आशा लघुवित्त भित्र आन्तरिक द्वन्द्व, कर्मचारीले दिए व्यवस्थापकलाई आन्दोलन गर्ने चेतावनी
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरू व्यवस्थापकहरू आन्दोलनको चेतावनी दिएका छन् । लामो समयसम्म सम्झौता कार्यान्वयन नभएपछि आक्रोशित कर्मचारीहरूले आन्दोलनको चेतावनी दिएका हुन् । साबिकको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरेपश्चात् बनेको आशा लघुवित्तको व्यवस्थापन प्रति असन्तुष्टि जनाउँदै आएका कर्मचारीले यसअघि गरेको सम्झौता कार्यान्वयन नभएपछि आक्रोशित बनेका हुन् । सबै सम्झौता फागुन १६ गतेसम्म कार्यान्वयन गर्नुपर्ने भए पनि कर्मचारीको सेवा सुविधा समायोजन बाहेक अरू कुनै पनि नभएको कर्मचारीहरूको गुनासो रहेको