राष्ट्रपति कार्यालयले सर्वोच्चमा संसद विघटनको जवाफ आज पेस गर्दै
काठमाडौं । राष्ट्रपति कार्यालयले संसद विघटन सम्बन्धमा सर्वोच्च अदालतले मागेको लिखित जवाफ आज बुझाउँदै छ । संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ पेस गर्न आज पुस १९ गतेसम्मको समयसीमा दिएको थियो। राष्ट्रपति कार्यालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘हाम्रो संवैधानिक कानुनी परामर्श सबै सकियो, हामी आज जवाफ पेस गर्दैछौं ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही