समाचार

लेकमका जनप्रतिनिधिले नियम विपरित झण्डै ४ लाख भत्ता लिएको खुलासा, कसले कति लिए ?

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिकाका जनप्रतिनिधिले अनुगमनको नाममा झण्डै ४ लाख रुपैँया लिएको खुलासा भएको छ । २०७७/७८ को महालेखाको प्रतिवदेन अनुसार जनप्रतिनिधिहरुले अनुगमन भत्ताको नाममा ३ लाख ८७ हजार ३८६ रुपैँया लिएको खुलासा भएको हो । महालेखाले भनेको छ, ‘स्थानीय सरकार संचालन ऐन २०७४ तथा पदाधिकारी सेवा सुविधा ऐन २०७५ र संशोधन २०७६ मा पदाधिकारीले स्थानीय तहमा अनुगमन गरेको भत्ता पाउने कुनै व्यवस्था गरेको देखिदैन, त्यसकारण सो रकम असुलउपर

सुदूरपश्चिम सरकारबाट प्रमाणबिना पत्रकारले लिए झन्डै दुई करोड

धनगढीः सुदूरपश्चिममा पत्रकारको नाममा प्रमाणबिना एक करोड ७८ लाख ३० हजार वितरण गरेको पाइएको छ। सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सो रकम वितरण भएको पाइएको हो।प्रदेश कार्यविधि नियमावली २०७६ को नियम ३७ (२) मा स्वीकृत कार्यक्रमअनुसारको रकम खर्च गर्नुपूर्व खर्चको अख्तियारी दिनेले प्रमाणको आधारमा मात्र रकम दिनुपर्ने व्यवस्था छ। तर मन्त्रालयले पत्रकार महासंघ सुदूरपश्चिम समितिलाई क्षमता विकास सम्बन्धी कार्यक्रमको नाममा १७ लाख ५७ हजार, नाम उल्लेख नभएको एउटा संगठनलाई १०

मर्जरपछि बन्ने आठमध्ये छ कम्पनीको सिईओ पक्का, कुन कम्पनीमा को को बन्दैछन् सिईओ ?

काठमाडौं । यतिबेला बीमा क्षेत्रमा मर्जर अभियान चलिरहेको छ । हालसम्म १७ वटा बीमा कम्पनी मर्ज भई ८ वटामा झर्नेछन् । हाल १७ जना सिईओ मध्ये ८ जना मात्रै कम्पनीले छान्नुपर्नेछ । मर्जरमा सिईओ छनौट समेत बीमा कम्पनीहरुको लागि महत्वपूर्ण छ । कूल आठ जना सिईओ मध्ये दुई वटा नयाँ कम्पनीमा सिईओ छनौट गर्न बाँकी छ भने छ वटा कम्पनीमा सिईओ समेत लगभग निश्चित जस्तै भइसकेको छ । हिमालयन जनरल

सानिमा लाइफ र रिलायन्स लाइफबीच मर्जरमा जाने सहमति, आजै सम्झौता पत्रमा हस्ताक्षर हुने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्योरेन्स कम्पनीबीच मर्जर हुने भएको छ । दुई कम्पनीले आपसमा गाभिने सम्बन्धी सम्झौता गर्न लागेका हुन् । विश्वस्त स्रोतका अनुसार अबको केही घण्टाभित्रैमा दुवै संस्थाका बीचमा मर्जर सम्झौता हुने जनाइएको छ । दुई कम्पनीका बीचमा मर्जर गर्ने सम्बन्धमा केहीदिन देखि लगातार छलफल हुँदै आएको थियो । निकै दिनदेखिको मेहनत आज परिणाम दिने चरणमा पुगेको जनाइएको छ । दुई कम्पनी मर्जर भएमा

सन लाइफ इन्स्योरेन्स धनगढी शाखाले गर्याे बीमा दाबी रकम भुक्तानी

धनगढी ।सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदाबी भुक्तानीबापतको रकम हस्तान्तरण गरेको छ।    कम्पनीको धनगढी शाखाले बीमित धिरज चौधरीका प्रस्तावक स्व हस्तेकुमार चौधरीको गत वर्ष चैत ५ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो। प्रस्तावक हस्तेकुमार चौधरीले धिरजका नाममा बाल समृद्ध जीवन बीमा (१५ वर्षे अवधि)को खोलेका थिए। उनले ४ वार्षिक बीमाशुल्कबापतको ५४ हजार २१२ भुक्तानी गरी बीमांक रु. २ लाखको जीवन बीमा गराएका थिए। अाज एक कार्यक्रम का बिच चेक 

चौतफी आलोचनापछि  संसदमा आफ्ना कुरा राखेर राजीनामा दिने तयारीमा अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने तयारी भएको छ। संसद बैठकपछि मन्त्री शर्माले राजीनामा दिने भएका स्रोतले जनाएको छ। हिजो प्रधानमन्त्री देउवा र प्रचण्डबीच भएको छलफलमा अर्थमन्त्रीले राजीनामा दिने सहमति भएको हो। प्रचण्ड निकट स्रोतका अनुसार अर्थमन्त्री शर्माले संसदमा आफ्ना कुरा राखेर राजीनामा दिने सहमति भएको हो।बजेट निर्माणको अघिल्लो रात अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराइ करका दर हेरफेर भएको सार्वजनिक भएपछि अर्थमन्त्रीमाथि राजीनामाको दबाव बढिहरेको छ। अनाधिकृत व्यक्ति प्रवेश

जनरल सर्जन नविन चन्द्र भट्ट टीकापुर अस्पतालमा आएसंगै जनरल सर्जन सेवा शुरु

धनगढी ।टीकापुर अस्पतालमा जनरल सर्जन सेवा शुरु भएको छ । जनरल सर्जन नविन चन्द्र भट्ट टीकापुर अस्पतालमा आएसंगै जनरल सर्जन सेवा शुरु भएको हो । यसअघि विर अस्पताल काठमाण्डौमा कार्यरत भट्ट सरुवा भई टीकापुर अस्पताल आउनु भएको हो । अव टीकापुर अस्पतालबाट जनरल एण्ड जिआई सर्जरीको सबै सेवा प्रदान हुने डाक्टर भट्टले जानकारी दिनु भयो । त्यस अन्र्तगत हाइड्रोशील, हर्नीया, सिष्ट पलाएको, पथरी, पाइल्स, फिसटुला, स्तनका गाँठागुँठी, स्तन ट्यूमर, छातीमा

सूर्या र ज्योति लाईफले पनि गरे एमओयू, सीईओमा प्रकाशविक्रम खत्री

काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई मर्जर गराउने निती लिएसंगै बजारमा भएका कम्पनीहरुले एक अर्काविच तिब्र मर्जरको कुरा अघि बढाएका छन् । १ महिनाअघि युनियन, प्राइम र गुराँस लाइफको मर्जरमा एमओयू गरेसंगै सूर्या र ज्योति लाईफले पनि मर्जरमा जान आइतबार एमओयू गरेका छन् । विशाल ग्रुपको मुख्य लगानी रहेको यी दुई कम्पनीविच २ सातादेखी जारी मर्जरको कुराले सार्थकता पाएको छ । बीमा समितिले बीमा कम्पनीलाई हाल भएको भन्दा साँढे २ गुणा

सूर्या र ज्योति लाइफ विच मर्जरको सहमति, आज साँझ सम्झौतापत्रमा हस्ताक्षर हुँदै

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी विचमा मर्जरको सहमति भएको छ । दुबै कम्पनीले आज साझँ पाँचतारे होटलमा सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरेका छन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले सहमतिपत्रमा हस्ताक्षर गर्नेछन् । स्वाप रेसियो कम्पनीको डिडिए पछि तय हुने एक कम्पनीका उच्च अधिकारीले जानकारी दिए । बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरका लागि

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बनाउने दुई कम्पनीबीच सहमति, हस्ताक्षर एक हप्ता भित्रै

काठमाडौं । बीमा समितिले पुँजि बृद्धिको आतंक फैलाएपछि मर्जरमा प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीचमा मर्जर हुने भएको छ । दुवै कम्पनीले एक साताभित्रैमा मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन् । दुई कम्पनीका बीचमा भएको सहमति अनुसार कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ राखिनेछ । बीमा समितिलाई जसरी पनि चाहिएको मर्जर पूरा गर्न दुई कम्पनीहरु तयार भएका हुन् । बीमा समितिले तोकेको पाँच अर्ब चुक्ता पुँजि पुर्याउन आईपिओ अघि नै पुँजि