युग दर्पण संवाददाता, Author at युग दर्पण https://www.yugdarpan.com/archives/author/root www.yugdarpan.com Wed, 24 Jun 2020 12:16:32 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://www.yugdarpan.com/wp-content/uploads/2020/06/yug-darpan-favicon-150x150.png युग दर्पण संवाददाता, Author at युग दर्पण https://www.yugdarpan.com/archives/author/root 32 32 178717794 महाकाली नगरपालिकाले युवाहरूलाई विना ब्याज १० लाखसम्म ऋण दिने https://www.yugdarpan.com/archives/1043 https://www.yugdarpan.com/archives/1043#respond Wed, 24 Jun 2020 12:16:32 +0000 http://www.yugdarpan.com/?p=1043 दार्चुला । महाकाली नगरपालिकाले युवाहरूलाई विना ब्याज १० लाखसम्म ऋण दिने भएको छ । कोरोनाका कारण स्वदेश तथा विदेशबाट फर्किएर बेरोजगार बनेका युवाहरूलाई विना ब्याज रु १० लाख सम्म ऋण उपलब्ध गराउने गरी महाकाली नगरपालिकाको छौठौँ नगरसभाले नीति तथा कार्यक्रम ल्याएको हो । बुधबार अगामी वर्षका लागि निति तथा कार्यक्रम ल्याउँदै नगरपालिकाले बेरोजगार युवाहरूलाई कृषि उत्पादन र पशुजन्य उत्पादनको क्षेत्रमा काम गर्न चाहेमा सहकारी लगायतका वित्तिय संस्थाहरूको सहकार्यमा ऋण दिन

The post महाकाली नगरपालिकाले युवाहरूलाई विना ब्याज १० लाखसम्म ऋण दिने appeared first on युग दर्पण.

]]>
दार्चुला । महाकाली नगरपालिकाले युवाहरूलाई विना ब्याज १० लाखसम्म ऋण दिने भएको छ ।

कोरोनाका कारण स्वदेश तथा विदेशबाट फर्किएर बेरोजगार बनेका युवाहरूलाई विना ब्याज रु १० लाख सम्म ऋण उपलब्ध गराउने गरी महाकाली नगरपालिकाको छौठौँ नगरसभाले नीति तथा कार्यक्रम ल्याएको हो ।

बुधबार अगामी वर्षका लागि निति तथा कार्यक्रम ल्याउँदै नगरपालिकाले बेरोजगार युवाहरूलाई कृषि उत्पादन र पशुजन्य उत्पादनको क्षेत्रमा काम गर्न चाहेमा सहकारी लगायतका वित्तिय संस्थाहरूको सहकार्यमा ऋण दिन सकिने कार्यक्रम ल्याइएको महाकाली नगरपालिकाका नगरप्रमुख हंसराज भट्टले बताउनुभयो ।

नगरसभामा महाकाली नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख हंसराज भट्टले युवाहरूलाई दुग्ध पदार्थ, मासु, अण्डा तथा चल्ला, तरकारी लगायतका उत्पादनका क्षेत्रमा ऋण सहयोग दिने गरी ऋण सहयोग कार्यक्रम ल्याइएको बताए ।

त्यस्तै नगरपालिकाले यसपटकको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
कृषि उत्पादक एवं पशुपालक किसानहरूलाई विगतमा दिइँदै आएको सहुलियत छुट एवं अनुदानलाई निरुत्साहित गर्दै उत्पादनको परिमाणका आधार अनुदान दिने नीति अबलम्बन गरिएको नगर प्रमुख भट्टले जानकारी दिनुभयो ।

त्यस्तै नगरसभाले स्वास्थ्य क्षेत्रका समस्यालाई मद्देनजर गर्दै एम्बुलेन्स खरिदका लागि आवश्यक रकम विनियोजन गेको छ ।

आकस्मिक दुर्घटना एवं गम्भीर प्रकृतिका ‘रिफरल केश’हरू जस्तै प्रसव पीडा, एपेन्डिसाइटिस, हार्ट अर्टेक, मृगौला फेलियर, ब्रेन हेम्ब्रेजहरूमा नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने महाकाली नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै सामान्य रिफरल केशहरूमा एम्बुलेन्सको शुल्कमा ५० प्रतिशतसम्म अनुदान दिने कार्यक्रममा समेटिएको छ । त्यस्तै नगरबस सेवा प्रति नगरवासीहरूको समर्थन एंव सन्तुष्टिलाई सम्मान गर्दै अगामी आ.व. मा खलंगा देखी डुङरी, काटैं, मैखोली र दल्लेख सम्म नगरबस सेवा प्रारम्भ गरिने नगरप्रमुख भट्टले बताउनुभयो ।

अगामी वर्ष नगर विकास कोषसँगको सहकार्यमा महाकाली नगरपालिका वडा नम्बर ४ मा अत्याधुनिक कमर्सियल भवनका रूपमा महाकाली मल निर्माण गर्ने समेत नगरप्रमुख भट्टले बताउनुभयो ।

अन्न दाताका रुपमा रहेका कृषकहरुको कृषि पेशा प्रति आत्म गौरव बढाउन एवं कृषिलाई व्यवसायिकता तर्फ लैजान र युवा शक्तिलाई कृषि पेसातर्फ आकर्षित गर्न प्रोत्साहन गर्ने उद्देश्यले कृषकहरूलाई सम्मान सहित कृषक पेन्सन कार्यक्रम लागू गरिने भएको छ ।

नगरसभाले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल ६३ करोड ३४ लाख ९५ हजार १ सय ६ रुपैयाँ अनुमानित बजेट ल्याएको छ ।

The post महाकाली नगरपालिकाले युवाहरूलाई विना ब्याज १० लाखसम्म ऋण दिने appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/1043/feed 0 1043
फेरि चिटिक्क बन्यो नेपालको पहिलो विद्यालय https://www.yugdarpan.com/archives/728 https://www.yugdarpan.com/archives/728#respond Sat, 16 May 2020 17:47:43 +0000 http://localhost:81/wp/appsolutenews02/?p=728 विनाशकारी भूकम्पले भत्काएको काठमाडौँको दरबार हाइस्कुलको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७५ साल साउनदेखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा यो भवनको निर्माण शुरु भएको थियो । झन्डै ९० करोड हाराहारी लागत रहेको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हो । ठेकेदार कम्पनीले २० महिनामा सम्पन्न गर्ने सम्झौता गरेपनि १९ महिनामै यो भवन निर्माणको काम सम्पन्न गरेको हो । यही माघ महिनाभित्र सम्पूर्ण काम सकेर सरकारलाई हस्तान्तरण गर्ने

The post फेरि चिटिक्क बन्यो नेपालको पहिलो विद्यालय appeared first on युग दर्पण.

]]>
विनाशकारी भूकम्पले भत्काएको काठमाडौँको दरबार हाइस्कुलको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

२०७५ साल साउनदेखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा यो भवनको निर्माण शुरु भएको थियो । झन्डै ९० करोड हाराहारी लागत रहेको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हो । ठेकेदार कम्पनीले २० महिनामा सम्पन्न गर्ने सम्झौता गरेपनि १९ महिनामै यो भवन निर्माणको काम सम्पन्न गरेको हो । यही माघ महिनाभित्र सम्पूर्ण काम सकेर सरकारलाई हस्तान्तरण गर्ने योजना राखिएको छ ।

हाइस्कुलमा पुस्तकालय, विज्ञान प्रयोगशाला, आकर्षक कक्षाकोठाका साथै विद्यार्थीलाई खेल्नका लागि बास्केटबल कोर्ट पनि राखिएको छ । भवनको बाहिरी आवरण पुरानै शैलीमा रहेपनि भित्री भागमा भने अत्याधुनिक संरचना रहेको छ ।

भूकम्पअघि दरबार हाइस्कूलको माथिल्लो तलामा भानू मावि र तल्लो तलामा संस्कृत मावि सञ्चालनमा रहेको यो भवन भत्किएपछि विद्यार्थीलाई अस्थायी टहरामा सारेर पठन पाठन गरिएको थियो ।

भवनको भौतिक संरचना निर्माण सम्पन्न भएपछि अहिले रंगरोगन गर्ने तथा सरसफाइ गर्ने काम भइरहेको छ । नवनिर्मित विद्यालय भवनमा ४ तला र ४६ वटा कक्षाकोठा रहेका छन् ।

आजभन्दा १ सय ६६ वर्षअघि अर्थात् वि.सं. १९१० सालमा राणा र राजपरिवारका सन्तानलाई पढाउन खुलेको दरबार हाइस्कुलमा पछि सर्वसाधारणका सन्तानलाई पनि अध्ययन गर्न दिइएको थियो ।

भवनको भौतिक संरचना निर्माण सम्पन्न भएपछि अहिले रंगरोगन गर्ने तथा सरसफाइ गर्ने काम भइरहेको छ । नवनिर्मित विद्यालय भवनमा ४ तला र ४६ वटा कक्षाकोठा रहेका छन् ।

आजभन्दा १ सय ६६ वर्षअघि अर्थात् वि.सं. १९१० सालमा राणा र राजपरिवारका सन्तानलाई पढाउन खुलेको दरबार हाइस्कुलमा पछि सर्वसाधारणका सन्तानलाई पनि अध्ययन गर्न दिइएको थियो ।

The post फेरि चिटिक्क बन्यो नेपालको पहिलो विद्यालय appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/728/feed 0 728
वाणको शय्यामा हुँदा भीष्म पितामहले बताएका धर्म, अर्थ र मोक्ष प्राप्त गर्ने तरिका https://www.yugdarpan.com/archives/724 https://www.yugdarpan.com/archives/724#respond Sat, 16 May 2020 17:38:25 +0000 http://localhost:81/wp/appsolutenews02/?p=724 महाभारतको अनुशासन पर्व अनुसार भीष्म पितामह जब बाणको शय्यामा सुतेका थिए तब उनलाई भेट्न पाँच पाण्डव पुगेका थिए । त्यतिबेला धर्मराज युधिष्ठिरले भीष्म पितामहसँग ब्रह्मर्षि र देवर्षिका सामू धर्मको विषयमा थुप्रै प्रश्न सोधे । तत्वज्ञानी र धर्मका जानकारी भीष्मले वर्णाश्रम र राग–वैराग्यसहित थुप्रै ज्ञानको कुरा र अनेक रहस्यमयी भेद सम्झाए । यसकास ाथै भीष्मले पाण्डवलाई दानधर्म, राजधर्म, मोक्षधर्म, स्त्रीधर्म र अन्य जीवनका रहस्यबारे विस्तारपूर्वक चर्चा गरे । धर्म, अर्थ, काम

The post वाणको शय्यामा हुँदा भीष्म पितामहले बताएका धर्म, अर्थ र मोक्ष प्राप्त गर्ने तरिका appeared first on युग दर्पण.

]]>
महाभारतको अनुशासन पर्व अनुसार भीष्म पितामह जब बाणको शय्यामा सुतेका थिए तब उनलाई भेट्न पाँच पाण्डव पुगेका थिए । त्यतिबेला धर्मराज युधिष्ठिरले भीष्म पितामहसँग ब्रह्मर्षि र देवर्षिका सामू धर्मको विषयमा थुप्रै प्रश्न सोधे । तत्वज्ञानी र धर्मका जानकारी भीष्मले वर्णाश्रम र राग–वैराग्यसहित थुप्रै ज्ञानको कुरा र अनेक रहस्यमयी भेद सम्झाए । यसकास ाथै भीष्मले पाण्डवलाई दानधर्म, राजधर्म, मोक्षधर्म, स्त्रीधर्म र अन्य जीवनका रहस्यबारे विस्तारपूर्वक चर्चा गरे । धर्म, अर्थ, काम र मोक्ष कसरी प्राप्त गर्न सकिन्छ भनेर पनि भीष्मले बताए ।

१. परिवर्तन संसारको नियम हो र सबैले यो स्विकार गर्नुपर्छ, अनिमात्रै सुख–शान्ति पाउन सकिन्छ ।

२. जो व्यक्तिले आफ्नो आमा–बुवाको सेवा गर्छ, उसले परलोकमा पनि मान–सम्मान प्राप्त गर्छ ।

३. एक राजाले आफ्नो पुत्र र प्रजामा भेदभाव गर्नु हुँदैन ।

४. आफ्नो गुरुका लागि मान–सम्मान र प्रेमले नै व्यक्तिलाई सर्वश्रेष्ठ बनाउन सक्छ ।

५. धर्ममा थुप्रै द्वार छन् । सन्तजनले ती मार्गको कुरा गर्छन् जुन उनीहरुलाई थाहा हुन्छ तर सबै मार्गको आधार आत्मसंयम हो ।

६. मुश्किल स्थिती यो जीवन चक्रको नियम हो । तनाव नलिइकनै यसको सामना गर्दा मात्रै सफलता पाइन्छ ।

७. सत्य र धर्मको मार्गमा हिँड्ने सानो कमिला पनि एक हात्तीभन्दा शक्तिशाली हुन्छ ।

८. यदि कोही महान व्यक्तिले अधर्म र अन्यायलाई साथ दिन्छ भने धर्मको अगाडि ऊ झुक्नै पर्छ ।

९. सत्ता सुख भोग चलनका लागि नभई कठिक परिश्रम गरेर समाजलाई कल्याण गर्नका लागि हुन्छ ।

१०. समय असाध्यै बलवान हुन्छ, एकै क्षणमा सबै परिस्थिती परिवर्तन हुन्छ ।

The post वाणको शय्यामा हुँदा भीष्म पितामहले बताएका धर्म, अर्थ र मोक्ष प्राप्त गर्ने तरिका appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/724/feed 0 724
एक यस्तो टेलिफिल्म जसले भारतको राजनीति र धर्मलाई सदाका लागि बदल्यो https://www.yugdarpan.com/archives/720 https://www.yugdarpan.com/archives/720#respond Sat, 16 May 2020 15:06:42 +0000 http://localhost:81/wp/appsolutenews02/?p=720 बीबीसी/राहुल वर्मा सन् १९८० को बीचको समयमा म मेरो ठूलो परिवारका अन्य सदस्यलाई भेट्न नयाँ दिल्लीमा आउने–जाने गर्थेँ । किशोरकालमा हिँडिरहेको मेरो लागि दिल्ली एक अलग संसार थियो । तर बसाईमा लण्डनमा मैले पढ्ने गरेको ब्याट्म्यानका कमिक्स छुट्थे र त्यसको साटो अमर चित्रकथा कमिक्सका किताब हात पथ्र्यो । लण्डनका टिभीमा चार वटा च्यानल आउँथ्यो भने भारतमा एउटै दुरदर्शनमा सीमित हुनुपथ्र्यो । त्यो समय दुरदर्शनको सबैभन्दा चर्चित कार्यक्रम थियो, रामायण ।

The post एक यस्तो टेलिफिल्म जसले भारतको राजनीति र धर्मलाई सदाका लागि बदल्यो appeared first on युग दर्पण.

]]>
बीबीसी/राहुल वर्मा

सन् १९८० को बीचको समयमा म मेरो ठूलो परिवारका अन्य सदस्यलाई भेट्न नयाँ दिल्लीमा आउने–जाने गर्थेँ । किशोरकालमा हिँडिरहेको मेरो लागि दिल्ली एक अलग संसार थियो ।

तर बसाईमा लण्डनमा मैले पढ्ने गरेको ब्याट्म्यानका कमिक्स छुट्थे र त्यसको साटो अमर चित्रकथा कमिक्सका किताब हात पथ्र्यो । लण्डनका टिभीमा चार वटा च्यानल आउँथ्यो भने भारतमा एउटै दुरदर्शनमा सीमित हुनुपथ्र्यो ।

त्यो समय दुरदर्शनको सबैभन्दा चर्चित कार्यक्रम थियो, रामायण । रामायण आउने दिन घरका हजुरबुवा, हजुरआमा, काका, काकी र अन्य भाईबहिनीसँग टिभी अघि बस्थेँ । हिन्दूहरुको धार्मिक काव्य रामायणलाई रामानन्द सागरले टेलिफिल्ममा रुपान्तरण गरेका थिए । रामायण युवराज राम, उनको १४ वर्षे वनबासको कथा वरिपरि केन्द्रित हुन्छ । वनबासको समयमा अपहरणमा परेकी श्रीमती सीताको बचाउमा रामले गरेको संघर्ष पनि कथाको केन्द्रमा छ ।

वनबास सकाएर रामको अयोध्या फिर्तीलाई अँध्यारोमाथिको उज्यालोको जित मान्दै दीपावली मान्ने हिन्दू, सिख र जैनमा चलन रहेको किम्बन्दी नै छ ।

सन् १९८७ र सन् १९८८ का १८ महिनाको अवधिमा रामानन्द सागरद्वारा निर्मित रामायण ७८ हप्ता चल्यो । ४५ मिनेट चल्ने रामायणका एपिसोड आइतबार बिहान भारतभरीको एकमात्र टेलिभिजन च्यानल दुरदर्शनमा आउने गथ्र्यो ।

रामायण भारतको टेलिभिजन इतिहासको सबैभन्दा लोकप्रिय टेलिफिल्म साबित भयो । यसको सबैभन्दा चर्चित एपिसोडहरु ८ करोडदेखि १० करोड मानिसले हेरेको मानिन्छ, जुन देशको कुल जनसंख्याको लगभग आठको एक भाग हो ।

रामायण सुरु हुनु अघि कसैले पनि यो टेलिफिल्म श्रृङ्खला साप्ताहिक भक्तिमा रुपान्तरण होला भनेर सोचेका थिएनन् । न्युयोर्क विश्वविद्यालयका मिडिया अध्ययनका प्राद्यापक अर्विन्द राजागोपालले रामायणको सामाजिक र राजनीतिक प्रभावबारे अध्ययन गरेका छन् । उनका अनुसार रामायण प्रसारण हुँदा ती दिन उत्तर भारतको सार्वजनिक जीवननै ठप्प हुन्थ्यो ।

‘रेल स्टेशनमा रोकिन्थ्यो, बस चल्दाचल्दै रोकिन्थे । यात्रुहरु सडक छेउमा रहेको टिभी हेर्न रेल र बसबाट ओर्लन्थे । धेरै भिडका कारण मानिसहरु टिभीको चित्र हेर्न वा आवाज सुन्न सक्दैनथे तर त्यसको कसैलाई मतलब हुँदैनथ्यो । किनकि मुख्य कुरा आफू त्यहाँ उपस्थित हुनुलाई मानिन्थ्यो ।’

टिभीको पर्दा पूजा

बीबीसीका सम्वादाता सौतिक विश्वासले सन् २०११ लेखेका रामायाण प्रासारण हुँदाको संस्मरणमा भनेका छन्, ‘सन् १९८० को दशकको बीचतिर आइतबार बिहान भारतका झण्डै सबैजसो पसलहरु बन्द हुने गरेको मलाई सम्झना छ । सकडहरु सुनसान हुन्थे । टिभीमा रामायण सुरु हुनुअघि घरका मानिसहरु नुहाउँथे र टिभी सेटलाई फूल माला लगाइदिन्थे ।’

दिल्लीको घरमा बस्दाको हाम्रो परिवारको दैनिकी पनि लगभग त्यस्तै हुन्थ्यो । ती दिन आइतबार बिहान मेरी हजुरआमाको दैनिकी यस्तो हुन्थ्यो– कार्यक्रम सुरु हुनुअघि उनी धूप बाल्ने गर्थिन् र घरको पुजाकोठामा पुजा सकाउँथिन् । त्यसपछि उनी खालीखुट्टा भूईमा बसेर घरका तीन पुस्तासँग बसेर टेलिफिल्म हेर्थिन् ।

मेरो हजुरआमाको विधिमा मन्दिरमा गरिने पुजाविधिको झल्को देखिन्थ्यो । पहिले भगवान दर्शन भनेर मन्दिरमा जानु भन्ने बुझिन्थ्यो भने रामायणपछि त्यो घरको टिभीको पर्दालाई पनि बुझ्न थालियो ।

‘रामायण हेर्नु मन्दिरमा भगवानको दर्शन गर्नुजस्तै रुपमा लिइन्थ्यो । कार्यक्रमअघि मानिसहरु पुजा गर्थे, टिभीमा फूलमाला र अबिर लगाउथेँ । मानिसहरुमा कार्यक्रमलाई लिएर भक्तिभावपूर्ण सोच थियो,’ रामायणमा रामको भूमिका निभाएका अभिनेता अरुण गोभिलले सम्झना गरे । टेलिफिल्मले गोभिलको जीवन बदलिदियो ।

The post एक यस्तो टेलिफिल्म जसले भारतको राजनीति र धर्मलाई सदाका लागि बदल्यो appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/720/feed 0 720
पाँच रात लगाएर खिचिएको थियो मुसाको बक्सिङ तस्बिर https://www.yugdarpan.com/archives/716 https://www.yugdarpan.com/archives/716#respond Fri, 15 May 2020 16:47:38 +0000 http://localhost:81/wp/appsolutenews02/?p=716 बाटोमा दुई वटा मुसा खानाका लागि मानिस जस्तै गरी बक्सिङ खेलिरहेको तस्बिर बेलायतका साम रोली नामका एक फोटोग्राफरले कैद गरेका छन्। उक्त तस्बिर खिच्न उनले पाँच रात लगाएका थिए। त्यही तस्बिरका कारण रोलीले ‘वाइल्ड लाइफ फोटोग्राफर अफ द इयर्स अवार्ड’ हात पारेका छन्। उनको त्यो तस्बिर लन्डनको नेचुरल हिस्ट्री म्युजियममा प्रदर्शनीको लागि राखिएको छ।

The post पाँच रात लगाएर खिचिएको थियो मुसाको बक्सिङ तस्बिर appeared first on युग दर्पण.

]]>
बाटोमा दुई वटा मुसा खानाका लागि मानिस जस्तै गरी बक्सिङ खेलिरहेको तस्बिर बेलायतका साम रोली नामका एक फोटोग्राफरले कैद गरेका छन्।

उक्त तस्बिर खिच्न उनले पाँच रात लगाएका थिए। त्यही तस्बिरका कारण रोलीले ‘वाइल्ड लाइफ फोटोग्राफर अफ द इयर्स अवार्ड’ हात पारेका छन्। उनको त्यो तस्बिर लन्डनको नेचुरल हिस्ट्री म्युजियममा प्रदर्शनीको लागि राखिएको छ।

The post पाँच रात लगाएर खिचिएको थियो मुसाको बक्सिङ तस्बिर appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/716/feed 0 716
च्याउको परिकार तयार गर्ने सामग्री तथा विधि https://www.yugdarpan.com/archives/713 https://www.yugdarpan.com/archives/713#respond Fri, 15 May 2020 15:20:07 +0000 http://localhost:81/wp/appsolutenews02/?p=713 हिजोआज च्याउ खाने चलन सहरमा मात्र होइन, गाउँमा पनि बढेको छ । धमिराको देवलको च्याउ नखाने बूढाबूढीसमेत बजारमा पाइने च्याउ भनेपछि हुरुक्कै हुन्छन् । भोजभतेरमा शाकाहारी मात्र होइन, मांसाहारीका लागि समेत च्याउको परिकार अनिवार्यजस्तै भएको छ । आजकल गाउँमा पनि च्याउ खेती गर्ने गरिन्छ । च्याउमा अत्यधिक पोषक तत्त्व पाइन्छ । यहाँ च्याउ बनाउने विधि बताइएको छ : आवश्यक सामग्री मसिनो गरी काटिएको च्याउ – चार सय ग्राम हरियो प्याज

The post च्याउको परिकार तयार गर्ने सामग्री तथा विधि appeared first on युग दर्पण.

]]>
हिजोआज च्याउ खाने चलन सहरमा मात्र होइन, गाउँमा पनि बढेको छ । धमिराको देवलको च्याउ नखाने बूढाबूढीसमेत बजारमा पाइने च्याउ भनेपछि हुरुक्कै हुन्छन् । भोजभतेरमा शाकाहारी मात्र होइन, मांसाहारीका लागि समेत च्याउको परिकार अनिवार्यजस्तै भएको छ ।

आजकल गाउँमा पनि च्याउ खेती गर्ने गरिन्छ । च्याउमा अत्यधिक पोषक तत्त्व पाइन्छ । यहाँ च्याउ बनाउने विधि बताइएको छ :

आवश्यक सामग्री

मसिनो गरी काटिएको च्याउ – चार सय ग्राम

हरियो प्याज – दुईवटा

पानी – दुुई कप

घिउ – तीन चम्चा

मकैको धुुलो – दुुई चम्चा

दूध – एक कप

नुन र कालो मरीच – स्वादअनुुसार

मसिनो गरी काटिएको धनियाँ – चार चम्चा

पकाउने विधि

कराईमा घिउ हाल्ने । घिउ तातेपछि मसिनो गरी काटिएको च्याउ र प्याज हाल्ने । नरम हुन्जेल पकाउने । त्यसपछि नुन र कालो मरीचको धुलो स्वादअनुुसार हाल्ने । एकछिन पाकेपछि सेलाउन दिने । सेलाएको कराईमा पछि अन्य सामग्री मिसाउने । अब गाढा हुन्जेल पकाउने । आवश्यकताअनुसार पानी मिसाउने । अन्त्यमा धनियाँको पात मिसाउने । अब च्याउको परिकार तयार भयो ।

The post च्याउको परिकार तयार गर्ने सामग्री तथा विधि appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/713/feed 0 713
यी हुन् नियमित काजु सेवन गर्नुका फाइदाहरू https://www.yugdarpan.com/archives/710 https://www.yugdarpan.com/archives/710#respond Fri, 15 May 2020 14:58:06 +0000 http://localhost:81/wp/appsolutenews02/?p=710 काजु एक महंगो ड्राइ फुडको रुपमा चिनिन्छ । नेपाली समाजमा आर्थिक अवस्था कमजोर भएका व्यक्ति काजु खान सक्दैनन् भन्ने गरिन्छ । महंगो भएजस्तै काजुका अनगिन्ती फाइदा छन् । काजुमा प्रोटिनको मात्रा धेरै हुन्छ । काजु खानाले अनुहार राम्रो हुने र स्मरण शक्ति बलियो हुन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र लेप बनाएर अनुहारमा मालिस गर्ने हो भने अनुहार चम्किलो हुन्छ । काजुमा पाइने तरलमा भिटामिन बी को मात्रा धेरै हुन्छ

The post यी हुन् नियमित काजु सेवन गर्नुका फाइदाहरू appeared first on युग दर्पण.

]]>
काजु एक महंगो ड्राइ फुडको रुपमा चिनिन्छ । नेपाली समाजमा आर्थिक अवस्था कमजोर भएका व्यक्ति काजु खान सक्दैनन् भन्ने गरिन्छ । महंगो भएजस्तै काजुका अनगिन्ती फाइदा छन् ।

काजुमा प्रोटिनको मात्रा धेरै हुन्छ । काजु खानाले अनुहार राम्रो हुने र स्मरण शक्ति बलियो हुन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र लेप बनाएर अनुहारमा मालिस गर्ने हो भने अनुहार चम्किलो हुन्छ ।

काजुमा पाइने तरलमा भिटामिन बी को मात्रा धेरै हुन्छ । जसले दिमाग तेजिलो बनाउँछ । काजु खानाले शरीरमा युरिक एसिड बढ्दैन् । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन् । तर काजु एक यस्तो ड्राइ फुडमा पर्छ जो कसैले पनि खान उपयोग छ ।

काजुमा पोटासियमको मात्रा बढी हुन्छ । यसले उच्च रक्तचाप नियन्त्रण गर्न मद्धत गर्छ । काजुमा सोडियमको मात्रा कम हुन्छ । यसमा कार्बोहाइड्रट, प्रोटिन, आइरन, जिंक, कपर र म्याग्नेसियम भरपुर मात्रामा पाइन्छ । जसले हड्डी तथा दाँतलाई बलियो बनाउँछ ।

बिहानको समयमा हरेक दिन काजु खाने हो भने उच्च रक्तचाप बाट बच्न सकिन्छ । यसका साथै शरीरमा अन्य सकारात्मक परिवर्तनहरु हुन्छ ।

यस्ता छन् नियमित काजु खानुका केही फाइदाहरु

–दिमागलाई तेज तथा स्मरण शक्ति बढाउँछ ।

–छालामा चमक दिने काम गर्छ ।

– निराशा र थकान मुक्त गराउछ ।

–मधुमेह, कोलेस्ट्रोल र उच्च रक्तचाप नियन्त्रण गर्छ ।

–मुटु बलियो बनाउछ ।

–शरीरलाई आवश्यक पोषण प्रदान गर्छ ।

–डर लाग्ने र मुटुसम्बन्धी अन्य रोग नियन्त्रण गर्छ ।

The post यी हुन् नियमित काजु सेवन गर्नुका फाइदाहरू appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/710/feed 0 710
यी हुन् छाला स्वस्थ र सुन्दर बनाउने फलफूल https://www.yugdarpan.com/archives/707 https://www.yugdarpan.com/archives/707#respond Fri, 15 May 2020 14:55:13 +0000 http://localhost:81/wp/appsolutenews02/?p=707 फलफूलले हाम्रो छाला स्वस्थ र सुन्दर बनाउने काम गर्छन्। जाडोमा यी फलफूल खानु र लगाउनु अनुहारको छालाका लागि फाइदाजनक छः किवी किवीमा भिटामिन ई र एन्टी–अक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। यसले छालाका कोशिकालाई लामो समयसम्म स्वस्थ राख्ने काम गर्छ। अनार अनारले छालालाई स्वस्थ बनाउँछ। अनुहार चाउरिन दिँदैन। जाडोमा अनार खाँदा रोमछिद्र खुल्छन् र छाला चम्किलो बन्छ। केरा केरामा पोटासियम प्रशस्त मात्रामा हुन्छ। जसले रुखो छालालाई नरम बनाउँछ। केरामा पाइने भिटामिन ई

The post यी हुन् छाला स्वस्थ र सुन्दर बनाउने फलफूल appeared first on युग दर्पण.

]]>
फलफूलले हाम्रो छाला स्वस्थ र सुन्दर बनाउने काम गर्छन्। जाडोमा यी फलफूल खानु र लगाउनु अनुहारको छालाका लागि फाइदाजनक छः

किवी

किवीमा भिटामिन ई र एन्टी–अक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। यसले छालाका कोशिकालाई लामो समयसम्म स्वस्थ राख्ने काम गर्छ।

अनार

अनारले छालालाई स्वस्थ बनाउँछ। अनुहार चाउरिन दिँदैन। जाडोमा अनार खाँदा रोमछिद्र खुल्छन् र छाला चम्किलो बन्छ।

केरा

केरामा पोटासियम प्रशस्त मात्रामा हुन्छ। जसले रुखो छालालाई नरम बनाउँछ। केरामा पाइने भिटामिन ई र सीले छालामा चमक ल्याउँछन्। वजन बढ्ने डरले केरा खान गाह्रो लाग्छ भने यसको प्याक बनाएर अनुहारमा लगाउनुपर्छ। जाडोमा केराको प्याक लगाउँदा छाला स्वस्थ र नरम बन्छ।

भुइँकटहर

यसमा पाइने एन्टी–अक्सिडेन्टले अनुहारको छाला चाउरिन दिँदैन। साथै, काला दाग–धब्बा र ब्ल्याकहेड्सबाट पनि अनुहारको छालालाई बचाउँछ।

मेवा

भिटामिन ए प्रशस्त पाइने मेवाले मृत कोशिकलाई हटाउने काम गर्छ।

अमला

अमलाले रगत सफा गर्छ। जसले गर्दा अनुहारमा चमक आउँछ।

The post यी हुन् छाला स्वस्थ र सुन्दर बनाउने फलफूल appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/707/feed 0 707
स्मरण शक्ति बढाउन जडीबुटी https://www.yugdarpan.com/archives/704 https://www.yugdarpan.com/archives/704#respond Fri, 15 May 2020 14:48:27 +0000 http://localhost:81/wp/appsolutenews02/?p=704 हाम्रो शरीरको महत्वपूर्ण अंग हो दिमाग । तर, कहिलेकाहीँ खानपान नमिल्दा यसले दिमागलाई समेत असर पुर्‍याउने गर्छ । अत: निम्न जडीबुटी सेवन गरेर स्मरण शक्ति बढाउन सकिन्छ । जटामसी : यो जडीबुटी औषधिका रूपमा प्रयोग गरिन्छ । एक चम्चा जटामसी एक कप दूधमा मिलाएर पिए दिमाग तेजिलो हुन्छ । दालचिनी : खानामा गरम मसला मात्र नभई यो औषधि पनि हो । राति सुत्ने बेलामा एक चिम्टी दालचिनीलाई महमा मिसाएर खाँदा

The post स्मरण शक्ति बढाउन जडीबुटी appeared first on युग दर्पण.

]]>
हाम्रो शरीरको महत्वपूर्ण अंग हो दिमाग । तर, कहिलेकाहीँ खानपान नमिल्दा यसले दिमागलाई समेत असर पुर्‍याउने गर्छ । अत: निम्न जडीबुटी सेवन गरेर स्मरण शक्ति बढाउन सकिन्छ ।
जटामसी : यो जडीबुटी औषधिका रूपमा प्रयोग गरिन्छ । एक चम्चा जटामसी एक कप दूधमा मिलाएर पिए दिमाग तेजिलो हुन्छ ।

दालचिनी : खानामा गरम मसला मात्र नभई यो औषधि पनि हो । राति सुत्ने बेलामा एक चिम्टी दालचिनीलाई महमा मिसाएर खाँदा तनाव कम हुनुका साथै दिमाग तेज हुन्छ ।

बेसार : यसको नियमित प्रयोगले भुल्ने समस्याबाट बच्न सकिन्छ ।

जाइफल : दिमागलाई तेज बनाउन जाइफल अति उत्तम जडीबुटी मानिन्छ ।

तुलसी : तुलसी रुघाखोकीका लागि प्रयोग गरिन्छ । तर, यसको प्रयोगले मुटु र दिमागलाई फाइदा पुर्‍याउँछ ।

मरीच : यसमा पेपरिन रसायन पाइने हुनाले दिमागको कोसलाई आराम दिन्छ । यसले तनाव घटाउन मद्दत गर्छ ।

The post स्मरण शक्ति बढाउन जडीबुटी appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/704/feed 0 704
बालबालिकाले पिउने दुधमा विषाक्त पदार्थ ! https://www.yugdarpan.com/archives/701 https://www.yugdarpan.com/archives/701#respond Fri, 15 May 2020 14:28:46 +0000 http://localhost:81/wp/appsolutenews02/?p=701 काठमाडौं : अखाद्य पदार्थका रूपमा लिइने मेलामाइनले मिर्गौलामा क्षति पुर्‍याउने चिकित्सकको दाबी छ । मिर्गौलामा पत्थरी पर्नेदेखि मूत्रथैलीको क्यान्सरको जोखिम बढाउने विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानमा समेत देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गरेको अध्ययनमा समेत मेलामाइन शरीरका लागि घातक भएको पाइएको छ । प्रोटिनको मात्रा बढाउन प्रयोग गरिने मेलामाइन प्रयोग गरिन्छ । मेलामाइन दूध र दूग्धजन्य पदार्थमा राखिन्छ । त्यस्तै उर्वरशक्ति वृद्धिका लागि मेलामाइनको प्रयोग गरिन्छ । बाख्रा, वनस्पति,

The post बालबालिकाले पिउने दुधमा विषाक्त पदार्थ ! appeared first on युग दर्पण.

]]>
काठमाडौं : अखाद्य पदार्थका रूपमा लिइने मेलामाइनले मिर्गौलामा क्षति पुर्‍याउने चिकित्सकको दाबी छ । मिर्गौलामा पत्थरी पर्नेदेखि मूत्रथैलीको क्यान्सरको जोखिम बढाउने विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानमा समेत देखिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गरेको अध्ययनमा समेत मेलामाइन शरीरका लागि घातक भएको पाइएको छ । प्रोटिनको मात्रा बढाउन प्रयोग गरिने मेलामाइन प्रयोग गरिन्छ । मेलामाइन दूध र दूग्धजन्य पदार्थमा राखिन्छ । त्यस्तै उर्वरशक्ति वृद्धिका लागि मेलामाइनको प्रयोग गरिन्छ । बाख्रा, वनस्पति, कुखुरा, मुसामा समेत प्रयोग गरिन थालेको डब्लूएचओले जनाएको छ । ‘मेलामाइन टक्सिक (विषाक्त पदार्थ) हो । यसलाई दूधमा हाल्न दिने हो भने स्वास्थ्य अवस्था बिजोग हुन्छ,’ वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले भने ।

सन् २००८ मा चीनले बच्चालाई मेलामाइन मिश्रित दूध खुवाउँदा ३ लाख बालबालिका बिरामी परेका थिए । चीनमा यसलाई ‘चाइनिज मिल्क स्क्यान्डल’ का रूपमा लिने गरिन्छ । यसलाई ‘दुष्ट बुद्धि’ को उपनाम दिइएको थियो । डा. काफ्लेले भने, ‘यसको उपभोगले मिर्गौला र पिसाबमा समस्या देखिएको थियो ।’

‘एसिया प्यासिफिक जर्नल अफ क्लिनिकल न्युट्रिसन’ मा समेत मेलामाइन हालिएको खाद्यपदार्थले मिर्गौलामा पत्थरी, मिर्गौलाको दीर्घ समस्या र मूत्रथैलीको क्यान्सर समेत निम्त्याउने खतरा हुने उल्लेख छ ।

वारिष्ठ बालरोग विशेषज्ञ प्रा.डा. आरपी बिच्छाले बढी प्रोटिन पाइने तर्क दिँदै मेलामाइन मिसाउनु दुष्ट बुद्धि भएको बताए । ‘यो विष हो । बढी प्रोटिनको लोभमा मन्द विष खुवाउनु हुँदैन,’ बिच्छाले भने ।

मेलामाइनको माइक्रोग्रामको मात्राले पनि मिर्गौलाको कोषिकालाई नष्ट गर्ने अध्ययनमा देखिएको छ । यसले मिर्गौला फेल गराउँछ । मेलामाइनका कण मिर्गौलामा जम्मा हुन्छ । सेतो टायल्सझैं पत्थरीमा परिणत हुन्छ । यसको सम्पर्कमा आउने कोषिकाले ‘आरओएस’ नामक रसायन बनाउँछ । यसले क्यान्सर निम्त्याउने अध्ययनमा देखिएको छ । डा. बिच्छा भन्छन्, ‘दुई–चार पैसा कमाउने लोभमा दुष्ट बुद्धिको प्रयोग नगरौं । मेलामाइनको प्रयोग पहिला गाईभैंसीमा गर्दा पशु नै मरे । बच्चालाई खुवाउने हो भने मिर्गौला र पित्तथैलीमा पत्थरी बनाउँछ । मिर्गौलामा मेलामाइनका कण जम्मा भएर मिर्गौला फेल गराउँछ ।’

सर्जिकल अंकालोजी सोसाइटी अफ नेपालका अध्यक्ष डा. प्रकाशराज न्यौपानेका अनुुसार मेलामाइन अखाद्य पदार्थ हो । उनले भने, ‘अखाद्य पदार्थ खाद्य पदार्थमा मिसाउँदा हानि हुन्छ । मेलामाइन मिसाउन दिनु हुँदैन । चीनमा दुग्ध उत्पादक कम्पनीलाई नै कारबाही गरिएको इतिहास छ । चीनमा भएको काण्डबाट सिक्न सकिन्छ ।’

सन् १८३० मा जर्मनीका एक वैज्ञानिकले मेलामाइन नामकरण गरेका थिए । त्यसपछि यसलाई प्लास्टिक उद्योग, भाँडावर्तन र चमकदार टायल्स निर्माणमा प्रयोग गरिएको थियो । वैज्ञानिकहरूले मेलामाइनमा ६७ प्रतिशत नाइट्रोजन हुने तथ्य पत्ता लगाए । त्यसपछि यसको प्रयोग पशुको दाना र दूधमा मिसाउन थालियो । दूधमा मेलामाइन मिसाउँदा गुणस्तर मापन जाँच गर्दा थाहा पाउन सकिँदैन ।

चीनमा प्रतिबन्ध लगाइएको मेलामाइनबाट जोखिम हुने भएपछि अमेरिकामा पनि रोक लगाइयो । अमेरिकामा सन् २०१० मा प्रतिबन्ध लगाइएको थियो । अमेरिका र दक्षिण अफ्रिकामा जनावरमा मेलामाइनको प्रभावबारे गरिएको अध्ययनमा जनावरको समेत मिर्गौला बिग्रेको पाइएको थियो ।

पोषणविद् केपी लम्सालका अनुसार मेलामाइन विषाक्त रसायन हो । उनले भने, ‘यसबाट कुनै फाइदा छैन । यसले मिर्गौला, कलेजोलगायतका अंगलाई क्षति पुर्‍याउँछ । क्यान्सरको जोखिम बढाउँछ ।’

The post बालबालिकाले पिउने दुधमा विषाक्त पदार्थ ! appeared first on युग दर्पण.

]]>
https://www.yugdarpan.com/archives/701/feed 0 701