कोरोनाका कारण अदालत र स्वास्थ्य केन्द्रका सेवा स्थगित

बैतडी, कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि जिल्ला अदालत र विभिन्न स्वास्थ्य केन्द्रका सेवा स्थगित गरिएका छन् । जिल्ला अदालत, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालका सेवा स्थगित गरिएका छन् । चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले सेवा स्थगित गरेको हो । स्वास्थ्य केन्द्रले अत्यावश्यक र आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एन्टीजेन परीक्षण

पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गर्नुभएको छ । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी गराउनुभएको हो । मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूहसँग सम्झौता रद्द भएको मन्त्री आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेका

सुन्तला बिक्रीबाट एउटै गाउँमा साढे दुई करोड भित्रियो

गलकोट, बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पुर्‍याउनुभयो । सुन्तला टिपेर पोखरा पुर्‍याउनुभएका खड्काको हातमा यस वर्ष रु चार लाख ५० हजार हात पर्‍यो । सुन्तला टिप्ने ज्याला र यातयात खर्च घटाउँदा उहाँले रु चार लाख बचत गर्नुभयो । सुन्तला गाउँका रूपमा परिचित सिगानामा सबैभन्दा ठूलो सुन्तला बगैँचा अनन्त खड्काको छ । खड्काको बगैँचामा २०० सुन्तलाका बोटले उत्पादन दिइराखेको छ । उहाँले सुन्तलाको बढी

सुदूरपश्चिममा 'चेली त्यार' सुरु

डोटी, पछिल्लो समय कोरोना सङ्क्रमण तीव्र रुपमा बढिरहेका बेला सुदूरपश्चिम प्रदेशमा भने चेली त्यार पर्वसुरु भएको छ । माघी पर्वको रौनक सकिएसँगै डोटीसहित यहाँका विभिन्न जिल्लामा चेली त्यार सुरु भएको हो । विवाह गरेर पराइँ घर गएका छोरीचेलीलाई त्यार दिन यहाँका महिलालाई अहिले भ्याइनभ्याइ भएको छ । विवाह गरेर पराइँ अर्थात माइती घरमा गएकी छोरीचेलीलाई विभिन्न किसिमका परिकार पकाएर दिने चलनलाई स्थानीय भाषामा ‘चेली त्यार’ अर्थात् त्यारमाडो दिने भन्ने गर्दछन्

४० लाख जरिवाना फैसला भएका श्रेष्ठ पक्राउ

काठमाडौँ, उच्च अदालत पाटनबाट बैङ्किङ कसुर मुद्दामा रु ४० लाख जरिवाना र १० दिन कैद तोकिएका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैङकिङ् कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र रु ४० लाख जरिवानाको फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनका क्रममा प्रहरीले रामेछाप जिल्लाको सुनापती गाउँपालिका–५ घर भई हाल काठमाडौँ बस्ने ४४ वर्षीय श्रेष्ठलाई आज पक्राउ गरेको

सुदूरपश्चिम : थप ५५० जनामा सङ्क्रमण

धनगढी, सुदूरपश्चिम प्रदेशमा आज थप ५५० जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट एक हजार ५४७ जनाको नमूना परीक्षण गर्दा ५५० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पिसीआरमार्फत २२४ र एन्टिजेनमार्फत ३२६ जनामा पुष्टि भएको हो । पिसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १६७, बैतडी अस्पतालमा ३६, डडेल्धुरा अस्पातालमा २०, कमलबजार अस्पतालमा ११ र एन्टिजेनमार्फत कञ्चनपुरका २०६, कैलालीका ५८, बाजुरामा २, दार्चुलाका

ज्वरोका बिरामी बढ्दा भक्तपुरमा सिटामोल अभाव

भक्तपुर, भक्तपुरका औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ । घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको छ । भक्तपुरमा फार्मेसी सञ्चालक रुद्र न्यौपानेले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने शून्य जस्तै भएकाले सिटामोलको अभाव भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा सिटामोलको अभाव भएको पाइएको बताउनुभयो । सिटामोलको अभाव भएको व्यापक गुनासो आएपछि प्रशासनले यहाँको मुख्य

पेन्सन पाउँदा कृषकमा छायो खुसीयाली

राँझा, व्यावसायिक भैँसीपालन गर्दै आउनुभएका नरैनापुर गाउँपालिका–५ मटेहिया निवासी बलियासार यादव गाउँपालिकाबाट कृषक पेन्सन पाउँदा दङ्ग हुनुभएको छ । “गाउँपालिकाले हामीलाई सम्झिएर भत्ता दिएकोमा धेरै खुसी लागेको छ”, ४९ भैँसी र पाँच गाईपालन गरी दूध बेचेर जिविकोपार्जन गर्दै आउनुभएका उहाँले भन्नुभयो,“अव कृषि तथा पशुपालन गर्न थप जाँगर आएको छ ।” बाँकेको नरैनापुर गाउँपालिकाले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न यादव सहित १२ कृषकलाई पेन्सन वितरण गरेको छ । कृषक पेन्सन कार्यक्रम अन्तर्गत

‘सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा’

लुम्बिनी, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोभिड संक्रमण नियन्त्रण, खोप अभियान र उपचारका विषयमा प्रदेश सरकारका प्रयासका बारेमा जानकारी लिएका छन् । उनले कोभिडको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएपछि प्रदेश सरकार र सरकारी निकायले नियन्त्रणमा गरेका प्रयासका बारेमा जानकारी लिएका हुन् । उनले आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरेको छलफलमा मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, प्रदेशका मन्त्री, स्वास्थ्य सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिएका

प्रहरीद्वारा रु १९ करोड बढी राजस्व सङ्कलन

झापा, आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश नम्बर १ बाट प्रहरीले रु १९ करोड आठ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ ।प्रदेशका १४ जिल्लाको प्रहरीले छ महिनाको अवधिमा विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका एक हजार १६८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी कैद भुक्तान गराउँदा रु करोड २५ लाख ९० हजार ४५२ राजस्व सङ्कलन भएको छ । यसैगरी अवैधरुपमा समान चोरी निकासी गर्ने ४७ जना मानिस