाइसेन्स दिएको हो ।

The post सात कम्पनीले पाए लघुबीमाको लाइसेन्स appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7613/feed 0 7613
सुर्या लाईफ इन्स्योरेन्सको सुदुरपश्चिम प्रदेश स्तरीय शाखा सम्मेलन सम्पन्न https://www.yugdarpan.com/archives/7463 https://www.yugdarpan.com/archives/7463#respond Sat, 24 Sep 2022 13:14:24 +0000 http://www.yugdarpan.com/?p=7463 धनगढी ।सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज कैलालीको अत्तरिया स्थित ग्रिन गाेदावरी रिसेार्ट मा सुदुरपश्चिम प्रदेश स्तरीय शाखा सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनमा सुदुरपश्चिम प्रदेशका शाखाले गरेको ब्यबसाहिक अवस्थाको विश्लेषण गर्दै आगामी रणनीतिका विषयमा प्रस्ट्याउदै सबै शाखा प्रमुखहरुलाई वार्षिक लक्ष्य सहित लक्ष्य हासिल गर्न गर्नु पर्ने मुख्य मुख्य कार्यका सवालमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले उत्प्रेरित गर्दै सहजीकरण गरेका थिए । प्रदेश स्तरीय शाखा सम्मेलनमा प्रमुख अतिथि कम्पनीको प्रमुख कार्यकारी

The post सुर्या लाईफ इन्स्योरेन्सको सुदुरपश्चिम प्रदेश स्तरीय शाखा सम्मेलन सम्पन्न appeared first on युग दर्पण.

]]>
धनगढी ।सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज कैलालीको अत्तरिया स्थित ग्रिन गाेदावरी रिसेार्ट मा सुदुरपश्चिम प्रदेश स्तरीय शाखा सम्मेलन सम्पन्न गरेको छ ।

सम्मेलनमा सुदुरपश्चिम प्रदेशका शाखाले गरेको ब्यबसाहिक अवस्थाको विश्लेषण गर्दै आगामी रणनीतिका विषयमा प्रस्ट्याउदै सबै शाखा प्रमुखहरुलाई वार्षिक लक्ष्य सहित लक्ष्य हासिल गर्न गर्नु पर्ने मुख्य मुख्य कार्यका सवालमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले उत्प्रेरित गर्दै सहजीकरण गरेका थिए ।

प्रदेश स्तरीय शाखा सम्मेलनमा प्रमुख अतिथि कम्पनीको प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का, विशिष्ट अतिथ वरिष्ठ महाप्रबन्धक मार्केटिङ हेड नराेत्तम ढकाल ,अतिथि पश्चिम मार्केटिङ प्रमुख शैलेस श्रेष्ठ र ए.बि.ए.म रबिन्द्र हमाल  काे उपस्थिति रहेको सम्मेलनको सभाअध्यक्ष  सुदुरपश्चिम प्रदेश प्रमुख जगदिश प्रसाद भट्टले गरेका थिए स्वागत मनतब्य अत्तरिया शाखा प्रमुख नरेश भट्टले राख्नु भएकाे थियाे  भने सम्मेलनको संचालन कम्पनीका महेन्द्रनगर शाखा प्रमुख राम दत्त भट्ट ले गरेका थिए ।सम्मेलनमा सुदुरपश्चिम प्रदेशमा उत्कृष्ट कार्यगर्ने शाखालाई सम्मान समेत गरिएको सम्मेलनमा कम्पनीको सुदुरपश्चिम रिजनका सबै शाखा प्रमुखहरु उपस्थित रहेको कम्पनीका अत्तरिया शाखा प्रमुख नरेश भट्ट ले जानकारी दिनु भयाे ।

The post सुर्या लाईफ इन्स्योरेन्सको सुदुरपश्चिम प्रदेश स्तरीय शाखा सम्मेलन सम्पन्न appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7463/feed 0 7463
जीवन बिमा क्षेत्रमा सर्वाधिक बोनस दिने कम्पनी बन्याे सूर्यालाइफ , बीमितले अधिकतम ९० रुपैयाँ पाउने https://www.yugdarpan.com/archives/7449 https://www.yugdarpan.com/archives/7449#respond Tue, 13 Sep 2022 05:28:56 +0000 http://www.yugdarpan.com/?p=7449 काठमाडौं । फ्युचर बोनसको प्रोभिजनिङको बाबजुद पनि सूर्या लाइफ बोनसदरलाई बढाउँन सफल भएको छ । कम्पनीले बीमा समितिको निर्देशन बमोजिम फ्युचर बोनसको प्रोभिजनिङ गरेको छ । यस्तो व्यवस्थाले गर्दा केहि बीमा कम्पनीको बोनसदर धेरै नै तल झर्ने आकलन गरिएको छ । तर कम्पनीले बोनसदरलाई नघटाइ अघिल्लो आर्थिक वर्ष २०७६ /७७  भन्दा न्युनतम  बोनसदरलाई पनि बढाउँन सफल भएको हो । कम्पनीको आर्थिक वर्ष २०७७ /२०७८ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन

The post जीवन बिमा क्षेत्रमा सर्वाधिक बोनस दिने कम्पनी बन्याे सूर्यालाइफ , बीमितले अधिकतम ९० रुपैयाँ पाउने appeared first on युग दर्पण.

]]>
काठमाडौं । फ्युचर बोनसको प्रोभिजनिङको बाबजुद पनि सूर्या लाइफ बोनसदरलाई बढाउँन सफल भएको छ । कम्पनीले बीमा समितिको निर्देशन बमोजिम फ्युचर बोनसको प्रोभिजनिङ गरेको छ । यस्तो व्यवस्थाले गर्दा केहि बीमा कम्पनीको बोनसदर धेरै नै तल झर्ने आकलन गरिएको छ । तर कम्पनीले बोनसदरलाई नघटाइ अघिल्लो आर्थिक वर्ष २०७६ /७७  भन्दा न्युनतम  बोनसदरलाई पनि बढाउँन सफल भएको हो ।

कम्पनीको आर्थिक वर्ष २०७७ /२०७८ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको भाद्र  २२ गतेको पत्र मार्फत स्वीकृत भई बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम ४०  रुपैयाँदेखि

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
यस बीमालेखमा कम्पनीले न्युनतम प्रतिहजार ४२ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको यस बीमालेखमा १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४२  रुपैयाँ निर्धारण गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४२  रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५२ रुपैयाँ, बोनसदर कायम गरेकोे छ भने यसै पोलिसीको २५ देखि २९ वर्ष अवधिको लागि प्रतिहजार ६०  रुपैयाँ कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ८  हजार १  सय ९७  वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावधिक जीवन बीमालेख
सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ४०  रुपैयाँदेखि ७०  रुपैयाँसम्म बोनसदर कामय गरेको छ । ९ वर्ष अवधिको लागि प्रति शजार ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४१   रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५   रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५४  रुपैयाँ १५ देखि २९ वर्ष अवधिको लागि ६०  रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७०  रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ७ १ हजार ३२  वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावाधिक तथा आजीवन बीमालेख
सावधिक तथा आजीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ४०  रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । ९ वर्ष अवधिको लागि प्रति हजार ४०  रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४२  रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४६  रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५६  रुपैयाँ र २५ वर्षदेखि २९ वर्ष अवधिको लागि ६०  रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७०  रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ६ हजार ४ सय ७६ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४६ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

चौरासी पुजा अग्रिम नियमित भुक्तानी बीमालेख
चौरासी पुजा अग्रिम नियमित भुक्तानी बीमालेख बीमालेखको हकमा कम्पनीले न्युनतम ४५   रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीको यस बीमालेखमा १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४५   रुपैयाँ निर्धारण गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ५०  रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५५  रुपैयाँ, बोनसदर कायम गरेकोे छ भने यसै पोलिसीको २५ देखि २९ वर्ष अवधिको लागि प्रतिहजार ६५  रुपैयाँ कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ५  सय ६७  वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५०  रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

चौरासी पुजा अग्रिम एकल भुक्तानी बीमालेख
चौरासी पुजा अग्रिम एकल  भुक्तानी बीमालेख बीमालेखको हकमा कम्पनीले न्युनतम ७५  रुपैयाँदेखि ९०  रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीको यस बीमालेखमा १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ७५  रुपैयाँ निर्धारण गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ८०  रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ८५  रुपैयाँ, बोनसदर कायम गरेकोे छ भने यसै पोलिसीको २५ देखि २९ वर्ष अवधिको लागि प्रतिहजार ९० रुपैयाँ कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख २४ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ८०  रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।                                                                             insurancekhabar बाट

The post जीवन बिमा क्षेत्रमा सर्वाधिक बोनस दिने कम्पनी बन्याे सूर्यालाइफ , बीमितले अधिकतम ९० रुपैयाँ पाउने appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7449/feed 0 7449
सुर्या लाइफ दार्चुलाको शाखाको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न https://www.yugdarpan.com/archives/7440 https://www.yugdarpan.com/archives/7440#respond Thu, 08 Sep 2022 03:41:11 +0000 http://www.yugdarpan.com/?p=7440 सुर्या लाइफ इन्स्योरेन्स दार्चुला शाखाको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न   भएकाे छ ।                                     प्रदेश प्रमुख जगदीश भट्ट को प्रमुख आथित्यतामा तथा शाखा प्रमुख महेन्द्र राज भट्ट को सभापतित्व मा सम्पन्न कार्यक्रम संचालन भएकाे थियाे । अार्थिक बर्ष २०७८/०७९ मा उत्कृष्ट ब्यवसाय गर्ने एजेन्सी मेनेजर र उत्कृष्ट अभिकर्ता हरूलाई   सम्मान गरिएको थियो । 

The post सुर्या लाइफ दार्चुलाको शाखाको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न appeared first on युग दर्पण.

]]>
सुर्या लाइफ इन्स्योरेन्स दार्चुला शाखाको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न   भएकाे छ ।                                     प्रदेश प्रमुख जगदीश भट्ट को प्रमुख आथित्यतामा तथा शाखा प्रमुख महेन्द्र राज भट्ट को सभापतित्व मा सम्पन्न कार्यक्रम संचालन भएकाे थियाे । अार्थिक बर्ष २०७८/०७९ मा उत्कृष्ट ब्यवसाय गर्ने एजेन्सी मेनेजर र उत्कृष्ट अभिकर्ता हरूलाई   सम्मान गरिएको थियो ।  सूर्यालाईफ इन्स्योरेन्स दार्चुला शाखा बिगत १० बर्ष देखि दार्चुलामा  ब्यबसाय संचालन गर्दै दुर दराज सम्म बिमाकाे पहुच पुर्याई रहेकाे र अाउदा दिन हरूमा झन बढि महत्व का साथ बिमा सेवा बिस्तार गर्ने रणनीति लिएकाे शाखा प्रमुख भट्टले युगदर्पण लाई जानकारी दिनु भएकाे छ।

The post सुर्या लाइफ दार्चुलाको शाखाको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7440/feed 0 7440
नेपाल लाईफ बन्याे दाबी भुक्तानी नगर्ने निजी क्षेत्रको जीवन बीमा कम्पनीमध्ये प्रथम,अरूकाे अवस्था के छ https://www.yugdarpan.com/archives/7432 https://www.yugdarpan.com/archives/7432#respond Thu, 01 Sep 2022 02:24:23 +0000 http://www.yugdarpan.com/?p=7432 काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमा दाबी वापतको ६ अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी गर्न बाँकी रहेको छ । बीमा समितिले गरेको स्थलगत अध्ययनका अनुसार आर्थिक वर्ष २०७८।७९ सम्ममा १९ वटा जीवन बीमा कम्पनीले ७० हजार २ सय वटा बीमा दाबीको रकम भुक्तानी गर्न बाँकी रहेको छ । बीमा दाबी वापतको ६ अर्ब ५ करोड ४० लाख ६२ हजार रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको समिति सम्वद्ध श्रोतले जानकारी

The post नेपाल लाईफ बन्याे दाबी भुक्तानी नगर्ने निजी क्षेत्रको जीवन बीमा कम्पनीमध्ये प्रथम,अरूकाे अवस्था के छ appeared first on युग दर्पण.

]]>
काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमा दाबी वापतको ६ अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी गर्न बाँकी रहेको छ । बीमा समितिले गरेको स्थलगत अध्ययनका अनुसार आर्थिक वर्ष २०७८।७९ सम्ममा १९ वटा जीवन बीमा कम्पनीले ७० हजार २ सय वटा बीमा दाबीको रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

बीमा दाबी वापतको ६ अर्ब ५ करोड ४० लाख ६२ हजार रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको समिति सम्वद्ध श्रोतले जानकारी दिएको । दाबी भुक्तानी नगर्नेमा निजी क्षेत्रबाट संचालित जीवन बीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्स सबैभन्दा अघि देखिएको छ । बीमा समितिका अनुसार २० हजार ५ सय ९७ वटा बीमा दाबी फछ्र्यौट हुन बाँकी रहेको छ । यो कूल बाँकी रहेको बीमा दाबी संख्याको आधारमा २९।३३ प्रतिशत हो ।

त्यसैगरी भुक्तानी गर्न बाँकी दाबी रकमको आधारमा पनि नेपाल लाईफ सबैभन्दा अग्रणी स्थानमा छ । नेपाल लाईफले १ अर्ब ३३ करोड ४९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । कुल बाँकी रहेको भुक्तानी रकमको आधारमा समेत २२ प्रतिशत हिस्सा सहित निजी क्षेत्रको बीमा कम्पनीहरुमध्ये नेपाल लाईफ भुक्तानी नदिने बीमा कम्पनीकोरुपमा प्रथम स्थानमा रहेको छ ।

विशेषगरी निजामति कर्मचारीको जीवन बीमा गर्दै आएको सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान पनि दाबी भुक्तानी बक्यौताको सूचीमा अग्र स्थानमा रहेको छ । बीमा संस्थानले २२ हजार २ सय दाबीवापत २ अर्ब ८३ करोड ६७ लाख ३८ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

दाबी भुक्तानी दिन बाँकी रकमको आधारमा तेश्रो स्थानमा रहेको नेशनल लाईफ इन्स्योरेन्सले ११ हजार १ सय २९ वटा बीमा दाबीवापत ९४ करोड ९८ लाख २७ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । अमेरिकी जीवन बीमा कम्पनी मेट लाईफ९एलिको० ले ९ हजार ६१ वटा बीमा दाबीवापत ४३ करोड ५ लाख ६१ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । दाबी भुक्तानी बाँकी राख्ने जीवन बीमकहरुमध्ये रकमको आधारमा मेट लाईफ चौथो स्थानमा रहेको छ ।

त्यसैगरी पुरानो जीवन बीमकमध्येको एलआइसी नेपालले ५ हजार ८ सय ६४ वटा बीमा दाबीवापत २२ करोड ८७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । भुक्तानी गर्न बाँकी रकमको आधारमा एलआइसी नेपाल पाँचौं स्थानमा रहेको छ ।

The post नेपाल लाईफ बन्याे दाबी भुक्तानी नगर्ने निजी क्षेत्रको जीवन बीमा कम्पनीमध्ये प्रथम,अरूकाे अवस्था के छ appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7432/feed 0 7432