बागमती प्रदेश

प्राइम लाइफको सिईओमा निर्मल दाहाल नियुक्त

काठमाडौं ।प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सीईओमा निर्मल दाहाललाई नियुक्त गर्ने निर्णयलाई बीमा समितिले बिहीबार स्वीकृत गरेको छ यसअघिका सीईओ मनोजकुमार भट्टराईको कार्यकाल गत असार मसान्तमा सक्किएपछि सो पद रिक्त दियो । कम्पनीको सञ्चालक समितिले दाहाललाई नियुक्त गरी स्वीकृतिका लागि समिति पठाएको थियो ।दाहालले विनेशन एडमिनिष्ट्रेशनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातोकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।@beempost.comबाट

इन्धनको मूल्य घट्दैन : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य नघट्ने बताएको छ । इन्धनको मूल्यमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै लागि मूल्य यथावत् राख्नुपर्ने अवस्था रहेको निगमले बताएको हो । निगमले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने देखिएको छ ।’ इन्धन खरिद गरेबापत भारतीय आयल कर्पोरेसन (आइओसी)लाई अझै २३ अर्ब बक्यौता बाँकी

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला, आत्महत्या हुनसक्ने प्रहरीको भनाइ

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाकाका अनुसार काभ्रेस्थलीका दिनेश पाण्डेको घरमा पाण्डेसहित उनकी श्रीमती र छोराछोरी मृत फेला परेका हुन् । प्रहरीका अनुसार दिनेशलाई झुन्डिएको अवस्थामा मृत फेला पारिएको छ । भित्रबाट चुकुल लगाएर पहिला श्रीमती, छोरा र छोरीको हत्या गरेर दिनेशले आत्महत्या गरेको हुनसक्ने प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

भारतबाट ठूलो मात्रामा मूल्य घटेर आयो पेट्रोलियम पदार्थ

काठमाडौँ । भारतबाट पुनः इन्धनको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको हो । अघिल्लो पटक पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आए पनि आयल निगमले मूल्य घटाएको थिएन । मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब

सानिमा लाइफ र रिलायन्स लाइफबीच मर्जरमा जाने सहमति, आजै सम्झौता पत्रमा हस्ताक्षर हुने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्योरेन्स कम्पनीबीच मर्जर हुने भएको छ । दुई कम्पनीले आपसमा गाभिने सम्बन्धी सम्झौता गर्न लागेका हुन् । विश्वस्त स्रोतका अनुसार अबको केही घण्टाभित्रैमा दुवै संस्थाका बीचमा मर्जर सम्झौता हुने जनाइएको छ । दुई कम्पनीका बीचमा मर्जर गर्ने सम्बन्धमा केहीदिन देखि लगातार छलफल हुँदै आएको थियो । निकै दिनदेखिको मेहनत आज परिणाम दिने चरणमा पुगेको जनाइएको छ । दुई कम्पनी मर्जर भएमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बनाउने दुई कम्पनीबीच सहमति, हस्ताक्षर एक हप्ता भित्रै

काठमाडौं । बीमा समितिले पुँजि बृद्धिको आतंक फैलाएपछि मर्जरमा प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीचमा मर्जर हुने भएको छ । दुवै कम्पनीले एक साताभित्रैमा मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन् । दुई कम्पनीका बीचमा भएको सहमति अनुसार कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ राखिनेछ । बीमा समितिलाई जसरी पनि चाहिएको मर्जर पूरा गर्न दुई कम्पनीहरु तयार भएका हुन् । बीमा समितिले तोकेको पाँच अर्ब चुक्ता पुँजि पुर्याउन आईपिओ अघि नै पुँजि

पेट्रोलमा प्रतिलिटर २० र डिजलमा २९ रुपैयाँ मूल्य घट्यो

काठमाडाैं– सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज पत्रकार सम्मेलन गरी करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिनुभयो । मन्त्री बडूका अनुसार डिजलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरिएको छ । कर कटौती भएसँगै अब पेट्रोल १ सय ७९ रुपैयाँ र डिजल प्रतिलिटर १ सय ६३ पर्नेछ । अहिले पेट्रोल प्रतिलिटर १ सय ९९

सूर्या र ज्योती लाईफबीच मर्जर सम्झौता हुँदै 

 काठमाडौं’ । सूर्या लाईफ इन्सोरेन्स र ज्योती लाईफ इन्सोरेन्स कम्पनी मर्जर हुने भएका छन् । यि दुई कम्पनीमा क्रस होल्डिङ समस्या रहेको र बीमा समितिले मर्जरका लागि दबाब दिइरहेको थियो । यी दुई कम्पनीबीच आजै सम्झौता हुने सम्भावना रहेको सूर्या लाईफ इन्सोरेन्स स्रोतले जनाएको छ । केही गरी आज भएन भने सोमबारसम्म मर्जरका विषयमा सम्झौता हुने बताइएको छ । यता बीमा समितिले पनि क्रसहोल्डिङको समस्या भएकाहरुलाई मर्जर जानका लागि दबाब

प्रशारण लाइनमा मान्छे चढेपछी विद्युत आयोजना बन्द

काठमाडौं ।नुवाकोटको ककनीमा एक व्यक्ति विजुली प्रशारण लाइनमा चढेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ । ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा एक व्यक्ति चढेपछि प्राधिकरणले आफ्ना विद्युत आयोजना बन्द गरेर प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरेको हो । प्रहरीका अनुसार बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विक नाम गरेका व्यक्ति प्रशारण लाइनको खम्बाबाट तारसम्म पुगेका हुन् । उनी ५/६ घण्टादेखि तारमा समातेर बसिरहेका

एकीकृत समाजवादीले बुझायाे प्रधानमन्त्रीलाई नयाँ मन्त्रीकाे नाम, काे काे परे लिस्टमा

काठमाडाैँ । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले आफ्नाे पार्टीकाे तर्फबाट बन्ने नयाँ मन्त्रीहरूकाे नाम टुङ्ग्याएकाे छ । एकीकृत समाजवादीले आइतबार मात्रै संघीय सरकारमा रहेका ४ मन्त्री र १ राज्यमन्त्रीलाई फिर्ता बाेलाएकाे थियाे । यसपछि पार्टीका अध्यक्ष माधवकुमार नेपालले नयाँ मन्त्रीहरूकाे नाम टुङ्ग्याएका हुन् । मन्त्रीहरूकाे नामकाे सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकिएकाे छ । नेता विजय पाैडेलले प्रधानमन्त्री देउवालाई मन्त्रीकाे नामकाे सूची बुझाएका छन् । अहिले मन्त्री बन्नेहरूमा जीवनराम श्रेष्ठ (पर्यटन),