अर्थतन्त्र

एलन मस्क बने संसारको दोस्रो सर्वाधिक धनाढ्य

हप्ताभरीको ठूलो आर्थिक खबरमध्ये एउटा थियो – एलन मस्कको टेस्ला कम्पनी पाँच लाख करोड डलरको भयो र यससँगै एलन मस्क संसारको दोस्रो धनाढ्य व्यक्ति बन्न सफल भए । यो दोस्रो स्थानमा उनी अघि बिल गेटस् थिए । टेक्नोलोजी जगतको खबरसँग सम्बन्धित बीबीसी टेक टेन्ट पोडकास्टको प्रश्न छ कि इलेक्ट्रिक कार बनाउने यो कम्पनीमा लगानीकर्ताले त्यस्तो के देखे जुन एक वर्ष अघि मात्रै पनि देखिएको थिएन । किनभने सन् २०२० को

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी, किशोर प्रधान पराजित

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल विजयी भएका छन् । आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । त्यो समूहमा कुल १०५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याए । यो २४।७६ प्रतिशत भार हो । त्यस्तै, ३० प्रतिशत हिस्सा रहेको एशोसियटमा ८९७

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको हो । उनले सोमबार नै पदबाहाली गरेका छन् । उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको हो । ऊर्जामन्त्री वर्षमान पुन अनन्तले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए ।शाक्यलाई यसअघिका निमित्त कार्यकारी निर्देशक लेखनाथ

भारतले नेपाललाई दियो एक अर्ब अनुदान

काठमाडौँ । भारत सरकारले गोरखा र नुवाकोटमा आवास पुनःनिर्माण परियोजना कार्यान्वयनका लागि रु एक अर्ब प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले अर्थमन्त्री विष्णु पौडेललाई अनुदानस्वरुप भारतले उपलब्ध गराएको उक्त रकमको चेक आज अर्थ मन्त्रालयमा हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै पारस्परिक हितका विषयमा विचारविमर्श भएको यहाँस्थित भारतीय राजदूतावासले बताएको छ । आपसी समृद्धि र प्रगतिका लागि दुई देशबीचको द्विपक्षीय आर्थिक र विकास

एक करोडसहित तीन हुण्डी कारोबारी पक्राउ

काठमाडौँ । प्रहरीले रु एक करोड रकमसहित तीन हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका—२३ ओमबहालस्थित गोल्डेन लिफ होटलबाट उनीहरुलाई पक्राउ गरी थप कारवाहीका लागि आज राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सिआइबी० ले जनाएको छ । पक्राउ पर्नेमा झापा दमक घर भई काठमाडौँको ताहाचल बस्ने ३१ वर्षका विकास मित्तल, सोही ठाउँका कमल मित्तल र पर्वत कुश्मा घर भई काठमाडौँ बस्ने ३२ वर्षका गणेश पौडेल रहेका छन्

७ वाणिज्य बैंक सहित ४१ कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ?

हालसम्म नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ४१ कम्पनीहरुको लाभांश घोषणा गरेका छन् । युनिलिभर नेपाल लिमिटेडले सबैन्दा धेरै १०० प्रतिशत लाभांश घोषणा गरेको छ । दोस्रो स्थानमा रहेको समता लघुवित्तले २६।३२ र तेस्रो शिवम् सिमेन्टसले २४।२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । २४ कम्पनीले १० प्रतिशतभन्दा धेरै लाभांश घोषणा गरेका छन् । सबैभन्दा कम सेञ्चुरी क्यापिटल, ग्लोबल आईएमई समुन्नत योजना १, र कुमारी क्यापिटलले समान ४ प्रतिशत लाभांश घोषणा

हाँसको मूल्यवृद्धि, व्यापारमा ह्रास

काठमाडौँ । कोरोना संक्रमणको जोखिमका कारण यसपटक दशैंमा हाँसको व्यापारमा पनि असर परेको छ । विभिन्न जिल्लाबाट काठमाडौंमा हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका छन् । विगतमा भन्दा मूल्य पनि बढेको र संक्रमणको जोखिमका कारण ग्राहकहरु नआएकाले व्यापार कम भएको व्यापारीहरुले बताए । काठमाडौंको सुन्धारामा हाँस बिक्रीका लागि आएका वीरगन्जका बुखल साहले यसपटक हाँसको व्यापार कम भएको बताए । यस वर्ष हाँसको मूल्य पनि बढेको छ । गत

ग्लोबल आइएमई बैंकद्वारा १६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६र७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मिति २०७७र०७र०६ बिहीबार बसेकोे बैंक संचालक समितिको ३६४औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात आर्थिक वर्ष २०७६र०७७ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश गरी जम्मा १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको

दशैंमा जीवन बीमाको कारोबार बढ्ने अपेक्षा, डिजिटल माध्यमबाट अभिकर्ता परिचालन गर्दै कम्पनीहरु

काठमाडौं । दशैं सुरु भइसकेको छ । आज घटस्थापनापछिको दोस्रो दिन हो । जीवन बीमा कम्पनीहरुको व्यवसाय मुख्य दुई मुख्य सिजन असार र दशैं तिहार हो । दशैं तिहारमा उपहार स्वरुप बीमा पोलिसी दिने, दान दक्षिणा, टीका टालो गरेको पैसाले बीमा गरिदिने भएकोले बीमा कम्पनीहरुको लागि चालु आवको पहिलो मुख्य सिजन सुरु हुँदैछ । कोरोना महामारीका बीचमा नेपाली जनताले यस वर्ष दशैं मनाउँदैछन् । विगतका वर्षहरुमा जस्तो यस वर्ष धेरै

एनआईसी बैंकका विरुद्ध राष्ट्र बैंकमा उजुरीका चाङ

धरान : एउटै शहरमा धेरै शाखा खोलेर आफूलाई अरुभन्दा निकै अव्वल देखाउने एनआइसि एसिया वैंकको वास्तविक धन्धा भने अर्कै भएको वास्तविकता वाहिरीएको छ । नेपाल राष्ट्र बैंकबाट इजातज प्राप्त गरेको क बर्गको वाणिज्य स्तरको बैंक हो एनआइसि एशिया । पछिल्लो समय आक्रामक बन्दै गरेको एउटा बैंकको भित्रि कथा अपत्यारीलो र विश्वासै गर्न नसकिने देखिएको छ । एनआईसी एशिया बैंक जसले ग्राहकको खाताबाट पैसै निकाल्ने, मिटर व्याजमा पैसा लगाउने तथा ग्राहकको