कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार दार्चुलाका पत्रकार  धामीलाई

दार्चुला । कालापानी सिर्जनशिल पत्रकारिता पुरस्कार २०७९ लिम्पियाधुरा रास्ट्रिय साप्ताहिक पत्रिकाका प्रकाशक ,सम्पादक एवम अन्नपूर्ण पोष्ट दैनिक दार्चुलाका सम्वाददाता सुन्दरसिह धामीलाई प्रदान गरिएको छ। मिडिया विकास समाज नेपालले दार्चुलामा क्रियाशीलमध्ये सृजनशील पत्रकारलाई हौसला प्रदान गर्न प्रत्येक वर्ष प्रदान गर्ने कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार धामीलाई दिइएकाे हाे । धामी नेपाल पत्रकार महासंघ दार्चुला शाखाका सचिवसमेत हुन् । मिडिया विकास समाज नेपाल दार्चुलाको कार्य समितिको बैठकले यस वर्षको पुरस्कारको टुंगो लगाएको मिडिया विकास समाज

सूर्या लाइफ र ज्योति लाइफलाई मर्जरका लागि  बीमा प्राधिकरणले दियाे अन्तिम  स्वीकृति एकीकृत कारोबार पुस ७ गतेबाट हुने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मर्जर पछि आगामी पुस ७ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । दुबै कम्पनीले मर्जरको सम्पुर्ण प्रकृयाँ पुरा गरिसकेका छन् । एकिकृत कारोबारका लागि आवस्यक आन्तरिक तयारी भइरहेको छ । पुस सात गते बिहीबारदेखि ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी’को नाममा कारोबार हुनेछ । दुबै कम्पनीले कार्तिक २८ गते मर्जरको विशेष प्रस्ताव साधारणसभाबाट अनुमोद गरेका थिए । शेयरधनीहरुले मर्जरको प्रस्ताव अनुमोदन

बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेशद्वारा कृष्णपुर नगरपालिकामा जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनगढी । नेपाल बीमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीले बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेकोछ । प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालयले कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिकामा आज मंसिर २९ गते बिहिबारका दिन स्थानिय तहसँग नेपाल बीमा प्राधिकरण तथा बीमा सम्बन्धी बिषयक जनचेतना मुलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीले गरेका थिए भने कार्यक्रमको प्रमुख अतित्थ्यता कृष्णपुर नगरपालिकाका

रविविरुद्ध सर्वोच्चमा रिट दायर, सांसद पद खारेजीको माग

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट परेको हो।सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार युवराज सफलले रिट दर्ता गराएका हुन्। रिटमा लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ। रिटमा लामिछानेलाई सांसदको रूपमा सपथ नखुवाउन माग दाबी गरिएको छ।दोहोरो नागरिकता प्रकरणमा मुछिएपछि लामिछाने विवादित बन्दै आएका छन्। मंसिर ४ गतेको

दीपक मनाङेले गरे एकीकृत समाजवादी प्रवेश

मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्। उनलाई समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै निवास कोटेश्वरमा स्वागत गर्दै पार्टीमा प्रवेश गराए। मैले स्वतन्त्र रुपमा रही जनताको सेवा गर्ने निर्णय गरेको थिएँ। तर, परिवर्तित परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको संगठनमा आवद्ध भई त्यसका नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै त्यसको बलमा गरिने पहलकदमी तथा जनसेवा थप प्रभावकारी हुने निष्कर्षमा म पुगेको छु,’ उनले भनेका

विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७९ दिपा दाहाललाई प्रदान गर्ने निर्णय

काठमाडौं ,यस वर्षको विजयबाबु स्मृति पत्रकारिता पुरस्कार पत्रकार दिपा दाहाललाई प्रदान गरिने भएको छ । विजयबाबु खत्रीको एघारौं स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार दाहाललाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिइन् । पत्रकार दाहालले २०६२ सालमा सुर्खेतको रेडियो भेरीबाट पत्रकारिता सुरू गरेकी हुन् । त्यसयता रेडियो कान्तिपुर, अन्नपूर्ण पोष्ट, देशसञ्चार अनलाइन, कान्तिपुर टीभी काम गरेकी उनी हाल उकालो डटकममा वरिष्ठ संवाददाताको

सात कम्पनीले पाए लघुबीमाको लाइसेन्स

काठमाडौं । बीमा प्राधिकरणले लघु बीमाका लागि ७ कम्पनीलाई लाइसेन्स वितरण गरेको छ । प्राधिकरणले जीवन बीमा व्यवसायतर्फ ३ वटा लाई र निर्जीवन बीमा व्यवसायतर्फ ४ वटा कम्पनीलाई गरी कुल ७ कम्पनीलाई लघु बीमाको लाइसेन्स दिएको छ । प्राधिकरणले जीवन बीमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सलाई लघु बीमाको लाइसेन्स दिएको हो भने निर्जीवन बीमा व्यवसायतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार

दार्चुला प्रदेशसभा क्षेत्र-२ मा मानबहादुर धामी विजयी

दार्चुला । दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर-२ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार मान बहादुर धामी बिजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३१५ मतान्तरले पराजित गर्दै धामी बिजयी हुनुभएको हो । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत रहनुभएका माओवादी नेता धामीले कूल २६ हजार २७२ मत मध्ये १३ हजार १७१ मत प्राप्त गर्दै बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले

एमालेको ‘किल्ला’ मुस्ताङमा कांग्रेसले गर्‍याे क्लिन स्वीप, ४० वर्षमुनिका ३ उम्मेदवार विजयी

पोखरा । नेकपा एमालेले गण्डकीमा सबैभन्दा सुरक्षित जिल्ला ठानेको हो मुस्ताङलाई । प्रतिनिधि सभा र प्रदेश सभाका तीनै सिट जित्ने आकलन एमालेको मात्रै होइन, स्वयं कांग्रेसले पनि एमालेलाई नै सुम्पिएको हो । त्यसैले कांग्रेसको उम्मेदवार छनोटमा खासै धेरै तनाव थिएन । कांग्रेसले तीनै जना ४० वर्ष भन्दा कम उमेरका उम्मेदवार पठायो । एमालेका उम्मेदवार तीनै जना सांसदबाट निवर्तमान भएका थिए ।हेविवेट उम्मेदवारसँग चुनाव लड्न कांग्रेसलाई निकै कठिन ठानिएको थियो, त्यो

कैलाली–५ को मतगणना भोलि ८ बजेदेखि सुरूहुने

धनगढी: कैलाली क्षेत्र नम्बर–५ को मतगणना मंगलबार (भोलि) ८ बजेदेखि हुने भएको छ। सर्वदलीय बैठकको निर्णयअनुसार भोलि ८ बजेदेखि मतगणना सुरु हुने भएको हो।यहाँका मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि मतगणना भोलि गर्ने निर्णय गरिएको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टले बताएका छन्।निर्वाचनको बढ्दो दौडधुपका कारण उनी बिरामी परेको बताइएको छ। उनलाई प्रेसरको समस्या रहेको जनाइएको छ। कैलाली-५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार