उषाकिरण आजाद, Author at युग दर्पण https://www.yugdarpan.com/archives/author/ushakiran www.yugdarpan.com Wed, 28 Apr 2021 13:34:06 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://www.yugdarpan.com/wp-content/uploads/2020/06/yug-darpan-favicon-150x150.png उषाकिरण आजाद, Author at युग दर्पण https://www.yugdarpan.com/archives/author/ushakiran 32 32 178717794 कविता – मेरो देशको सरकार https://www.yugdarpan.com/archives/5306 https://www.yugdarpan.com/archives/5306#respond Wed, 28 Apr 2021 13:09:16 +0000 http://www.yugdarpan.com/?p=5306 गर्ने गर्दैन त्यो नगर्ने गर्छ माथि चढ्नुपर्ने ठाउँमा तल झर्छ, तल झर्नुपर्ने ठाउँमा माथि चढ्छ देखाउने चीज छोप्छ र छोप्नुपर्ने चीज देखाउँछ ओढ्नेलाई ओछ्याउछ र ओछ्याउनु पर्ने ओड्छ, मेरो देशको सरकार । स्कुल, अस्पताल मासेर मन्दिर बनाउँछ बस्ने छानो उडाएको रमिता हेर्दै मन्दिरको चाँदीको छानोमा सुनको जलप लगाउँछ नियन्त्रणमा लिँदैन कोरोना तर नियन्त्रणमा लिन्छ पत्रकार मेरो देशको सरकार खानुपर्ने थुक्छ र थुक्नुपर्ने खान्छ थुकेको चाट्छ र चाटेको थुक्छ अपराध र

The post कविता – मेरो देशको सरकार appeared first on युग दर्पण.

]]>
गर्ने गर्दैन त्यो नगर्ने गर्छ
माथि चढ्नुपर्ने ठाउँमा तल झर्छ, तल झर्नुपर्ने ठाउँमा माथि चढ्छ
देखाउने चीज छोप्छ र छोप्नुपर्ने चीज देखाउँछ
ओढ्नेलाई ओछ्याउछ र ओछ्याउनु पर्ने ओड्छ,
मेरो देशको सरकार ।

स्कुल, अस्पताल मासेर मन्दिर बनाउँछ
बस्ने छानो उडाएको रमिता हेर्दै
मन्दिरको चाँदीको छानोमा सुनको जलप लगाउँछ
नियन्त्रणमा लिँदैन कोरोना
तर नियन्त्रणमा लिन्छ पत्रकार
मेरो देशको सरकार

खानुपर्ने थुक्छ र थुक्नुपर्ने खान्छ
थुकेको चाट्छ र चाटेको थुक्छ
अपराध र अपराधीलाई छोड्छ र निर्दोषलाई थुन्छ
बाघ मार्न सक्दैन, ब्राहर मार्नै सक्दैन यसले
शंख फुक्दैफुक्दै सुनाउँछ भोका पेटलाई
धरहराबाट स्याल मारेको समाचार
मेरो देशको सरकार

त्यसैले त भन्न मन लाग्छ
ए सरकार
हिम्मत छ भने तेरो छातीमा
कलम बोक्ने पत्रकारहरूलाई होइन
सुदर्शन, वीरजङ्ग, माइला लामा र रणवीरहरूलाई होइन
मेरो भोकलाई तेरो जेलमा थुन
मेरा दुःखलाई तेरो हिरासतमा ले
तेरो र मेरो गरिबीलाई अदालतको कठघरामा हाजिर गर

ए सरकार
जेल थुनेर हत्या नगर जगतहरूको
यदि गोली छ भने तेरो बन्दुकभित्र
निर्दोष कुमार पौडेलहरूलाई होइन
र मलाई पनि होइन सरकार ।
मेरो रोगलाई तेरो गोलीले भुटि दे
अनि म तँलाई मेरो मनको धरहरा चढाउने छु,
जसको तल्लो तलानै तँ आजसम्म पनि चढ्न सकेकै छैनस् ।

(आजाद भाैतिकवादी दर्शनका अध्येता एवं प्रगतिवादी कवि हुनुहुन्छ।)

The post कविता – मेरो देशको सरकार appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/5306/feed 0 5306