विमान दुर्घटनामा मृत्यु हुने ११ जनाको सनाखत

पोखरा । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ । पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो । दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । उनीहरुको शव गण्डकी अस्पतालमा राखिएको छ ।सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया,  लक्ष्मी पौडेल,  प्रसिद्धी

पुस २७ गते सार्वजनिक विदा दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं ,सरकारले पुस २७ गते बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। पृथ्वी जयन्तीको अवसर पारेर सरकारले बिदा निर्णय गरेको हो।राप्रपाले सरकारलाई विश्वासको मत दिनु अगाडि पुस २७ गते बिदा दिने निर्णय गर्नुपर्ने सर्त राखेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि विश्वासको मत लिँदैछन्। राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनु पर्ने माग राख्दै आएको छ। त्यस्तै मन्त्रिपरिषद्ले सरकारले जारी गरेको न्यूनतम साझा

आयल निगमले घटायो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ ।यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर (करिब प्रतिलिटर ३० रुपैयाँ) घटेको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर

छोरीको पास्निमा सुर्यज्याेती लाईफकाे बिमा पोलिसी उपहार

धनगढी ,बझाङका एक दम्पतीले छाेरीकाे पास्निमा सुर्यज्याेती लाईफकाे बिमा पोलिसी उपहार दियका छन बझाङ किसान लघुबित्त देउरा शाखाका शाखा प्रमुख प्रभुजङ्ग सिंह र उनकि धर्मपत्नी रमा शाह द्वारा आफ्नो छोरिको पास्निको अबसरमा सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी काे ५ लाख  बिमाङ्क काे  सुर्यज्याेती बाल साबधिक बिमा  गरेकाे जानकारी दिनु भएकाे छ । भविष्यमा छाेरिकाे उच्च शिक्षाको लागि समयमै बिमा गर्नु अावश्य रहेकाे भन्दै उहाले छाेरिकाे पास्नीकै दिन बिमालेख जारिगरेकाे बझाङ शाखामा

दीक्षान्तद्वारा महादेवस्थान माविलाई १ लाख ३० हजार बराबरका पुस्तक तथा स्टेशनरी उपहार

काठमाडौँ– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा रहेको दीक्षान्त पुस्तक भण्डारले धादिङ धुनिवेशी-५ मा अवस्थित महादेवस्थान माध्यमिक विद्यालयलाई १ लाख ३० हजार मूल्य बराबरका पाठ्यपुस्तक तथा स्टेसनरी उपहार दिएको छ। विद्यालयको ३४ औँ वार्षिकोत्सवका अवसरमा दीक्षान्तले उक्त उपहार सामग्री हस्तान्तरण गरेको हो। उपहार विद्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रमका बीच दीक्षान्तका प्रमुख महेश शर्माले उक्त सामग्री हस्तान्तरण गरेका हुन्। उपहार सामग्रीहरूमा पाठ्यपुस्तक, विविध शैक्षिक सामग्री, खेलकूदका सामग्री लगायत रहेको दीक्षान्तकी सञ्चालक नम्रता अर्याल शर्माले जानकारी

बालकोट बैठक: प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति

काठमाडौ,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा यो सहमति जुटेको हो । ‘प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भयो, १६६ सांसदको समर्थन जुटेको छ’ बैठकमा सहभागी एक नेताले भने ।

गोदावरी आधुनिक कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न

अत्तरिया,गोदावरी आधुनिक सहकारी संस सस्थाकाे शाधारण सभा सम्पन्न भएको छ। गोदावरी नगरपालिका वार्ड नम्बर १ स्थित धनगढी लाइनमा आफ्नै कार्यलयमा सहकारी संस्थाले साधारण सभा सम्पन्न गरेको छ ।कुल ३०० सेयर सदस्य रहेको उक्त सहकारीमा समिति चयन गरिएको छ ।अध्यक्ष नैन सिंह कार्की,उपाध्यक्षमा ललिता पाठक सचिव धर्म सिंह कुवर गरि ७ सदस्यीय समिति साधारण सभाबाट चयन गरिएको हो ।साथै भबिस्यमा बहुउद्देश्यीय लक्ष्यका साथ सहकारीलाई अगाडी बढाउने लक्ष्य रहेको सचिव धर्म कुवरले

अत्तरियाका ब्यापारी हरुले निकाले  गोलि कान्डको बिरोधमा र्याली

अत्तरिया,अत्तरियाका   ब्यापारी हरुले  ३ गतेभएको गोलि कान्डको बिरोधमा र्याली निकालेका छन । ३ गते बेलुका ५:४५ बजेको समयमा अत्तरियामा सुनको ब्यवसाय गर्दै आउनु भएका व्यापारी लाई आज्ञात समुहले गोलि प्रहार गरिएको थियो ।    २ जना मोटर साइकलमा आएका आज्ञात समुहले घोडाघोडी सुनचाँदी पसलका संचालक ३१ बर्शिय बिकाश सुनारलाइ गोलि प्रहार गरि फरार भएका थिए । आजको उक्त र्यालीमा शान्ति सुरक्षा कायम गर, ब्यापारी लाई सुरक्षाको ग्यारेन्टी गर जस्ता नारा

किन उत्रे नेपाल लाइफका कर्मचारी चरणबद्ध आन्दोलनमा

काठमाडौं । नेपाल लाइफले खाइपाइ आएको तलब, सेवा सुविधाहरु कटौती गरे पछि कर्मचारीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्वतन्त्र कर्मचारी युनियनले श्रमजीवी कर्मचारीहरुको वृत्तीविकासमा नै प्रत्यक्ष असर गर्ने गरी ल्याइएको केपिआइ ‘प्रमुख प्रदर्शक सूचक’ खारेजको माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । केहि व्यक्तिहरुबाट भएको व्यक्तिवादी प्रवृत्ति अन्त्य गर्न आन्दोलन गर्नु परेको युनियनले जनाएको छ । युनियनले पुस एक गते देशभरका क्षेत्रीय, शाखा तथा उपशाखा कार्यालयका साथै

सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा, परासी क्षेत्रको विद्युत आपूर्तिमा सुधार

काठमाडौं, ३ पुस २०७९ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ । परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र स्थानीयबासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि सुनवल १३२ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी  सञ्चालनमा ल्याइएको छ । हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही