स्थानीय तह

विद्यार्थीमा अज्ञात रोग देखिएपछि खण्डेश्वरी माबिमा पाँच दिन विदा, परीक्षा स्थगित

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ४ मा रहेको खण्डेश्वरी माबिमा अद्ययनरत विद्यार्थीमा अज्ञात रोग देखिएपछि पाँच दिन पठनपाठन बन्द गर्ने निर्णय गरिएको छ । आज साउन १२ गते बसेको शिक्षक तथा कर्मचारीको बैठकको निर्णय अनुसार खण्डेश्वरी माबिमा अद्ययनरत छात्राहरुमा विगत चार पाँच दिनदेखि अज्ञात रोगका कारण एक्कासी छटपटिने, रुने, कराउने, मुर्छा पर्ने, भिडभाडदेखि डराउने जस्ता लक्षणहरुले गर्दा स्वास्थ्यमा समस्या पर्न गइ विद्यालयमा पठनपाठनमा बाधा पर्न गएकाले साउन १३ गतेदेखि

लेकमका जनप्रतिनिधिले नियम विपरित झण्डै ४ लाख भत्ता लिएको खुलासा, कसले कति लिए ?

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिकाका जनप्रतिनिधिले अनुगमनको नाममा झण्डै ४ लाख रुपैँया लिएको खुलासा भएको छ । २०७७/७८ को महालेखाको प्रतिवदेन अनुसार जनप्रतिनिधिहरुले अनुगमन भत्ताको नाममा ३ लाख ८७ हजार ३८६ रुपैँया लिएको खुलासा भएको हो । महालेखाले भनेको छ, ‘स्थानीय सरकार संचालन ऐन २०७४ तथा पदाधिकारी सेवा सुविधा ऐन २०७५ र संशोधन २०७६ मा पदाधिकारीले स्थानीय तहमा अनुगमन गरेको भत्ता पाउने कुनै व्यवस्था गरेको देखिदैन, त्यसकारण सो रकम असुलउपर

जनरल सर्जन नविन चन्द्र भट्ट टीकापुर अस्पतालमा आएसंगै जनरल सर्जन सेवा शुरु

धनगढी ।टीकापुर अस्पतालमा जनरल सर्जन सेवा शुरु भएको छ । जनरल सर्जन नविन चन्द्र भट्ट टीकापुर अस्पतालमा आएसंगै जनरल सर्जन सेवा शुरु भएको हो । यसअघि विर अस्पताल काठमाण्डौमा कार्यरत भट्ट सरुवा भई टीकापुर अस्पताल आउनु भएको हो । अव टीकापुर अस्पतालबाट जनरल एण्ड जिआई सर्जरीको सबै सेवा प्रदान हुने डाक्टर भट्टले जानकारी दिनु भयो । त्यस अन्र्तगत हाइड्रोशील, हर्नीया, सिष्ट पलाएको, पथरी, पाइल्स, फिसटुला, स्तनका गाँठागुँठी, स्तन ट्यूमर, छातीमा

सूर्या र ज्योति लाईफले पनि गरे एमओयू, सीईओमा प्रकाशविक्रम खत्री

काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई मर्जर गराउने निती लिएसंगै बजारमा भएका कम्पनीहरुले एक अर्काविच तिब्र मर्जरको कुरा अघि बढाएका छन् । १ महिनाअघि युनियन, प्राइम र गुराँस लाइफको मर्जरमा एमओयू गरेसंगै सूर्या र ज्योति लाईफले पनि मर्जरमा जान आइतबार एमओयू गरेका छन् । विशाल ग्रुपको मुख्य लगानी रहेको यी दुई कम्पनीविच २ सातादेखी जारी मर्जरको कुराले सार्थकता पाएको छ । बीमा समितिले बीमा कम्पनीलाई हाल भएको भन्दा साँढे २ गुणा

प्रशारण लाइनमा मान्छे चढेपछी विद्युत आयोजना बन्द

काठमाडौं ।नुवाकोटको ककनीमा एक व्यक्ति विजुली प्रशारण लाइनमा चढेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ । ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा एक व्यक्ति चढेपछि प्राधिकरणले आफ्ना विद्युत आयोजना बन्द गरेर प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरेको हो । प्रहरीका अनुसार बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विक नाम गरेका व्यक्ति प्रशारण लाइनको खम्बाबाट तारसम्म पुगेका हुन् । उनी ५/६ घण्टादेखि तारमा समातेर बसिरहेका

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले २६६ जनाका लागि खुल्यो विज्ञापन

धनगढी। सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोलेको छ। स्थायी पदपूर्ति गर्न आयोगले तेस्रोपटक कर्मचारीको विज्ञापन खोलेको हो। आयोगले प्रदेश निजामती सेवाअन्तर्गत स्वास्थ्य सेवा तर्फको चौथो तह प्राविधिक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो। प्रदेश सरकार र अन्तर्गत रिक्त भएका पदमा स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ। आयोगका अनुसार अनमी खुलातर्फ ८५, महिलातर्फ ३०, आदिवासी–जनजातीतर्फ १५ र दलिततर्फ ५ जना माग गरिएको छ। यस्तै

अछामकाे तुर्माखाँद गाउँपालिकाका  अध्यक्षले कार्यालयमा टागे केपी ओलीको फोटो !

अछाम/ कुनै पनि तहको उम्मेदवार बन्नका लागि राजनीतिक दलले टिकट दिन्छन् र टिकट पाउनेले पार्टीको आधिकारिक चुनाव चिन्ह लिएर मत माग्छन्। स्वतन्त्र उम्मेदवारको हकमा भने पार्टीले टिकट दिने कुरा लागू हुँदैन। जसले निर्वाचनमा जसले सबैभदा बढी मत प्राप्त गर्छ उसैले चुनाव जित्छ। चुनाव लड्दा जुनसुकै पार्टीको चिन्ह लिए पनि चुनाव जितिसकेपछि भने सबै नागरिकको प्रतिनिधि हुन्छ। चुनाव जितिसकेपछि उसले गर्ने काम, उसको आचरण, व्यवहार पनि साझा हुनुपर्छ। हालै स्थानीय तहको निर्वाचन

बैतडीको डिलाशैनी गाउँपालिकाले भारत जाने कामदारको निशुल्क बीमा गर्ने

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले रोजगारीका लागि भारत जाने कामदारको निशुल्क बीमा गर्ने भएको छ । गाउँपालिकाबाट रोजागारीका लागि भारत जाने प्रत्येक नागरिकको निशुल्क दुर्घटना बीमा गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । सोमबार पदभार ग्रहण गर्दै जोशीले भारतमा रोजगारीका लागि जानेहरुको निशुल्क बीमा गर्ने घोषणा गरेका हुन् । उनले भने ‘गाउँपालिकाबाट रोजगारीका लागि भारत जाने नागरिकको निशुल्क बीमा गर्ने घोषणा गरेका छौं । जोखिम कम होस भनेर हामीले

ओलीकाे गृह नगर दमका राप्रपाको सानदार जित

विराटनगर । नेकपा एमालेको गढ झापाको दमक नगरपालिका सबै दल मिलेर भत्काएका छन् । कांग्रेस माओवादी एक्लैले नसक्ने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अघि सारेर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, र एकीकृत समाजवादी समेत लागेर एमालेलाई हराउन सफल भएका हुन् । पटकपटक मेयरमा उम्मेदवार भएका राप्रपाका रामकुमार थापा दमकको मेयरमा निर्वाचित भएका हुन् । थापाले नेकपा एमालेकी गीताकुमारी पौडेल अधिकारीलाई पराजित गरेका हुन् । थापाले १७५२५ मत ल्याउँदा अधिकारीले १६९६६ मत

एमाले सचिव लेखराज भट्ट ले  जिताउन सकेनन् अाफ्नाे क्षेत्रमा  अाफ्नै  सोहदर भाइ लाई

धनगढी । मन्त्री खान माओवादी त्यागेर एमाले प्रवेश गरेका सचिव तथा एमालेका सुदूरपश्चिम इन्चार्ज भट्टका भाइ मेयरमा पराजित भएका छन् ।  गोदावरी नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा भने एमालेका उम्मेदवार विजयी भए ।   कांग्रेसका वीरेन्द्र भट्टले लेखराज भट्टका सहोदर भाइ गोकर्ण भट्टलाई ४ हजार २ सय ७७ मतान्तरले पराजित गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मेयरमा निर्वाचित भट्टले १५ हजार ५सय १ मत ल्याएका छन् ।  उनका