राजनीति

१२८ सांसदका लागि ५ सय बढी उम्मेदवार, प्रदेश सभामा ८८३

१६ कात्तिक, काठमाडौं । प्रतिनिधिसभाका १५८ सिटमा आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि विहीबार ५२२ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी २५६ जना प्रदेशसभा सदस्यका लागि ८८३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार विहीबार साँझ ६ बजेसम्मको तथ्यांकअनुसार प्रतिनिधिसभातर्फ ५२२ र प्रदेशसभातर्फ ८८३ जनाको उम्मेदवारी परेको हो । कतिपय जिल्लामा उम्मेदवारी दर्ताको क्रम साँझसम्म जारी रहेकाले यो संख्या अझै केही बढ्न सक्ने आयोगले जनाएको छ ।