कैलाली प्रहरीको कार्यालयबाटै चिनी गायब प्रकरणः एसपीमाथि छानबिन
धनगढीः कैलाली प्रहरीले धनगढीको मुख्य बजार क्षेत्रबाटै बरामद गरेको अवैध १८ कठ्ठा अर्थात ९ क्विन्टल चिनी रातारात गायब भएको प्रकरणमा छानबिन हुने भएको छ। उक्त प्रकरणमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण भएपछि छानबिन हुने भएको हो सो प्रकरणमा कैलालीका प्रहरी प्रमुख तथा एसपी सोमेन्द्रसिंह राठौरमाथि छानबिनका लागि समिति गठन गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरिएको जनाएको छ। प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भोलासिंह रावलको