फिचर समाचार

नेपाल लाइफ को न्युनतम ५६ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनसदर निर्धारण 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६ /७७ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७६र२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको माघ १३ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको सबै बीमालेखहरुमा बोनस दर, मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा

वैदेशिक रोजगारीसम्बन्धी गुनासो छ ? ११४१ मा गर्नुहोस् फोन

काठमाडौँ, के तपाई वैदेशिक रोजगारीमा हुनुहुन्छ ? वा जाँने तयारीमा हुनुहुन्छ ? कुनै समस्यामा पर्नुभएको छ । सम्बन्धित निकायले तपाईको गुनासो वा समस्याको सम्बोधन गरेन भने तपाईले सोझै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सम्पर्क गर्न सक्नुहुनेछ । पैसा नलाग्ने वा लाग्ने फोन नम्बर सञ्चालनमा ल्याइएको छ । मन्त्रालयले त्यसलाई कल सेन्टर नाम दिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आज उक्त कल सेन्टर सञ्चालनको शुभारम्भ गर्नुभयो

सहिदकै कारण मुलुकमा लोकतान्त्रिक प्रणाली सम्भव : प्रधानमन्त्री

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण आज मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताउनुभएको छ । सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले व्यक्तिगत स्वार्थ नराखी सहिदले गरेको त्याग र बलिदानका कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तन सफल भएको बताउनुभयो । सहिदको सपना साकार पार्न सबैले आआफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताउँदै उहाँले मुलुकमा विधिको शासन र राजनीतिक परिवर्तन पनि सहिदकै कारण सम्भव भएको धारणा

स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुनुपर्छ : डा. कोइराला

विराटनगर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताउनुभएको छ । विराटनगरस्थित कोइराला निवासमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिनुभयो । उहाँले सरकारले निर्वाचनका विषयमा सिधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने तर्क गर्दै ऐन कानून परिवर्तन गरेर निर्वाचन सार्न नहुने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गठबन्धन दलसँगभन्दा पनि सरकारले

प्रेस सेन्टरको भूमिका महत्वपूर्ण : अध्यक्ष दाहाल

काठमाडौँ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सही सूचना प्रवाह गर्नका लागि प्रेस सेन्टरको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको १८औँ स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले समाजको अग्रगामी धाराको प्रतिनिधित्व गर्दै प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफूलाई उभ्याउनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रेस सेन्टर नेपालका संस्थापकहरू, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी तथा सदस्यहरू,

बीमा समितिद्धारा नेपाल लाइफलाई २० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय

बीमा समितिले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१)र (२)मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुृक्ति गर्ने नेपाल लाइफ इन्स्योरेन्सलाई २० हजार रुपियाँ जरीवाना गर्ने निर्णय गरेको छ । बीमा समितिले संस्थागत सुशासन विपरित माथिल्लो तहमा अयोग्य व्यक्तिलाई नियुक्त गरे बापत १० हजार रुपैयाँ र सञ्चालक समिति मातहत गठन गरिएको उप समिति संस्थागत सुशासन विपरित भएकोले १० हजार गरी

कांग्रेसमा ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन

काठमाडौँ, नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । पार्टीको आज भर्चुअल माध्यमबाट सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ । कार्यसम्पादन समितिमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौंर, बद्रीप्रसाद पाण्डे र जीवन

प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ : मुख्यमन्त्री पोखरेल

कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ मा गण्डकी प्रदेशबाट निर्वाचित सदस्यलाई प्रदेश निर्वाचन कार्यालय पोखराले आज आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले प्रदेशलाई देशका अन्य सात प्रदेशमध्यमा अब्बल बनाउन राजनीतिक दल र नेतृत्वकाबीचमा व्यक्तिगत र व्यवहारमा मिठासपूर्ण सम्बन्ध आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“लोकतान्त्रिक मूल्य र मान्यतालाई कार्यरुप बनाउँदै

अनलाइबाटै भन्सार महसुल बुझाउन सकिने

काठमाडौँ, भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको आज अर्थमन्त्री जनार्दन शर्माले सुरुआत गर्नुभएको छ । ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित समारोहकाबीच उहाँले सो प्रणालीको सुभारम्भ गर्नुभएको हो । इपेमेन्ट प्रणालीको सुरुआतसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत नै तिर्नसक्ने भएका छन् । यसले घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्ने मन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो । योसँगै ‘नयाँ युग’को सुरुआत भएको पनि

मन्त्रिपरिषद बैठक : जापानको दुई अर्ब ६१ करोडसम्मको अनुदान स्वीकार

काठमाडौँ, सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने रु दुई अर्ब ६१ करोडसम्मको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही माघ १० गतेको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउने स्वीकृति दिने निर्णय गरेको पनि जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका विभिन्न प्रसारण लाइन तथा सवस्टेसन