कर्णालीका मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् । कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी गराएका छन्। सोमबार नै प्रमुख सचेतकबाट शाहलाई हटाई सीता नेपालीलाई जिम्मेवारी दिइएको जानकारी पार्टी प्रदेश कमिटी र प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइएको मुख्यमन्त्री शाहीले जनाएका छन् । आइतबारमात्रै नेकपाका १८ जना सांसद दलका नेता