काठमाडौँका प्रजिअ दाहाललाई कोरोना

काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ। टाउको दुखेपछि उनले पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट आज पोजेटिभ आएको हो। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार सिडिओ दाहाललाई कोरोना देखिएको हो। दाहालले आफू र श्रीमतीमा कोरोना संक्रमण देखिएको र होम आइसोलेसन बसेको जानकारी गृह मन्त्रालयमा दिएका छन्। उनलाई टाउको दुख्नेबाहेक अरू लक्षण देखिएको छैन।

हत्या अभियोगमा चार जना पक्राउ

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार पुतलीबजार–६ दाङलिङ गाउँबाट कोलडाँडा हुँदै पुरीस्वाँरा गाउँतर्फ मोटरसाइकलमा होहल्ला गर्दै गइरहेका युवाको समूहलाई कोलडाँडामा मादक पदार्थ सेवन गरी बसेका युवाले एक्कासी पछाडिबाट आक्रमण गर्दा पुरीस्वाँराका २९ वर्षीय सूर्यबहादुर गुरुङको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । उक्त घटनामा संलग्न रहेको अभियोगमा पुतलीबजार–६ बछिनडाँडा टक्सार बस्ने ३३ वर्षीय टाउके भन्ने ईन्द्रजित गुरुङ, सोही

सभापति देउवाद्वारा नेता गहतराजको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महाधिवेशन प्रतिनिधि एवं नेपाल दलित सङ्घका केन्द्रीय सदस्य भीमलाल गहतराजको निधनप्रति दुःख व्यक्त गरेका छन् । दलित सङ्घका केन्द्रीय सदस्य गहतराजको आज बिहान मोरङको मङ्गलबारे अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा निधन भएको हो । सभापति शेरबहादुर देउवाले एक शोक वक्तव्यमार्फत स्व गहतराजले नेपालको लोकतान्त्रिक आन्दोलन तथा पार्टी सङ्गठनमा पु¥याउनु भएको सक्रिय भूमिकाको स्मरण गर्दै उनमा भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा

टीकाको उत्तम साइत १० बजेर १९ मिनेटमा

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले देवी विसर्जनको साइत बिहान १०स्११ बजे रहेको जनाएको छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १०स्१९ बजे उत्तम रहेको समितिका अध्यक्ष

पोखरामा कोरोनाबाट थप ४ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका ४२, ५८ र ६८ वर्षका पुरुष र ५२ वर्षकी महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– १ का ४२ वर्षका पुरुषको कात्तिक ७ गते साँझ ७ः४५ बजे चरक अस्पतालमा मृत्यु भएको छ । कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएका उनी उपचारका लागि कात्तिक ७ गते नै अस्पताल भर्ना

पौडी खेल्ने क्रममा डुबेर कैलालीमा २ बालिकाको मृत्यु

धनगढी । कैलालीको घाेडाघाेडी नगरपालिका वडा नं. ५ सरैयामा पौडी खेल्ने डुबेर दुई जना बालिका मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडा नगरपालिका ५ सरैया बस्ने गगन ढुंगालको छोरी वर्ष ९ की अस्मिता ढुङ्गाल र सोही ठाउँ बस्ने धनबहादुर बिष्टकाे छाेरी वर्ष ७ कि अर्चना बिष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय सुखडबाट गएको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकाे टाेलीले उनीहरूलाई घटनास्थल भन्दा १०० मिटर तलबाट मृत अवस्थामा फेला पारेको

धनगढीमा कोरोनाका थप १ जना संक्रमितको मृत्यु

धनगढी । धनगढीमा कोरोना संक्रमित व्यापारीको मृत्यु भएको छ । डोटीको दिपायलमा रहेको जेभि आयल स्टोरका सञ्चालक कर्णबहादुर भण्डारीको कोरोना संक्रमणका कारण मृत्यु भएको सेती प्रादेशिक अस्पताले जानकारी दिएको छ । सेती प्रादेशिक अस्पतालमा उनको शनिबार मृत्यु भएको हो । निमोनियाका बिरामी रहेका भण्डारीको आईसियूमा उपचार हुँदै थियो । कोरोनाको रिर्पोट नेगेटिभ आएपछि उनलाई जनरल आईसियुमा सारिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

नेकपाको सत्ता उन्माद पर्सामा देखियोः कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पर्सामा भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएको छ। नेकपाको सपथग्रहण कार्यकर्ताहरूबीच झडप हुँदा भएको एकजनाको मृत्युको जाहेरी प्रहरीले नबुझेपछि कांग्रेसले ध्यानाकर्षण गराएको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। ुनेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राखौं ? पर्साको घटनामा प्रधानमन्त्री एवम् नेकपाकै अध्यक्षको ध्यानाकर्षण गराउँछौुं, उनले भनेका छन्। नेकपाका स्थानीय दुई समूहबीच पर्सामा बिहीबार झडप

भुकम्पकाे धक्का महसुस

काठमाडौँ । शनिबार अपरान्ह दोलखालाई केन्द्रबिन्दु भएको भूकम्पको धक्का महसुस भएको छ। दोलखाको जिरी नजिकै केन्द्रबिन्दु भएको ४ म्याग्निच्यूडको भूकम्पको धक्का महुसस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यस भूकम्पको धक्का दोलखा, रामेछाप, सिन्धुली, काभ्रेसहितका जिल्लामा महसुस भएको थियो। भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भएको छैन। यसअघि भदौ ३१ गते सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो। जुन २०७२ को गोरखा भूकम्पयताकै शक्तिशालीमध्ये एक थियो।

उपत्यकामा थप २७ सय २० जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३५७, ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभरमा भने ४४९९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । सक्रिय संक्रमितको संख्या काठमाडौं जिल्लामा २० हजार १९६, ललितपुरमा २५ सय ७४ र भक्तपुरमा १३ सय ६५ जना रहेको छ । होम