यो हो संसारकै सबभन्दा महंगो परिकारमध्ये एक, खाँदा फाइदै फाइदा
एजेन्सी र धनीहरूको खानेकुरा भनिन्छ । यो हेर्दा पनि आकर्षक छ अनि खाँदा पनि नरम र स्वादिलो छ । रुसले यो खानेकुराको आविष्कार गरेको हो । पुरानो समयमा रुसका माझीहरू दिनदिनै केभियार खान्थे । आलु पकाएर केभियारसँग नियमित डायटका रूपमा उनीहरूले खाने गरेका थिए । केभियार भनेको खासमा माछाको अण्डा हो । माछाका केही प्रजातिहरूको अण्डाबाट मात्र यसको परिकार बन्छ । यो कालो, हरियो, खैरो र सुन्तला रंगको हुन्छ ।