फिचर समाचार

ओलीले प्रचण्डलाई तारन्तार फोन, राखे भेट्ने प्रस्ताव

काठमाडौँ, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर भेट्न प्रस्ताव राखेका छन्। पार्टीको आन्तरिक बैठक हुँदै गर्दा ओलीले प्रचण्डलाई फोन गरेको प्रचण्डनिकट एक नेताले जानकारी दिए। पार्टीको आन्तरिक बैठक हुँदै गर्दा ओलीले आफूलाई फोन गरेको प्रचण्डले बैठकमा सहभागी नेताहरुलाई जानकारी दिएका थिए। गत २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र पहिलेकै अवस्था हुनु पर्ने भन्दै ओली प्रचण्ड

राष्ट्रपतिले बोलाइन् सर्वदलीय बैठक

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन्। शीतल निवासमा मंगलबारका लागि सर्वदलीय बैठक बोलाइएको हो। बैठकमा सहभागी हुनका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको छ। सर्वदलीय बैठकको एजेण्डा खुलाइएको छैन। स्रोतकाअनुसार राष्ट्रपतिले पछिल्लो राजनीतिक घटनाक्रम र निकासबारे छलफल गर्नका लागि बैठक आह्वान गरेकी हुन्। मंगलबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो। सर्वोच्च अदालतले नेकपा विवादबारे गरेको फैसलासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र

एमालेलाई एकताबद्ध बनाउन साझा अवधारणा बनाइने

काठमाडौँ, नेकपा (एमाले) लाई एकताबद्ध बनाउन साझा अवधारणा निर्माण गरिने भएको छ । एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच पछिल्लो पटक देखिएको तिक्तता मेटाउन बसेको बैठकले पार्टीमा साझा धारणा निर्माण गरेर अगाडि बढ्ने सहमति भएको हो । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आजको छलफल निष्कर्षमा नपुगे पनि सकारात्मक भएको बताउनुभयो । उहाँले पार्टी एकताबद्ध बनाउन नेताबीच निरन्तर छलफल हुने जानकारी पनि दिनुभयो

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौँ, नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अब सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताएका छन्। त्यस्तै नेताहरू पनि पूर्व जिम्मेवारी अनुसार जिल्ला जाने भएकाछन्। बैठकमा जना २० नेताहरू बोलेका छन् ।

ओली-नेपाल द्विपक्षीय वार्ताको निचोड

काठमाडौँ, आज सोमबार नेपाल कम्युनिष्ट पार्टी एमालेको पार्टी कार्यालय धुम्बाराहीमा भएको अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीचको भेटवार्ता सम्पन्न भएको छ। बैठक सकेर बाहिरिने क्रममा माधव-पक्षका नेता रघु जी पन्तले वार्ता सकारात्मक रहेको बताउँदै दुवै पक्षले आ-आफ्नो अडान भने नछोडेको जनाएका छन्। नेता पन्तका अनुसार ओलीद्वारा आह्वान गरिएको आउँदो ६ र ७ गतेको केन्द्रीय कमिटी बैठकमा माधव पक्षले सहभागिता नजाउने अडान कायमै राखेको छ। त्यस्तै, माधव पक्षकै

प्रधानमन्त्रीविरुद्घ अविश्वासको प्रस्ताव नलैजाने : नेता पौडेल

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान परिस्थितिमा सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु कांग्रेसका लागि प्रमुख चुनौती रहेको बताएका छन्। पर्वतको सदरमुकाम कुश्माबजारमा सोमबार बिहान प्रेस युनियनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले संविधान र संसदमाथि हुने हमलाको सामना गर्नु नै कांग्रेसको प्राथमिकता भएको बताएका हुन्। वरिष्ठ नेता पौडेलले कांग्रेस दोस्रो दल भएकाले प्रधानमन्त्रीविरुद्घ आफूले अविश्वास प्रस्ताव नलैजाने तर अरूले लगेमा साथ दिने स्पष्ट गरे। नेता

द्विपक्षीय वार्ता सकेर ओली-नेपाल वान-टु-वान वार्तामा

काठमाडौँ, आज सोमबार नेपाल कम्युनिष्ट पार्टी एमालेको पार्टी कार्यालय धुम्बाराहीमा भएको अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीचको भेटवार्ता सम्पन्न भएको छ। बैठक सकेर बाहिरिने क्रममा माधव-पक्षका नेता रघु जी पन्तले वार्ता सकारात्मक रहेको बताउँदै दुवै पक्षले आ-आफ्नो अडान भने नछोडेको जनाएका छन्। बिहान साढे ११ देखि सुरु भएको द्विपक्षीय वार्ता अहिले साढे १ बजे सकिएको हो। दुई पक्षको वार्ता सकिएपछि यतिबेला पार्टी अध्यक्ष ओली र नेपालबीच वान-टु-वान

कांग्रेसको लक्ष्य आउने आमनिर्वाचन हो : डा. महत

कैलाली, नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेसको मूल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो लक्ष्यबाट दायाँबायाँ गर्दैनौं ।” उहाँले अहिले निर्वाचन नहुञ्जेलको अवस्थामा के गर्ने भन्ने कुरा संसद्को अङ्कगणितले निर्धारण गर्ने जनाउनुभयो । उहाँले भन्नुभयो, “त्यो अङ्कगणित स्वाभाविक रुपमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने

माओवादी केन्द्रको केन्द्रीय सदस्य संख्या ४ हजारबाट २ सयमा झर्यो

काठमाडौँ, नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीका सदस्य संख्यामा ठूलो ह्रास आएको छ। नेकपा एमालेसँग एकता हुनुअघि नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी सदस्य संख्या ४ हजार थियो। एकताको क्रममा माओवादी केन्द्रबाट २ सय र एमालेबाट २४५ गरी ४४५ सदस्यीय केन्द्रीय समिति बनाइयो। ०७५ जेठ ३ मा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो। तर, त्यसभन्दा पहिल्यै दर्ता भएको अकर्को दलसँग नाम मिलेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले यसै वर्ष

सत्ता होइन व्यवस्था जोगाउनतिर लाग्नुपर्छ : वरिष्ठ नेता पौडेल

बेनी, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले व्यवस्था जोगाउनतिर भूमिका खेल्नुपर्ने बताउनुभएको छ । कांग्रेस म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको छैटौँ पुन्यतिथिमा आज जिल्ला सदरमुकाम बेनीमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘‘लामो सङ्घर्षबाट अहिलेको व्यवस्था परिवर्तन भएको हो, यसमा कांग्रेसको ठूलो योगदान छ, हाम्रो पार्टीले सत्ता होइन, व्यवस्था जोगानुपर्छ ।” कांग्रेसले आफ्नो सिद्धान्त र एजेण्डालाई जनताले बुझ्ने गरी लैजान नसक्दा बिपी कोइरालाकै एजेण्डा बोकेर कम्युनिष्टले दुई तिहाइ