सुदूरपश्चिम प्रदेश

दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेबाट नरसिँह चैसिर सिफारिस

दार्चुला ।महाकाली  नगरपालिकाको मेयरमा नेकपा एमालेबाट नरसिँह चौसिरलाई सिफारिस गरिएको छ । दार्चुलाको सदरमुकाम समेत रहेको महाकालीको मेयरमा एमालेबाट चौसिरको नाम सर्वसम्मत सिफारिस गरिएको हो । एमाले दार्चुलाले महाकालीको मेयरमा चौसिरको नाम सुदूरपश्चिम प्रदेश कमिटीलाई सिफारिस गरिसकेको छ । २०३८ साल माघ ४ गते महाकाली नगरपालिका वडा नं. ९ दत्तुमा जन्मिएका चौसिर लामो समयदेखि नेकपा एमालेमा आवद्ध हुनुहुन्छ । उहाँ नेपका एमाले महाकाली नगर कमिटी अध्यक्ष समेत हुनुहुन्छ । अंग्रेजी

सूर्या लाईफ इन्स्योरेन्सले गर्यो प्रदेश ७ का कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

धनगढी ।सूर्या लाईफ इन्स्योरेन्स लिमिटेडले प्रदेश ७ का सम्पुर्ण कर्मचारी हरुलाइ एक दिने तालिम  सम्पन्न गरेको छ । होटल दिनेश धनगढीमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का प्रमुख अथिती र पश्चिम बजार प्रमुख शैलेश क्षेष्ठको विशिष्ट अथीती रहनु भएको थियो भने प्रदेश प्रमुख जगदिश प्रसाद भट्टको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।कम्पनिले कर्मचारि हरूलाई विभिन्न बिषयमा प्रशिक्षण दिइएको थियो । । कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा

गठबन्धनमा सहमती : धनगढीको मेयरमा काँग्रेस उपमेयरमा माओबादीले उम्मेदवारी दिने

धनगढी । पाँच दलीय सत्ता गठबन्धनले वैशाख ३० गते हुने स्थानीय चुनावमा महानगर र उपमहानगरको भागबन्डा मिलाएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार सहमतिपछि अब त्यसलाई लिखित रूप दिने तयारी भइरहेको छ। ६ महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पाएको छ भने माओवादीले भरतपुर, नेकपा ९एकीकृत समाजवादी० ले पोखरा र जनता समाजवादीले वीरगन्जको मेयर पाएका छन्। उपमहानगरमा कांग्रेसले सात र माओवादीले दुई र

एमालेले गर्‍यो मेयरमा श्रीमान् र उपमेयरमा श्रीमतीलाई सिफारिस

डडेलधुरा ।आगामी स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले अमरगढी नगरपालिकाका लागि आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ। जिल्ला सदरमुकाम रहेको अमरगढीको प्रमुखका लागि ८ जना र उपप्रमुखका लागि ३ जनाको नाम जिल्ला कमिटीले प्रदेश कमिटीलाई सिफारिस गरेको हो। मेयर पदमा हालका मेयर विश्वेश्वरप्रसाद ओझा (विपीन) जिल्ला अध्यक्ष प्रकाश साउद, प्रदेश कमिटी सदस्य यज्ञराज अवस्थी, प्रदेश सदस्य तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य करन ताम्राकारको नाम सिफारिस भएको छ। यस्तै जिल्लाका

दार्चुला काङ्ग्रेसका युवा नेता हंशराज भट्ट पुन: मेयर पदका लागि सर्वसम्मत चयन

धनगढी  । यही वैशाख ३० को स्थानीय निकायको चुनावको लागि दार्चुला जिल्लाको महाकाली नगरपालिकाको मेयर पदका लागि नेपाली काग्रेसबाट बहालवाला नगर प्रमुख हंश राज भट्ट  चयन भएका छन् । नेपाली कांग्रेसले महाकाली नगरपालिकाको मेयर पदमा भट्टलाई पून: सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो । आफ्नो मेयरको पाँच वर्षे कार्यकालमा कुनै पनि विवादमा नमुछिएका मेयर भट्टलाई कांग्रेसले लोकप्रियताका आधारमा चयन गरेको हो । जिल्लाका अन्य स्थानीय निकायका प्रमुखहरु कुनै नै कुनै

जसपाका सुदूरपश्चिम अध्यक्ष पुन माओवादी केन्द्रमै फर्किए

धनगढी  । जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार नै जसपा छाडेको घोषणा गरेका उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । चौधरीसहितका नेताहरु पार्टीमा फर्किँदा सुदूरपश्चिममा प्रत्यक्ष प्रभाव पर्ने प्रचण्डले बताए । विप्लवतिर गएका केन्द्रीय नेताहरु पनि आउने भन्दै उनले भने, ‘कैलालीमा त २०६४ को नजिक पुग्छ भन्नेमा विश्वस्त छु ।’ ०४७ देखि नेकपा एमालेको

बैतडीका युवा नेता सन्तोष जोशीद्धारा डिलाशैनीको अध्यक्षमा उम्मेदवारी घोषणा

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा सन्तोषप्रकाश जोशीले स्वतन्त्रबाट उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालले अध्यक्ष पदका लागि उहाँको नाम सिफारिश नगरेपछि स्वतन्त्रबाट उम्मेद्वारी दिने तयारी गर्नुभएको हो । आज (चैत २७ गते) धामीगाउँमा आमसभाको आयोजना गरेर गाउँपालिका अध्यक्ष पदमा जोशीले उम्मेद्वारी घोषणा गर्नुभएको हो । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघका केन्द्रिय सचिव तथा सुदूरपश्चिम अध्यक्ष समेत रहनुभएका नेता जोशीले पार्टी भन्दा माथि

जसले ‘चौलानी’को नाम देशभर चिनाए : १० रूपैयाँको माछा बेच्थे, अहिले ८० करोड काे ब्यावसाय चलाउँछन्

धनगढी : युवा उमेर चढ्दै जाँदा के व्यवसाय गर्ने र कसरी कमाउने भन्ने कुराले दिमागमा डेरा जमाउँछ। कुनै व्यापार–व्यवसाय गर्ने कि, जागिर खाने वा विदेश पो जाने कि! यस्तै यस्तै सोचाइले दिमाग भरिन्छ तर टुंगो गर्न निकै मुश्किल पर्छ। आउनुहोस्, यस्तै मुश्किल पार गरेर सफल बनेका दार्चुलाको लेकम गाउँपालिका–१ का मानसिंह साउदको व्यावसायिक जीवनको कथा थाहा पाऔं। मानसिंहको परिवार कृषिमा आधारित थियो। घरमा काम सघाउँदै उनले गाउँकै सरकारी स्कुलबाट एसएलसी पास

डिलाशैनीमा एमालेभित्रको विवाद उत्कर्षमा,सुरेन्द्र पालको दम्ब र घमण्डको अन्त्य गर्ने जोशीको भनाई

बैतडीको डिलाशैनी गाउँपालिकामा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ । हिजो बिहीबार डिलाशैनी गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवार छनौट गर्न पंसेरामा एमालेको बैठक बसेको थियो । बैठकमा ४ जना अध्यक्षका आकांक्षी देखिएका छन  । सन्तोषप्रकाश जोशी, उकेन्द्र बोहरा, अक्कल राना र प्रेमराज भट्टले अध्यक्षमा दाबी गरेका थिए  । बैठकमा सहभागी गाउँ कमिटीका नेता र कार्यकर्ताले जोशीलाई समर्थन जनाएपछि त्यहाँको माहोलनै फेरिएको थियो  । उनीहरुले एमाले गाउँ कमिटीको माइन्यूटनै गायब गरिदिएका छन ।

दार्चुलाको मकाली नगरपालिकाले बेरोजगार युवालाई विना ब्याज रु १० लाख ऋण उपलब्ध गराउने

दार्चुला‐असार १० गते : रोजगारीको शिलशिलामा स्वदेश तथा विदेशबाट कोरोना संक्रमणको त्रासका कारण थात थलो (घर) फर्किएका र बेरोजगार युवाहरुलाई विना ब्याँज रु १० लाख सम्म ऋण उपलब्ध गराउने गरी महाकाली नगरपालिकाको छौठौँ नगरसभाले आज अगामी वर्षका लागी निति तथा कार्यक्रम ल्याएको छ । बेरोजगार युवाहरुलाई कृषि उत्पादन र पशुजन्य उत्पादनको क्षेत्रमा काम गर्न चाहेमा सहकारी लगायतका वित्तिय संस्थाहरुको सहकार्यमा उक्त ऋण रकम विना ब्याज उपलब्ध गराउने गरी अगामी आर्थिक