कक्षा ११ को पाठ्यक्रमसम्बन्धी रिटको सुनुवाइ पुस २७ सम्म लम्बिने भयो
काठमाडौं । कक्षा ११ र १२ को पाठ्यक्रमसम्बन्धी रिटको सुनुवाइ पुस २७ गतेसम्मका लागि लम्बिएको छ । सोमबार सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कक्षा ११ र १२ को पाठ्यक्रमबारे परेको रिट सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ । सर्वोच्च स्रोतका अनुसार उक्त रिटमा अब पुस २७ गते सुनुवाइ हुनेछ । यस रिटमा सर्वोच्चले अन्तरिम आदेश नदिई एकै पटक फैसला दिने तयारी गरेको छ । कक्षा