आईएमई लाइफको नयाँ बोनसदर घोषणा, अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७५/२०७६ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको फागुन ३ गतेको पत्र मार्फत स्वीकृत भई २०७६ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा उक्त बोनशदर कायम हुने गरी सार्वजनिक गरेको हो । सावधिक जीवन बीमालेख कम्पनीले न्युनतम प्रतिहजार १३ रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ ।