सुदूरपश्चिम प्रदेश

पत्रकार स्राेतका बारेमा संवेदनशील नबन्दा फन्दामा हवल्दार, परिवारको बिजोग

धनगढी । सामान्य कुराकानीका क्रममा मित्रता बढेपछि सशस्त्रका वरिष्ठ हवल्दार नरेशसिंह साहुले सिपाहीहरूको हाजिरी विवरण पत्रकार सन्तोषसिंह ठगुन्नालाई दिएका थिए । सशस्त्र प्रहरीभित्र रासनका नाममा हुने बेथितिका बारेमा समाचार आएपछि भएको अनुसन्धानका क्रममा पत्रकार सन्तोषसिंहले आफ्नो समाचारको एउटा पाटोका स्राेत नरेशसिंहको सुरक्षा त गर्नु परै जावाेस् समाचारका अरू पाटोको स्राेत पनि वरिष्ठ हवल्दार नरेशसिंह भएको भनेर भनिदिए । यसबाट पेन्सन पाक्ने बेलामा हवल्दार नरेशसिंह जेलमा छन् र परिवारको विचल्ली भएको

सशस्त्र प्रहरीको राशन प्रकरण, पत्रकार र मिडियाको भूमिका

शंकर सिंह धामी ,दार्चुला                                          दार्चुलास्थित सशस्त्र प्रहरीको ४४ नम्बर गणमा कार्यरत वरिष्ठ हवल्दार नरेश सिंह साहुलाई जन्मकैदको मुद्दा चलाइएको विषय अहिले चर्चामा छ ।गणभित्रको आन्तरिक तर तथ्यगत जानकारी पत्रकारमार्फत सञ्चारमाध्यममा पुर्याएकै कारण साहु कारवाहीमा परेका छन् । सशस्त्र प्रहरीले उनलाई निलम्बन गरेको छ, थुनामा राखेको छ र सशस्त्र प्रहरी ऐन

कैलाली प्रहरीको सूचनापछि रोकिएको जहाज मुम्बई उड्यो

धनगढीः नेपाल एयरलाइन्सको जहाजमा शंकास्पद व्यक्ति रहेको सूचनापछि रोकिएको जहाज मुम्बई प्रस्थान गरेको छ। आरए २०१ उडान नम्बरको न्यारोबडी जहाज १ः १० मा उड्ने तालिका रहे पनि कैलाली प्रहरीले शंकास्पद यात्रु रहेको सूचना पठाएपछि प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले रोकेको थियो।                    जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। नेपाल एयर लाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार जहाजमा चालकदलका १४ जना

दार्चुलाको शाैल्यशिखरमा ६ महिनादेखि तलब पाएनन् हटाएका कर्मचारीले

धनगढी । दार्चुलाको शैल्यशिखर नगरपालिकामा कार्यरत करारका कर्मचारीहरुले माघ महिनादेखिको तलब पाएका छैनन्। हालको स्थानीय निर्वाचन पश्चात गठन भएको नयाँ नेतृत्वको नगरकार्यपालिकाले हाल ती कर्मचारीहरुलाई हटाएपनि तलब भने दिएको छैन। विगतमा कांग्रेस नेतृत्वमा नगरपालिका छँदा करारमा भर्ना गरिएका कर्मचारीहरु हालको स्थानीय निर्वाचन पश्चात एमालेको नेतृत्व आएसँगै ती कर्मचारीहरु हटाएको तर आफूहरुले असार मसान्तसम्म काम गरेको भएपनि नगरपालिकाबाट माघ महिनादेखि हालसम्म तलब नपाएको पशु सेवा शाखाका नाप्रास जितेन्द्रसिंह धामीले बताए। उनले

डिलाशैनीमा छोराले गरे आफ्नै बाबाको हत्या

दार्चुला।बैतडीको डिलाशैनी गाउँपालिका-५ शेरामा छोराले आफ्नै बाबाको हत्या गरेका छन्। शुक्रबार बिहानै २१ वर्षिय लोकेन्द्र जोशीले आफ्नै बाबा ६० वर्षिय अन्तराम जोशीको हत्या गरेका हुन्। उनले बाबाको टाउँकोमा बञ्चरो प्रहार गरी हत्या गरेका हुन्। बञ्चरो प्रहारले टाउँको र शरीर अलग भएको छ। हत्या गर्ने जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक लोकराज जोशीले बताए।

विद्यार्थीमा अज्ञात रोग देखिएपछि खण्डेश्वरी माबिमा पाँच दिन विदा, परीक्षा स्थगित

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ४ मा रहेको खण्डेश्वरी माबिमा अद्ययनरत विद्यार्थीमा अज्ञात रोग देखिएपछि पाँच दिन पठनपाठन बन्द गर्ने निर्णय गरिएको छ । आज साउन १२ गते बसेको शिक्षक तथा कर्मचारीको बैठकको निर्णय अनुसार खण्डेश्वरी माबिमा अद्ययनरत छात्राहरुमा विगत चार पाँच दिनदेखि अज्ञात रोगका कारण एक्कासी छटपटिने, रुने, कराउने, मुर्छा पर्ने, भिडभाडदेखि डराउने जस्ता लक्षणहरुले गर्दा स्वास्थ्यमा समस्या पर्न गइ विद्यालयमा पठनपाठनमा बाधा पर्न गएकाले साउन १३ गतेदेखि

लेकमका जनप्रतिनिधिले नियम विपरित झण्डै ४ लाख भत्ता लिएको खुलासा, कसले कति लिए ?

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिकाका जनप्रतिनिधिले अनुगमनको नाममा झण्डै ४ लाख रुपैँया लिएको खुलासा भएको छ । २०७७/७८ को महालेखाको प्रतिवदेन अनुसार जनप्रतिनिधिहरुले अनुगमन भत्ताको नाममा ३ लाख ८७ हजार ३८६ रुपैँया लिएको खुलासा भएको हो । महालेखाले भनेको छ, ‘स्थानीय सरकार संचालन ऐन २०७४ तथा पदाधिकारी सेवा सुविधा ऐन २०७५ र संशोधन २०७६ मा पदाधिकारीले स्थानीय तहमा अनुगमन गरेको भत्ता पाउने कुनै व्यवस्था गरेको देखिदैन, त्यसकारण सो रकम असुलउपर

सुदूरपश्चिम सरकारबाट प्रमाणबिना पत्रकारले लिए झन्डै दुई करोड

धनगढीः सुदूरपश्चिममा पत्रकारको नाममा प्रमाणबिना एक करोड ७८ लाख ३० हजार वितरण गरेको पाइएको छ। सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सो रकम वितरण भएको पाइएको हो।प्रदेश कार्यविधि नियमावली २०७६ को नियम ३७ (२) मा स्वीकृत कार्यक्रमअनुसारको रकम खर्च गर्नुपूर्व खर्चको अख्तियारी दिनेले प्रमाणको आधारमा मात्र रकम दिनुपर्ने व्यवस्था छ। तर मन्त्रालयले पत्रकार महासंघ सुदूरपश्चिम समितिलाई क्षमता विकास सम्बन्धी कार्यक्रमको नाममा १७ लाख ५७ हजार, नाम उल्लेख नभएको एउटा संगठनलाई १०

सन लाइफ इन्स्योरेन्स धनगढी शाखाले गर्याे बीमा दाबी रकम भुक्तानी

धनगढी ।सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदाबी भुक्तानीबापतको रकम हस्तान्तरण गरेको छ।    कम्पनीको धनगढी शाखाले बीमित धिरज चौधरीका प्रस्तावक स्व हस्तेकुमार चौधरीको गत वर्ष चैत ५ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो। प्रस्तावक हस्तेकुमार चौधरीले धिरजका नाममा बाल समृद्ध जीवन बीमा (१५ वर्षे अवधि)को खोलेका थिए। उनले ४ वार्षिक बीमाशुल्कबापतको ५४ हजार २१२ भुक्तानी गरी बीमांक रु. २ लाखको जीवन बीमा गराएका थिए। अाज एक कार्यक्रम का बिच चेक 

जनरल सर्जन नविन चन्द्र भट्ट टीकापुर अस्पतालमा आएसंगै जनरल सर्जन सेवा शुरु

धनगढी ।टीकापुर अस्पतालमा जनरल सर्जन सेवा शुरु भएको छ । जनरल सर्जन नविन चन्द्र भट्ट टीकापुर अस्पतालमा आएसंगै जनरल सर्जन सेवा शुरु भएको हो । यसअघि विर अस्पताल काठमाण्डौमा कार्यरत भट्ट सरुवा भई टीकापुर अस्पताल आउनु भएको हो । अव टीकापुर अस्पतालबाट जनरल एण्ड जिआई सर्जरीको सबै सेवा प्रदान हुने डाक्टर भट्टले जानकारी दिनु भयो । त्यस अन्र्तगत हाइड्रोशील, हर्नीया, सिष्ट पलाएको, पथरी, पाइल्स, फिसटुला, स्तनका गाँठागुँठी, स्तन ट्यूमर, छातीमा