संसद बैठकमा पार्टीको भूमिका तय गर्न कांग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे बस्दै
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाउनु भएको छ। संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे धारणा बनाउन दिउँसो २ बजे आफ्नै निवास बूढानीलकण्ठमा देउवाले बैठक बोलाउनु भएको हो। देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार पार्टी पदाधिकारी तथा शीर्ष नेताहरुसँग छलफल गरेर शुक्रबारको संसदीय दलको बैठकबाट संसदमा पार्टीको भूमिकाबारे नीति तय गर्नेबारे सभापतिले तयारी गर्न लाग्नुभएको हो। आगामी सरकारमा सहभागिता हुनेर नहुनेबारे पार्टीमा दुई मत देखिएपछि