सम्झौताविपरीतका संरचना हटाउन नर्भिक हस्पिटललाई महानगरपालिकाकाे२४ घण्टे अल्टिमेटम
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले सम्झौताविपरीतका संरचना हटाउन नर्भिक हस्पिटललाई २४ घण्टे अल्टिमेटम दिएका छन् । काठमाडौंको थापाथलीस्थित नर्भिक हस्पिटलले सरकारसँग भाडामा लिएको जग्गामा अनधिकृत रूपमा संरचना बनाएको भन्दै महानगरले भत्काउन अल्टिमेटम दिएको हो । काठमाडौं महानगरपालिकाको नाममा दर्ता रहेको एक रोपनी आठ आना एक पैसा क्षेत्रफल रहेको जग्गा नर्भिक हस्पिटलले वार्षिक २७ हजार रुपियाँ भाडा तिर्ने गरी भूमिसुधार तथा व्यवस्था विभागका एकजना कर्मचारीसँग सम्झौता गरेर लिएको