कुलमानलाई पुनः नियुक्ति माग गर्दै काठमाडौंमा प्रदर्शन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्तको माग गर्दै उपत्यकाका विभिन्न स्थानहरुमा प्रदर्शन भएको छ । मंगलबार प्राधिकरणबाट बिदाइ भइसकेका घिसिंगलाई कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्न माग गर्दै काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन भएको छ । उपत्यकाको बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण प्रदर्शन गरेका छन् । त्यस्तै जोरपाटीमा स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले घिसिङलाई पुन नियुक्तिको माग गर्दै नारावाजी गरेका थिए भने प्लेकार्डहरु