सुदूरपश्चिम सरकारबाट प्रमाणबिना पत्रकारले लिए झन्डै दुई करोड
धनगढीः सुदूरपश्चिममा पत्रकारको नाममा प्रमाणबिना एक करोड ७८ लाख ३० हजार वितरण गरेको पाइएको छ। सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सो रकम वितरण भएको पाइएको हो।प्रदेश कार्यविधि नियमावली २०७६ को नियम ३७ (२) मा स्वीकृत कार्यक्रमअनुसारको रकम खर्च गर्नुपूर्व खर्चको अख्तियारी दिनेले प्रमाणको आधारमा मात्र रकम दिनुपर्ने व्यवस्था छ। तर मन्त्रालयले पत्रकार महासंघ सुदूरपश्चिम समितिलाई क्षमता विकास सम्बन्धी कार्यक्रमको नाममा १७ लाख ५७ हजार, नाम उल्लेख नभएको एउटा संगठनलाई १०