एग्युरोको कीर्तिमानी गोलसँगै सिटी नकआउट चरणमा
१६ कात्तिक, काठमाडौं । सर्जिओ एग्युरो क्लबको सर्वाधिक गोलकर्ता बन्दा म्यानचेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा म्यानचेष्टर सिटीले नापोलीलाई ४–२ गोल अन्तरले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा नोपालीले २१ औं मिनेटमा इन्सिन्एको गोलबाट अग्रता लिएको थियो । तर, ३४ औं मिनेटमा सिटीका ओटामेन्डीले बराबरी गोल गरे । दोस्रो हाफमा सिटी हावी भयो । ४८ औं मिनेटमा स्टोन्सले गोल गरे