युग दर्पण, Author at युग दर्पण https://www.yugdarpan.com/archives/author/spantosh www.yugdarpan.com Tue, 20 Feb 2024 14:15:41 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://www.yugdarpan.com/wp-content/uploads/2020/06/yug-darpan-favicon-150x150.png युग दर्पण, Author at युग दर्पण https://www.yugdarpan.com/archives/author/spantosh 32 32 178717794 परोपकार आदर्श माविको ७३औं वार्षिकोत्सव सम्पन्न https://www.yugdarpan.com/archives/7960 https://www.yugdarpan.com/archives/7960#respond Tue, 20 Feb 2024 14:12:13 +0000 https://www.yugdarpan.com/?p=7960 गोरखा – सिरानचोक गाउँपालिका-८ जौवारीमा रहेको श्री परोपकार आदर्श माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। २००८ सालमा स्थापित विद्यालयले आफ्नो ७३ अ‌ौँ वार्षिकोत्सव मनाएको हो। फागुन ६ र ७ गते आयोजित वार्षिकोत्सव समारोहमा विभिन्न शैक्षिक, प्राज्ञिक एवं सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिताहरू आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक हरिचन्द्र दवाडीले जानकारी दिनुभयो। कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झटक दवाडीले गर्नुभएको थियो भने प्रमुख अतिथि सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ रहनुभएको

The post परोपकार आदर्श माविको ७३औं वार्षिकोत्सव सम्पन्न appeared first on युग दर्पण.

]]>
गोरखा – सिरानचोक गाउँपालिका-८ जौवारीमा रहेको श्री परोपकार आदर्श माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ।

२००८ सालमा स्थापित विद्यालयले आफ्नो ७३ अ‌ौँ वार्षिकोत्सव मनाएको हो।

फागुन ६ र ७ गते आयोजित वार्षिकोत्सव समारोहमा विभिन्न शैक्षिक, प्राज्ञिक एवं सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिताहरू आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक हरिचन्द्र दवाडीले जानकारी दिनुभयो।

कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झटक दवाडीले गर्नुभएको थियो भने प्रमुख अतिथि सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ रहनुभएको थियो। त्यस्तै, कार्यक्रमको विशिष्ट अतिथिका रूपमा विद्यालयबाट भर्खरै सेवानिवृत्त हुनुभएका शिक्षक हरिप्रसाद ढकाल रहनुभएको थियो।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा पहिलो दिन अर्थात् ६ गतेका दिन विविध खेलकुद प्रतियोगिताहरू सञ्चालन भएका थिए। दोस्रो दिन ७ गते भने विविध अ‌ौपचारिक कार्यक्रमहरू भएका थिए।

अ‌ौपचारिक कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र ढकालले गर्नुभएको थियो भने शिक्षिका सगुना ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दवाडीले विद्यालयको वार्षिक आयव्ययको विवरण प्रस्तुत गर्नुभएको थियो।

त्यस्तै, विद्यालयको वार्षिकोत्सवका अवसरमा गोरखाकै पालुङटार बस्ने बसन्तकुमार श्रेष्ठले विद्यालयका लागि निर्माण गरिएको मञ्च हस्तान्तरण गरेका थिए। श्रेष्ठले ११ लाखको लागतमा आफ्ना आमाबुबा र दाजुको स्मृतिमा निर्माण गर्नुभएको विद्यालयका लेखापाल प्रवीण श्रेष्ठले जानकारी दिए।

त्यस्तै, विद्यालयको वार्षिकोत्सकै अवसरमा विभिन्न शिक्षासेवी तथा समाजसेवीहरूबाट ठूलो धनराशिको घोषणा एवं प्रतिबद्धता र विद्यार्थीहरूका लागि छात्रवृत्ति, न्यानो कपडा र शैक्षिक सामग्री सहयोग आएको प्रअ दवाडीे जानकारी दिनुभयो। जसमा विद्यालयका पूर्व प्रअसमेत रहनुभएका हरिप्रसाद ढकालले आफ्ना बुबाको स्मृतिमा विद्यालयमा १ लाख बराबरको अक्षयकोष स्थापना गरेको दवाडीले बताउनुभयो। त्यस्तै, विद्यालयकै पूर्व शिक्षक इन्द्र दवाडीले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ। त्यस्तै अन्य सहयोगीहरूमा विद्यालयकै सुक बहादुर थापाले ५ जना विद्यार्थीलाई २५ सयको दरले गरिब तथा जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएका छन्। यो छात्रवृत्ति दस वर्षसम्म निरन्तर गर्ने प्रतिबद्धता समेत उहाँले जनाएका छन्। त्यस्तै, सत्य निरूपण तथा मेलमिलाप आयोगका पूर्व आयुक्त माधवी भट्टले १३ जना विद्यार्थीलाई २ हजारको दरले छात्रवृत्ति प्रदान गर्नुभएको छ। समाजसेवी सुनिल विकले ३ जना विद्यार्थीलाई १५ सयका दरले दलित तथा जेहेन्दार छात्रवृत्ति प्रदान गर्नुभएको छ।

त्यस्तै समाजसेवी राजेन्द्र भट्टले २० थान न्यानो कपडा विपन्न विद्यार्थीलाई हस्तान्तरण गर्ने बताएका छन् भने अर्का समाजसेवी सन्दीप श्रेष्ठले ६ थान न्यानो कपडा हस्तान्तरण गर्नुभएको प्रअ दवाडीले जानकारी दिनुभयो। त्यस्तै, सवाजसेवी नुरमान श्रेष्ठले १३० थान जुत्ता तथा समाजसेवी बल्लभ देवकोटाले १०१ जनालाई ट्र्याक वितरण गर्नुभएको थियो।

कार्यक्रममा सिरानचोक ७ र ८ का वडाध्यक्ष राजेन्द्रबाबू ढकाल र दलमान गुरुङको उपस्थिति रहेको थियो।

The post परोपकार आदर्श माविको ७३औं वार्षिकोत्सव सम्पन्न appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7960/feed 0 7960
महादेवस्थान माविमा गायन प्रतियोगिता सम्पन्न https://www.yugdarpan.com/archives/7547 https://www.yugdarpan.com/archives/7547#respond Fri, 11 Nov 2022 15:03:39 +0000 http://www.yugdarpan.com/?p=7547 काठमाडौँ- महादेवस्थान माध्यमिक विद्यालय धुनिवेशी ५ कुमाइखोलामा आज शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत गायन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा ३२ जना सहभागी रहेका थिए।  प्रतियोगितामा कक्षा ८ कि छात्रा रश्मि भण्डारी प्रथम भएकी छन्। त्यस्तै, कक्षा १० की छात्रा सशान बस्नेत द्वितीय भएकी भने कक्षा ५ का छात्र रोशन तामाङ तृतीय भएका छन् ।   कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको अपस्थिति रहेको थियो। 

The post महादेवस्थान माविमा गायन प्रतियोगिता सम्पन्न appeared first on युग दर्पण.

]]>
काठमाडौँ- महादेवस्थान माध्यमिक विद्यालय धुनिवेशी ५ कुमाइखोलामा आज शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत गायन प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा ३२ जना सहभागी रहेका थिए।  प्रतियोगितामा कक्षा ८ कि छात्रा रश्मि भण्डारी प्रथम भएकी छन्। त्यस्तै, कक्षा १० की छात्रा सशान बस्नेत द्वितीय भएकी भने कक्षा ५ का छात्र रोशन तामाङ तृतीय भएका छन् ।
 
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको अपस्थिति रहेको थियो। 

The post महादेवस्थान माविमा गायन प्रतियोगिता सम्पन्न appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/7547/feed 0 7547
२०७९ मा शनिवारसँगै थप ४३ दिन सार्वजनिक विदा https://www.yugdarpan.com/archives/6723 https://www.yugdarpan.com/archives/6723#respond Thu, 10 Mar 2022 14:11:16 +0000 https://www.yugdarpan.com/?p=6723 काठमाडौँ । सरकारले २०७९ सालमा शनिवारबाहेक थप ४३ दिन सार्वजनिक विदा दिने भएकाे छ । गृह मन्त्रालयले वर्ष २०७९ का लागि शनिवारबाहेक थप ४३ दिन विदा दिने निर्णय गरेकाे हाे । मन्त्रालयले बिहीवार राजपत्र प्रकाशित गर्दै वैशाख १ गतेदेखि चैत मसान्तसम्म देशभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिबारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो । सार्वजनिक बिदाको दिन बाहेक वर्षभरिमा ५२ दिन भने शनिबार बिदा हुनेछ ।

The post २०७९ मा शनिवारसँगै थप ४३ दिन सार्वजनिक विदा appeared first on युग दर्पण.

]]>
काठमाडौँ । सरकारले २०७९ सालमा शनिवारबाहेक थप ४३ दिन सार्वजनिक विदा दिने भएकाे छ ।

गृह मन्त्रालयले वर्ष २०७९ का लागि शनिवारबाहेक थप ४३ दिन विदा दिने निर्णय गरेकाे हाे । मन्त्रालयले बिहीवार राजपत्र प्रकाशित गर्दै वैशाख १ गतेदेखि चैत मसान्तसम्म देशभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिबारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो । सार्वजनिक बिदाको दिन बाहेक वर्षभरिमा ५२ दिन भने शनिबार बिदा हुनेछ ।

बिदा हुने दिनहरूमा २० दिन विभिन्न पर्व बिदा, दुई दिन महिला कर्मचारीका लागि मात्र बिदा, एक दिन शिक्षण संस्थाका लागि विदा, चार दिन काठमाडौं उपत्यकाका लागि मात्र विभिन्न जात्रा बिदा, ६ दिन दशैं विदा पाँच दिन तिहार विदा, पाँच दिन सबैका लागि दिवस विदा तथा एक दिन अपांगता भएका व्यक्तिका लागि मात्र विदा गरेर ६ दिन दिवस बिदा दिइएको छ । यस्तै तीन दिन जन्मजयन्ती बिदा दिइएको छ । जसमा बुद्ध जयन्तीका दिन सबैका लागि विदा भए पनि अरु २ वटा जयन्ती भने सम्बन्धित धर्मावलम्बीका लागि मात्र बिदा दिइएको छ ।

त्यस्तै, गाैरापर्व, महाशिवरात्री र अन्तर्राष्ट्रिय अपांगता दिवस भने शनिवारकाे दिनमा परेका छन् ।

गृह मन्त्रालयले सार्वजनिक विदासँगै पर्व एवम सट्टा विदा तथा कार्यालय समय पनि निर्धारण गरेको छ । मन्त्रालयले आगामी वर्षमा बैशाखदेखि कार्तिक १५ सम्म माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय विहान १० बजेदेखि साँझ ५ बजेसम्म तथा कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय हाजिर हुने र छुट्ने समय तोकेको छ । शुक्रबारेको दिन भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय समय तोकिएको छ ।

The post २०७९ मा शनिवारसँगै थप ४३ दिन सार्वजनिक विदा appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6723/feed 0 6723
बैंकिङ प्रणाली मार्फत आर्थिक कारोबार गर्न सिकाउँदै घरघरै पुग्यो गरिमा बिकास बैंक https://www.yugdarpan.com/archives/6708 https://www.yugdarpan.com/archives/6708#respond Sat, 05 Mar 2022 14:53:04 +0000 https://www.yugdarpan.com/?p=6708 टीकापुर। गरिमा बिकास बैंकले कोरोना को कहर कम भए सँगै आफ्ना कोहलपुर क्लस्टरका १२ शाखा कार्यालयमार्फत घरदैलो कार्यक्रम संचालन गरेको छ । सो घरदैलो कार्यक्रममा बैंकिङ्ग कारोबार सम्बन्धी जनचेतनामूलक सन्देश प्रदान गर्ने, बिद्युतीय माध्यमद्वारा बैकिङ कारोबार गर्न सिकाउने, बैंकिङ प्रणाली मार्फत आर्थिक कारोवार गर्न सन्देश प्रवाह गर्ने लगायतका बैंकिङ सेवा सम्बन्धी जनचेतना जगाउने काम गरिएको भुरीगाँउ शाखा प्रमुख यादव प्रसाद पन्त ले जानकारी दिनु भयो। सँगै कार्यक्रम मार्फत अझ सरल

The post बैंकिङ प्रणाली मार्फत आर्थिक कारोबार गर्न सिकाउँदै घरघरै पुग्यो गरिमा बिकास बैंक appeared first on युग दर्पण.

]]>
टीकापुर। गरिमा बिकास बैंकले कोरोना को कहर कम भए सँगै आफ्ना कोहलपुर क्लस्टरका १२ शाखा कार्यालयमार्फत घरदैलो कार्यक्रम संचालन गरेको छ ।

सो घरदैलो कार्यक्रममा बैंकिङ्ग कारोबार सम्बन्धी जनचेतनामूलक सन्देश प्रदान गर्ने, बिद्युतीय माध्यमद्वारा बैकिङ कारोबार गर्न सिकाउने, बैंकिङ प्रणाली मार्फत आर्थिक कारोवार गर्न सन्देश प्रवाह गर्ने लगायतका बैंकिङ सेवा सम्बन्धी जनचेतना जगाउने काम गरिएको भुरीगाँउ शाखा प्रमुख यादव प्रसाद पन्त ले जानकारी दिनु भयो।

सँगै कार्यक्रम मार्फत अझ सरल र सहज तरिकाले ग्राहकवर्ग तथा सर्वसाधारण जनतामाफ पुगेर उहाँहरुलाई बचत गरी भैपरी आउँदा यसबाट हुने फाइदा, नयाँ प्रविधिको प्रयोग गरी बैंकिङ्ग करोवार गर्न जानेको अवस्थामा हुने सहजता तथा सहुलियतपूर्ण कर्जा लगायतका बारेमा समेत बिस्तृत रुपमा जानकारी गराइएको थियो ।

यस्तो कार्यक्रम ग्रामीण तथा सहर क्षेत्रका वासिन्दालाई विशेषगरी वित्तीय पहुँच नभएका हरु लाई लक्षित गरी आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा बैंकका कर्मचारीहरुका उल्लेखनीय तथा उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रम निकै प्रभावकारी देखिएकाले यस्तो अभियानलाई निकट भविष्यमा पनि संचालन गर्ने बैंकको योजना रहेको छ।

बैंकले संचालन गरेको यस घरदैलो सेवा कार्यक्रमबाट बैंकका ग्राहकहरु लगायत सर्वसाधारण पनि लाभान्वित हुनुभएको बैंकले विश्वास लिएको छ ।

The post बैंकिङ प्रणाली मार्फत आर्थिक कारोबार गर्न सिकाउँदै घरघरै पुग्यो गरिमा बिकास बैंक appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/6708/feed 0 6708
लामो दूरीको यातायात असोज १ गतेदेखि नै सञ्चालन हुने, ५० प्रतिशत भाडा बढ्यो https://www.yugdarpan.com/archives/2246 https://www.yugdarpan.com/archives/2246#respond Tue, 15 Sep 2020 13:03:02 +0000 http://www.yugdarpan.com/?p=2246 काठमाडौँ । लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । र, व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ । बसको एक लहरको सिटमा एक जना मात्र बस्न

The post लामो दूरीको यातायात असोज १ गतेदेखि नै सञ्चालन हुने, ५० प्रतिशत भाडा बढ्यो appeared first on युग दर्पण.

]]>
काठमाडौँ । लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

र, व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ ।

बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ ।

The post लामो दूरीको यातायात असोज १ गतेदेखि नै सञ्चालन हुने, ५० प्रतिशत भाडा बढ्यो appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/2246/feed 0 2246